logo
565 x 90 pixel-01.png

ज्येष्ठ नागरिक र बालमैत्री पार्क निर्माण गर्दैछौं

प्रकाश अधिकारी काठमाडौंको उत्तरी भेगमा पर्ने टोखा नगरपालिकाका मेयर हुन् । तत्कालीन नेकपा एमालेबाट निर्वाचित अधिकारीसँग टोखा नगरपालिकाको समग्र विकास के–कसरी अगाडि बढिरहेको छ भन्ने विषयमा नन्दबहादुर ऐडीले गरेको कुराकानी :

काठमाडौंमा भएका नगरपालिकामध्ये टोखा कस्तो नगरपालिका हो, र यसको विशेषता के छ ? 

यो नगरपालिका १६ वर्गकिलो मिटर क्षेत्रफैलमा फैलिएको छ । प्राकृतिक रुपले सुन्दर नगरपालिका हो । देशका विभिन्न ठाउँबाट बसोबास गर्न विभिन्न किसिमका मानिसहरुको जमघट भएको नगरपालिका हो टोखा । टोखाले शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा समेत विशेष फड्को मारेको छ । एक लाख २० हजार जनसंख्या भएको यस नगरपालिकामा करिब ९० प्रतिशत मानिसहरु शिक्षित छन् । संस्थागत र सामुदायिक विद्यालय गरी ८२ वटा विद्यालयहरु सञ्चालनमा रहेका छन् । शैक्षिक संस्थाहरु व्यवस्थित तरिकाले सञ्चालित अवस्थामा रहेको छ । हामीले धेरैभन्दा धेरै विकासका परियोजनाहरु अगाडि सारिरहेका छौँ र समग्रमा भन्नुपर्दा यहाँ विकासको गति तीव्रताका साथ अगाडि बढिरहेको छ ।

तपाईं निर्वाचित हुनुभएको पनि डेढ वर्ष भइसक्यो, यस अवधिमा तपाईंले यहाँको मुख्य समस्या के देख्नुभयो ? 

साविकका ५ गाउँ विकास समितिहरु मिलेर बनेको यो नगरपालिकाका हरेक ठाउँमा आ–आफ्नै समस्याहरु रहेका छन् । खासगरी हामीले यहाँका बौद्धिक तथा विभिन्न व्यापारिक व्यक्तित्वहरुसँग अन्तक्र्रिया गरिरहेका छौँ । यहाँको मुख्य समस्या भनेको ढल, खानेपानी, सडकबत्ती, सडकको स्तरोन्नति आदि हुन् र यसको लागि हामी धेरै कुराहरु परिपूर्ति गर्नको लागि सफल नभए पनि स्थानीय रुपमा र केन्द्रीयस्तरमा विभिन्न योजनाहरु समावेश गरी कामलाई तीव्रताका साथ अगाडि बढाउने प्रयत्न गर्दैछौँ । त्यसैले पहिलाको भन्दा अहिले सडकको स्थिति हेर्नुहोस् कस्तो छ, अनि खानेपानी, ढल निकासका कुराहरुमा धेरै अगाडि बढिसकेका छौँ । हामीले यो पाँच वर्षको अवधिमा धेरै फड्को मार्दछौँ । हामीले सामाजिक विकासलाई त्यत्तिकै महत्व दिएका छौँ । यसमा जनता जागरुक हुनुप-यो । फोहोर व्यवस्थापनमा पनि केही जटिलता आएको छ, यसको बारेमा कुराकानी भइरहेको छ । परिवर्तन आफैंबाट सुरुभयो भने विकासको सार्थकता त्यहीँबाट सुरु हुन्छ । नीतिगत कुराहरुलाई सबैले आत्मसाथ गर्नुपर्दछ । अपनत्वको भावना सबैमा हुनुपर्दछ । मैले आफूले पाएको अवसरलाई चुनौतीको रुपमा लिएको छु । हामीले प्रत्येक वडाहरुमा ज्येष्ठनागरिक र बालबालिकामैत्री पार्क निर्माण गर्न लागेका छौँ । 

राष्ट्रिय बसपार्कसँग जोडिएको यो टोखा नगरपालिका अनि जनघनत्व पनि बढी भएको ठाउँ, सुरक्षा व्यवस्थापनको अवस्था के छ नि ? 

हामीले नगर प्रहरी राख्ने कार्यविधि बनाइरहेका छौँ । यसको साथै विभिन्न सुरक्षा निकायसँग यसबारेमा छलफलहरु अगाडि बढिरहेका छन् । सामुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई पनि अगाडि बढाइरहेका छौँ । हामीले सडक बत्ती राख्ने योजना बनाएका छौँ, सडकमा जति पुग्छ सीसीटीभी क्यामरा राख्ने रणनीति बनाएका छौँ । हामीविना बर्दीका प्रहरीहरुले बर्दीका प्रहरीसँग आत्मीय सम्बन्ध राख्नु जरुरी छ । प्रत्येक ठाउँमा समूह–समूह बनाइयो भने त्यसले चोरी र डकैतीका घटनाहरु पत्ता लगाउन सहायक भूमिका खेल्न सक्छ । अनि समाजमा शान्ति सुरक्षा कायम गर्न सहयोग पनि मिल्छ । 

स्थानीय सरकारले कर बढायो भनेर व्यापक जनगुनासो थियो, यस सन्दर्भमा टोखा नपामा करको अवस्थाबारे बताइदिनुहोस् न ? 

विगत केही समयअगाडि केन्द्रीय सरकारले आर्थिक सम्पत्ति कर लिनुपर्दछ भनेर कानुनमा उल्लेख गरेकोले हामीले जनतालाई सुशिक्षित बनायौँ तैपनि हामीले एक रोपनीभन्दा बढीलाई मालपोत कर र सो भन्दा कमलाई घर जग्गा करको रुपमा लिने निर्णय ग-यौँ । स्थानीय सरकार कार्यविधि ऐन २०७४ अनुसार घर भाडा कर १० प्रतिशत लिन पाउने अधिकार भए पनि टोखा नगरपालिकाले १० प्रतिशत करको दायरालाई घटाएर सात प्रतिशतमा झारेको छ ।

नगरक्षेत्रमा सञ्चालित विभिन्न व्यवसायहलाई कसरी व्यवस्थापन गरिरहनुभएको छ ?

खासगरी हामीले डीजीटल प्रोफाइल लिने रणनीति लिएका छौँ । आधिकारिक सबै व्यक्तिहरुको जमघटबाट नीतिगत रुपमा कुन ठाउँमा कस्तो खालको व्यापार गर्ने भन्ने तय भएपछि यसलाई कार्यान्वयनमा ल्याउने छौँ । 

दिगो विकासका लागि स्थानीयको जनसहभागिता अपरिहार्य छ, टोखा नगरपालिकामा विकासको कार्यमा जनसहभागिताको अवस्था कस्तो छ ? 

हरेक क्षेत्रको विकासका लागि हामीले विभिन्न रणनीतिहरु अवलम्बन गर्ने निर्णय गरेका छौँ । जनताको सहभागितामा उपभोक्ता समिति गठन, बढी रकमको आवश्यकता परेको खण्डमा ४० र ६० को व्यवस्था, निगरानी मात्र राख्ने हो भने ठेक्काको प्रक्रिया अगाडि बढाई कार्यान्वयनको प्रक्रियामा जाने गरेका छौँ । यसरी कार्य योजनाहरु अगाडि सार्दा जनताको भावनाअनुरुप काम गर्न सकिन्छ भन्ने हाम्रो मान्यता हो ।   (आर्थिक दैनिकबाट) 

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै