logo

कृषिमा उत्पादन र उत्पादकत्व बढाउँछौँ

अयोध्या थारु सियारी गाउँपालिका रुपन्देहीका अध्यक्ष हुन् । २०३६ सालमा निर्दल बहुदलको समयमा स्वतन्त्र मजदुरको साधारण सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका थारुले २०३९ सालमा २६ जना मजदुरको सामूहिक संगठन निर्माण गरी मजदुरहरुका हक अधिकारको लागि संघर्ष गरेर राजनीतिक यात्रालाई थप मजबुत बनाउन सफल भएका थिए  । सो समयदेखि २०४७ सालसम्म राजनीति गरेका थारु मदन भण्डारीको जबज सिद्धान्तपछि तत्कालीन नेकपा एमालेमा प्रवेश गरी सक्रिय राजनीतिक यात्राको सुरुआत गरेका थिए । २०५४ सालको स्थानीय निर्वाचनमा साविक मैनहिया गाविसको गाविस अध्यक्षमा निर्वाचित हुन सफल भएका थारुले २०५९ सालसम्म एक कार्यकाल गाविस अध्यक्ष कार्य सम्पादन गरे जसले उनलाई राजनीतिमा थप प्रेरणा थप्यो । एमालेको गाउँ, इलाका, क्षेत्रीय हुँदै जिल्ला कमिटीसम्म पुगेका थारु व्यावहारिक कुरामा बढी जोड दिने गर्दछन् । कृषि क्षेत्रको विकासको लागि विशेष जोड दिने अध्यक्ष अयोध्या थारुसँग गाउँपालिकाको समसामयिक विषयमा जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको सम्पादित अंशः

सियारी गाउँपालिकाको बारेमा बताइदिनुहोस् न ?
सियारी गाउँपालिका रुपन्देही जिल्लाको ग्रामीण परिवेशको गाउँपालिका हो । ४२ हजारभन्दा बढी जनसंख्या भएको गाउँपालिका कृषि क्षेत्रमा आत्मनिर्भर छ । हरेक जातजाति र धर्मका मानिसहरु बसोबास गर्ने यो गाउँपालिकामा कृषि क्षेत्रको विकासबाटै समृद्ध गाउँपालिका बनाउन सकिन्छ ।

गाउँपालिकामा आधारभूत आवश्यकताहरुको अवस्था कस्तो छ ? 
शिक्षालगायतका अन्य आधारभूत आवश्यकताहरु केही हदसम्म भए पनि पूर्णरुपमा पूरा हुनेगरी छैनन् । तर भएका संरचनाहरुलाई समयको मागअनुसार परिवर्तन गरेर आत्मनिर्भर बन्न सक्ने आधारहहरु भने प्रशस्तै मात्रामा छन् । भएका सम्भावनाहरुको विकासले गाउँपालिकामा समृद्धि ल्याउन सकिने हुँदा तिनै स्रोत र साधनहरुको उपयोग गर्दै थप सेवा तथा सुविधाहरु विस्तार गर्दै अगाडि बढेका छौँ । शिक्षालाई सर्वोपरि हो । शिक्षाले नै नयाँ–नयाँ कुराहरु खोजेर ल्याउन मद्दत गर्ने हुँदा गुणस्तरीय शिक्षामा बढी केन्द्रित छौँ । विश्वमा जति पनि विकासहरु भएका छन् ती सबैमा शिक्षाको कारणले भएका हुन् । हाल गाउँपालिकामा २५ वटा सामुदायिक, १५ वटा संस्थागत विद्यालय, ११ वटा बालविकास केन्द्र र एक क्याम्पस छ । गुणस्तरीय शिक्षाको लागि शैक्षिक संस्थाहरुलाई मर्जर गरेर कठिन देखिए पनि वैज्ञानिक ढंगले व्यवस्थापन गर्नुपर्ने आवश्यकता र चुनौती देखिएको छ । शिक्षा नियामावली बनाइसकेका छौँ । सामुदायिक विद्यालयहरुको उचित व्यवस्थापन गर्दै संस्थागत विद्यालयलाई सँग समन्वय गरेर शिक्षामा एकरुपमा ल्याउन योजनाबद्ध रुपमा लागेका छौँ । नैतिक शिक्षालाई राम्रो मोडलमा तयार गरेर पाठ्यक्रमको विकास गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नु हाम्रो जिम्मेवारी भएको हुँदा सोहीअनुसार चल्दै छौँ ।

त्यसैगरी साविकका सबै गाविसमा स्वास्थ्य चौकीहरु छन् । भएका स्वास्थ्य संस्थाहरुलाई प्रभावकारी बनाएर लैजाने हाम्रो योजना छ । सम्पूर्ण स्वास्थ्य चौकी १०/०२ को परिवर्तन गरेर १०/०५ बनाएका छौँ । सबै स्वास्थ्य केन्द्रहरुमा औषधि कम हुन नदिन छुट्टै व्यवस्था मिलाएका छौँ । स्वास्थ्य क्षेत्रमा थप सेवा विस्तारको लागि २५ शैयाको अस्पताल सञ्चालन गर्ने योजना छ । पुराना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई उचित व्यवस्थापन गर्दै नयाँ जनशक्ति ल्याउने सोच पनि बनाएका छौँ । तराईमा खानेपानीको खासै समस्या त हुँदैन तर पनि हामी एक घर एक धाराको अवधारणा ल्याउँदै छौँ । सिँचाइलाई मध्यनजर गर्दै बोरिङहरु गाड्ने लगायतका विभिन्न योजनाहरु बनाएर स्थायी ट्याङकी निर्माण गरी योजनाबद्ध रुपमा खानेपानी र सिँचाइको व्यवस्था मिलाउँदै छौँ । सडक सञ्जालको अवस्था राम्रै छ । बजेटले भेट्ने गरी प्राथमिकताको आधारमा सडक स्तरोन्नति गर्ने, विस्तार गर्ने योजनाहरु रहेका छन् । 

कृषि क्षेत्रको विकासका लागि के–कस्ता योजनाहरु बनाउनुभएको छ ? 
हो, गाउँपालिकामा कृषि क्षेत्रबाट आम्दानी गर्न सकिने आधारहरु धेरै छन् । यहाँ साना तथा ठूला कृषि फर्महरु पनि छन् । हाम्रो सोच भनेको भएका फर्महरुलाई जोगाएर आधुनिक व्यवस्थापन गर्दै आवश्यकताका आधारमा नयाँ फर्महरु खोलेर उत्पादन बढाउनु हो । अर्को, उत्पादनलाई कसरी विविधीकरण गर्न सकिन्छ भन्ने कुराहरुमा पनि छलफलमा ल्याएका छौं । दुधमा हामी आत्मनिर्भर छौँ । दुधको उत्पादनमा दुधालु घाँसको बीउलगायत घाँस काट्ने औजारहरु पनि सहुलियतमा उपलब्ध गराउँदै आएका छौैँ । त्यस्तै, माछा पनि प्याकेज छ । छपियाको माछा भनेर नेपालभर प्रख्यात छ । माछामा हामी आत्मनिर्भर छौँ । यसको लागि माछालाई कसरी व्यवस्थापन गरेर कहाँ–कहाँ पठाउन सकिन्छ भन्ने कुरामा पनि विभिन्न छलफलहरु गरिरहेका छौँ । उत्पादन बढाउँदा कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि हाम्रा लागि चुनौतीको विषय बनेको छ । हरिया सागसब्जी, दल्हन, तेल्हनको र केरामा पनि हामी पूर्ण रुपमा आत्मनिर्भर छौँ । हामीसँग खेतीयोग्य जमिन पनि पर्याप्त मात्रामा छ । बजारमा हुने मूल्यको उतार चढाबले गर्दा कृषकको मनोबल गिरेको अवस्थामा अबका दिनमा कृषकलाई उत्पादनमा नोक्सान हुन नदिने गरी योजना बनाउनुपर्छ भन्ने हाम्रो धारणा छ । कृषि क्षेत्रको विकासमा गाउँपालिकाबाट दिन सक्ने सम्पूर्ण सेवासुविधाहरु दिएर कृषि क्षेत्रलाई व्यावसायिक कृषिमा परिणत गर्नु अहिलेको आवश्यकता पनि हो । कृषकहरुको आत्मबल बढाउने खालका योजनाहरुको साथ उत्पादन र उत्पादकत्व बढाउनु समयको माग हो । त्यसका लागि सिँचाइको उचित व्यवस्थापन गर्ने, मलखाद, बीउबिजन, औजारलगायतका कृषि उपयोगी सामग्रीहरु अनुदान, सहुलियत ऋण, वा अन्य कुनै तरिकाबाट हुन्छ तिनै तरिकाहरु अवलम्बन गरी कृषि क्षेत्रमा कृषकको उल्लेखीय सहभागिता गराउँदै अगाडि बढिरहेका छौँ । 

कृषि क्षेत्रको विकासमा प्रमुख आवश्यकता हुने सडकको अवस्था कस्तो छ ?
निश्चित रुपमा सडक नभए हामी हाम्रा कामहरु समयमा पूरा गर्न सक्दैनौँ र कतिपय कामहरु अधुरा रहन्छन् पनि । गाउँपालिकालाई कृषि लगायत अन्य क्षेत्रहरुको विकासको लागि सडक विस्तार महत्वपूर्ण र प्रमुख हो । त्यसैले हामी गत आर्थिक वर्ष र चालू आर्थिक वर्ष सडकलाई प्राथमिकतामा राखेर काम गरेका छौँ । जसअन्तर्गत सडकहरुलाई फराकिला बनाउने, पिच गर्ने, ग्राभेल गर्ने जस्ता कार्यहरु भएका छन् । पहिले गाउँपालिका कार्यालयमा आउन पनि सडक थिएन अहिले बनाएका छौँ । वास्तवमा सडक नै नभएपछि विकासका आधारहरु कम हुने हुँदा गाउँपालिकाले सडक विस्तारलाई प्राथमिकतामा राखेका हो । २०, ३० र ४० फुटको मापदण्ड बनाएर सोही अनुरुप सडक विस्तार र स्तरोन्नतिका कार्यहरु गरेका छौँ ।

सामाजिक विकासअन्तर्गतका के–कस्ता कार्यहरु भएका छन् ?
सामाजिक विकास गर्नु गाउँपालिकाको प्रमुख कर्तव्य हो । जस्तो महिला हिंसा, बाल अधिकार, बालविवाह, बहुविवाह जस्ता कुराहरुप्रति हामी गम्भीर रुपमा लागेका छौँ । यस्ता कार्यहरु कहाँबाट कसरी सुरु भएका छन् र तिनको अन्त्य तथा न्यूनीकरणको के कसरी गर्न सकिन्छ भनेर हामी निरन्तर सम्बन्धित क्षेत्रका अधिकारीहरुसँग छलफलमा छौँ । हुन त त्यसको लागि धेरै संघ–संस्थाहरु पहिल्यैदेखि लागि परेका छन् । त्यसमा गाउँपालिकाले साथ दिँदै क्रमिक रुपमा समाधान गर्दै अगाडि बढेका छौँ । धेरै अशिक्षित थारु वस्ती भएको ठाउँहरुमा चार/पाँचवटा बच्चा जन्मिसक्दा पनि जन्म दर्ता भएको हुँदैन । विवाह गरेको  बर्षौ बित्दा पनि विवाह दर्ता हुँदैन । कसैको नागरिता छैन । जस्ता यावत समस्याहरुलाई मध्यनजर गर्दै विभिन्न योजनाहरुमा कार्य गर्दै अगाडि बढेका छौँ । वृद्धवृद्धाको लागि सरकारले केही सहयोग गर्दै आए पनि गाउँपालिकाको तर्फबाट केही थप गर्ने सोचमा छौँ । जो वृद्धवृद्धा आफ्नो घरपरिवारबाट अपहेलित भई घरबाहरविहीन र घर परिवार नै नभएको भए उहाँहरुको व्यवस्थाको लागि वाटिका बनाउन लागेका छौं । वृद्ध–आमाबुबाको पारिवारिक अवस्था हेरेर औषधिको लागि केही उपचार खर्च दिनको लागि आवश्यक गृहकार्य गरेका छौँ । 

गाउँपालिकामा सु–शासनको अवस्था कस्तो छ ?
हरेक क्षेत्रमा जस्तै गाउँपालिकामा पनि सु–शासन महत्वपूर्ण हुन्छ । सियारीमा सु–शासनको अवस्था एकदमै राम्रो छ । हामीले सेवाग्राहीलाई सु–शासनको प्रत्याभूति दिलाउन नागरिक वडापत्र, सोधपुछ कक्षलगायत अन्य धेरै कुराहरुको व्यवस्थापन गरेका छौँ । त्यसमा पनि सीसीटीभीले निगरानी बढाएर सेवा प्रवाहमा सहजता हुने गरी अगाडि बढेका छौँ । समयमै सेवाग्राहीलाई सेवा प्रदान गर्नु हाम्रो मुख्य लक्ष्य भएको हुँदा सेवाग्राही आएपछि छोटो समयमै सेवा पाउने वातावरण तयार गरेर कार्य गरेका छौँ ।

कुनैकुनै स्थानीय तहहरुमा कर्मचारी र जनप्रतिनिधिको त्यति राम्रो तालमेल छैन भन्ने सुनिन्छ, सियारीमा कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध कस्तो छ ? 
होला कतै–कतै त्यस्तो भए होला तर यहाँ त्यस्तो छैन । हामीले चाहेको विकास हो, त्यसको लागि हामी मिलेर अगाडि नबढी सम्भव छैन भन्ने जनप्रतिनिधि र कर्मचारी दुवै पक्षले राम्रोसँग बुझेका छौँ । राम्रा पक्षहरुको दुवै पक्षको ऐक्यबद्धता हुन्छ भने नराम्रा कुराहरुलाई तत्काल छलफलबाट समाधान गर्छौँ । आखिर दुवै पक्ष जनताका सेवक हौँ । उद्देश्य पनि सेवा गर्नु नै हो । त्यसैले जनताको सेवाका लागि जनप्रतिनिधि र कर्मचारी मिल्नुको अरु विकल्प छैन । खासमा हाम्रो समस्या भनेको कर्मचारी अभाव हो जुन अभावले हामीलाई जनताको नजरमा समयमै सेवा नदिएर गिराउँछ कि भन्ने चिन्ता छ । त्यो पनि हिजो सरकारले करारमा राख्न पाउने निर्णय गरेको छ । त्यसको पनि छिट्टै समाधान हुन्छ । (जनमञ्च साप्ताहिकबाट)

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...
मनोरञ्जन / साहित्य अरु धेरै

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै