logo

बजेट कार्यान्वयन चुनौतीपूर्ण छ

प्रकाशकुमार श्रेष्ठ प्रदेश नं. ५ को योजना आयोगका उपाध्यक्ष हुन् । २०५३ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागबाट अर्थशास्त्रमा स्नातकोत्तर, २०६१ मा कर्टिन विश्वविद्यालय अष्ट्रेलियाबाट अर्थशास्त्र र वित्तमा स्नातकोत्तर र संयुक्त राज्य अमेरिकाबाट २०६९ मा अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । २०५४ सालमा नेपाल राष्ट्र बैंंक प्रवेश गरेका डा. श्रेष्ठ २०७१ सालमा उक्त बैंकको निर्देशक पदमा पदोन्नति भएका थिए । समष्टिगत र मौद्रिक अर्थशास्त्रमा बढी दक्षता राख्ने डा. श्रेष्ठ अहिले प्रदेश नं ५ को प्रदेश योजना आयोगको उपाध्यक्ष छन्  । राज्यको अर्थ व्यवस्थालाई सुदृढ बनाउने प्रयासमा निरन्तर लागि पर्ने श्रेष्ठसँग प्रदेश नं. ५ को विषयमा आर्थिक दैनिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको सम्पादित अंश :

प्रदेश नं. ५ को अवस्था कस्तो छ ?

यो प्रदेश नेपालको करिब बीच भागमा, दक्षिण पश्चिम दिशामा र हिमाल, पहाड र तराई तीन वटै भौगोलिक अवस्था भएको नेपालको सानो रुपमा सुन्दर दाङ उपत्यका, पुथा र सिस्ने हिमाल, मनोरम चुरे र महाभारत शृङ्खला यस प्रदेशमा रहेको छ । सयभन्दा बढी विभिन्न जातजातिहरुको बसोबास रहेको यो प्रदेश सांस्कृतिक रुपले यो प्रदेश धनी छ । यस प्रदेशमा भैरहवा र नेपालगञ्ज जस्ता दुई ठूला व्यापारिक भन्सार नाका छ । २०६८ सालको जनगणनाअनुसार ४५ लाख जनसंख्या र नौ लाख जति घरपरिवार यस प्रदेशमा रहेका छन् । यो प्रदेशको क्षेत्रफल २२,२८८ वर्ग किमि रहेको छ । अन्य प्रदेशहरुसँग तुलनात्मक रुपमा हेर्ने हो भने विकासका सूचकहरुमा यो प्रदेश मध्यम खालको रहेको छ । त्यति उच्चस्तरको पनि छैन ज्यादै न्यूनस्तरको पनि छैन । राष्ट्रियस्तरभन्दा गरिबीको दर बढी रहेको छ, मानव विकास सूचकाङ्क तल रहेको छ । यस प्रदेशको प्रतिव्यक्ति आय राष्ट्रिय औसतभन्दा कम छ । विकासको स्तरमा जिल्लागत भिन्नता रहेको छ । केही जिल्लाहरुमा गरिबीको स्तर तुलनात्मक रुपमा उच्च रहेको छ । यस प्रदेशका दुई जिल्लाबाहेक अन्य जिल्लाहरु पूर्ण साक्षरता र खुला दिशामुक्त भइसकेका छन् । कच्ची भए पनि सडक सञ्जालको राम्रै विकास भएको छ । तर त्यो अनुरुप उत्पादन बढ्न सकेको देखिँदैन । पहाडी जिल्लाहरुबाट तीव्र बसाइसराइ भइरहेको छ ।

प्रदेशमा भएका सम्भावनाहरुलाई मूर्तरुप दिन प्रदेश सरकारका योजनाहरु के–के छन् त ?

प्रदेशले अहिले आवश्यक कानुन निर्माण, प्रशासनिक संरचना निर्माण र योजना तर्जुमालाई अगाडि बढाइरहेको छ । आवधिक योजना बनाएर प्राथमिकता निर्धारण र आयोजना छनोट गरी तिनीहरुको प्रभावकारी कार्यान्वयनबाट सम्भावनाहरुलाई मूर्तरुप दिने सोचअनुरुप प्रदेश योजना आयोगले योजना तर्जुमा सुरु गरेको छ । चालू आर्थिक वर्षमा पनि पूर्वाधार विकास र कृषि क्षेत्रको विकासको लागि विशेष जोड दिइएको छ । यस प्रदेशमा विद्यमान प्राकृतिक स्रोतको समुचित प्रयोग गर्ने सोच पनि प्रदेश सरकारको रहेको छ । 

नयाँ तथा पृथक् योजना ल्याउन नसक्ने प्रदेशहरुको विकास निर्माण अनिश्चित छ भन्ने विश्लेषकहरुले विश्लेषण गरेको समयमा प्रदेश नं. ५ को प्रदेश सरकारसँग त्यस्ता कुनै पृथक् योजनाहरु छन् ? 

पृथक्भन्दा पनि स्थानीय विशेषता, उपलब्ध स्रोत र साधनको प्रयोग, भौगोलिक अवस्था, जनताको चाहनाबमोजिमको योजनाहरु छनोट हुन सकेमा कार्यान्वयनमा जाने र दिगोपना कायम हुने हुन्छ । यातायात सुदृढीकरण, जलाशय निर्माण, हिलस्टेशन निर्माण, स्मार्ट कृषि जस्ता कार्यक्रम यस प्रदेशका केही पृथक् कार्यक्रम बन्न सक्छन् । चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको स्थितिको मूल्यांकन, योजना तर्जुमाको क्रममा विभिन्न सरोकारवालाहरुसँग गरिने अन्तर्क्रियाबाट प्रदेशको लागि उपयुक्त आयोजनाहरुको छनोट गरिनेछ ।

प्राथमिकताको आधारमा योजनाहरुमा बजेट विनियोजन गर्न नसक्दा प्रदेश सरकारले बजेट बाँडफाँडमा सन्तुलन मिलाउन सकेन भन्ने गुनासाहरु सुनिन्छन् नि ? वास्तविकता के हो ? 

समग्रमा बजेट विनियोजन जनताको मागलाई मध्यनजर राख्दै प्राथमिकताका आधारमा नै भएको छ । भौतिक पूर्वाधारलाई बढी बजेट विनियोजन गरिएको छ भने कृषि क्षेत्र दोस्रो प्राथमिकतामा छ । अन्य क्षेत्रहरुमा पनि बजेट विनियोजन भएको छ । प्रदेशको बजेट निर्माणको सुरुवाती चरणमा रहेको र पर्याप्त सूचना र जानकारी पाउन नसक्दा बजेट पूर्ण रहेको मान्न नसकिएला तर उपलब्ध स्रोतलाई उच्चतम ढंगबाट विनियोजन गरिएको छ । अब यसको कार्यान्वयन महत्वपूर्ण रहेको छ । सबै जिल्लाहरुमा महत्वपूर्ण कार्यक्रमहरु रहेका छन् । सीमित स्रोतबाट असीमित आवश्यकताहरु पूरा गर्नुपर्ने भएबाट केही गुनासा आउनु स्वाभाविकै हो ।

गत आवमा विनियोजित बजेट खर्च गर्न नसकोको सरकारले चालू आवमा पनि बजेट खर्च गर्न सक्दैन भन्ने धेरैको आँकलन छ । बजेट खर्चमा यहाँको धारणा के छ ?

हामी अहिले संघीय संरचनामा प्रवेश गरेका छौँ । प्रदेश सरकार नयाँ र नौला संरचना हो हामीहरुको लागि । यसले गर्दा प्रदेश सरकार सञ्चालनको लागि आवश्यक सवै प्रशासनिक संरचना बन्न अझै बाँकी रहेको छ भने यसको कार्य पद्धति बुझ्न समय लागेको छ । त्यस्तै कर्मचारी समायोजन पेचिलो बनेको छ । पर्याप्त कर्मचारी र आवश्यक संरचनाको अभावमा प्रदेशले प्रभावकारी ढंगले काम गर्न अझै सकिरहेको छैन । तर, यसमा पछिल्लो समय केही सुधार हुन थालेको छ । कर्मचारी व्यवस्थापन गर्ने क्रममा संघबाट थप कर्मचारीहरु आउने क्रम सुरु भएको छ । तसर्थ, यो वर्षको बजेट कार्यान्वयनले केही गति पाउने अपेक्षा गरिएको छ । तर प्रशासनिक सङ्क्रमण काल रहेकोले बजेटको पूर्ण कार्यान्वयन भने चुनौतीपूर्ण नै रहेको छ । यो सङ्क्रमण काल केही लामै हुने सम्भावना पनि देखिन्छ ।

चालू आर्थिक वर्षमा के कति बजेटमा कतिवटा योजनाहरुमा के–कस्ता कामहरु हुँदैछन् ?

चालू आर्थिक वर्षको बजेट २८ अर्ब नौ करोडको रहेको छ । सात वटा मन्त्रालयहरुले थुप्रै आकर्षक आयोजना र परियोजनाहरु बजेटमा रहेका छन् । पाँच करोडभन्दा बढी बजेट भएका करिब तीन दर्जन आयोजना तथा कार्यक्रमहरु रहेका छन् । प्रदेशस्तरीय ९४ वटा सडकको लागि एक अर्व १९ करोड विनियोजन भएको छ । १८ वटा प्रदेशस्तरीय लोकमार्गको लागि ७३ करोड ६० लाख र २१ वटा पुल निर्माणको लागि ४० करोड बजेट विनियोजन भएको छ । एक दर्जन झोलुंगे पुलको लागि १० करोड विनियोजन भएको देखिन्छ । मुख्य सहरमा विद्युतीय बस सेवा सञ्चालन गर्न पाँच करोड ५० लाख, भूमिहीन किसानहरुलाई करार खेती गर्न १० करोड, स्मार्ट कृषि गाउँ कार्यक्रमको लागि २६ करोड, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको लागि १७ करोड, शीत भण्डार निर्माणको लागि ५० करोड, कृषि यान्त्रीकरण अनुदानको लागि ३० करोड, कृषि बजार विकासको लागि १० करोड एकीकृत वस्ती विकास कार्यक्रमको लागि १२ करोड आदि केही धेरै बजेट भएका परियोजना तथा कार्यक्रमहरु हुन् । यी सबै परियोजना र कार्यक्रमहरु प्रभावकारी कार्यान्वयनको पर्खाइमा छन् । केन्द्र सरकारबाट नौ अर्ब ६७ करोडको सशर्त कार्यक्रमहरु पनि रहेका छन् । यसमा धेरै झिना मसिना कार्यक्रमहरु रहेका छन् जसको कार्यान्वयन प्रदेश सरकारलाई चुनौतीपूर्ण हुन्छ जस्तो लाग्छ । वार्षिक कार्यक्रमको विस्तृत विवरण आर्थिक मामिला तथा योजना मन्त्रालयको वेबसाइडमा उपलब्ध छ । अहिले मन्त्रालयहरुले आयोजना परियोजना कार्यान्वयनको लागि आवश्यक कार्यविधिहरु तर्जुमा र अन्य तयारी गरिरहेका छन् । साथै, बजेट कार्यान्वयनको लागि आवश्यक प्रशासनिक संरचनाको स्थापना गर्ने काम पनि भइरहेको छ । पर्याप्त कर्मचारी आगमनको पर्खाइमा पनि मन्त्रालयहरु रहेका छन् ।

अहिलेसम्म प्रदेशको नामाङ्कन हुन नसक्नुको कारण के होला ? कतै राजनीतिक निर्णयमा कर्मचारीहरुको असहयोग त होइन ?

यो राजनैतिक विषय हो । यसमा कर्मचारीको असहयोग भन्ने कुरा हुँदैन । यस सम्बन्धमा प्रदेश सभाले संसदीय समिति बनाएको छ ।

प्रदेश सरकारभन्दा तलका स्थानीय सरकारहरुले आफूखुसी करको निर्धारण गरे भनेर चर्को आलोचना भइरहेको छ । स्थानीय तहहरुको कर प्रणालीमा यहाँको व्यक्तिगत राय के हुनसक्छ ?

संविधानको व्यवस्थाअनुसार स्थानीय तहहरु अधिकार सम्पन्न र स्वतन्त्र रहेका छन् । गाउँ तथा नगर सभाबाट नीति तथा कार्यक्रम, र बजेट पास गराएर स्थानीय तहहरुले काम गर्दछन् । करका सम्बन्धमा भएका अहिलेको आलोचनामा केही सत्यता छ भने धेरै हल्लामा आधारित रहेको छ । केही स्थानीय तहले खासगरी केही शुल्कहरुमा वृद्धि गरेको देखिन्छ । तर, करका दायरा फराकिलो र हिजो कर नतिरी रहेको अवस्थामा कर तिर्नुपर्ने अवस्था आउँदा विरोध भएको जस्तो देखिन्छ । यस प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले विभिन्न ठाउँमा गई स्थानीय तहहरुसँग यस सम्बन्धमा अन्तर्क्रिया गरेर वास्तविक स्थिति बुझ्ने काम गरेको छ । त्यसको प्रतिवेदन प्राप्त भएपछि वास्तविक स्थिति थाहा होला । करको सम्वन्धमा स्थानीय तहको क्षमता वृद्धि तथा ज्ञान वृद्धि गर्नुपर्ने खाँचो पनि छ । अहिले भएको करसम्बन्धी बहसले यस सम्बन्धमा ज्ञान वृद्धि गर्न सहयोग पुराएको ठान्दछु । करबाट सङ्कलित रकमको सही सदुपयोग अझ महत्वपूर्ण विषयको रुपमा रहेको हुन्छ । यसतर्फ पनि जनचासो बढ्नुपर्दछ । तीन तहको सरकारी संरचनाको सञ्चालन र जनताको समृद्धिको आकांक्षा पूरा गर्न स्रोत र साधनको आवश्यकता बढ्दै जाने हुँदा करको भार केही बढ्नु नौलो होइन । कतिपय स्थानीय तहहरुले गरेका राम्रा कामहरुको पनि प्रचार–प्रसार हुनुपर्ने देखिन्छ ।

अहिले प्रदेश योजना आयोगले के गरिरहेको छ ?

प्रदेश योजना आयोगले भदौ महिनामा योजना अवधारणा पत्र सार्वजनिक गर्दै पूर्व तयारी गोष्ठी सम्पन्न ग-यो । प्रदेश प्रोफाइल करिब सकिएको छ । अब योजनाको आधार पत्र तयारीमा जुटेको छ । यसको लागि पाँच वटा कार्यदल गठन भएका छन् । केही विज्ञहरुको सहयोग लिने तयारी पनि गरिएको छ । केही सहयोगी विकास साझेदारहरुले सघाउने कुरा पनि भएको छ ।

कहिलेसम्म योजना बनाइसक्नुहुन्छ ?

आधार पत्रको मङिसरसम्म सक्ने सोचमा छौँ । त्यस्तै, योजनाको पूर्ण दस्तावेज चैत महिनासम्म सक्ने कार्ययोजना रहेको छ । योजनाका कामहरु कसरी अगाडि बढ्छ त्यसमा परिमाण भर पर्दछ ।

कसरी योजना तर्जुमा गर्दै हुनुहुन्छ ?

योजनाको तर्जुमालाई सहभागितामूलक र स्वामित्व महसुस हुनेगरी बनाउने सोचमा छौँ । विज्ञहरुको राय सल्लाहका अतिरिक्त जनस्तरमा अन्तर्क्रिया र छलफल गराउने तयारीमा छौँ । बाह्रवटै जिल्लामा नै सरोकारवालाहरुसँग अन्तर्क्रिया र छलफल गर्छौँ ।      (आर्थिक दैनिकबाट)

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै