logo

शिक्षा क्षेत्रमा राजनीति प्रवेश गराउनु गलत हो

शिक्षा, कृषि र पूर्वाधारः समृद्ध कोटहीमाईको मूलको मूल आधार भन्ने नाराका साथ अगाडि बढेको कोटहीमाई गाउँपालिका रुपन्देहीका १६ स्थानीय तहहरुमध्येको एउटा गाउँपालिका हो । रुपन्देही जिल्लाको दक्षिण भागमा अवस्थित यो गाउँपालिका साविक छ गाविसहरु मिलेर बनेको गाउँपालिका हो । कुल ५८.२६ वर्ग किमि क्षेत्रफल रहेको गाउँपालिकाको पूर्वमा भारत पश्चिममा लुम्बिनी सांस्कृतिक नगरपालिका उत्तरमा मायादेवी गाउँपालिका र दक्षिणमा सम्मरीमाई र मर्चवारी गाउँपालिका पर्दछन् । ४१ हजारभन्दा बढी जनसंख्या भएको यो गाउँपालिकामा अधिकांश मधेसीहरुको बसोबास रहेको छ । प्राकृतिक, धार्मिक विविधता राजनैतिक रुपले परिचित गाउँपालिकाका अधिकांश मानिसहरु कृषि पेसामै निर्भर छन् । कृषिक्षेत्रको विकासले अगाडि लैजान सक्ने आधारहरु रहेको गाउँपालिकामा हाल चन्द्र भुषण यादव विकासको एजेण्डाका साथ निर्वाचित भई गाउँपालिकामा अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । स्थानीयस्तरमा निर्वाचित हुनुपूर्व पनि सामाजिक कार्यहरुको कारणले चर्चा कमाएका यादवप्रति स्थानीयहरुको अपेक्षा धेरै छ । फरक विकसित सोच र वैचारिक स्रोतका प्रखर मानिने अध्यक्ष चन्द्र भुषण यादवसँग जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको सम्पादित अंश :

कोटहीमाई गाउँपालिकामा भएको विकासको अवस्थाको बारेमा बताइदिनुहोस् न ?

गाउँपालिकामा विशेष गरेर शिक्षाको अवस्था अत्यन्तै दयनीय छ । स्वास्थ्यमा साविक गाविसहरुमा स्वास्थ्य चौकीहरु भएता पनि अलि ठूलो रोग लागेमा उपचारको लागि स्वास्थ्य संस्था नहुँदा बुटवल भैरहवा र काठमाडौंको विकल्प छैन । कृषिमा गाउँपालिका पूर्ण निर्भर भए पनि जुन रुपमा कृषि क्षेत्रको विकास हुनुपर्ने थियो त्यो रुपमा भएको अवस्था छैन । सडक सञ्जालहरु पनि आवश्यकताअनुसारका व्यवस्थित र चौडा पक्की नहुँदा केही असहज परिस्थिति सृजना भएको छ । सबै कुराहरुलाई मध्यनजर गर्दै गाउँपालिकाले प्राथमिकता र आवश्यकताका आधार योजनाहरु तर्जुमा गरेर अगाडि बढेको छ । 

अध्यनको लागि शैक्षिक संस्था र अध्यापनको लागि शिक्षक त होलान् नै, फेरि शिक्षा क्षेत्रको अवस्था कसरी दयनीय भयो त ?

हो, शैक्षिक संस्था छन् र ती शैक्षिक संस्थाहरुमा अध्यापन गराउने शिक्षकहरु पनि छन् । मुख्य समस्या भनेको विद्यालय जस्तो पवित्र मन्दिरमा राजनीति प्रवेश गराइनु सबैभन्दा ठूलो समस्या हो । शिक्षकहरुमा पनि विद्यार्थीको भविष्यप्रति कुनै चिन्ता नहुँदा शिक्षा क्षेत्रको अवस्था खस्किदै गएको हो । विद्यालयमा आएर पढायो विद्यार्थीले बुझेबुझेनन् भन्नेतर्फ ध्यान नदिनु सबैभन्दा त्रुटिपूर्ण कुरा हो  । विद्यार्थी आफ्नो भविष्य उज्ज्वल बनाउनको लागि पवित्र मन्दिरमा आउँछन् । शिक्षकहरु आफ्नो गुजारा तिनै विद्यार्थीहरुका अभिभावकले तिरेको करबाट गरेका हुन्छन् । जसको कारणले गर्दा आफ्नो जिन्दकी चलेको छ तिनैप्रति सचेत भएर अध्यापन गराउन नसक्नु शिक्षकहरुको कमजोरी हो । जसले गर्दा गाउँपालिकामा शिक्षाको अवस्था अत्यन्तै दयनीय बन्दै गएको हो । त्यसलाई सुधार गरेर कमिकमजोरीलाई सच्याउँदै अगाडि बढ्नु अहिलेको आवश्यकता भएकोले आवश्यकता अनुसारको कानुन निर्माण गरी अगाडि बढेका छौँ ।

गत आर्थिक वर्षमा विकास निर्माणमा के कस्ता योजनाहरु सम्पन्न भए र चालू आर्थिक वर्षका योजनाहरु के के हुन् ?

गाउँपालिकाको गत आवको कुल २६ करोड बजेटमध्ये सडक विस्तार तथा स्तरोन्नति, कालेपत्रे, ग्राभेललगायतका कामहरु भए भने, गुणस्तरीय शिक्षाका लागि पनि गत आवमा शिक्षा क्षेत्रका धेरै योजनाहरुमा काम भए । गाउँपालिकाको मुख्य योजना भनेको शैक्षिक क्षेत्रमा गाउँपालिकालाई अब्बल बनाउँदै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य भएकोले त्यसका लागि आवश्यक योजनाहरुको साथ अगाडि बढेका छौँ । भने आत्मनिर्भरको प्रमुख स्रोत मानिएको कृषिक्षेत्रको विकासको लागि कृषकलाई प्रोत्साहन गर्दै कृषि उत्पादनमा वृद्धि गर्नेगरी अगाडि बढेका छौँ । समग्रमा शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानीलगायतका योजनाहरुमा काम भए । त्यसैगरी चालू आवमा गाउँपालिकाको कुल बजेट २२ करोड भएकोले गत आर्थिक वर्षका अधुरा योजनाहरुलाई निरन्तरता दिँदै आवश्यकताका आधारमा नयाँ योजनाहरुको साथ अगाडि बढेका छौं ।

गाउँपालिकाको मूल मन्त्रलाई साकार पार्ने यहाँका योजनाहरु केके छन् ?

शिक्षा, कृषि र पूर्वाधार समृद्ध कोटहीमाईको मूलको मूल आधार भन्ने गाउँपालिकाको मुख्य नारा भएकोले हामी त्यही नारालाई आधार मानेर योजनाहरु निर्माण गरी कार्यान्वयन गरेका छौं ।

गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिबीच राम्रो सम्बन्ध छैन भन्ने हल्ला सुनिन्छ नि ?

कोटहीमाई गाउँपालिकामा त्यस्तो कुनै समस्या छैन । कसैलाई केही कुराप्रति खेद भएको भए मेलमिलाप नभएको सन्देश बाहिर आएको होला तर भित्र त्यस्तो कुनै सिकायत छैन । सुरुसुरुमा बुझाइको कमीले व्यवस्थापनमा केही समस्या उत्पन्न भए पनि अहिले जनप्रतिनिधिले कर्मचारीलाई बुझ्नु भएको छ भने कर्मचारीले जनप्रतिनिधिलाई । दुवै पक्षले एक अर्कालाई बुझेको हुँदा र विकास निर्माणमा मिल्नुको विकल्प पनि नहुनु, दुवै पक्षको काम एउटै भएकोले हामी छलफलको टेवलबाट निष्केको निष्कर्षका साथ अगाडि बढेका छौं ।

आफ्नो पाँच वर्षे कार्यकालमा कस्तो गाउँपालिकाको परिकल्पना गर्नुभएको छ र त्यसलाई साकार पार्ने आधारहरु के के छन् ?

म पञ्चायतदेखि गाउँका जनताहरुको सेवामा लागेको व्यक्ति भएकोले यस क्षेत्रको विकास गर्नु मेरो कर्तव्य हो । २० वर्ष सम्म स्थानीय चुनाव हुन नसक्नु विकास निर्माण मुख्य बाधक बने पनि अहिले चुनाव भएर सबै क्षेत्रहरु जनप्रतिनिधिले भरिपूर्ण भएको छ । जनप्रतिनिधिहरुसँग जनताका आशाहरु धेरै भएकोले ती आशाहरुलाई भरोषामा परिणत गर्दै समृद्ध गाउँपालिका निर्माण गर्नु मुख्य लक्ष्य हो । गाउँपालिकामा भएका सम्पूर्ण विकृति विसंगतिहरुलाई निर्मुल पारेर नैतिक शिक्षासहितको समृद्ध गाउँपालिका नै कल्पनाको शिखर हो ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

यहाँ र जनमञ्च साप्ताहिकलाई विशेष धन्यवाद छ । एउटा पिछडिएको ठाउँमा आएर समग्र गाउँपालिकाको समसामयिक विषयको बारेमा केही कुराहरु राख्ने अवसर प्रदान गर्नुभएकोमा । २० वर्षदेखि विकासको आशमा बसेका नेपाली जनतालाई यतिबेला जनप्रतिनिधिहरुप्रति धेरै आशा पलाएको छ । स्पष्ट कार्य योजनाका साथ निरन्तर जनताको माझमा बसेर विकासको खाका बनाएर कार्यान्वयनमा ल्याउन सके समृद्ध नेपालको सपना साकार हुन केही बेर लाग्दैन । हाम्रो मुख्य समस्या भनेको कुरा धेरै गरेर काम कुरा अनुसार नगर्नु नै हो । त्यसपछि हरेक कुरामा राजनीति प्रवेश गराउनु अर्को एउटा समस्या हो । शिक्षा ग्रहण गरेर भविष्य निर्धारण गर्ने समयमा हामीले हाम्रा नानीबाबुहरुलाई राजनीतिको सिकार बनाउँछौं जसले गर्दा हाम्रो देशमा दक्ष जनशक्ति उत्पादन हुन सकिरहेको छैन । भने विलासी क्षेत्रमा फस्टाएको लगानीले उत्पादनमूलक क्षेत्रको विकास ओझलमा पर्दा युवाहरु दोस्रो र तेस्रो मूलकमा रोजगारीको लागि जान बाध्य छन् । इच्छाशक्ति र दृढ संकल्प गरी योजनाबद्ध रुपले कार्यसम्पादन गरे समृद्ध नेपाल निर्माणमा कुनै समस्या छैन । सम्भावनाहरु हुँदाहुँदै पनि विकासले गति लिन नसक्नु विडम्बना भएकोले सम्भावित क्षेत्रको विकासमा सूक्ष्म अध्ययनको गर्दै त्रुटिलाई सच्याएर पूर्ण मेलमिलापको साथ अगाडि बढ्यो भने हामी विकास निर्माणमा छलाङ मार्न सक्छौँ ।  (जनमञ्च साप्ताहिकबाट)

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै