logo

खेती हुने क्षेत्रमा खेती र नहुने क्षेत्रलाई आवासीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ

सानै उमेरदेखि राजनीतिमा सक्रिय गणेश न्यौपाने हाल तिलोत्तमा नपा १३ का वडा अध्यक्ष हुन् । २०४९ सालबाट राजनीतिक यात्राको सुरुआत गरेका न्यौपाने विद्यार्थी जीवनमा शैक्षिक संस्थामा इकाइ समितिको सचिव भएर कार्य अनुभव सँगालेका छन् २०५६ सालमा प्रवेशिका परीक्षा दिइसकेपछि अनेरास्ववियूमा आबद्ध भएर राजनीति गरेका न्यौपाने गाउँकमिटी सदस्य, सह–सचिव, उपाध्यक्ष र कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी सम्हालेली सकेका छन् । तिलोत्तमा नगरपालिका भएसँगै शाखा कमिटी संयोजकका साथै विभिन्न कमिटीको संयोजक भएर कार्य सम्पादन गरेका न्यौपानेसँग जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको सम्पादित अंश :

गत आर्थिक वर्ष कस्तो रह्यो ?

धेरै राम्रो रह्यो । गत आव २०७४/७५ मा हामीले ९५ प्रतिशत पुँजीगत बजेट खर्च गर्न सफल भयौँ । वडाको लागि विनियोजन भएको दुई करोड ८६ लाख बजेटमा हामीले दुई करोड ७१ लाख जति बजेट सबैको साथ र सहयोगले गर्दा खर्च गर्न सफल भयौँ ।

उक्त बजेटमा के–कस्ता योजनाहरुमा काम भए त ?

पहिलो सामुदायिक भवनको लागि छुट्याइएको पाँच लाखको काम हुन सकेन भने दोस्रो कालो पत्रेको काम सम्पन्न नहुँदा भुक्तानी गर्न सकिएन । बाँकी अरु सबै योजनाहरु सडक मर्मत, सडक कालोपत्रे, ग्राभेल, शिक्षा, भवन, कल्र्भटहरु निर्माणलगायतका छुट्याइएका योजनाहरुमा काम सम्पन्न भएका छन् ।

चालू आवमा के–कस्ता योजनाहरु अगाडि सार्नुभएको छ ?

चालू आवमा वडामा परेको कुल बजेट तीन करोड हो । उक्त बजेटबाट होमेस्टेको लागि ५० लाख, खानेपानीको लागि ५० लाख प्राविधिक शिक्षाको लागि २० लाख हाम्रा चालू आवका मुख्य योजनाहरु हुन् । त्यो बाहेक सडक विस्तार, नहर विस्तार, कल्भर्ट निर्माण, थारु संग्रालयको सामुदायिक भवन निर्माणलगायतका अन्य धेरै साना ठूला योजनाहरु अगाडि सारेका छौँ ।

गत आवमा फरक योजनाहरु के–के छन् ?

अवश्य छन्, होमेस्टे, थारु संग्राहलयको लागि सामुायिक भवन, खानेपानी र बालउद्यान निर्माण बिल्कुलै फरक योजनाहरु हुन् । जुन योजनाहरुले तिलोत्तमा १३ को मात्र नभएर सिङ्गो नगरपालिका जिल्लालाई समेत शोभनीय बनाउनुका साथै यहाँको आयआर्जनमा पनि वृद्धि गर्न सक्ने सम्भावनाहरु धेरै रहेका छन् ।

कार्य सम्पादन गरेको पहिलो वर्ष कस्तो रह्यो ?

२० लामो समयसम्म स्थानीय तहको चुनाव हुन नसक्दा रिक्त रहेको स्थानीय तह चुनाव भएर जनप्रतिनिधिलेले भरिपूर्ण हुँदा जनतामा देखिएको उत्साहले हामीलाई धेरैभन्दा धेरै जिम्मेवारीबोध गरायो । जिम्मेवारीले हामीलाई गम्भीरताका साथ काम गर्नुपर्ने पाठ पनि सिकायो । लामो समयदेखि हुन नसकेर रहेका जनताका कामहरु गर्न पाउँदा हामीलाई झन गौरवान्वित बनाउनुका साथै जनउत्तरदायित्वका लागि प्रेरित गर्दा स्थानीयमा उत्साहमय वातावरणको सिर्जना भयो । कार्यसम्पादनको पहिलो वर्ष नीतिनियम अभावले गर्दा धेरै समय नीतिनियमहरु निर्माणमा लाग्नुपर्दा नयाँ–नयाँ योजनाहरु निर्माण गर्न केही कठिनाई भए पनि योजनाहरु समयमै सम्पन्न ग-यौँ त्यसैमा खुसी लाग्छ ।

कस्तो वडाको परिकल्पना गर्नुभएको छ ?

मेरो यो कार्यकालमा सौन्दर्यताले भरिएका कालोपत्रेसहितका व्यवस्थित सडकहरु हुनेछन् । त्यसैगरी गौरवको कार्यक्रमअन्तर्गत होमस्टे सञ्चालनमा आएर पर्यटकीय प्रवद्र्धनमा हुनेछ । जसले वडाको आम्दानीको स्रोतलाई थप वृद्धि गर्न मद्दत गर्दछ । त्यसैगरी क्षेत्रीयस्तरको बसपार्क पनि निर्माण, अटोजोन, वधशाला निर्माणको लागि डिपीआर तयार गर्न नगरपालिकामार्फत एडिबीलाई हस्तान्तरण भइसकेको छ । पथ्थरडाँडा तिनाउ सडकको स्तरोन्नतिको लागि पनि प्रदेश सरकार र केन्द्रीय सरकारबाट उचित सम्बोधन भएकोले माथिका योजनाहरु सम्पन्न हुँदा तिलोत्तमा १३ को नक्सामा व्यापक सुन्दरता आउने निश्चित छ । व्यक्तिगत सोच भनेको हामीकहाँ एउटा सम्भावना बोकेको आवासयुक्त क्षेत्र र साना तथा मझौला उद्योगहरुको स्थापना गरेर सम्भावना भएको कृषि क्षेत्रलाई विकास गर्दै अगाडी बढ्नु हो । कृषि क्षेत्रको कुरा गर्नुपर्दा २० लाख कृषिको कर्जामा उत्पादन हुने एक लाख मात्र हो । तर आवासमा जाँदा एउटै सटरबाट पनि धेरै आम्दानी लिन सकिन्छ । त्यसैले आवासीय हिसाबले अगाडि बढ्न सके हाम्रा आर्थिक स्रोतहरु पनि बलिया भन्ने हाम्रो मान्यता हो । अन्य पकेट क्षेत्रभन्दा पनि हामी आवास पकेट क्षेत्र बनाएर व्यावसायिक हिसाबले लैजाने सके बस्ती स्तरमा आवास क्षेत्र बन्छ भने, सडक क्षेत्रमा व्यावसायिक सटहरु बनेपछि आम्दानीका स्रोतहरु वृद्धि हुने कुरामा विश्वस्त छु । र अबको पाँच वर्षमा तिनाउ नदीको छेउमा भएका सम्पूर्ण क्रेसर उद्योगहरु पूर्ण रुपमा बन्द गरी जनतालाई क्रेसरको प्रदूषणबाट टाढै राख्ने अर्को योजना पनि छ ।

नगरपालिकामा पारिश्रमिक छोड्ने कुरामा धेरै दबाब छ भन्ने सुनिन्छ नि ?

होला, मलाई त्यस बारेमा त्यति जानकारी भएन । मेयर र केही वडा अध्यक्षहरुले छोड्नु भएको छ । भन्ने जानकारीमा आएको छ । तर मलाईं त्यस्तो कुनै दबाब आएको छैन  । एक पटक पारिश्रमिक छोड्नुप-यो भनेर फोन आएको थियो । तर, मैले धेरै पारिश्रमिक सामाजिक कार्यमा लगाएको कुरा बताएपछि कुनै कुराहरु कसैले फोन गरेको छैन ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

नदीजन्य पदार्थको दोहनमा स्थानीय तहबाट पूर्ण रोकथाम भए पनि जिससले राम्रो भूमिका खेल्न नसक्दा कार्य सम्पादनमा धेरै समस्याहरु उत्पन्न भए । त्यहीबीचमा क्रेसरहरुबाट दुई सय ४० टिप्पर, डम्पिङ क्षेत्रहरुबाट पाँच सय टिप्पर गरी १८ लाख बारबरको नदीजन्य पदार्थ दोहन गर्नेहरुबाट राजस्व सङ्कलन गर्न सफल भयौँ भने, लुकेर माटो उत्खनन् गर्नेहरुबाट पाँच लाख राजस्व सङ्कलन ग-यौँ । काम गर्दै जाँदा सूचनाको हकको नाममा केही सञ्चार माध्यमहरुबाट गरिएका पूर्वाग्राहीले काम केही रोकावट ल्याउने प्रयास गरे पनि त्यसबाट बिचल्ली नभई कार्यसम्पादन सफलता पूर्वक ग-यौँ तर राज्यको चौंथो अंगको रुपमा चिनिने सञ्चार क्षेत्र मध्येका केही सञ्चार माध्यमहरुले गरेको सुझबुझविनाको अफवाह फैलाउने गलत सम्प्रेषण प्रति सञ्चार माध्यमहरु गम्भीरताका साथ लाग्नुपर्ने देखिन्छ । गलतलाई गलत भन्नु सही हो तर सहीलाई गलत सावित गर्न खोज्नु अपराध भएकोले कोही कसैबाट त्यस्ता कार्यहरु गरिनु हुँदैन । राज्यले संघीयताको विकास मोडेलमार्फत समृद्धिको सपना बोकेकोले त्यसका लागि गल्तीलाई सुधार गर्दै एकजुट भएर अगाडि बढ्नुपर्छ । त्यसो गरिएन भने ठूलो संर्घषबाट प्राप्त संघीयता असफल पनि हुन सक्छ । (जनमञ्च साप्ताहिकबाट)

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ईयुले किन हटाएन कालो सूचीबाट ?

हालै आएको हवाई उडानसम्बन्धी एक समाचारले हामी नेपालीहरुलाई फेरि पनि निराश पारेको छ । खासगरी सो समाचारले पर्यटन...
मनोरञ्जन / साहित्य अरु धेरै

नेपाली चलचित्र मदहोस को ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक

नेपाली चलचित्र मदहोस को ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै