logo

गाउँपालिकालाई नगरपालिका बनाउने योजना छ

बाबुबाजेको देखासिकीबाट राजनीति र सामाजिक कार्यमा प्रेरणा पाएका जितेन्द्र नाथ सुक्ला हाल सम्मरीमाई गाउँपालिका रुपन्देहीका अध्यक्ष हुन् । गत वर्ष सम्पन्न स्थानीय तहको चुनावमा विजय कुमार गच्छदारको पार्टी फोरम नेपालबाट अध्यक्षमा निवार्चित भए पनि पछि उक्त पार्टी कांग्रेसमा विलय भएसँगै नेकपामा प्रवेश गरेका सुक्ला एक विकासप्रेमी नेताको रुपमा चिनिन्छन् । सामाजिक क्षेत्रको योगदानमा विशेष महत्व राख्ने सुक्ला गाउँपालिकाको विकासमा धेरै महत्वाकांक्षी देखिन्छन् । आफ्नै कार्यकालमा नगरपालिका बनाएरै छाड्ने दृढ सङ्कल्पका साथ योजनाबद्ध रुपले अगाडि बढेका जितेन्द्रनाथ सुक्लासँग गाउँपालिकाको समसामयिक विषयमा जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको सम्पादित अंशः

नेतृत्व वर्ग कांग्रेसमा विलय हुँदा यहाँलाई नेकपा रोज्ने इच्छा कसरी आयो ?

सबैका आ–आफ्नै योजना तथा इच्छाहरु हुन्छन् । नेतृत्व कांग्रेसमा गयो भन्दैमा म पनि कांग्रेसमा जानुपर्छ भन्ने छैन । नेतृत्वलाई कांग्रेस ठीक लाग्यो मलाई नेकपा । किनकि नेकपा नीतिनियम र विचारधाराहरु मन परेकोले नेकपा रोजाइमा परेको हो ।

यहाँको गाउँपालिकाको बारेमा केही बताइदिनुहोस् न ?

रूपन्देहीको दक्षिणी भागमा अवस्थित साविकका ७ गाविसहरुलाई मिलाएर बनाइएको यो गाउँपालिकाको नामकरण भगवतीको मन्दिरबाट रहन गएको हो । कुल ५०.७ वर्ग किलोमिटर क्षेत्रफल रहेको गाउँपालिकाको पूर्वमा मर्चवारी गाउँपालिका, पश्चिममा छिमेकी राष्ट्र भारत, उत्तर लुम्बिनी सांस्कृतिक नगरपालिका र कोटहीमाई गाउँपालिका, दक्षिणमा छिमेकी राष्ट्र भारत छ । कुल ३८ हजार जनसंख्या रहेको गाउँपालिकामा अधिकांश मधेसीहरुको बसोबास रहेको छ । प्राकृतिक सम्पदा, धार्मिक विविधता तथा राजनैतिक रूपले परिचित पनि रहेको छ ।

गाउँपालिकामा विकासको अवस्था कस्तो छ ?

गाउँपालिका भन्ने वित्तिकै केही हदसम्म विकासको अवस्था सोझै अनुमान गर्न सकिन्छ । अहिलेसम्मको अवस्था मध्यम खालको छ । धेरै क्षेत्रहरुको विकास गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा थपिएको हुँदा हालको जनताका आवश्यकता र चाहनाहरुलाई योजनाबद्ध रुपले सम्पन्न गर्दै अगाडि बढेका छौं ।

गत आर्थिक वर्षको कति बजेटमा के–कस्ता कामहरु सम्पन्न भए ?

गत आवको ४० करोड बजेटमा ९० प्रतिशत जति योजनाहरु सम्पन्न भए । जसमा पूर्वाधारको विकास, कृर्षि क्षेत्रको प्रवर्द्धनात्मक कार्यक्रमहरुलगायत आर्थिक वर्षका लागि छुट्याइएका योजनाहरुमा काम सम्पन्न भए ।

शतप्रतिशत बजेट खर्च हुन नसक्नुको कारण के हो ?

राजीतिमा केही स्थिरता आए पनि हाम्रो समाजमा खुट्टा तान्ने प्रवृत्तिले पिछा छोड्न सकेको छैन । अझै पनि विभन्न बाहनाहरुमा राम्रो काम गर्नेलाई खुट्टा तान्ने प्रवृत्ति बढी हाबी हुने गरेको छ । त्यसैको उदाहरण पनि हो बजेट खर्च गर्न नसक्नु पनि । कसरी हुन्छ, योजनाहरु पूरा हुन नदिने र काम सकेसम्म बिगार्ने प्रयास गरिए पनि धेरै सजग भएर सोच विचार गरी कार्य सम्पादन गरेको हुँदा ९० प्रतिशत विकास बजेट खर्च गर्न सफल भयौँ । गत आव कार्यकालको पहिलो वर्ष हुँदा केही प्रयोग गरेर हेर्ने अवस्था पनि सिर्जना भयो तर चालू आवमा शतप्रतिशत खर्च गर्न सक्ने गरी योजनाहरुको साथ अगाडि बढेका छौँ ।

चालू आर्थिक वर्षको बजेटमा के–कस्ता योजनाहरु छन् ?

गत आर्थिक वर्षमा भन्दा चालू आर्थिक वर्षमा गत आवमा भन्दा एक करोड बढी ४१ करोड बजेट विनियोजन भएको छ । जुन बजेटबाट पूर्वाधारको विकास, कृषि क्षेत्रको विकास, शिक्षा क्षेत्रको विकास, सोलार बत्ती जडानलगायतका अन्य धेरै क्षेत्रहरुको विकास र विस्तारका कामहरु गर्ने योजनाका साथ लागिपरेका छौं ।

जनता र गाउँपालिकाका आय आर्जनका स्रोतहरु के के छन् ?

मुख्य आम्दानीको स्रोत भनेको कृषि हो । कृषिबाट यहाँका जनताको आयआर्जनमा वृद्धि गर्न सकिन्छ भने कृषिको पकेट क्षेत्रको रुपमा पनि गाउँपालिकालाई लिइन्छ । अनि अर्को नदीजन्य पदार्थको बिक्री वितरणबाट पनि गाउँपालिकाको आम्दानी गर्न सकिने आधारहरु रहेका छन् ।

कृषि क्षेत्रमा कस्ता कस्ता उत्पादनहरु हुन्छन् ?

गाउँपालिमाका सागदेखि उखुसम्मका हरेक उत्पादन सिजनेबल तथा ननसिजनेबल उत्पादन हुन्छन् ।

त्यसको बजारीकरणको लागि गन्तव्य स्थान कहाँ हो ?

यही स्थानीयस्तरमा एउटा बजार व्यवस्थापन समिति छ । र त्यो भन्दा बाहिर बुटवल भैरहवालगायतका अन्य क्षेत्रहरुमा उत्पादित खाद्य वस्तु खपत हुने गर्दछ ।

शिक्षा, स्वास्थ्यलगायत अन्य आधारभूत आवश्यकताको अवस्था कस्तो छ ?

निकै दयनीय छ । स्वास्थ्यमा भन्दा पनि शिक्षाको अवस्था भयावह छ । जसले गर्दा यहाँको विकास निर्माण पनि पछि परेको छ । कम योग्यता भएका शिक्षकहरुले आफ्नो क्षमताले भेट्न सक्ने भन्दा माथिल्लो कक्षासम्म अध्यापन गराउनु सबैभन्दा समस्याको विषय हो । जसको कारणले विद्यार्थीहरुको क्षमता वृद्धि हुनुभन्दा पनि कमजोर हुँदै जाने सम्भावनाहरु धेरै हुन्छन् । अर्को कुरा शैक्षिक संस्थामा राजनीति प्रवेश गराइनु झन नराम्रो पक्ष हो । पढ्न भनेर पवित्र मन्दिरमा उज्याले जीवनको आशमा जाने विद्यार्थीहरुलाई राजनीति गराएर समृद्ध नेपाल निर्माण कहिले गर्ने । विद्यार्थी विद्यालय केवल पढ्को लागि मात्र जानुपर्छ र उनीहरुलाई पढाइमा मात्र लगाउनुपर्छ भन्ने मेरो मान्यता हो ।

शिक्षकको योग्यतामा यहाँले कुनै कदम चाल्न सक्नुभएन ?

त्यसमा हाम्रो हात कम हुने हुँदा न त हामीले कम योग्यता भएका शिक्षकलाई कारबाही गर्न सक्छौं न त कुनै ठाउँमा सरुवा गर्न सक्छौं । त्यसका लागि प्रदेश र संघीय सरकारले उपयुक्त कदम चाल्नुपर्छ । हामीले त सक्दो र पुग्दो पहल गरिरहेका छौँ । सफलता कत्तिको र कहिले मिल्छ भन्ने कुरा महत्वपूर्ण चुनौतीको बीचमा हामीमाझ बसेको छ ।

अब बचेको चार वर्षमा कस्तो गाउँपालकाको परिकल्पना गर्नुभएको छ ?

सोच त महत्वाकांक्षी नै छ । तर त्यसमा कति पुरा गर्न सकिन्छ, कति सकिंदैन भन्ने कुरा आफ्नो ठाउँमा छ । गुणस्तरीय शिक्षाको विकास गर्दै गाउँपालिकालाई नगरपालिकामा परिणत गरी जनतालाई धेरैभन्दा धेरै सेवासुविधाहरुले सु–सज्जित गर्ने रहेको छ । सुशासन युक्त र मेलमिलाप युक्त क्षेत्रको रुपमा विकास गरेर जनतालाई आत्मनिर्भर बनाउने खालका योजनाहरुको साथै सबै सडकहरु कालोपत्रे गरी सुन्दर र रमणीय हेर्न लायक ठाउँको रुपमा विकास गर्ने मुख्य योजना छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

यहाँ र यहाँको पत्रिका जनमञ्च साप्ताहिकलाई गाउँपालिकाको बारेमा बोल्ने अवसर दिनु भएकोमा विशेष धन्यवाद । पहिलो पटक स्थानीय तहको चुनावमा निर्वाचित गराएर जनप्रतिनिधिको रुपमा काम गर्ने जिम्मेवारी दिनुभएको छ त्यसको लागि सबैप्रति आभारी छु । गाउँपालिकाको विकासमा आफूले सक्दो प्रयास रातदिन गरेर भए पनि यहाँहरुका धेरैभन्दा धेरै कामहरु गर्ने दृढ संकल्प चुनावमा पनि गरेको थिए र अहिले यस पत्रिकामार्फत पनि गर्न चाहन्छु । अहिले हामी सबैलाई विकासको आवश्यकता भएको हुँदा विकास निर्माण खुट्टा तान्ने प्रवृत्तिको अन्त्य गरी एक भएर लाग्नुपर्छ र लागौं भन्न चाहन्छु । (जनमञ्च साप्ताहिकबाट)

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

लेखु सहयात्रीको ‘लालटिन बालेर’ सार्वजानिक ! (भिडियोसहित)

पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा रहेका लेखु सहयात्रीले ‘लालटिन बालेर’ बोलको गीत सार्वजानिक गरेका छन् ।...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै