logo

‘पर्यटनलाई उद्योगको रुपमा विकास गर्न राज्यकै सर्वाेपरी भूमिका रहन्छ’

 

बन्दीपुर एउटा समृद्ध व्यापारिक केन्द्र थियो जहिलेसम्म यो भारत र तिब्बतबीचको व्यापारिक बाटोमा पर्ने एउटा महत्वपूर्ण आराम स्टेसनको रुपमा र¥यो । १९ औं शताब्दीको सुरुवातमा भक्तपुरबाट नेवार समुदाय मलेरियामुक्त ठाउँको खोजीमा बन्दीपुर आई बसोबास गरे । तनहुँ जिल्लाको सदरमुकाम कायम रहुञ्जेलसम्म बन्दीपुरको व्यापारिक रौनक बढ्दो थियो तर सदरमुकाम दमौलीमा सारेपछि भने साविकको चहलपहल ह्वात्तै घट्यो । तैपनि बन्दीपुरवासी जनताले धैर्यता गुमाएनन् । अहिले बन्दीपुर एउटा रोमाञ्चक, सुन्दर र आश्चर्यलाग्दो पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदैछ । पर्यटक आगमनमा वृद्धि गर्न बन्दीपुर पर्यटन विकास समिति र क्षेत्रीय होटल संघ, तनहुँ अन्तर्गतको बन्दीपुर बजार इकाइ समितिका पदाधिकारीहरू कमर कसेर लागिपरेका छन् । यसै सन्दर्भमा क्षेत्रीय होटल संघ, तनहुँ अन्तर्गतको बन्दीपुर बजार इकाइ समितिका अध्यक्षसँग आर्थिक दैनिकका पोखरा संवाददाताले गरेको कुराकानीको सम्पादित अंशः

बन्दीपुरको पर्यटन प्रवद्र्धनको लागि सरकारले गर्नुपर्ने कामहरू के–के हुन् ?
बन्दीपुरको पर्यटन प्रवद्र्धनको लागि संघीय, प्रादेशिक र स्थानीय सरकारबीच समन्वयको खाँचो छ । पृथ्वी लोकमार्गदेखि बन्दीपुर बजारसम्मको सडक साँघुरो छ । यसलाई चौडा बनाउनु जरुरी छ । बसपार्क, सार्वजनिक शौचालय, भ्यू टावर, पैदलमार्ग, सार्वजनिक पार्कलगायतका पूर्वाधार विकासका कामहरू सरकारले गर्नुपर्दछ । बन्दीपुरमा सबैभन्दा तड्कारो समस्या खानेपानीको छ । पानीको मुहान धेरै नै टाढा छ । टाढाबाट पानी ल्याउनु जनताको पहुँचबाहिरको काम भएकोले सरकारले नै यसतर्फ विशेष पहल गर्नुपर्ने देखिन्छ ।

बन्दीपुरको ऐतिहासिक मौलिकता जोगाउन के गर्नुपर्छ ?
बन्दीपुर मौलिक रुपमा एउटा सामान्य मगर गाउँ थियो । १९ औं शताब्दीको सुरुमा भक्तपुरबाट नेवारहरू बन्दीपुर आई बसोबास गरेपछि बन्दीपुर बजारले काठमाडौं उपत्यकाको नेवारी रीतिरिवाज, कला, संस्कृति र सभ्यताको झ–झल्को दिएको छ । बन्दीपुर बजारलाई संरक्षित क्षेत्र घोषणा गरी प्राचीन शैलीका घरहरूको संरक्षण गरी पुनर्निर्माण गरिनुपर्छ । कंक्रिट घरहरू बनाउन रोक लगाउनुपर्छ । बन्दीपुरको पहिचान भनेकै ऐतिहासिक मौलिकता हो । यसलाई जोगाइ राख्नु हामी सबै बन्दीपुरेहरूको पहिलो र प्रमुख काम हो ।


बन्दीपुर आउने पर्यटकहरूले के–कस्ता सेवा सुविधाहरू प्राप्त गर्न सक्छन् ?
होटल व्यवसायको हिसाबले बन्दीपुर घुम्न आउने पर्यटकहरूले स्तरीय होटल तथा रिसोर्टको सेवासुविधाहरू प्राप्त गर्न सक्छन् । सस्तो दरमा घरायसी वातावरणमा रमाउँदै बस्नको लागि होमस्टे पनि सञ्चालनमा रहेका छन् । दुई सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्म पर्ने कोठाहरू उपलब्ध छन् भने एक सय पचास रुपैयाँदेखि सात सय रुपैयाँसम्मको खाना खान पाइन्छ । यहाँ स्थानीयस्तरमै उत्पादित अर्गानिक तरकारी खान पाइन्छ । यहाँको विशेषता भनेको अर्डर गरेपछि मात्र खाना तयार हुन्छ ।

पर्यटनलाई सेवा क्ष्ँेत्रको रुपमा मात्र नभई उद्योगकै रुपमा विकास गर्नु जसरी छ । यसको लागि के कुराको आवश्यकता हुन्छ ?
उद्योगको रुपमा विकास गर्न सर्वप्रथमतः पुँजीको आवश्यकता पर्दछ । उत्पादन गर्न लगानी नै गर्नुपर्छ । विना लगानी प्रतिफल आउँदैन । लगानीकर्ताहरूले ढुक्कसँग लगानी गर्नको लागि उपयुक्त वातावरणको निर्माण गरिनुपर्छ । पर्यटन सेवाक्षेत्र भएकोले पर्याप्त मात्रामा रोजगारका अवसरहरू सिर्जना हुन्छन् । दक्ष र अनुभवी कामदारको यस क्षेत्रमा सधैँ जसो खाँचो नै हुन्छ । पर्यटनलाई उद्योगको रुपमा विकास गर्न राज्यकै सर्वाेपरी भूमिका रहन्छ । आवश्यक पूर्वाधार विकास र विस्तार गर्न सकेमा निजी क्षेत्रको उत्साहजनक उपस्थिति हुने गर्दछ र लगानीमा वृद्धि भई उद्योगको रुपमा पर्यटन व्यवसाय फस्टाउन सक्दछ ।

क्षेत्रीय होटल संघ, तनहुँअन्तर्गतको बन्दीपुर बजार इकाइ समितिले होटल व्यवसायको विकास एवं विस्तारको लागि के–कस्तो योजना ल्याउँदैछ त ?
होटल व्यवसाय पर्यटन क्षेत्रसँगै सम्बन्धित छ । पर्यटन प्रवद्र्धन गरी धेरैभन्दा धेरै पर्यटकहरूको आगमन भयो भने मात्रै होटलहरू भरिभराउ हुन्छन् । त्यसैले बन्दीपुरमा प्रकृतिप्रदत्त बाहेकका पर्यटकीय पूर्वाधार विकासका कामहरू तदारुकताका साथ अगाडि बढाउनु जरुरी छ । भएका होटलहरूको क्षमता र दक्षतामा वृद्धि गर्नुका साथै नयाँ होटलहरू खोल्नुपर्छ । पर्यटकहरूलाई स्तरीय सेवासुविधा उपलब्ध गराई सन्तुष्ट बनाउन सकियो भने त्यसले अन्तर्राष्ट्रिय बजारमा नेपालको राम्रो छवी बनाउँदछ । बन्दीपुरको होटल व्यवसायलाई व्यवस्थित बनाउन नेपाल सरकार तथा बन्दीपुर गाउँपालिकासँग समन्वय र सहकार्य गरी अगाडि बढ्ने योजना बनाएका छौं । यसमा सबै बन्दीपुरे होटल व्यवसायहीरूको सहयोग र प्रतिबद्धताको अपेक्षा पनि राखेका छौं ।

होटल व्यवसायीहरूको क्षमता र दक्षता अभिवृद्धिको लागि कुनै कार्यक्रम गर्ने सोच बनाउनु भएको छ कि ?
निश्चय नै । सीप र दक्षताविना होटल व्यवसाय सञ्चालन गर्न सकिँदैन । हामीले व्यवसायीहरूलाई व्यवस्थापन, कुक, वेटर तथा सेवा सत्कारसम्बन्धी तालिम दिने कार्यक्रमहरू गर्ने सोच बनाएका छौं । प्रत्यक्ष रुपमा अवलोकन गरी सिक्न र अनुभव साटासाट गरी अनुभूत गर्न अवलोकन भ्रमण गर्ने कार्यक्रम पनि सोचेका छौं । फुड फेस्टिवलको आयोजना गरी सांस्कृतिक मनोरञ्जनसहित खानाका परिकारहरूको स्वाद लिने कार्यक्रम पनि गर्ने योजना छ ।

पर्यटन उद्योगले देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । यसलाई विश्वव्यापी रुपमा प्रचार–प्रसार गरी फाइदा लिन के गर्नुपर्छ ?
अहिले पनि विश्वमा नेपालबारे ज्ञान नभएका धेरै मानिसहरू छन् । अन्तर्राष्ट्रियस्तरमा नेपालले अझै पनि अधिकतम सञ्चार सञ्जाल फिजाउनु आवश्यक छ । त्यसैगरी आन्तरिक पर्यटनमा पनि उत्तिकै वृद्धि गर्नु जरुरी छ । पर्यटन प्रवद्र्धनसम्बन्धी प्याकेज कार्यक्रमहरू निर्माण गरी लागू गर्नुपर्छ । पर्यटन उद्योगको विकासले देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने हुनाले पर्यटन प्रवद्र्धनलाई विश्वव्यापीकरण गर्दै यसबाट फाइदा लिन सक्नुपर्छ ।

 

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ईयुले किन हटाएन कालो सूचीबाट ?

हालै आएको हवाई उडानसम्बन्धी एक समाचारले हामी नेपालीहरुलाई फेरि पनि निराश पारेको छ । खासगरी सो समाचारले पर्यटन...
मनोरञ्जन / साहित्य अरु धेरै

भुजेल भाषाको चलचित्र ‘नि–प्हुगाल’ प्रदर्शनीको तयारीमा

भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ हामी भुजेल चलचित्र बनाइएको छ । भुजेल समाज सेवा...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै