logo

‘उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु जरुरी छ’

वि.सं. २०५६ सालबाट वित्तीय क्षेत्रमा प्रवेश गरेका बाबुराम ढकाल पोखरा रोयल सहकारी संस्थामा लेखापाल हुँदै निमित्त प्रबन्धकको रुपमा २०६६ सालसम्म कार्यरत रहेपछि २०६७ सालदेखि मुक्तिनाथ विकास बैंकमा शाखा प्रबन्धक हुँदै हाल क्षेत्रीय प्रबन्धकको रुपमा कार्यरत छन् । विगत १९ वर्षदेखिको कार्य अनुभव सँगालेका ढकाल एक कुशल प्रबन्धकको रुपमा चिनिन्छन् । उनै ढकालसँग आर्थिक राष्ट्रिय दैनिकका पोखरा संवाददाता चन्द्रबहादुर नेपालीले गरेको कुराकानीको सम्पादित अंशः

मुक्तिनाथ विकास बैंकलाई जनताले कसरी चिन्छन् ?
२०६३ सालमा स्थापित यो बैंकको शुरुमा कार्यक्षेत्र स्याङ्जा कास्की र तनहुँ गरी तीन जिल्ला मात्रै थियो । २०६८ बाट १० जिल्लामा कार्यक्षेत्र बिस्तार हुँदै २०७२ देखि राष्ट्रिय स्तरको विकास बैंक भएको छ । गाउँबाट स्थापित भएको, धनी तथा गरीब सबैलाई सेवा प्रदान गर्ने, आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा सञ्चालन गर्ने बैंकको रुपमा यस बैंकलाई जनताले चिन्छन् ।

बैंकको विशेषताबारे बताइदिनुहुन्छ कि ?
‘जनता बैंकमा होइन, बैंक जनताको घरदैलोमा जानुपर्दछ’ भन्ने यस बैंकको विशेष नारा हो । हामी यही नारालाई चरितार्थ गर्दै गाउँगाउँमा सेवा दिन पुगेका छौं । त्यसैगरी ‘कमाएर मात्र होइन, बचत गरेर धनी भइन्छ’ भन्दै हामीले जनतालाई बचत गर्ने बानीको विकासमा सहयोग पु¥याउदै आएका छौँ । सबैभन्दा महत्वपूर्ण पक्ष भनेको लघुउद्यमतर्फ जनतालाई प्रेरित गर्नु हो । लघुवित्त सेवामार्फत जनतालाई कुनै न कुनै उद्यम गर्न र उत्पादनमूलक क्षेत्रमा योगदान पु¥याउन हामीले वित्तीय सहयोग गर्दै आएका छौं । लघुवित्त क्षेत्रमा तीस प्रतिशत पुँजी लगानी भएको छ । विकास बैंकमा चुक्ता पुँजीबाहेक नाफा, निक्षेप, कर्जा प्रवाह र कर्मचारी संख्या धेरै भएको बैंक नै मुक्तिनाथ हो । २०८० सालमा मुक्तिनाथलाई ‘क’ वर्गको वाणिज्य बैंक बनाउने लक्ष्य राखिएको छ ।

बैंकका शाखा र कर्मचारी कति छन् ?
मुक्तिनाथ राष्ट्रिय स्तरको विकास बैंक हो । अहिलेसम्म ३५ जिल्लामा बैंकका एक सय वटा शाखा छन् । मुस्ताङको जोमसोम, म्याग्दीको बेनी, पर्वतको कुश्मा र कास्कीमा ६ वटा शाखाहरु तुरुन्तै खोल्ने तयारीमा छौं । गण्डकी प्रदेशमा मात्रै २७ वटा शाखा रहेका छन् । देशभर एक हजारभन्दा बढीको संख्यामा कर्मचारीहरु कार्यरत छन् ।

सबै स्थानीय तहमा मुक्तिनाथ पुग्छ कि पुग्दैन ?
सबै स्थानीय तहमा मुक्तिनाथलाई पु¥याउने अभियानमै छौं तर हामीले सरकारी कारोबार गर्न पाएका छैनौं । विकास बैंकहरुलाई पनि सरकारी कारोबार गर्न दिने वातावरण बनाइनुपर्छ । नेपालका ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा गएर जनतालाई बैंकिङ सेवा प्रदान गर्न विकास बैंकको महत्वपूर्ण भूमिका रहेको छ वित्तीय साक्षरता बनाउन तथा बैंकिङ पहुँच पु¥याउन विकास बैंकहरुको भूमिका अतुलनीय छ ।

बैंकको वित्तीय अवस्थाबारे बताइदिनुहोस् न ?
बैंकको स्थापनाकालको चुक्ता पुँजी जम्मा एक करोड ३० लाख मात्र थियो । २०७५ असारसम्मको चुक्ता पुँजी दुई अर्ब ५९ करोड, निक्षेप ३० अर्बभन्दा बढी, कर्जा लगानी २५ अर्ब र खुद मुनाफा ५७ करोड ४५ लाख रहेको छ । वार्षिक रुपमा ७० देखि ८० प्रतिशतसम्म आर्थिक वृद्धि हुने गरेको छ । खराब कर्जामा नेपालको बैंकिङ क्षेत्रकै सबैभन्दा न्यून शून्य दशमलव शून्य ४४ प्रतिशत बनाउन सफल भएका छौँ ।

बैंकले कुन–कुन क्षेत्रमा कर्जा प्रवाह गरेको छ त ?
घरजग्गा, हायर पर्चेस, हाइड्रोपावर, साना तथा मझौला उद्योग, कृषि लगायतका क्षेत्रमा कर्जा लगानी भएको छ । विशेष गरी साना तथा मझौला खालका उद्यमीहरुलाई लघुवित्त सेवामार्फत धितो राखेर रु. दश लाख र विना धितो तीन लाखसम्म कर्जा प्रवाह गरेका छौँ । उत्पादन क्षेत्रको विकास गरी निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गर्नु अहिलेको आवश्यकता हो । वैदेशिक व्यापारघाटाको पूर्णतः अन्त्य गर्न उत्पादनलाई जोड दिँदै व्यवसायको आधुनिकीकरण गर्नु जरुरी छ ।

आयात प्रतिस्थापन गर्नका लागि के–के गर्नुपर्छ नि ?
उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु जरुरी छ । सरकारले निकासीजन्य उद्योगलाई प्रोत्साहन गर्नुपर्छ । लगानीकर्ता लगानी गर्न उत्साहित हुने वातावरण बनाउने र दीर्घकालीन औद्योगिक नीति ल्याउने काम सरकारले गर्नुपर्छ । लगानी र उत्पादन नै आर्थिक वृद्धिको सबल हतियार हो । विशेष आर्थिक क्षेत्र स्थापना गर्न आवश्यक पूर्वाधार विस्तार गर्ने योजना ल्याइनुपर्छ । विशेष आर्थिक क्षेत्रको सूचीमा परेका उद्योगी–व्यवसायीलाई कर छुटको व्यवस्था गर्नुपर्छ । कृषिमा आधारित उद्योगहरुलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्छ । किसानलाई छुट्याएको बजेट, अनुदान तथा सुविधाहरु वास्तविक किसानसमक्ष पु¥याउन सक्नुपर्छ । पहुँचवालाको हातमा मात्रै सीमित हुनुहुँदैन । साना उत्पादनकर्ता र व्यवसायहरुलाई उत्पादन, वितरण र उपभोक्ता सहकारीहरुमा संगठित भएर गतिविधि गर्न राज्यले विशेष प्रोत्साहन र सहजीकरण गर्नुपर्छ । सहकारी क्षेत्रलाई उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै सेवा क्षेत्रलाई गुणस्तरीय बनाउन सकियो भने आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा टेवा पुग्दछ ।

चुक्ता पुँजी वृद्धिले बैंक मर्जरमा जान्छन् र संख्या कम हुन्छ भन्ने उद्देश्यले राष्ट्र बैंकले नीति ल्यायो, तर त्यो उद्देश्य त पूरा हुन सकेन नि ?
राष्ट्र बैंकको उद्देश्य आंशिक रुपमा भएपछि पूरा भएको छ । वाणिज्य बैंकको संख्या ३२ बाट २८ माझरेको छ भने विकास बैंक र वित्तीय संस्थाको संख्या धेरै नै घटेको छ । वित्तीय अनुशासनको लागि यो राम्रो पक्ष हो ।

बैंकको ‘स्प्रेड दर’ कस्तो छ ?
स्प्रेड दर कम हुन्छ भने कर्जाको व्याज कम हुन्छ र बढी हुन्छ भने ब्याज महँगो हुन्छ । वाणिज्य बैंकको स्प्रेड दर ५ प्रतिशतबाट नाघ्न नहुने राष्ट्र बैंकको निर्देशन छ तर यो निर्देशनलाई पालना गरिएको छैन । राष्ट्र बैंकको स्प्रेड दरसम्बन्धी व्यवस्थाअनुसार लघुवित्त वित्तीय संस्थाबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुले स्प्रेड दरलाई ५ प्रतिशतभन्दा कममा सीमित राख्नुपर्ने हुन्छ । मुक्तिनाथ विकास बैंकको स्प्रेड दर २०७५ असोज मसान्तपछि ५ प्रतिशत हुन्छ भने अहिलेलाई छ प्रतिशत छ ।

बैंकका चुनौती र योजना कस्ता रहेका छन् ?
पुँजी बढेअनुसार व्यवसाय बढाउनुपर्ने, क्षमता एवं दक्षता अभिवृद्धि गर्नुपर्ने, संस्थागत सुशासनमा ध्यान दिनुपर्ने, प्राप्त नीति निर्देशनको पालना गर्नुपर्ने, बैंकिङ सेवालाई ग्राहकमैत्री बनाउनुपर्ने, स्वस्थ प्रतिस्पर्धा कायम राख्नुपर्ने, सस्तो कर्जा प्रवाह गर्नुपर्ने, बैंकिङ पहुँच विस्तार गर्नुपर्ने, डिपोजिट बढी राख्न नपाइने, वित्तीय अनुशासन कायम राख्नुपर्ने लगायतका चुनौतीहरु छन् । देशको प्राथमिकता र आवश्यकताअनुसार ठूल्ठूला परियोजना र उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउँदै जाने साथै गुणस्तरीय सेवा प्रवाह गर्दै बैंकको सेवा बिस्तार गर्ने योजना रहेको छ । हरेक नागरिकले आ–आफ्नो घर आँगनबाटै बैंकिङ सेवासुविधा प्राप्त गर्ने अवसर उपलब्ध गराउन मुक्तिनाथ विकास बैंक तत्पर रहेको छ ।

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...
मनोरञ्जन / साहित्य अरु धेरै

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै