logo
565 x 90 pixel-01.png

बहुउद्देश्यीय योजना नै वडाको चिनारी हो

घीषन अहिर यादव सियारी गाउँपालिका वडा नं. ३ रुपन्देहीका वडा अध्यक्ष हुन् । कम्युनिस्टप्रति आस्तावान् रहेका यादवलाई कम्युनिस्टकै राजनीतिले वडा अध्यक्षमा निर्वाचित गराउन सफल भयो । राजनीतिमा वडाभन्दा माथि पुगिसक्ने हैसियत भएका यादवलाई दुस्मनले साँधेको राजनीति प्रतिषोधको कारण केही समय जेल जीवन समेत विताउन बाध्य भएका थिए । राजनीतिमा उनले दिएको प्रभावकारी योगदान र जनताको उनी प्रतिको विश्वासले गर्दा जननिर्वाचित प्रतिनिधि बन्न सफल भएका हुन् । २०५४ सालमा वडा सदस्यमा निर्वाचित भएर जनताका कामहरु गरेर मन जित्न सफल भई गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा अध्यधिक मतले विजयी भएका थिए । सानो क्षेत्रमा ठूलो विकास गर्ने चाहना राख्ने वडा अध्यक्ष घीषन अहिर यादवसँग जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको सम्पादित अंश :

गाउँपालिकाको वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ, के कस्ता विकासका एजेण्डाहरुको कार्यान्वयन गर्दै अगाडि बढ्नुभएको छ ?

प्रमुख प्राथमिकता नैतिक र व्यावाहारिक शिक्षाको हो । नैतिक र व्यावाहारिक शिक्षा नहुँदा सम्भावित विकास पनि ओझेलमा परेको छ । २०६५/६६ सालसम्म वडामा आठ/दश जनाले मात्र एसएलसी पास गरेका थिए भने अहिलेसम्म एक जनाले मात्र स्नातकोत्तर पास गरेका छन् । सर्वसाधारणहरुमा अझै पनि हिजोकै पैतृक सोचले पीछा छोड्न सकेको छैन । कृषि क्षेत्रमा पनि परम्परागत कृषि प्रणाली बढी हाबी देखिएकोले व्यावसायिक आधुनिक निर्यातमुखी कृषि प्रणाली वडाको समृद्धि ल्याउने मुख्य आधार हो । राज्यले समृद्ध नेपाल निर्माणको योजना अगाडी सारेको र समृद्ध नेपाल निर्माणमा सबैभन्दा बढी जिम्मेवारी बोकेका स्थानीय तहका वडाहरु रहेकोले वडाको विकास सबैभन्दा बढी महत्वपूर्ण छ । जनतासँग प्रत्यक्ष सरोकार राखी आवश्यकताअनुसारको विकास गर्ने वडाहरु भएकोले जनतासँग सम्बन्धित र आवश्यकता महसुस गरिएका क्षेत्रहरुमा जनस्तर उकास्न सक्ने योजनाहरुको साथ अगाडि बढेका छौं । 

सम्भावनाहरु छन् कि छैनन् ?

धेरै छन्, मुख्य सम्भावना आधुनिक व्यावसायिक कृषि प्रणाली भए पनि पर्यटन क्षेत्रमा पनि प्रचुर सम्भावनाहरु रहेका छन् । कृषि र पर्यटन क्षेत्रको विकासले वडाको मात्र नभएर सिंगो गाउँपालिकाको विकासमा टेवा पुग्ने देखिन्छ । जनताको मुख्य आम्दानीको स्रोत कृषि भएकोले कृषि क्षेत्रको विकासका लागि अन्य आवश्यक क्षेत्रहरुको विकास नै सम्भावनाको प्रमुख आधार हो । 

सम्भावना बोकेका कृषि र पर्यटन क्षेत्रको विकासको लागि के कस्ता योजनाहरु छन् त ?

जनतालाई कृषि पेसाप्रति आकर्षण गरी उत्पादन र उत्पादकत्व बढाउनु कृषि विकासको मुख्य आधार भएकोले त्यसका लागि आवश्यक प्रोत्साहनका कार्यक्रमहरु गरिरहेका छौं । शिक्षित बस्ती कम हुँदा सबै कुराहरु बुझाएर तत्काल परिवर्तन ल्याउनु निकै चुनौतीपूर्ण कुरा हो । चुनौती छ भनेर काम नै सुरुवात नगर्ने भन्ने कुरा पनि हुँदैन । त्यसका लागि शैक्षिक क्षेत्रको विकासलाई पनि सँगैसँगै लैजानु प्रमुख आवश्यकता हो । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी र अन्तर्राष्ट्रिय विमानस्थल पनि छिमेक मै हुनुले लुम्बिनी आएका पर्यटकहरुलाई यस क्षेत्रमा ड्राईभर्ट गर्न सक्ने गरी विकास गर्नु महत्वपूर्ण उपलब्धि भएकोले त्यसका लागि आवश्यक प्रक्रियाहरुको ताँजोपाँजो मिलाउँदै छौं । त्यसका लागि बहुउद्देश्यीय आयोजनाको आगामी तीन वर्षमा पूरा गर्नेगरी कार्य अगाडि बढाएका छौं । वडाको जंगहत्थामा सामुदायिक कृषि विकास केन्द्र, नैतिक शिक्षा तालिम केन्द्र, बौद्ध स्तुपासहित कम्पाउण्ट, तारबार, चमेना गृहसहित पार्किङ र हरित पार्क निर्माण गरी पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्दै छौं । जसको लागि गाउँपालिकाले २५ प्रतिशत लगानी गर्नेछ भने दातृ निकायको सहयोगमा विश्व प्रकाश प्रतिष्ठानले ७५ प्रतिशत लगानी गर्ने छ । जहाँ आउने पर्यटकहरूले विशाल बुद्धको मूर्ति अवलोकन गर्नुको साथै विश्वभरिमा पाइने कृषि जन्य उत्पादनका सबै जसो बिरुवा उत्पादन गर्ने गरी सामुदायिक कृषि विकास केन्द्र निर्माण गरिने छ । यस्तै, नैतिक शिक्षा तालिम केन्द्र हरित पार्कलगायतका संरचनाहरुले पर्यटकहरुलाई आनन्दित तुल्याउने कुरामा विश्वस्त छौं जसले पर्यटन क्षेत्रको प्रवर्द्धनात्मक विकासमा ठूलो योगदान दिनेछ । 

उक्त बहुउद्देश्यीय योजनामा लागत अवस्था के छ ?

करिब २० करोड रूपैयाँ लागतमा तीन वर्ष सम्ममा निर्माण पूरा गर्नेगरी योजना अगाडि बढाएका छौं । संरचना निर्माण गर्न लागिएको जग्गा ऐलानी जग्गा हो । वि.सं. २०६४ सालदेखि तत्कालीन गाविसले संरक्षण गर्दै आएको जग्गामा २०६५ सालमा सामुदायिक वनले संरक्षण गरेको थियो । वि.सं. २०६८ सालदेखि नै पर्यटकीय स्थलको रुपमा विकास गर्ने गरी तत्कालीन सर्वदलीय संयन्त्रले निर्णय गरेको थियो । उक्त स्थानमा रहेको बुद्धको मूर्ति स्थानीयहरुको आस्थाको केन्द्रको रुपमा रहेको छ ।

आम्दानीको प्रमुख स्रोत मानिएको कृषिमा उत्पादन बढाउने सिँचाइको विकास भएको छ कि छैन ?

सिँचाइको अवस्था अत्यन्तै कमजोर छ । जसको कारणले उत्पादकत्वमा अपेक्षित विकास हुन सकेको छैन । कतिपय क्षेत्रमा आकाशे पानीमा निर्भर रहनुपर्ने अवस्था छ भने कतिपय क्षेत्रमा बोरिङमार्फत सिँचाइ गरिन्छ । सिँचाइको अभाव र हिउँदमा छाडाचौपायाहरु छोडिदा हिउँदे खेती गर्नेहरुको संख्यामा पनि कम हुँदै गएको छ । खेती ग-यो तर चौपायाहरु आएर खाइदिँदा आलस, तोरी, गहुँ खेती हुने सिजनमा किसानहरुले खेत बाँझै राख्ने समस्या प्रमुख समस्याको रुपमा देखा परेको छ । 

उक्त विषयमा गाउँपालिका र वडाले केही योजना बनाएको छैन ?

अहिलेसम्म त त्यस्तो कुनै योजना बनाएका छैनौं । कसरी किसानहरुलाई कृषि पेसाप्रति आकर्षण गरेर खेती बाँझो रहने सिजनमा खेतीले हराभरा बनाएर आयआर्जन बढाउन सकिन्छ भन्ने विषयमा छिट्नै नयाँ योजनाहरु छलफलको माध्यमबाट बनाएर अगाडि बढ्दैछौं । 

कार्य सम्पादनको पहिलो वर्ष त सकिसक्यो उक्त वर्ष कस्तो रह्यो त ?

समग्रमा गत आर्थिक वर्ष राम्रै रह्यो । गाउँपालिकाको नीति, नियम निर्माणमा वडाहरुको भूमिका महत्वपूर्ण हुने हुँदा केही समय नीति नियम निर्माणमा खर्चिनु परे पनि दुई करोड ५६ लाख वडामा विनियोजित सम्पूर्ण बजेट खर्च गर्न सफल भयौं । यो नै हाम्रो लागि सबैभन्दा ठूलो उपलब्धिको कार्य हो । 

उक्त बजेट खर्चमा के–कस्ता कामहरु गर्नुभयो र चालू आवका योजनाहरु के छन् ?

आर्थिक वर्षको सुरुमा तर्जुमा गरिएका योजनाहरुलाई कार्यान्वयनमा ल्यायौं । जसमा पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रहरुको विकासका योजनाहरु कार्यान्वयनमा आए । भने चालू आवमा पूर्वाधारको विकासको लागि एक करोड बजेट विनियोजन भएको छ । त्यो बाहेक शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला तथा बालवालिका विकासको लागि सिधै गाउँपालिकाबाट हेर्ने निर्णय भएको छ । 

वडाको विकासमा यहाँको लक्ष्य कस्तो छ र त्यसलाई पूरा गर्न कत्तिको चुनौतीपूर्ण देख्नु भएको छ ?

‘उद्देश्य के लिनु उडिछुनु चन्द्र एक’ भन्ने महाकवि लक्ष्मी प्रसाद देवकोटाको श्लोक जस्तै छ । वास्तवमा देवकोटाको भनाइमा पनि धेरै सत्यता लुकेको छ । जबसम्म उद्देश्य हुँदैन उद्देश्य विनाको यात्रा पनि अनिश्चित हुन्छ । त्यसको लागि महत्वकाङ्क्षी र उपलब्धिपूर्ण योजनाहरु प्रमुख आवश्यकता स्रोतहरु हुन् । चाहना धेरै छ तर सीमित स्रोत र साधनले चाहनालाई मार्छ कि भन्ने चिन्ताको विषय भए पनि गरिएका कामहरु दीर्घकालीन उपलब्धिपूर्ण हुनेगरी गर्ने योजना छ । समृद्धिमा सबैभन्दा ठूलो चुनौती भनेको सामाजिक परिवर्तन भएकोले नैतिक शिक्षा पहिलो खुड्किलो हो । नैतिक शिक्षाले मेलमिलापको वातावरण सृजना गर्नुको साथै योजनाहरु तर्जुमा र कार्यान्वयनमा महत्वपूर्ण योगदान दिने भएकोले शिक्षित समाज, परिस्कृत कृषि र उच्च जीवनस्तरसहितको जनताको जीवनयापन नै प्रमुख लक्ष्य हो । (जनमञ्च साप्ताहिकबाट)

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै