logo

समय सापेक्ष परिस्कृत र परिमार्जित हिन्दू धर्मको विकास जरुरी छ

तपाँई हिन्दू भएर वलि प्रथाको विरोध किन गर्नु हुन्छ?

हिन्दुहरुको पवित्र धर्मग्रन्थ \"गिता\"मा उल्लेख गरिएको छ \"अहिशा: परमो धर्म\" अर्थात् अहिंशा नै ठुलो धर्म हो । हीन कुरालाई त्याग्नु नै हिन्दु हो । अर्थात हिन्दूले सकेसम्म हीन कुरा त्याग गर्दा राम्रो । हामिले मान्दै आएको हिन्दू धर्मको समय सीमा नाघ्न लागेको भान हुन थालेको छ । अव समय सापेक्ष परिस्कृत र परिमार्जित हिन्दू धर्मको विकास जरुरी भई सकेको छ ।

नारद उपवाचमा उल्लेख गरिएको छ कि

भो भो: प्रजापते राजन् पशुन् पश्य त्वयाध्वरे

संज्ञापिताञ्जलीवसङ्घन्निर्घृणेन सहस्रश:

 अर्थात् हेर्नुस् राजा तपाँईले यज्ञमा निर्दयतापूर्वक जुनजुन हजारौ पशुहरुको वलि देएको छ उसले वदलाका लागि तपाँईको वाटो कुरी वस्नेछ र आफ्नो फलामको सिंगले छेदन गर्नेछ ।

 

तपाँईको घर परिवार अनि एक व्राम्हण परिवेशमा हुर्केको मान्छे तपाईले सानैदेखि वलिप्रथा देख्नु भयो अनि एकाएक किन यो विचार मनमा आयो?

म अहिंस्रक ब्राम्हण परिवेशमा जन्मे हुर्केको मान्छे । हिंशा गर्नु हुदैंन भनेर मेरो बुबाले भन्नु हुन्थ्यो । कुलपुजामा काटमार हुने भएकोले मेरो बुबा जानु हुदैन थियो । तर हामि गएर सयौ बोका कुलदेवतालाई भनेर काटिन्थ्यो मारिन्थियो एक मनले दुःख पनि लाग्थ्यो । पछि बुझ्ने भए पछि हेर्न पनि छोडियो । हाम्रो परिवारमा वलि भोग दिएर कुलपुजा गर्ने चलन  ८/१० वर्ष भयो रोकिएको‌ छ ।

बलि भनेको आफुभित्र निहित पशुत्त्व र हिंस्रक प्रवृत्ति (नकारात्मक उर्जा) त्याग गर्नु हो, न कि वलि भनेको काटमार गर्नु । बोका वलि दिने हैन‌ कि बोका जस्तो सोच, भोगर काम वास्नालाई त्याग गर्नु हो । महिष अर्थात राँगावलि दिनु हैनकि राँगाको जस्तो क्रोधको वलि दिनु हो । मतलव आफुभित्र निहित गलत तथा खराब प्रवृत्तिको वलि अर्थात त्याग गर्नुनै वलिदान गर्नु हो । वलिको आधुनिक र वास्तविक अर्थ भनेको सत्विचार र सत्कर्म तर्फ अग्रसर हुनु हो ।

 

विश्वमा सबै शाकाहारी भए त पशुजन्य उत्पादनको विकास कसरी होला त?

 सबै साहाकारी भए भने किन पशुजन्य उत्पादन गर्नु बिश्वमा भोकमारी बढनुको कारण नै पशुपालन हो एक किलो माशु उत्पादन गर्न 18 किलो अन्न खर्च गर्नु पर्छ । पशु पालनले गर्दा मिथेन ग्यासउत्पादन भई प्रतिदिन मौसममा नकारात्मक असर परेको छ । पशुपालनको विकाससंगै मानव जगतलाई पनित लाई पनि त हानी नकारात्मक असर गर्दैछ ।

 

वाख्रा मत्पास्लय रकुखुरा पालनमा मान्छेको लगानी करोडौ डुवि सकेको छ । तपाँईको यो मुध्दा त किसान विरोधि जस्तो देखिएन र?

बाख्रा, कुखुरा या माछा पालनको साटो तरकारी खेतीमा लाग्ने सल्लाह म दिन्छु । कुरा विरोधकोभन्दा पनि आफुले गर्ने कर्मले अरुलाई असर नपरोस भन्ने हो । नेपालको परिवेशमा पशुपालनबाट धेरै घाटा वेहोरेको तितो यथार्थ त छदैछ । बर्डफ्लू र स्वाईनफ्लू जस्ता घातक रोगको माध्यमपनि पंक्षि र पंक्षिजन्य पदार्थ भन्ने प्राणित भई सकेको पनि छ । अर्को तर्फ काँचो मासु र दुध खाँदा बुशेला भाईरस सर्ने सक्छ जुन धेरै प्राण घातक रोगको रुपमा हाल सूचिकृत भएको यथार्थतापनि हामि सामु छ । अर्को तथ्यांकको कुरा गर्दा मानव जगतमा चालिस प्रतिशत रोग पशु/पंक्षिको माध्यमबाट सर्छ । मांशहारी मान्छेलाई शाहाकारीको तुलनामा धेरै रोग लाग्छ ।

 

तपाँई कहिले ललितपुरको संस्कृतिको विरोध गर्दै वोल्नु हुन्छ । किन तपाँईले अरुको धर्म र संस्कृतिमाथि खलल पुर्याउने काम गर्नु भयो ?

सत्य तितो हुन्छ तर सत्य सत्यनै हुन्छ । केहिले मलाई सामाजिक संजालहरुमा नकारात्मक टिप्पणिहरुपनि गरेको मैले पाएँ । मलाई आशा छ, उहाँले देखेर, भोगेर र सुनेर भएपनियथार्थता वोधगरि परिमार्जित हुनु हुनेछ ।

म ललितपुर खोकनामा पाठीलाई तड्पाई तड्पाई वध गरेर मनाईने नेवारी जात्रा तथा परम्पराको मात्र विरोधि होईन । मेरो भनाई भनेको धर्म, संस्कृति र रीतिरिवाजको नाममा अवोध पशुपंक्षिलाई निर्मम तरिकाले हत्या गर्नु कदापि धर्म हुँदैन भन्ने हो । विश्व जगतमानै धर्म सस्कृति जगेर्ना गर्ने कार्यमा नेवार समुदायको ठुलो योगदान छ । तर पशुपंक्षिलाई निर्मम तरिकाले मार्नुले नेवार समुदायलाई मानिसले \"क्रुर र पापी\" को संज्ञा दिन सक्छन् । नेवार समुदायमा पनि कतिपय प्रथा र संस्कारहरुलाई समय सापेक्ष परिमार्जित गर्न थालि सकेको अवस्था पनि छ । यध्यपी पुराना र बुढापाकाहरुमा भने विधमान छ । मलाई विश्वस छ पक्का पनि नेवार समुदायहरुले पनि बलिप्रथा छोडेर बिश्वमा नै उदाहरणीय बन्न सक्छन् ।

 

कहिले सडक पशुपक्षिको स्याहार गर्दै हिड्नु हुन्छ । तपाँईले यो कसरी पुर्याउँदै आउनु भएको छ ?

मलाई पिडा हुन्छ भने अरुलाई पनि पिडा हुन्छ भनेर म र मेरा सहकर्मि मित्रहरुलाई लाग्यो । वाटोमा हिंड्दा उपचार नपाएर तड्पिएर हिंडेको धेरै प्राणि देखें । आखिर सबै प्राणीनै हुन् । पिडामा रहेका मानव, गाई/वस्तु, कुकुर, चराचुरुङ्गिहरुको उपचार गर्नु मानव भएर जन्मे पछि कर्तव्य नै जस्तो लाग्यो । हामिले गरेको उपचारले उनिहरुले नयाँ जीवन‌ पाउँछन् भने किन नगरौ जस्तो लागेर यतातर्फ अग्रसर भए ।

म ब्यापारी हु । मैंले ब्यापार गरेको पैसाको केहि प्रतिशत समाजसेवामा लगाउने गरेको छु । हाम्रो‌ काम देखेर देश बिदेशमा हुने नेपाली दाजुभाई, दिदिवहिनिहरुले सहयोग गर्नु हुन्छ । ति कर्मयोगि सहयोगी हातहरुप्रति हार्दिक नमन: एवम् अभिनन्दनपनि छ । हाम्रो संस्था \"नवजीवन परोपकार समाज\"मा आजीवन सदस्यता शुल्कबाट आएको रकमले हामि सडकमा घाईते अवस्थाका मानिस तथा पशुपन्छीहरुको उपचार गर्दै आई रहेका छौं । हामिले विदेशी डलर खाएर र सोको लालचाले सेवा गरेको पक्कै होईनौ । प्राणि जगतले प्राणि जगतको सेवा र सहयोग गरौ भनेर यस तर्फ अग्रसर भएँ ।

 

तपाँई त शाकाहारी भोजनको प्रचारक पनि त हुनु हुन्छ नि होईन ?

शाकाहाकारी भोजनलाई \"अमृत भोजन\" पनि भन्ने गरिन्छ । पवित्र धर्मग्रन्ध गिताको १७ अध्यायमा शाकाहारी खाना किन खाने भन्ने विषयमा निम्न कुरा उल्लेख गरिएको छ ।

आयु: सत्वबलारोग्य सुख प्रीति विवर्धना:

रस्या: स्निग्धा: स्थिरा हृध्धा आहारा: सात्विकप्रिया:

कट्वम्ललवणात्युष्णतीक्ष्ण रुक्षविद्हीन

आहारा राजसस्य्ष्टा दु:खशोकामयप्रदा

यातयामं गतरसं पूर्ति पर्युषितं च यत्

उच्छिष्टमपि चामेध्यं भोजनं तामसप्रियम्

 खाना जसले आयु वढाउँछ सकारात्मक उर्जा, बल, स्वास्थ र खुशी तथा सन्तुष्टि पैदा गर्छ। जुन खाना रसयुक्त छ मुटुलाई स्थिर र सिंचित गर्छ जुन लाभदायी रहन्छ । त्यो खाना जसमा अमिलो, पिरो, नुनिलो, चिल्लो, तितो, शुख्खा र तातो खानाले मानिसलाई सधै दुखि वनाउँछ। जसवाट रोग र शोक मात्र वनाउँछ त्यो भोजन भनेको तामसी भोजननै हो ।वासी, सडे, गलेको, खराव, अस्वस्थ, तथा तामसी भोजनले मानिसलाई दुखि वनाउँछ र शरिरमा विकार उत्पन्न गरि अस्वस्थता पैदा गर्छ । त्यसैले प्रचारप्रसार गरेर शाकाहारी मानिस बनाउनु मैले मेरो कर्तव्य ठाने र यस तर्फ अग्रसर भएँ ।

 

तपाँईको भविश्यको योजना के छ ?

हाम्रो देश बुध्द जन्मेको देश, हिन्दूहरुको आराध्यदेव पशुपतिनाथको देश, सिता, भृकुटीको देशमा यस्तो कार्य नहोस कसैको स्वार्थको निमित्त कुनै प्राणीले मर्नु नपरोस् । कोहि रोग भोक र शोकमा पर्नु नपरोस् । त्यसैले हामीहरुले गाँउ-गाँउ वस्तिवस्तिहरुमा राम्रो \"मान्छे बनौ असल कार्य गरौ\" भनेरसचेतना अभियान सञ्चालन गर्ने सोच छ।

 

 सारा मानव तथा प्राणि जगतको विकास र उत्थानका लागि तपाँईको भावि योजना के छ ?

 मानव जगतमा लोप हुँदै गएको दगा मायाँ र करुणाको पुनर्भरण र पुनर्ताजगि गर्दै जगाउनु पर्छ । देशको‌ पर्यटन तथा धार्मिक कृषिलाई आधुनिकीकरण गर्नु पर्छ । जबिक जडिबुटीअर्गानिक अन्न तथा तरकारी फलाउनु पर्छ । योग, ध्यान रसाधनाबाट मानव जगतमा भएको नकारात्मक उर्जाको अन्त गर्न सकिन्छ । जसवाट बुध्दको देशमा बुदत्तो जागृत गरेर देशलाई भौतिक‌ बिकासभन्दा पनि चारित्रिक बिकासमा अगाडि बढाउने तर्फ लाग्ने योजना छ ।

 

 

 

 

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै