logo

‘सकारात्मक सोच, सही योजना र व्यवस्थित कार्यान्वयन भयो भने सफलता प्राप्त गर्न सकिन्छ’


बन्दीपुर एउटा समृद्ध व्यापारिक केन्द्र थियो जहिलेसम्म यो भारत र तिब्बतबीचको व्यापारिक बाटोमा पर्ने एउटा महत्वपूर्ण आराम स्टेसनको रुपमा र¥यो । १९ औं शताब्दीको सुरुवातमा भक्तपुरबाट नेवार समुदाय मलेरियामुक्त ठाउँको खोजीमा बन्दीपुर आई बसोबास गरे । तनहुँ जिल्लाको सदरमुकाम कायम रहुञ्जेलसम्म बन्दीपुरको व्यापारिक रौनक बढ्दो थियो तर सदरमुकाम दमौलीमा सारेपछि भने साविकको चहलपहल ह्वात्तै घट्यो । तैपनि बन्दीपुरवासी जनताले धैर्यता गुमाएनन् । अहिले बन्दीपुर एउटा रोमाञ्चक, सुन्दर र आश्चर्यलाग्दो पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदैछ । पर्यटक आगमनमा वृद्धि गर्न बन्दीपुर पर्यटन विकास समिति र क्षेत्रीय होटल संघ, तनहुँ अन्तर्गतको बन्दीपुर बजार इकाइ समितिका पदाधिकारीहरू कमर कसेर लागिपरेका छन् । यसै सन्दर्भमा बन्दीपुर पर्यटन विकास  समितिका अध्यक्षसँग आर्थिक दैनिकका पोखरा संवाददाताले गरेको कुराकानीको सम्पादित अंशः


बन्दीपुर पर्यटन विकास समितिले कुन–कुन कामहरू गर्दैछ ?
विशेषगरी पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनका कामहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने योजना बनाएका छौं । पूर्वाधार विकासका लागि बन्दीपुर गाउँपालिकाले गुरुयोजना बनाउँदैछ । त्यसको कार्यान्वयनमा हामीले पूर्ण सहयोग गर्छाैं । नेपाल पर्यटन बोर्ड, अन्य सरकारी तथा गैरसरकारी संस्थाहरूसँग सहयोग लिएर मठमन्दिर जीर्णाेद्धार गर्ने, फुट ट्रयाक बनाउने, पार्क निर्माण गर्ने, पर्यटनमैत्री कार्यक्रम गर्ने, पर्यटन प्रचार–प्रसार सामग्री निर्माण गर्नेलगायतका कामहरू गर्दैछौं ।

पर्यटकलाई आकर्षित गर्न कस्ता कार्यक्रमहरू गर्र्दै आउनुभएको छ ?
वि.सं. २०६० देखि बन्दीपुरमा इकोटुरिजम सुरु भएको हो । यसको बारेमा प्रचार–प्रसार सामग्री बनाएर देश विदेशमा प्रचार गरेका छौं । हरेक वर्ष फुड फेस्टिबल, नेपाली र अंग्रेजी दुवै नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रमसहितको फेस्टीबल आयोजना गरी पर्यटकलाई आकर्षित गर्दै आएका छौं ।

यी नियमित रुपमा गरिने कार्यक्रमबाहेक पर्यटन प्रवद्र्धनका लागि अभियानात्मक कार्यक्रमहरू गर्ने बारेमा केही सोच्नुभएको छ ?
नियमित कार्यक्रमहरूका अलावा नयाँ र विशेष प्रकृतिका प्रवद्र्धनात्मक कार्यक्रमहरू अभियानको रुपमा सञ्चालन गर्ने बारेमा नेपाल सरकार तथा स्थानीय निकायसँग समन्वय गरी योजना बनाउने सोचमा छौं । स्वदेशी तथा विदेशी पर्यटकहरूलाई बन्दीपुर ल्याउन र पर्यटन प्रवद्र्धन गर्न यस्ता अभियानात्मक कार्यक्रमहरूको तड्कारो आवश्यकता महसुस गरिएकै छ ।

वास्तवमा पर्यटकहरु बन्दीपुर केका लागि आउने गर्दछन् ?
बन्दीपुर एउटा प्राकृतिक भ्यू टावर हो । यहाँबाट एउटै फ्रेममा अन्नपूर्ण रेञ्जलगायत धौलागिरि, मनास्लु र लाङटाङ हिमाल चुचुराहरू हेर्न पाइन्छ । त्यस्तैगरी एसियाकै ठूलो सिद्ध गुफा, १९ औं शताब्दीको कलाकौशलसहितको नेवारी संस्कृति, मगर समुदायको रहनसहनसहितको मौलिकता, ५०० मि. होचो मस्र्याङ्दी उपत्यका पनि हेर्न पाइन्छ । बन्दीपुर साहसिक खेलहरूको लागि पनि प्रख्यात छ । प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, क्याभिङ, हाइकिङबाट भरपुर मनोरञ्जन लिन सकिन्छ । शान्त एवं मनोरम वातावरणमा आनन्दसँग रिफ्रेस हुने ठाउँ हो बन्दीपुर । नजिकैबाट यहाँ बसोबास गर्ने विभिन्न समुदायहरूको रीतिरिवाज र संस्कृतिको अवलोकन गर्नसमेत पाइन्छ ।

पर्यटकहरूको आगमन सिजनल हुन्छ कि सदाबहार ?
केही वर्षअगाडि सिजन र अफ–सिजन भन्ने हुन्थ्यो तर अहिले सदाबहार नै छ । तैपनि असार–साउन महिनामा वर्षायाम भएकोले केही कम हुन्छ । सिजनमा दैनिक सात सयको संख्यामा पर्यटकहरू आउँछन् ।

कुन–कुन देशका पर्यटकहरू बढी मात्रामा आउने गर्छन् ?
चाइनीजहरू बढी मात्रामा आउने गर्छन् । अमेरिकन, युरोपियन र इण्डियनहरू पनि आउँछन् । इण्डियनहरूमा मलेसिया तथा दुबईमा बसोबास गर्नेहरू हुन्छन् ।

बन्दीपुर आउने पर्यटकहरूको बसाइलाई लम्ब्याउन कस्तो योजना बनाउँदै हुनुहुन्छ ?
पर्यटकहरूको बन्दीपुर बसाइ लम्ब्याउन र खर्च पनि बढाउन वैकल्पिक पदयात्रा, दृश्यावलोकन, व्यावसायिक गाइडबाट घुमफिर गराउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरूको आयोजना गर्ने गराउनेतर्फ विशेष पहल गर्न सक्नुपर्छ । यसको लागि बढी खर्च गर्न सक्ने देशका पर्यटकहरूलाई ल्याउने विशेष कार्यक्रम बनाउनुपर्छ । नेपाल सरकार, स्थानीय निकाय र व्यवसायीहरूबीचको समन्वय, सहयोग र सहकार्यले मात्र सबै कुरा सम्भव हुन्छ ।

व्यवसायीहरूले पर्यटन व्यवसायलाई आधार बनाएर के–कति लगानी गरेका छन् ?
पर्यटन व्यवसाय सेवा क्षेत्र भएकोले बन्दीपुरमा पनि होटल व्यवसायमा नै व्यवसायीहरूले लगानी गरेका छन् । अहिले यहाँ साना ठूला गरी ६५ वटा होटलहरू सञ्चालनमा छन् । करिब ६०÷६५ करोड रुपैयाँ यस व्यवसायमा लगानी भएको छ ।

बन्दीपुर महँगो छ भन्छन्, के यो भनाइ सत्य हो ?
महँगो छ भन्ने कुरा सत्य होइन । ‘घाँटी हेरी हाड निल्नु’ भनेझैं पर्यटकहरूले आफ्नो बजेटअनुसारको खर्च गर्न सक्छन् । यहाँ सस्तो एवं महँगो दुवै तरिकाले बस्न पाइन्छ । कस्तो र कसरी बसाइ गर्ने भन्ने कुरा पर्यटकहरूको आफ्नो स्वेच्छिक निर्णयमा भर पर्दछ ।

सन् २०२० सम्म २० लाख पर्यटक भिœयाउने लक्ष्य छ । यो लक्ष्यमा पुग्न सकिएला त ?
स्पष्ट आधारहरू निर्धारण गरी योजनाबद्ध तरिकाले काम गर्ने हो भने सजिलैसँग लक्ष्यमा पुग्न सकिन्छ । सकारात्मक सोच, सही योजना र व्यवस्थित कार्यान्वयन भयो भने सफलता प्राप्त गर्न सकिन्छ । नेपालका चर्चित गन्तव्यहरूलाई समेटेर प्रवद्र्धनात्मक भिडियोमार्फत अन्तर्राष्ट्रिय बजारमा प्रचार–प्रसारलाई तीव्रता दिनुपर्छ । साथै हाम्रो क्षमता तथा दक्षतामा समेत अभिवृद्धि गर्नु जरुरी हुन्छ । हामीसँग उपलब्ध साधनस्रोतको सही र कलात्मक ढंगले उपयोग गर्दै विश्वमा नेपालको छुट्टै पहिचान बनाउन सकियो भने असम्भव केही पनि हुँदैन ।

 

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ईयुले किन हटाएन कालो सूचीबाट ?

हालै आएको हवाई उडानसम्बन्धी एक समाचारले हामी नेपालीहरुलाई फेरि पनि निराश पारेको छ । खासगरी सो समाचारले पर्यटन...
मनोरञ्जन / साहित्य अरु धेरै

नेपाली चलचित्र मदहोस को ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक

नेपाली चलचित्र मदहोस को ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै