logo
565 x 90 pixel-01.png

स्थानीय तहहरुलाई अधिकार सम्पन्न बनाउनुपर्छ

२०३७ सालमा कक्षा सातमा पढ्दादेखि नै नेविसंघको जिल्ला कमिटी सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका भीम प्रसाद ढुङ्गाना हाल निलकण्ठ नगरपालिका धादिङमा नगर प्रमुख छन् । २०३९ देखि २०५३ साल सम्म नेविसंघकै जिल्ला अध्यक्ष बन्न सफल भएका ढुङ्गानाले २०४२ सालमा आधा वर्ष जति जेल जिवन पनि बिताएका छन् । २०४८ सालदेखि नेपाली कांग्रेसको महाधिवेशन महासमिति क्षेत्रीय अध्यक्षको जिम्मेवारी सम्हालिरहेका ढुङ्गाना २०४९ सालमा तत्कालीन मुरली भन्ज्याङ गाविस अध्यक्षमा निर्वाचित हुन सफल भई २०५४ सालमा पुनः गाविस अध्यक्षमा निर्वाचित हुन सफल भएका थिए । २०५५ देखि २०७४ सम्म गाविस राष्ट्रिय महासंघको केन्द्रीय महासचिवको समेत जिम्मेवारी सम्हाली सकेका ढुङ्गाना निलकण्ठ नगरपालिकाको नगर प्रमुखका साथै नगरपालिका संघको केन्द्रीय महासचिवको समेत जिम्मेवारी निभाई रहेका छन् । सामाजिक भावना र दीर्घकालीन योजनालाई विशेष ध्यान दिएर अगाडि बढ्नु नै सबैभन्दा महत्वपूर्ण पक्ष हो । विकास निर्माणमा स्पष्ट खाका तयार गरी योजनाबद्ध रुपले अगाडि बढ्नुपर्ने धारणा राख्ने नगरप्रमुख भीम प्रसाद ढुङ्गाना सँग जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंश :

राजधानी काठमाडौंसँग जोडिएको जिल्ला भएर पनि धादिङका स्थानीय तहहरुमा विकासले गति लिन सकेको अवस्था देखिंदैन नि ?

यसको मुख्य कारण भनेको राम्रो दीर्घकालीन भिजनसहितको राजनेता नहुनु नै हो । नेता भए तर विकास प्रेमी नहुँदा अहिलेसम्म पछाडि परेको हो जस्तो लाग्छ । हिजो जे जस्तो भए पनि अब हामी हिजोकै कुराहरु पछाडि लाग्नु हुँदैन । जो जसले गरेका भए पनि हिजोका त्रुटिलाई सुधार गर्दै भविष्य हेरी निर्णयक निर्णय गरेर चल्नु नै सबैभन्दा ठुलो कदम हो । 

२०७१ सालमा नगरपालिका घोषणा भएको निलकण्ठमा नगरपालिका भए सँगै के कस्तो परिवर्तन आयो त ? 

२०७१ सालपछि २०७४ सालसम्म र २०७१ भन्दा अगाडि के कति परिवर्तन आयो सबैले मुल्याङ्कन गरेको कुरा हो । त्यसमा यो भयो त्यो भएन र यसले ग-यो त्यसले गरेन भन्ने कुरा भनिरहनु त्यती उचित ठान्दिन तर २०७४ मा म निर्वाचित भएर आएपछि धेरै परिवर्तन आएको छ । म दाबाका साथ दाबी गर्न सक्छु कि नेपालका सात सय ५३ वटै स्थानीय तहहरु मध्ये सबै भन्दा फरक ढंगले काम गरेका छौं । त्यसका रिजल्टहरु पनि देखिन सुरु भएका छन् । कति सत्य हो कति असत्य भन्ने कुरा पनि तिनै रिजल्टहरुले स–प्रमाणको रुपमा प्रस्तुत गरेकोले त्यसलाई सबैले आफ्नो आफ्नो ठाउँबाट मूल्याङ्कन पनि गर्नु भएकै होला । 

एक वर्षमै कुन कुन क्षेत्रमा के कस्ता परिवर्तन ल्याउने काम गर्नु भयो त ?

१४ वटै वडामा वडा कार्यालयहरु स्थापना भए । सबै वडाहरुमा इन्टरनेट,पीच सहितको रिङरोडको सुरुवात, मेरो निलकण्ठ मेरो मोबाइल एप सात सय ५३ वटै स्थानीय तहहरुमा पहिलो मोबाइल एप सुरु गर्ने स्थानीय तह पनि घोषित भइसकेको छ । त्यस्तै, खानेपानीको क्षेत्रमा पनि धेरै कामहरु अगाडि बढीसकेका छन् । सुरक्षित निलकण्ठको लागि सिसीटिभी क्यामेराहरु जडानका कार्यहरु पनि भैरहेका छन् । बसपार्कको डिपीआर, विपत व्यवस्थापन सम्बन्धिका आवश्यक कार्यहरुको योजना पनि तयार भैसकेको छ । समग्रमा निलकण्ठ शहरी गुरुयोजनाको पनि घोषणा भैसकेको छ । सडक स्तरोन्नती पुल निर्माण लगायतका कामहरु पनि निरन्तरतामा छन् । दश लाख भन्दा माथिका योजनाहरुलाई डेण्डर प्रक्रियाबाट सस्तो भन्दा सस्तोमा गुणस्तरिय काम गरी बचतलाई अर्को विकास निर्माणमा लगाउँदै थप विकास निर्माणका कार्यहरुको शुभारम्भ पनि गरेका छौं । पशुविमाका कामहरु पनि भैरहेका छन् । भने, योजनामा परेका अन्य विकास निर्माणका कामहरुपनि भैरहेका छन् । समग्रमा सिस्टमको विकास गर्दै अगाडि बढेका छौं । अर्को ओपन गभरमेण्ट पार्टनरसीप (ओजिपी) अर्थात हरेक क्षेत्रलाई पार्दशी बनाउँदै लैजाने योजनाका साथ अगाडि बढेका छौं । 

गत आर्थिक वर्षको नगरपालिकामा विनियोजित बजेटमा खर्चको अवस्था कस्तो छ र चालू आर्थिक वर्षको कति बजेटमा के–कस्ता योजनाहरु तर्जुमा गर्नुभएको छ ?

कूल ७४ करोड हो त्यसमा ९० प्रतिशत जति बजेट खर्च भएको छ भने दश प्रतिशत योजनाहरु सम्पन्न नहुँदा खर्च गर्न सक्ने अवस्था रहेन । त्यस्तै चालु आर्थिक बर्षको कूल ९२ करोड मध्येको विकास बजेटलाई विगतमा तर्जुमा गरिएका योजनाहरुको निरन्तरताका साथै, चार वटा स्मार्टपार्क, हल, करिडोर निर्माण गर्ने, सबै वडा कार्यालयहरु सम्म व्यवस्थित स्थायी हुने खालका सडक निर्माण गर्ने लगायतका योजनाहरु अगाडि सारेका छौं । नगरपालिकाको अर्थव्यवस्थालाई मजबुत बनाउन सक्ने आन्तरिक स्रोतका सम्भावनाहरु के

कस्ता छन् र ती सम्भावनाहरुलाई मूर्तरुप दिने योजनाहरु के के छन् ? 

आन्तरिक स्रोत बढाउने भन्ने बित्तीकै कर उठाउने कुरा अगाडि आउँछ । देशैभरी स्थानीयतहरुमा कर वृद्धिले विरोध र आलोचना भइरहँदा निलकण्ठ त्यस्तो नगरपालिका बन्यो जहाँ कुनै प्रकारको विरोध भएन । किनकी हामीले कर वृद्धि गर्नुभन्दा पनि दायरा वृद्धि गर्ने योजनाका साथ अगाडि बढ्यौं र नगरपालिकाका सबै वर्गहरु सँग पनि निरन्तर छलफलमा लाग्यौं । 

सबैले करको दायरा कसरी बढाउने भन्ने कुरामा सोचनीय भइरहँदा यहाँ कसरी दायरा वृद्धि गर्न सक्नु भयो त ? 

दायरा बढाउने भन्ने वित्तीकै बढी हाल्ने कुरा होइन । अहिले सुरुवाती चरणमा हामी नरपालिकामा सञ्चालन आएका उद्योग, व्यावसाय लगायत सबै फर्महरुमा अनुगमन गरी दर्ता भए नभएको, नविकरण भएको नभएको, मापदण्ड पुगेको नपुगेको जस्ता कुराहरुलाई विशेष ध्यानमा राखेर कानुनसम्मत तरिकाले चल्नको लागि सम्बन्धित सबैलाई सुचित गर्यौ जसले पहिलो वर्षमै धेरैभन्दा धेरैलाई परिधिभित्र ल्याउन सकिएकोले त्यसले आन्तरिक स्रोत वृद्धिमा धेरै टेवा थियो भने आगामी दिनहरुमा कसरी करको दायरा बढाएर अगाडि बढ्न सकिन्छ भन्ने कुराको सुस्म अध्यनका साथ अगाडि बढेका छौं । 

पछिल्लो समयमा जनप्रतिनिधि र कर्मचारीबीच समन्वयको अभाव भएको हल्ला पनि धेरै सुनिन थालेको छ त्यसमा अझ सरकारले सहयोग नगर्ने कर्मचारीलाई कारबाही गर्ने भनेपछि उक्त कुराको थप पुष्टि हुन्छ, निलकण्ठमा त्यसको अवस्था कस्तो छ ?

हामीकहाँ त्यस्तो कुनै समस्या छैन । हुन त नमच्चिने पीङ्को सय झड्का भने जस्तै आफूसँग स्पष्ट भिजन नहुने, आफूले काम गर्न नसक्ने बचाउ गर्न पनि दोषारोपण गरिएको पनि हुन सक्छ कुनै कुनै स्थानीय तहहरुमा । निलकण्ठमा कर्मचारीले जनप्रतिनिधिलाई बुझेका छन् भने जनप्रतिनिधिले कर्मचारीलाई । त्यसैले यहाँ त्यस्तो कुनै समन्वय नहुने अवस्थाको सृजना भएको छैन । 

पञ्चवर्षीय कार्यकालमा कस्तो नगरपालिकाको परिकल्पना गर्नुभएको छ ?

मैले अघि पनि भनिसके विकास भनेको बोल्ने वित्तीकै भैहाल्ने भन्ने कुरा होईन । कुनै पनि काम गर्न भावी योजना अपरिहार्य हुँदा २०८५ साल सम्मको लागि २६ बराबरको गुरु योजना तयार भैसकेकोले अब त्यही गुरु योजनालाई आधार मानेर कार्य सम्पादन गर्दै अगाडि बढ्नु नै विकासको सबैभन्दा ठुलो उपलब्धि हो ।

अहिलेकै अवस्था र बजेट विनियोजनले नगरपालिकाको गुरुयोजनाको २६ अर्ब रुपैयाँ कतै मनका लड्डु घ्यूसित जस्तै त होइन ?

हेर्नुस, सपना नदेखि लक्ष्य पुरा गर्न सकिदैंन । सपना भनेको भविष्यको मार्गचित्र हो । जसले यात्रामा सहजता ल्याउँछ । प्लान बिनाका योजनाहरु सफल हुन्छन् र होलान जस्तो लाग्दैन । जहाँ सम्म गुरु योजनाको २६ अर्बको कुरा छ हामी नगरपालिकाकै स्रोतबाट पु-याएर गर्छौ भनेको होईन त्यसका लागि संघ, प्रदेश, दातृराष्ट्र लगायत सबै सँग आव्हान गर्छौं र सोही अनुसार अगाडि बढ्छौं । त्यसको लागि कहाँ कसरी के गर्ने भन्ने बारे पूर्णरुपमा योजनाबद्ध तरिकाले अगाडि बढिएकोले संका गर्नुपर्ने कुनै ठाउँ छैन् । वास्तवमा पैसा भएर योजना बनाउने भन्दा पनि योजना बनाएर पैसा खोज्नु उपयुक्त हुन्छ । 

यहाँले बनाएको मास्टर प्लान असफल भयो भने ?

कसरी हुन्छ हुँदैन । त्यही असफल नहोस भनेर त दश वर्ष राखिएको हो । काम गर्दै जाने र बजेट खोज्दै जाने हुँदा असफलको सम्भाव्यता सून्य जस्तै हुन्छ । हामी कहाँबाट कता गएर कसरी गर्ने भन्ने पूर्ण तयारीमा रहेकोले यसो होलाकी भन्ने चिन्ता गर्नु पर्ने अवस्था छँदै छैन ।

नगरपालिकामा नीति नियम निर्माणको अवस्था कस्तो छ ?

अहिले सम्म १५ वटा नीति नियमहरु निर्माण गरिसकेका छौं भने केही तयारी अवस्थामा छन् । 

१५ वटा नीतिले मात्र नगरपालिका सञ्चालन गर्न सकिन्छ र ?

नीति भनेको आवश्यकता अनुसार निर्माण र परिमार्जन गर्दै जाने कानूनको आधार भएकोले हामीलाई आवश्यक नीतिहरु निर्माण गर्यौ । पूर्ण रुपमा छौं भनेर दाबी पनि गर्दैनौं । क्रमिक रुपमा आवश्यकता अनुसार निर्माण गर्दै अगाडि बढ्ने योजनामा छौं । 

अन्त्यमा, जताततै समृद्धिका कुराहरु चलिरहेको नेपालमा साच्चिकै समृद्धि ल्याउन कत्तिको चुनौती देख्नुहुन्छ ? र कसरी सम्भव छ जस्तो लाग्छ ? 

समृद्धि भनेको बोलेर मात्र हुने कुरा होईन । हामी जति सजिलोगरी समृद्ध आउँछ भन्ने सोचेका छौं त्यती सजिलो छैन । अहिलेको सरकारलाई मेरो प्रश्न सरकारले समृद्धि त भन्यो तर त्यसका आधारहरु के के छन् ? बजेटको विनियोजनको अवस्था कस्तो छ ? संविधानले दिएका अधिकारहरु पनि कटौती भएका छन् । कूल बजेटको ७० प्रतिशत केन्द्रले राखेको छ, १५/१५ प्रतिशत स्थानीय तह र प्रदेशलाई दिईएको छ । १५ प्रतिशत बजेटले जनताको समृद्धि कहिले हुने हो ? हिजो सम्म पुँजीगत लाभाम्स ३० लाख भन्दा माथिको मालपोतमा दिनु पर्थ्यो अहिले दश लाखबाटै सुरु भयो । आयकरमा उस्तै बृद्धि छ । के जनता रित्याएर समृद्धि आउँछ त ? सुशासनका कुरा गर्ने दुईतिहाईको सरकारले कर्मचारी समायोजन गर्न सकेको छैन् । धेरैकुराहरुको क्षेत्राधिकार घरी संघको, घरी प्रदेश घरी स्थानीय तहको भन्दै चलाईरहेको छ यो अस्थिरताले समृद्धिको कल्पना कहिले गर्ने । वास्तवमा अहिलेको सरकारले समृद्धि ल्याउन चाहेको नै हो भने दुईवटा काम गरे पुग्छ । संविधानमा स्थानीय तहहरुको अधिकार पूर्ण सुरक्षित गरी कार्यान्वयन गर्न दिनुप-यो । रस्थानीय तहहरुलाई मजवुत गराउने गरी कदमहरु चालिनुपर्छ । केन्द्रले केवल परराष्ट्र, अर्थ, शान्ति सुरक्षा मात्र हेरेर बस्नु पर्छ । भन्दा घरघरमा सिंहदरबार भन्ने अधिकार तर ति सिंह दरबारलाई अधिकार दिन नखोज्ने अनि सांसदलाई चार/पाँच करोड दिंदैमा समृद्धि हुँदैन । त्यसैले जनताको माँझमा बसेर प्रत्यक्ष समन्वय गर्ने स्थानीयहरुलाई जति अधिकार विहीन बनाईन्छ समृद्धि त्यती पछाडी धकेलिन्छ । (जनमञ्च साप्ताहिकबाट)

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै