logo

अधिकार खोज्दा कर्तव्य पनि सम्झिने गरौं

साविक ठिमुरे गाविस–३, देउराली पाल्पामा जन्मिएका नारायण बहादुर जिसी हाल रिब्दीकोट गाउँपालिका पाल्पाका अध्यक्ष हुन् । बीएल. गरेका जिसी कानुनमा मात्र नभएर राजनैतिक, सामाजिक, बौद्धिक क्षेत्रमा अब्बल मानिन्छन् । २०३६ सालको विद्यार्थी आल्दोलनबाट पृथ्वीनारायण क्यापस पोखरा राजनीतिमा प्रवेश गरेका जिसीले २०३८ सालमा भएको विद्यार्थी आन्दोलनमा केही समय जेल जीवनसमेत बिताएका थिए । उत्पादनमूलक क्षेत्रको विकास र विस्तारमा जोड दिन चाहने क्षमतावान तथा विकास प्रेमी रिब्दीकोट गाउँपालिका पाल्पाका अध्यक्ष नारायण बहादुर जिसी आर्थिक दैनिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको सम्पादित अंशः 

गाउँपालिकामा विकासको अवस्था कस्तो छ ?

तुलनात्मक रुपले सुगम देखिए पनि गाउँपालिकामा आन्तरिक आम्दानीका स्रोतहरु न्यून छन् । अन्य गाउँपालिका तथा नगरपालिकामा नदीजन्य पदार्थ र चुनढुङ्गाका खानीहरु भए पनि रिब्दीकोट गाउँपालिकामा त्यसको सम्भावना अति न्यून छ । त्यसमा पनि ठूलो बजार, उद्योग धन्दाहरु नहुनु हाम्रा लागि विकास निर्माणमा अर्को चुनौतीको विषय हो । केही वडाहरु राजमार्गहरुसँग जोडिएर सडक सञ्जालमा सुगम देखिए पनि अन्य धेरै हिसाबले दुर्गम छ । मुख्य कुरा सम्भावनाहरुको विकासको लागि आन्तरिक स्रोतहरु नहुनु नै समस्याको विषय हो ।

आन्तरिक स्रोत नाजुक हुँदा अपेक्षित विकासमा बाधा पुग्नुका साथै जनताको आयस्रोत पनि कमजोर हुने देखिन्छ, त्यसमा गाउँपालिकाले कुनै वैकल्पिक योजना बनाएको छैन ?

आन्तरिक स्रोतको विकास केवल सम्भावनामा आधारित चिज हो । चाहँदा ह्वात्तै बढ्ने नचाहँदा नहुने भन्ने होइन । सम्भावनाहरु भएको ठाउँमा प्राथमिकता कम दिए पनि स्वतः त्यहाँ चहलपहल बढ्छ भने, सम्भावना नै नहुनु प्रमुख समस्याको विषय हो । बुटवल र तानसेन नजिकका मुख्य ठूला बजार भएकोले यहाँ ठूलो बजार बसाल्न सकिने अवस्था छैन । अन्य गाउँपालिका नगरपालिकामा जस्तै मेघा प्रोजेक्ट चलाउन सक्ने सम्भावना पनि न्यून छ । यहाँको कृषि उत्पादनलाई, वनजंगल, सेवासुविधालाई, पशुपालनको विकासलाई आम्दानीको स्रोतका रुपमा विकास गर्न सकिने हुँदा तिनै सम्भावना बोकेका क्षेत्रहरुको विकासको लागि बढी केन्द्रित भई योजनाबद्ध रुपले अगाडि बढेका छौँ ।

पछिल्लो समयमा करको विषयलाई लिएर स्थानीय तहहरु धेरै आलोचित छन् नि ?

जसरी राज्यको नीतिअनुसार करका दायराहरुलाई व्यस्थित गर्ने गरी स्थानीय तहहरु अगाडि बढे । तर, त्यसलाई मिडियाका साथीहरुले आवश्यकताभन्दा बढी प्रचारमा ल्याउनुभयो । यहाँसम्म कि मरेको बाख्राको पनि कर उठाइयो भन्ने जस्ता अपाच्य हल्ला पनि चलाइयो । कृषकले बाख्राको बीमा गर्छ, जसले गर्दा बाख्रा मरिसकेपछि उसले अवश्य पनि बाख्राको मूल्य त पाउँछ नै । त्यो भनेको उसको आम्दानीको विषय हुँदा आम्दानीमा कर लिने कि नलिने ? यसरी सत्य तथ्यको नजिक नगएर आँकलन र होचुवाको भरमा गरिएका आलोचना तथा विरोधहरु सुझबुझविनाको हुन् । जुन वास्तविक रुपमा भन्दा पनि लहै–लहैमा लागेर गरिएको छ । यसरी आधारहीन विरोध गर्नु भनेको विकास विरोधी हो । रिब्दीकोटमा कर विरोधी त्यस्ता कुनै गतिविधिहरु भएका छैनन् । किनकि हामी सर्वसाधारणहरुकै सहमति र समझदारीमा उहाँहरुलाई नै कर निर्धारण गर्न लगाएर उहाँहरुकै अनुसार कर निर्धारण गरेका छौँ ।

कतै, स्थानीय तहहरुले बुझाउन नसक्दा वास्तविकता एक बुझाइ अनेक भएको त होइन ?

बुझ्न चाहनेलाई बुझाउन सकिन्छ तर बुझेर बुझ पचाएकोलाई कठिन हुन्छ । यहाँ त असफल बनाऊँ, काम गर्नै नदिऊँ भन्ने नियतले निकालिएका अनावश्यक बखेडाहरुको मात्र समस्या हो । वास्तवमा आम नागरिकलाई केही समस्या छैन, किनकि आफूले निर्धारण गरेको कर तिरेका छन् । तर केही व्यक्ति तथा नेतृत्वहरुको अनावश्यक हो–हल्लाले आलोचना धेरै जस्तो देखिए पनि वास्तवमा त्यो केही पनि होइन । हामीकहाँ कर्तव्यभन्दा अधिकार खोज्ने गलत संस्कार बसिसकेकोले अलिकति कर्तव्य थप्दा पहाडै टुट परेको व्याख्या गरिएको हो, जुन गलत छ । करको समस्या गाउँघरमा भन्दा पनि जहाँ ठूलो बजार छ, जहाँ धेरै मान्छे बस्दछन्, जहाँ धेरै मिडिया छन् र अनि जहाँ धेरै बेरोजगार छन्, त्यहाँ–त्यहाँ बढी देखिएको छ । युरोप, अमेरिका र खाडी राष्ट्रहरुमा काम गर्न जानेलाई केही समस्या छैन, उनीहरुले कमाएका छन् कर तिर्नुपर्छ भन्ने धारणा छ । यहाँ बसेका केही आम्दानी कम हुने र लहैलहैमा लागेर विरोध गर्नेहरुले गर्दा केही समस्या उत्पन्न भए जस्तो देखिएको हो । तर, त्यो पनि वास्तविकता लुकाएर देखावटको लागि गरिएको छ । हामीले ५० रुपैयाँ कर तिरेर कर लिएको लियै छ भनियो तर केका लागि तिरेको छु भन्ने बुझ्न खोजिएन । समस्या त्यसले पनि उत्पन्न गराएको हो । अब त्यसको सकारात्मक सन्देश प्रवाहको लागि मिडियाका साथीहरु, जनप्रतिनिधि, जिम्मेवार व्यक्तित्वहरुको साथै सामाजिक अभियन्तालगायत सबै एक भएर वास्तविकतामा लाग्नुपर्छ ।

आम्दानी गर्ने सबैलाई करको दायरामा ल्याउने राज्यको नीतिअनुरुप यो एक वर्षमा रिब्दीकोट गाउँपालिकामा कति व्यावसायिक फर्म तथा अन्य प्रतिष्ठानहरु करको दायरामा ल्याउनुभयो ?

गाउँपालिकामा केही साना कृषि फर्महरु, केही व्यावसायिक फर्महरु र केही फर्निचर उद्योगहरु मात्र छन् ती सबै करको दायरामा आइसकेका छन् । नयाँ खोल्नेको कुरा गर्नुपर्दा पाउरोटी उद्योग पनि चलाउन सक्ने अवस्था छैन । किनकि उद्योग खोलेर चलाउने प्रयास गरेका हौँ, त्यसमा असफल भयौँ । अहिले अधिकांश करको दायरा आए पनि उहाँहरुमध्येका कोही कानुन सम्झेर आउनु भएको छ भने, कोही भोट दिएका हौँ केही पाइन्छ कि भन्ने मानसिकतामा पनि हुनुहुन्छ । कर तिर्नुपर्ने सबैले कर तिर्दा र भूमिकरलगायत सबै किसिमका करहरुबाट गत वर्ष हामीले १६ लाख मात्र कर उठायौँ । उठेको करलाई अन्दाज गर्ने हो भने यहाँको वस्तुस्थितिको बारेमा सोझै अनुमान लगाउन सकिन्छ ।

आम्दानीलाई हेर्दा परनिर्भरताको खाडल ठूलो देखिन्छ । अब, गाउँपालिका चल्ने आधार भनेको केन्द्र र प्रदेश नै हो त ?

यसमा बुझाइमा समस्या छ । केन्द्र भनेको आफैंमा पैसा बनाउने चिज होइन । केन्द्रले हरेक क्षेत्रबाट पैसा सङ्कलन गर्दछ । जहाँ गाउँपालिका नगरपालिकाको पहुँच कम हुन्छ । देशका हरेक क्षेत्रबाट सङ्कलन भएको पैसा तिनै क्षेत्रहरुमा आवश्यकता र प्राथमिकताको आधारमा केन्द्रले वितरण गर्दछ । रिब्दीकोट गाउँपालिकाको आम्दानी कम छ भन्दैमा गाउँपालिकाको विकासको लागि बजेट नपर्ने नदिने अथवा केन्द्रको भर पर्नुपर्ने सवालहरु त्यति सान्दर्भिक मानिँदैन । सम्भावनाहरु भए आन्तरिक स्रोत वृद्धि हुन्छ नभए हुँदैन । समृद्ध राज्य त्यसरी बन्छ जब विक्रेन्द्रीकृत विकास हुन्छ । हुने क्षेत्रबाट लिएर नहुने क्षेत्रलाई दिँदा मात्र चौतर्फी सम्भव हुने हुँदा एउटै राज्यभित्र नहुनेलाई परनिर्भर भयौँ भन्नु त्यति उचित होला जस्तो लाग्दैन । किनकि सबै क्षेत्रबाट सङ्कलन भएको आम्दानीलाई प्रतिशतको आधारमा वितरण गरिने हुँदा त्यो पनि हाम्रै आम्दानी हो जस्तो लाग्छ ।

केन्द्रले दिएको सीमित बजेटमा गाउँपालिका त सञ्चालन भयो तर सोही बजेटबाट गाउँपालिकाको आवश्यकता अनुरुपको विकासको कल्पना कहिले गर्ने त ?

हो, सबै कुरामा भर परिरह्यौँ भने समयमै अपेक्षित विकास हुन नसक्ने कुराप्रति हामी पनि चिन्तित छौँ । त्यही कुरालाई मध्यनजर गर्दै सम्भावित क्षेत्रहरुलाई प्राथमिकतामा राखेर अगाडि बढेका छौँ । त्यसमा पनि विशेष गरेर कृषि क्षेत्र आयआर्जन बढाउने प्रमुख स्रोत भएकोले हामी उत्पादन र उत्पादकत्व बढाउने गरी व्यावसायिक कृषिमा विशेष जोड दिएका छौँ । युवाहरुलाई कृषि क्षेत्रप्रति आकर्षित विभिन्न योजनाहरुको साथ निर्यात गर्न सक्ने गरी कृषि क्षेत्रको विकासलाई प्रमुख आधारको रुपमा अगाडि सारेका छौँ ।

कार्य सम्पादनको पहिलो वर्ष कसरी बित्यो ?

अभ्यास गर्ने र सिक्ने वर्ष रुपमा बित्यो । अर्को कानुन निमार्णमा केही समय खर्चिनुप¥यो । योजना छुट्याउने, बजेट विनियोजन गर्ने लगायतका धेरै जिम्मेवारीहरुका साथै नयाँ अनुभवले गर्दा कार्यसम्पादनमा केही असहज परिस्थितिको सृजना भए पनि समयमै सम्पूर्ण योजनाहरुमा काम सफल बनायौं । टुक्रे अर्थात साना–साना योजनाहरु प्रमुख समस्या भए पनि आवश्यकताका आधारमा फिल्टर गरेर ती योजनामा कार्य सम्पादन गर्नु मुख्य चुनौतीको रुपमा रह्यो । विभिन्न अन्योल, कर्मचारी अभावजस्ता अन्य समस्याहरुका बाबजुत पनि निर्धारित समयमै गाउँपालिकाको कुल २९ करोड बजेटमा करिब ९५ प्रतिशत बजेट खर्च गर्न सक्यौँ ।

९५ प्रतिशत बजेटमा के–कस्ता योजनाहरु सम्पन्न भए ?

गत आर्थिक वर्षमा हामी धेरै बजेट पूर्वाधारको विकासअन्तर्गत सडक मर्मत, विस्तार तथा स्तरोन्नतिमा लगायौँ । त्यसैगरी कृषि क्षेत्रको विकासको लागि फलफूल खेती, तरकारी खेती तथा पशुपालनमा अनुदानका कार्यक्रमहरु ग-यौँ । शिक्षा, स्वास्थ्यका योजनाहरुमा पनि कार्यहरु भए । क्षमता विकासको लागि विभिन्न सीपमूलक तालिमहरुका साथै लक्षित वर्गहरुलाई मध्यनजर गर्दै शिक्षा क्षेत्र गरिएका व्यावस्थाहरुअन्तर्गत जुत्ता र कपडा वितरण, शैक्षिक सामग्री वितरण, टिफिन बक्स वितरण, खाजाको व्यवस्थामा पनि केही बजेट खर्च ग-यौँ । समग्रमा जनआवश्यकता अनुसार प्राथमिकताका आधारमा छुट्याइएका योजनाहरुमा कामहरु भए ।

नीति–नियम निर्माणको अवस्था कस्तो छ ?

ऐन, नियम, नियमावली, कार्यविधि नभइकन गाउँपालिका सञ्चालन गर्न सक्ने आधारहरु न्यून हुने हुँदा नीतिनियम निर्माण पहिलो पार्टको रुपमा अगाडि बढायौँ । जसअन्तर्गत शिक्षा, स्वास्थ्य, सहकारीलगायतका २१ वटा ऐनहरु बनाएर राजपत्रमा प्रकाशित गरिसकेका छौँ । सायद ऐन निर्माणमा अधिराज्यकै गाउँपालिकाहरुमा रिब्दीकोट पहिलो हो जस्तो लाग्छ ।

चालू आर्थिक वर्षको कति बजेटमा के–कस्ता योजनाहरुमा काम हँदैछ ?

कुल ३५ करोड हो । जसमा १३ करोड सशर्तमा र बाँकी रहेको बजेट विकास निर्माणलगायत आवश्यक अन्य क्षेत्रको लागि छुट्याइएको छ । विकास बजेटअन्तर्गत पूर्वाधार विकास, कृषि क्षेत्रको विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्यलगायत आवश्यकता अनुसार प्राथमिकताको आधारमा छुट्याइएका विभिन्न योजनाहरुमा काम गर्ने लक्ष्य छ ।

गत आर्थिक वर्षभन्दा चालू आवमा फरक योजनाहरु के के छन् ?

गाउँपालिकामा आठ सय ५२ जना एकल महिलाहरु हुनुहुन्छ । उहाँहरुलाई कुनै न कुनै पेसाबाट आत्मनिर्भर बनाउन सक्ने खालका सीपमूलक योजनाहरु अगाडि सारेका छौँ । त्यसैगरी गाउँपालिकाकै रिब्दीकोट भन्ने ठाउँमा पर्याप्त मात्रामा पानीको मुहान छ । उक्त ठाउँमा खेर गएको गुठीको जमिन सदुपयोग गरी जडीबुटी उद्यान निर्माण गर्ने र उक्त क्षेत्रलाई पर्यटकीय हिसाबले विकास गरेर रिब्दीकोटको लुम्बिनी बनाउने कुरा चुनौतीपूर्ण भए पनि समयमै सम्पन्न गरी अगाडि बढेका छौँ ।

गाउँपालिकाको दीर्घकालीन विकासका लागि आवधिक योजनाहरु के–कस्ता छन् ?

रिब्दिकोट गाउँपालिकाको समुन्नति नै हाम्रो ध्येय हो । गाउँ नै गाउँ भएको हाम्रो समाजमा काम गर्दा आर्थिक, भौतिक र मानवीय चेतनाको विकाससँगै राम्रोसँग ध्यान पु-याउनुपर्छ भन्ने कुरामा गाउँपालिकाको नेतृत्व सचेत रहेको छ । बजेट विनियोजनका हिसाबले पहिलो प्राथमिकता पूर्वाधारको विकासमा रहे पनि किसानको जीवनस्तर माथि उठाउनको लागि व्यावसायिक कृषि सँगसँगै डो-याएका छौँ । जबसम्म निर्वाहमुुखी कामले फड्को मार्न सक्दैन तबसम्म हाम्रो विकास पनि अनिश्चित हुने हुँदा अग्रगामी विकास गर्न सक्ने खालका योजनाहरुको साथ अगाडि बढ्नु हाम्रो कर्तव्य पनि हो । आफ्नो काम आफैं गरी विकासमा साझेदारीको गर्दै अगाडि बढ्न र योजनाबद्ध रुपले गाउँपालिकाको विकास गर्न हामी सधैं तप्पर छौँ । हामीले निर्वाचनको बेलामा घोषणा पत्रमा भनेका कुराहरुलाई भुलेका छैनौं । कृषिमा आत्मनिर्भर, गुणस्तरीय शिक्षा र स्वास्थ्य, स्वच्छ पिउने पानीको, पूर्वाधारको पर्याप्तता, वन–वातावरण स्वच्छता, सरसफाइ, सु–शासन युक्त सेवा र मेलमिलाप युक्त समाज निर्माण अपरिहार्य भएको हुँदा त्यसका लागि आवश्यक कामकारवाहीहरु गर्ने दृढ सङ्कल्प पनि छ । पछाडि परेको समुदाय दुुर्गम क्षेत्रमा बसोबास गर्ने वस्तीहरु तथा गरिब, दलित, एकल महिलाहरु, ज्येष्ठ नागरिक सबैको उचित हेरविचार गर्नु हाम्रो कर्तव्य भएकोले सोहीअनुसार अगाडि बढेका छौँ ।

कार्यकालको पाँच वर्षमा कस्तो गाउँपालिका परिकल्पना गर्नुभएको छ ?

गाउँपालिकामा शिक्षाको अवस्था अत्यन्तै दयनीय छ । अब, शिक्षाको आवश्यकता व्यवहारमा ल्याउन सक्ने खालको भएकोले व्यावहारिक शिक्षाको लागि प्राविधिक शिक्षामार्फत धेरै भन्दा धेरै दक्ष जनशक्ति उत्पादन गर्नु रहेको छ । त्यसैगरी सहकारीको माध्यमबाट कृषकहरुलाई कृषि क्षेत्रबाट पूर्ण रुपमा आत्मनिर्भर हुन सक्ने गरी व्यावसायिक तथा आधुनिक कृषि प्रणाली आकर्षित गर्नुका साथै रोजगारीको लागि दोस्रो र तेस्रो मुलुक जाने कुल जनसंख्याको ५० प्रतिशत घटाएर साना तथा ठूला कृषि उद्यमहरुमार्फत युवाहरुलाई आफ्नै जन्मभूमिमा संलग्न गराई गाउँपालिकाको विकासमा लगाउन सक्ने गरी योजनाहरु तर्जुमा गरेर अगाडि बढेका छौँ । समग्रमा पाँच वर्षे कार्यकालको समय अवधिमा गाउँपालिका बासीहरुको जीवनस्तर उकास्नु नै प्रमुख लक्ष्य हो । (आर्थिक दैनिकबाट)

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...
मन