logo
565 x 90 pixel-01.png

‘निर्यातमुखी कृषिप्रणाली नै बलियो अर्थतन्त्रको आधार’

रुपन्देहीको कोटहीमाई गाउँपालिका जिल्लाकै अविकसितमध्येमा पर्छ । साबिकका छ गाविसहरु सिपवा, सक्रनपकडी, मर्यादापुर बैरघाट, मझगाँवा र बोगडीलाई समेटेर बनाइएको गाउँपालिकाको नामकरण मन्दिरबाट राखिएको हो । ५८.२६ वर्ग किलोमिटर क्षेत्रफल रहेको झण्डै छ हजार घरपरिवारको बसोबास रहेको छ । ४१ हजारभन्दा बढी जनसंख्या रहेको गाउँपालिकामा कृषि पेसामा आश्रित बढी छन् । गाउँपालिकामा अधिकांश थारु समुदायको बसोबास रहेको छ । कृषिक्षेत्रको विकासबाट गाउँपालिकावासीको जीवनस्तर उकास्न सक्ने पर्याप्त सम्भावना बोकेको गाउँपालिकामा गणेश घिमिरे प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् । घिमिरेसँग आर्थिक दैनिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको सम्पादित अंश :

कोटहीमाई गाउँपालिकाको विकास अवस्थाको बारेमा बताउनुहोस् न ?

विकास निर्माणमा नेपालको कणार्लीको उपनामले चिनिने रुपन्देहीको दक्षिणी बेल्टको कोटहीमाई गाउँपालिका पिछडिएको छ । शिक्षा, स्वास्थ्य, सञ्चार, सडकलगायतका धेरै क्षेत्रहरुको आवश्यकता पूर्ति हुने गरी विकास गर्न अझै केही समय पर्खिनुपर्ने अवस्था छ । अशिक्षा, घरेलु हिंसा, लैंगिक हिंसा दाइजो प्रथालगायतका नराम्रो संस्कार र समस्याका कारणले गाउँपालिकाको अपेक्षित विकास हुन सकिरहेको छैन।

कु–संस्कार अन्त्यको लागि केही कदम चाल्नु भएको छैन ?

कदम नचालेका होइनौँ, तिनै कुराहरुलाई प्राथमिकता दिँदै अगाडि बढेका छौँ । त्यसका लागि विभिन्न सचेतना कार्यक्रमहरु पनि चलाउँदै आएका छौँ । गलत संस्कारहरु मौलाउनुको मुख्य कारण अशिक्षा हो । त्यही भएर गाउँपालिकाले शिक्षामा फोकस गरेर कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकामा सामुदायिक र संस्थागत दुवै क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाहरुको गुणस्तर निकै दयनीय देखिएकोले गुणस्तरीय शिक्षाको लागि शिक्षक, प्रधानाध्यापक, अभिभावकहरु बेलाबेलामा छलफलको माध्यमबाट सचेत गराउँदै अगाडि बढेका छौँ जसले गर्दा समाजमा एउटा सकारात्मक सन्देशको प्रवाह भई छोराछोरीलाई पढाउनुपर्छ भन्ने ज्ञान पनि बढ्दै गएको छ । 

यस क्षेत्रका बासिन्दाको मुख्य पेसा र व्यवसाय के हो ?

यहाँ किसान पेसा गर्नेहरुको संख्या अधिक छ । तर कसरी कृषिलाई व्यवसायीकरण गर्ने भन्ने ज्ञान पर्याप्त छैन । कृषिलाई जीविकोपार्जनसँग मात्र जोडिएको छ । कृषिलाई जबसम्म व्यवसायीकरण गर्न सकिँदैन तबसम्म यहाँको किसानको आर्थिक हैसियतमाथि उठाउन सकिँदैन । कृषिलाई आधुनीकीकरण र व्यावसायिक बनाउनेतर्फ पनि शिक्षा दिने काम गर्दै छौँ । 

खेतीयोग्य जमिनको अवस्था र उक्त खेतीमा सिँचाइको व्यवस्था कस्तो छ ? 

राम्रै छ । खेती र आवास क्षेत्र छुट्टाछुट्टै भएकोले धेरै एकीकृत बस्तीहरु हुँदा खेतीयोग्य जमिनहरु अतिक्रमण भएका छैनन् । धान, गहुँ, तोरी र तरकारी यहाँका मुख्य खेतीहरु हुन् । परम्परागत खेती प्रणाली भए पनि उत्पादन निर्यात गर्ने सक्ने खालको हुँदा किसानहरु कृषिमै निर्भर छन् । बर्खे र हिउँदे दुवै खालको खेती हुने भएकोले सिँचाइको अवस्था ठिकै छ यद्यपि पर्याप्त नदीको पानी नहरबाट ल्याउन नसकिए पनि जमिनमुनिको पानीलाई बोरिङको माध्यमबाट अधिकांश क्षेत्रमा सिँचाइको सुविधा पुगेको छ । 

आर्थिक विकासको मुख्य आधार मानिएको कृषिक्षेत्रको विकासका लागि गाउँपालिकाका दीर्घकालीन योजनाहरु के–कस्ता छन् ?

जबसम्म निर्यातमुखी उत्पादन हुँदैन तबसम्म अर्थतन्त्र बलियो हुन सक्दैन । त्यसका लागि कृषकहरुलाई कृषिक्षेत्रमै पूर्ण निर्भर गराउनु जरुरी छ । आफ्नै उत्पादनले खान पुग्दैन भने कोही पनि कृषिक्षेत्रप्रति आकर्षित हुँदैन र कृषिक्षेत्रको विकास पनि गर्न सकिँदैन । कृषिक्षेत्रको निर्यातमुखी कृषिप्रणालीको लागि राज्यस्तरबाट केही योजनाहरु अगाडि ल्याइएका छन्, यद्यपि त्यति योजनाहरु पर्याप्त भने छैनन् । स्वःस्फुर्त किसानहरुलाई कृषिक्षेत्रमा आकर्षित गर्दै आधुनिक खेती प्रणालीमा कृषहरुको आकर्षण बढाउनु जरुरी छ । जसका लागि कृषि पेसा सम्मानित पेसाको रुपमा विकास गर्दै कहाँ कस्तो खेती गर्दा उत्पादकत्व बढ्छ र कुन सिजनमा के खेती गर्दा उपयुक्त हुन्छ भन्ने कुरामा राज्य स्तरबाट आवश्यक कदमहरु चालिनुपर्छ । गाउँपालिकाबाट पनि बेलाबेलामा कृषिक्षेत्रको विकासको लागि किसानहरुको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरु गर्दै आएको छ । 

बजेट खर्च र योजना कार्यान्वयनको अवस्था कस्तो रह्यो ?

गाउँपालिकाको गत आवको कुल २६ करोड बजेटमध्ये ८५ प्रतिशत बजेट खर्च गर्न सफल भयौँ । जसमा सडक विस्तार तथा स्तरोन्नति, कालोपत्रे गर्ने, ग्राभेल गर्नेलगायतका कामहरु भए भने, शिक्षाक्षेत्रको विकासका लागि पनि केही कामहरु भए । आत्मनिर्भरको प्रमुख स्रोत मानिएको कृषिक्षेत्रको विकासमा पनि बजेट विनियोजन गरिएकोले कृषिक्षेत्रहरुका कामहरु पनि भए । लघुउद्यमशीलताका कार्यक्रमहरु, महिला तथा बालविकासका कार्यक्रमहरु पनि सञ्चालन भए । समग्रमा गत आवमा शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानीलगायत प्राथमिकता र आवश्यकताका आधारमा छनौट भएका अन्य धेरै योजनाहरुमा कार्यसम्पादन ग-यौँ । 

बाँकी १५ प्रतिशत बजेट खर्च गर्न नसक्नुको कारण के हुन सक्छ ?

नयाँ अनुभव र शाखाहरु स्थापित हुन नसक्दा गर्नुपर्ने कामहरु गर्न नसक्नुले पनि बजेट खर्चको अवस्था सामान्य कमजोर देखिएको हो ।

चालू आर्थिक वर्षको कति बजेटमा के–कस्ता योजनाहरु कार्यान्वयन गर्दै हुनुहुन्छ ? 

चालू आवमा गाउँपालिकाको कुल बजेट २२ करोड हो । जसमा विगतमा अधुरा रहेका योजनाहरुलाई निरन्तरता दिँदै पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, सञ्चार, सिँचाइ लघुउद्याशीलता कार्यक्रम, बालविकासका कार्यक्रम, कम्प्युटर तथा प्रविधिसम्बन्धी आधारभूत तालिमलगायत प्राथमिकता र आवश्यकताको आधारमा छनौट गरिएका योजनाहरु कार्यान्वयन गर्दै छौँ । 

गाउँपालिकाको व्यवस्थित भवन नहुँदा साँघुरो स्थानबाट कठिन सेवा लिइरहेका सर्वसाधारणलाई सहज ढंगले सेवा प्रवाह गर्न गाउँपालिकाको योजना के छ ? 

व्यवस्थित भवन नहुँदा सेवा प्रवाहमा केही समस्या देखिए पनि हामी सुशासनको प्रत्याभूति मिल्ने गरी जति सक्दो छिटोछरितो रुपमा सेवा प्रवाह गरेका छौँ । प्रशासनिक भवन नहुँदा देखिएको केही असहज परिस्थितिलाई अन्त्य गर्न दुई वर्षभित्र सम्पन्न हुने गरी भवन निर्माणको प्रक्रिया पनि अगाडि बढाइसकेका छौँ । 

धेरै स्थानीय तहहरुले गुरु योजना बनाएर कार्यसम्पादन गरिरहेको समयमा कोटहीमाईले गुरु योजनाविना नै काम गरेको छ भन्ने सुनिन्छ नि ? 

गुरु योजना भनेको इन्डिकेट गर्ने आधार हो । त्यो बनाउनै पर्छ भन्ने छैन । जति काम गरिन्छ ती सबै कामहरु दीर्घकालीन सोचको साथ गरियो भने मात्र सफल भइने हुँदा गुरुयोजना बनाउने तर कार्यान्वयनमा ल्याउन नसक्ने सपनाको योजनाले मात्र विकास गर्न कठिन हुन्छ । जसले एकातिर अनावश्यक रुपमा पैसा खर्च हुन्छ भने, अर्कोतिर योजनाअनुसारको गर्न नसक्दा समाजमा नकारात्मक सन्देशको प्रवाह हुन्छ । जसले अराजकता निम्त्याउन सक्छ । 

यहाँको विचारमा गुरुयोजना काम छैन त ?

छैन भनेको होइन छ । तर गर्न नसकिने गुरुयोजना काम छैन । ती योजना केवल सपनाका मात्र हुन् । गाउँपालिकाले पनि सडकसम्बन्धी गुरुयोजना बनाउँदै छ । धेरै लामो समयसम्म पूरा गर्ने लक्ष्यका साथ बनाइएका योजनाहरु लक्ष्यमा पुग्ने समयसम्म पुग्दा पुनः सुरुको प्रक्रियामा जानुपर्ने अवस्था सृजना हुन सक्छ । उदाहरणको नेपाल भारतको व्यापारिक मार्गको सहजताको लागि बुटवल बेलहियाको छ लेन सडकलाई पनि लिन सकिन्छ । देशभर निकै महत्वको साथ हेरिएको उक्त सडक आठ वर्षसम्म पनि पूरा हुन सकेको छैन । एकातिर सडक पूरा हुन सकेको छैन भने अर्कातिर भत्किने क्रम सुरु भएको छ । भैरहवातिर बन्दैछ बुटवलतिर भत्किन सुरु भयो । यस्तो अवस्थामा सडकमा आनन्दित यात्राको कल्पना कहिले गर्ने ? दीर्घकालीन फाइदा लिन सकिने र छोटो समयमा सम्पन्न गर्नेगरी योजना तर्जुमा गर्नुपर्छ । 

गाउँपालिकामा नीतिनियम निर्माणको अवस्था कस्तो छ ?

गत आर्थिक वर्ष हामीले बढी समय नीति, नियम निर्माणमा लगायौँ । हालसम्म २२ वटा ऐन नियम बनिसकेका छन् भने केही बन्ने क्रममा छन् । आवश्यकतालाई मध्यनजर गर्दै पहिला आवश्यक नीति नियमलाई पहिला बनाएर क्रमशः आवश्यकताले सृजना गर्ने अनिर्वायतालाई ध्यान दिँदै अगाडि बढेका छौँ । 

कोटहीमाई गाउँपालिकाको विकासमा कत्तिको चुनौती देख्नुभएको छ ?

चुनौती त धेरै नै छन् । यहाँको मुख्य चुनौती भनेको सामाजिक परिवर्तन नै हो । सामाजिक विकासको लागि यहाँको समाजमा शिक्षाको विगुल फुक्न पर्दछ । अशिक्षाको कारणले हरेक क्षेत्रमा पाउनुपर्ने प्रतिफलमा नोक्सानी सहनुपर्ने बाध्यात्मक स्थिति छ । सम्भावना भएर मात्र हुँदैन त्यसको कार्यान्वयनको पाटो बलियो भएन भने त्यसले कुनै अर्थ राख्दैन । हामी कर्मचारी सधैँ नयाँ–नयाँ ठाउँमा सरुवा भइरहन्छौँ । हामी दीर्घकालीन विकासका योजनाहरुको सुरुवात त गर्दछौँ तर निचोड निष्कन नपाउँदै अर्को ठाउँमा जानुपर्ने हुँदा नयाँ आउनेको लागि पनि केही असहज हुन्छ । 

कोटहीमाईमा जनप्रतिनिधिबीच सम्बन्ध कस्तो छ ?

कोटहीमाईमा त्यस्तो कुनै समस्या छैन । समन्वय नभएको भए ८५ प्रतिशत बजेट खर्च गर्न सक्ने पनि थिएनौँ । काम गर्दै जाँदा कहिलेकाहीँ केही कुराहरु बाझिन सक्छन् तर त्यसलाई इगो बनाएर विकास निर्माण प्रभावित पार्ने कुरा पनि हुँदैन । सुरु सुरुमा बुझाइको कमीले व्यवस्थापनमा केही समस्या उत्पन्न भए पनि अहिले जनप्रतिनिधिले कर्मचारीलाई बुझ्नुभएको छ भने कर्मचारीले जनप्रतिनिधिलाई । दुवै पक्षले एक अर्कालाई बुझेको हुँदा र विकास निर्माणमा मिल्नुको विकल्प नहुनु, दुवैको काम एउटै भएकोले हामी छलफलको देखिएका समस्याहरुको समाधान निकाल्दै कार्यसम्पादन गर्दछौँ ।  (आर्थिक दैनिकबाट)

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै