logo

जीवनस्तर उकास्दै कृषि क्षेत्रमा पूर्ण आत्मनिर्भर हुन्छौँ

सैनामैना नगरपालिका, रुपन्देहीका नगर प्रमुख चित्रबहादु कार्की राजनीतिक, सामाजिक र शैक्षिकलगायतका क्षेत्रहरुसँग जोडिने परिचित नाम हो । २०४७ सालमा नेकपा एमाले पार्टीको पार्टी सदस्यता लिएसँगै राजनीतिक यात्राको सुरुआत गरेका कार्की संगठन प्रमुख, गाउँ कमिटी हुँदै जिल्ला कमिटी सदस्य, क्षेत्र नं. ४ को इन्चार्जको रुपमा राजनीतिक पदभारको जिम्मेवारी सम्हालिसकेका छन् । विभिन्न समयमा परिवर्तनका लागि पार्टीगत रुपमा गरिएका आन्दोलनहरुमा पार्टीको तर्फबाट अगुवाको भूमिका निर्वाह गरेर संघर्षलाई निकर्षमा पु¥याउन विशिष्ट योगदान दिएका कार्की २०४२ सालदेखि २०७२ साल शैक्षिक क्षेत्रमा आबद्ध पनि थिए । सहकारी, शैक्षिक संस्थाहरुलगायत अन्य धेरै सामाजिक संघ–संस्थामा आबद्ध भएर सर्वसाधारणलाई राहत मिल्ने कार्य गर्दै आएका कार्कीलाई विगतमा गरेको जनसेवाले वर्तमानमा नगर प्रमुखको रुपमा निर्वाचित गराउन सफल भएको हो । स्पष्ट विचारका साथ सबैसँग हासेर बोल्ने र कसैको कुनै कुरामा पनि झर्काे नमान्ने शीलस्वभाव भएका कार्की विकास निर्माणको क्षेत्रमा धेरै इच्छाशक्ति भएको नगर प्रमुखको रुपमा चिनिने चित्रबहादुर कार्कीसँग जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको सम्पादित अंशः

कार्य सम्पादनको पहिलो वर्ष कसरी बित्यो ?

अनुभव र चुनौतीको वर्षको रुपमा रह्यो । तर पनि हामी नगरपालिकाको ५२ करोड बजेटमध्ये करिब ९८ प्रतिशतभन्दा बजेट खर्च गर्न सफल भयौँ । जनप्रतनिधि पदवहाली गर्दा कर्मचारी अभाव, प्रशासनिक भवन अभाव, योजनाहरु नहुनुलगायत अन्य धेरै समस्याहरु र चुनौतीका बाबजुत संविधानले दिएका अधिकारहरुलाई आधार मानेरै कार्य सम्पादन गरी पहिलो वर्षलाई सफलता पूर्वक सम्पन्न भयो । संघीय र प्रदेशको निर्वाचन ढिलो हुँदा कसरी अगाडि बढ्ने भन्ने विषयमा अन्यौलता र असजिलो भए पनि अघिल्लो आवमा पास भएका र रोकिएका विकास निर्माणका कामहरुलाई निरन्तरता दिँदै स्थानीय सरकार सञ्चालनका लागि विभिन्न ३७ वटा ऐन नियम र कार्यविधीलगायतका कानुनहरु निर्माण भए । सुविधा सम्पन्न प्रशासनिक भवन पनि निर्माण भयो ।

के कस्ता महत्वपूर्ण योजनाहरुको काम भयो र हुँदैछ ?

नगरवासीकाका चाहना र आकांक्षालाई सम्बोधन गर्ने खालका योजनाहरुमा काम गरिरहेका छौं । त्यसमा साना छरपस्ट र टुक्रे योजनाहरुबाट माथि उठेर दिगो विकासका भावी पुस्तालाई समेत हुने खालका योजनाहरु तर्जुमा गरेर कार्यान्वयनको चरणमा ल्याएका छौँ । आय आर्जन, रोजगारी, स्वरोजगारी हुने खालका योजनाहरुलाई पनि विशेष ध्यान दिएका छौं । जसअनुरुप गत वर्ष एक सय जनालाई रोजगारी मिल्ने खालको तालित दियौँ भने, चालू आवमा एक सय २० जनालाई १८ महिनाको प्राविधिक तालिम दिंदै छौँ । किसानहरुका आर्थिक उपार्जनसम्बन्धीका योजनाहरुमा पनि कार्य गरिरहेका छौँ । गुणस्तरीय शिक्षाको लागि पनि हामी आवश्यक योजनाहरुको साथ अगाडि बढेका छौं भने, सबै विद्यालयहरुलाई आईसिटीमा लैजाँदै छौँ । त्यसैगरी स्वास्थ्य क्षेत्रको विकासको लागि आँखाको सरकारी क्लिनिक र ५० शैयाको अस्पताल निर्माणको योजनामा अगाडि बढाएका छौँ भने भएका स्वास्थ्य संस्थाहरु पनि व्यवस्थित रुपले आवश्यक जनशक्ति र औषधिलगायतका कुराहरु अभाव सृजना हुन नदिनेगरी योजनाबद्ध रुपले लागेका छौँ । त्यसैगरी पूर्वाधारको विकासअन्तर्गत गत आवमा पनि धेरै योजनाहरु भए भने, चालू आवमा पनि चक्रपथ निर्माणको कार्यलाई निरन्तरता दिंदै सडक कालोपत्रे गर्ने, ग्राभेल गर्ने, सडक स्तरोन्नति गर्ने र पुल निर्माणलगायतका अन्य योजनाहरुमा काम भइरहेका छन् भने, तीन/चार वटा पुलहरु शिलन्यास गर्ने चरणमा छौँ । त्यसैगरी पर्यटन क्षेत्रसँग सम्बन्धित दीर्घकालीन महत्व राख्ने र ग्रेटर लुम्बिनीको मास्टर प्लानलाई सर्पोट गर्ने गरी एउटा मल्टीप्रपोज ड्याम निर्माणको योजनालाई अगाडि सारेका छौँ । जसमा एडिबी आफ्ना रणनैतिक योजनाहरुको साथ लागिपरेको छ । जुन ड्याम उच्च मूल्याङ्कन गर्दै लुम्बिनी क्षेत्रको तेस्रो ठूलो योजनाको रुपमा एडिबीले स्वीकार गरेको छ । जसमा हामीले लाखौं पर्यटक भित्र्याउने योजना अगाडि सारेका छौँ । अनि नेपालकै सबैभन्दा ठूलो सीप विकास तालिम केन्द्रको पनि स्थापना गर्ने योजना छ । जसका लागि श्रम मन्त्रालयले जग्गा खोज्न माग गरेकोले त्यसका लागि पनि आवश्यक प्रक्रियामा छौँ । त्यसैगरी क्रिकेट रंगशाला पनि निर्माण गर्ने चरणमा छौँ । समग्रमा भन्नुपर्दा नगरपालिकालाई शीघ्र समृद्ध बनाउने दिगो विकास हुने खालका विभिन्न योजनाहरुको साथ अगाडि बढेका छौँ ।

चालू अर्थिक वर्षमा योजनाहरुको छनौट अवस्था कस्तो छ ?

चालू आवको बजेट ५९ करोड ५९ लाख ९९ हजार हो । उक्त बजेट कार्यान्वयनको लागि कात्तिकभित्र सबै योजनाहरु सम्झौता गरेर सक्छौँ भने, मङिसरदेखि फागुनसम्म वडा र नगरस्तरीय सबै योजनाहरु कार्यान्वयन गरिसक्ने गरी कार्यतालिका बनाएर अगाडि बढेका छौँ ।

गत आवमा भन्दा चालू आवमा फरक योजनाहरु के के छन् ?

गत आवमा भर्खरै निर्वाचित भएर आएको हुँदा साना–साना टुक्रे योजनाहरुको संख्या धेरै थियो । अहिले त्यो संख्यालाई झारेर एक तिहाइमा ल्याएर दुई सय योजनाहरुमा सीमित गरेका छौँ । अर्को वर्ष यो एक तिहाइलाई पनि झारेर ठूला र दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान दिने खालका योजनाहरु छनौट गर्न पक्षमा छौँ । दिगो विकासमा जाने कुरामा जनप्रतिनिधिलगायत स्थानीय सबैको एक मत छ । वास्तवमा योजनाहरुको छनौटले नै हामीलाई हिजो र आजमा फरक देखाउँछ । हिजो धेरैलाई खुसी पार्ने साना–साना योजनाहरुमा काम ग-यौँ भने, आज दिगो विकासका योजनाहरु छनौट गरेर कार्यान्वयन गर्ने क्रममा आएका छौँ ।

ठूला योजनाहरु मात्र छनौटमा पारेर साना योजनाहरु कहिले कार्यान्वयनमा ल्याउने त ?

साना योजनाहरुमा काम गर्दै नगर्ने भनेको होइन । साना योजनाहरुलाई पनि साथसाथै राख्दै दीर्घकालीन योजनाहरुमा काम गर्ने भनिएको हो । हिजो दुई सय साना योजनामा काम हुथ्यो भने आज ५०/६०मा झारेर अरु साना योजनाहरुको बजेटलाई एकमुष्ठ पारेर एक वा दुई वटा दीर्घकालीन महत्वका योजनाहरु कार्यान्वयनमा ल्याउँदा दिगो विकासको अपेक्षासहित ठूला योजनालाई बढी प्राथमिकता दिइएको हो । त्यसमा साना र मझौला पर्दैनन् भन्ने होइन । अहिले नपरेका अर्को वर्ष पर्दछन् भने त्यो वर्ष पनि नपरेका झन अर्को वर्ष पर्ने गरी पाइपलाइन बनाएर छनौट गर्दछौँ ।

पछिल्लो समयमा करको विषयमा स्थानीय तहहरु बढी आलोचित छन् नि ?

हो, कतै कतैका स्थानीय तहहरु आलोचित छन् । तर सबै स्थानीय तहहरु भने छैनन् । स्थानीय तह भन्ने वित्तिकै सात सय ५३ वटै पर्ने हुनाले सबैलाई एउटै डालोमा राखिएको हो । हाम्रो नगरपालिकाको करको विषयमा सबै नगरवासी सन्तुष्ट भएकोले हामीलाई आलोचित हुनुपरेको छैन ।

यहाँहरुले त्यस्तो के गर्नुभयो र, आलोचित हुनबाट बच्नुभयो ?

धेरैले आफूखुसी कर निर्धारण गरेर बढी आलोचित भएका हुन् तर हामी आफैंले कर निर्धारण गरेनौँ । हामी कर निर्धारणको जिम्मा जनतालाई नै दिएको हुँदा उहाँहरुले भनेबमोजिम कर निर्धारण ग-यौँ । जसले गर्दा आपसी सद्भाव बढ्नुका साथै सबै नगरवासीले स्थानीय सरकार आफ्नै सरकार भएको अनुभूति गर्ने अवसर मिल्यो । अर्को कुरा हाम्रो मुख्य मान्यता करको दरभन्दा दायरा बढाउनु भएकोले हामी दायरा बढाउने सम्भावनाहरुको खोज तथा अनुसन्धानमै छौँ ।

नगरपालिकाको आन्तरिक स्रोेत कम देखिन्छ, त्यसलाई वृद्धि गर्ने कुनै योजनाहरु बनाउनुभएको छैन ?

हामी आउँदा नगरपालिकाको आन्तरिक स्रोत डेढ करोड थियो गत वर्ष बढ्र चार करोड ७५ लाख भयो भने चालू आवमा अहिले बढेर छ करोडभन्दा बढी वृद्धि गर्ने प्रक्षेपण छ । त्यसैले आन्तरिक आम्दानी क्रमशः बढ्दै गएको अवस्था हुँदा त्यसलाई अझ बढाउँदै लैजाने सोचमा छौँ ।

अन्त्यमा, यहाँले परिकल्पना गरेको सैनामैना नगरपालिका कस्तो छ ?

सम्भावना भएका हरेक क्षेत्रको क्षमताले भेट्ने विकास गरी जनताको जीवन स्तरलाई माथि उकास्नु नै प्रमुख हो । त्यस्तै सबै भन्दा ठूलो सम्भावना बोकेको र जनतासँग जोडिएको कुरा कृषि भएकोले कृषि क्षेत्रमा पूर्ण आत्मनिर्भर भई निर्यात गर्न सक्नेगरी कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी सडक सञ्जाल, ढल निकासलगायतका जनताका आवश्यकतासँग जोडिएका हरेक कुराहरुको अनुभूति मिल्ने विकास गर्दै सैनामैनालाई पर्यटकीय क्षेत्रहरुमध्ये रोजाइमा पर्ने स्थानको रुपमा विकास गरेर समृद्ध नगरपालिका निर्माण गर्ने मुख्य चाहना छ । (जनमञ्च साप्ताहिकबाट)

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नीति प्रभावकारिताका अवरोधहरु

राज्यको इच्छालाई संस्थागत गर्ने काम सार्वजनिक नीतिले गर्दछ । संविधानद्वारा राज्यलाई निर्दिष्ट गरेका...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै