logo

पहिलो वर्षमा जनताले आशा गरेजति काम गर्न सकिएन

बझाङको छबिस पाथिभेरा गाउँपालिकामा देखिएका समस्या, जनप्रतिनिधि आएपछि भएका विकास निर्माणका कार्य तथा गाउँपालिकाको आगामी योजनाबारे गाउँपालिकाकी उपप्रमुख राधिका रताला जोशीसँग आर्थिक दैनिकका जिल्ला संवाददाता आशिष बहादुर सिंहले गरेको कुराकानीको सम्पादित अंश :

जनताको जनप्रतिनिधि भएर आउन पाउँदा कस्तो लागेको छ ?

जनप्रतिनिधि भई जनताको काम गर्न पाउँदा निकै खुसी लागेको छ । जनताको सेवा गरी जनताको दुःख–सुखमा साथ दिन पाउँदा खुसी छु । खुसीसँगै जिम्मेवारीहरु पनि थपिएको छन् । नेपालमा संघिएताको पहिलो अभ्यास हुँदैछ, त्यसकारण जिम्मेवारीसँगै चुनौतीहरु पनि थपिएका छन् । २० वर्षसम्म स्थानीय जनप्रतिनिधि नपाएका जनताले लामो समयपछि जनप्रतिनिधि उनीहरुले विकास, शान्ति, पर्याप्त सेवा सुविधाको अपेक्षा राखेका छन् । समाजको मुहार फेरिन्छ, समाज परिवर्तन हुन्छ, सबै जनताले रोजगारी पाउनुपर्छ भन्ने मनशायले उनीहरुले हामीलाई यो ठाउँ दिएका छन् । तर यो एक वर्षको अवधिमा जनताले जति सोचेका थिए त्यति विकास हुन नसक्दा जनतामा सामान्य निराशा छाएको छ तर ती निराशाहरुलाई चिर्दै मैलै पाएको जिम्मेवारी लाई पूरा गर्नेतर्फ लागिपरिरहेको छु ।

जनताले तपाईंबाट आशा गरेको विकास एक वर्षभित्र कति गर्नुभयो जनतालाई गर्व लाग्ने खालका योजना के बनाउनुभयो ?

जनताले जनप्रतिनिधिबाट जति आशा गरेका थिए पहिलो वर्षमा त्यति विकास गर्न सकिएन् । किनभने हामी नेपालमा संघीयताको पहिलो अभ्यासमा छौँ । हामी सबै कुरामा विज्ञ थिएनौं केन्द्र सरकारले स्थानीय तहलाई ऐन नियम छिटो उपलब्ध नगराउँदा, हाम्रा कार्य क्षेत्रहरु केके हुन् भन्ने अन्योलता बढेका कारण पहिलो वर्ष जति काम हुनुपर्ने हो त्यो गर्न सकेनौँ । यो पहिलो वर्ष सिकाइको अभ्यास पनि भयो । अब यस सिकाइलाई मध्यनजर गर्दै आगामी वर्षमा जनताले सोचेअनुसार काम हुनेमा म गाउँपालिका बासीलाई विश्वस्त तुल्याउन चाहन्छु । पहिलो वर्षमा सोचेअनुरुप काम नभए पनि मलाई लाग्छ जनता सन्तुष्ट छन् जनताले चाहेअनुसारको काम भएको छ । खानेपानी नभएको ठाउँमा खानेपानी दिएका छौं । सडक यातायात नपुगेको क्षेत्रमा सडक सञ्जाल जोडेका छौ । गौरवका योजनालाई पहिलो प्राथमिकता दिएर काम अगाडि बढाएका छौं । पहिलो वर्षमा पनि विकास भएको महसुस जनताले गरेका छन् ।

जताततै सडक निर्माण गर्न ट्रयाक खोल्नुभएको छ, नयाँ योजनाभन्दा पनि पुरानैलाई स्तरोन्नति गरेको भए जनताले अकालमै ज्यान गुमाउनुपर्ने थिएन होला नि ? नयाँ सडक निर्माणपछि गएको पहिरोले मान्छेले ज्यान गुमाउन बाध्य भए ?

विकास गर्दा विनाश अवश्य पनि हुन्छ विकास गर्दै जाँदा कहीं कतै विनाश पनि भएको छ । विकास गर्नको लागि सडक अत्यावश्यक रहेछ । सबै ठाउँमा सरल र सहज सेवा पु¥याउनको लागि नै हामीले सडक विस्तार कार्यलाई प्राथमिकता दिएका हौं । पुरानो सडकलाई स्तरोन्नति गर्न पनि हाम्रो छबिस पाथिभेरा गाउँपालिका लागिरहेको छ । सडकका कारण दुर्घटना भएको होइन, गाडी चालकको लापरबाहीले दुर्घटना भएको हो । गाडी चालक दिउँसै चरेस खाई गाडीको क्षमताभन्दा बढी यात्रु हालेर पैसाको लोभले पनि गाडी गुडाउने कारणले दुर्घटना भएको हो । सडक नराम्रो भएर घटना भएको होइन ।

क्षमताभन्दा बढी यात्रु हालेर बस दुर्घटना भयो भन्नुभयो अनि दिउँसै मदिरा–चरेस सेवन गरी गाडी चलाउने गाडी चालकलाई किन कारबाही गर्नुहुन्न ?

अब सबै यात्रुहरुलाई आफ्नो ठाउँमा जानुपर्ने हुन्छ, सवारी साधनहरु कम चल्ने गर्छन् त्यसले गर्दा केही समस्या देखिएको छ । बस सेवा सञ्चालन भएपछि मानिसहरु छोटो बाटोको यात्रा पनि हिँडेर गर्न छाडे त्यसकारण सवारी साधनमा केही भीड देखिएको छ । यसलाई समाधान गर्नतर्फ हामी गम्भीर भएका छौँ । मदिरा–चरेस सेवन गरी सवारी साधन चलाउनेलाई हामीले भन्दा पनि ट्राफिक प्रहरीले कारबाही गर्नुपर्ने हो । उजुरी आएसम्म हामीले कारबाही गर्ने गरेका छौं ।

सवारीसाधनले चर्को भाडा लिएर ठगी गर्दै आएको भन्ने पनि सुनिन्छ नि ?

जनता कुनै बेला गाडी चालकबाट ठगिएका छन् भन्ने खबर हामीले जानकारी पाएका छैनौं । यदि कोही गाडी चालकले त्यस्तो गरेको छ भने हामीलगायत जिल्ला प्रशासनले कारबाही गर्छौं । भाडाको सन्दर्भमा जिल्ला प्रशासनले नै तोकिदिएको छ । त्यहीअनुसार भाडा लिएको होला भन्ने मलाई लागेको छ ।

यस गाउँपालिकामा कृषिको सम्भावना कति छ ? कृषि क्षेत्रबाट जनतालाई आत्मनिर्भर बनाउन के गर्नुहुन्छ ?

हाम्रो गाउँपालिकामा कृषिको सम्भावना एकदमै बढी नै छ । तल्लो भेगमा आँप खेती केराउ सुन्तलाजस्ता बोटबिरुवाको पकेट क्षेत्र बनाउने भन्ने सोच बनाएका छौँ । भने माथिल्लो भेगमा आलु स्याउलाई पकेट क्षेत्र बनाएर जनतालाई कृषिमा आत्मनिर्भर बनाउने सोच बनाएका छौं ।

जनताका गुनासोहरु कतिको आउने गरेका छन् नि ?

सबै खालका मानिसबाट विभिन्न खालका गुनासाहरु आएका छन् । स्वास्थ्य सेवा पाइएन राम्रो स्वास्थ्य चौकी बनाउनुप¥यो भनेर माग राख्नुभएको छ । उच्च शिक्षाका लागि सदरमुकाम तथा राजधानी धाउनपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ भन्ने मागहरु आएका छन् । उहाँहरुको माग तथा गुनोसोलाई आत्मासाथ गर्दै सबैका समस्याको दीर्घकालीन अन्त्य गर्न गाउँपालिकाले नीतिगत योजना बनाएर अगाडि बढ्नेछ । भौतिक पूर्वाधारतर्फ पनि खानेपानी यातायात विद्युत्लगायतका समस्याहरु छन् । यी समस्यालाई एकै चोटी सबै समस्या समाधान गर्ने सम्भव छैन तर सबैभन्दा बढी के को समस्या छ । समस्यालाई पहिचान गरी जतिसक्दो छिटो समाधान गर्न हामी लागिपर्ने छौँ ।

तपाईं त गाउँपालिकाको न्याय समितिको संयोजक पनि अहिले पीडित जनतालाई न्याय दिँदा कसरी दिइरहनुभएको छ ? कस्ता खालका समस्याहरु बढी आउने गरेका छन् ?

गाउँपालिकाको उपाध्यक्ष न्याय समितिको संयोजक हुने व्यवस्था छ । म सधैँ पीडित जनताको साथमा रहनेछु, म सधैँभरि न्याय नपाएर घरमै अन्याय सहेर बसेका जनताका लागि न्याय दिन पछी कहिले पर्नेछैन । अहिले गाउँपालिकामा आएका सबै खालका समस्यालाई मेलमिलाप गरेर पठाउने गरेका छौँ । न्याय दिन चुनौतीपूर्ण छ तर पनि यसलाई सामाना गर्दै आएको छु । एक पक्ष दुःखी हुने र एक पक्ष खुसी हुने चलन नै हो किनभने भगडा भएपछि एकको गल्ती अवश्य नै हुन्छ । हामीले गल्ती गरेका मानिसलाई गल्ती नै हो भनी गल्तीअनुसारको सजाय दिने गराएका छौँ । अहिलेसम्म आएका मुद्दालाई मेलमिलाप गरेर सम्झाइबुझाइ गरेर पठाएका छौँ । गाउँपालिकामा अहिलेसम्म सबैभन्दा बढी उजुरी घरेलु हिंसासम्बन्धी आएका छन् र ती सबै उजुरीलाई गाउँमै मिलाएर पीडितलाई न्याय दिएका छौँ । एउटा उजुरी सम्बन्ध विच्छेदको आएको थियो, त्यस उजुरीलाई गाउँमा मिलाउन नसकेर जिल्ला अदालतमा पठाएका छौँ ।

यस गाउँपालिकामा महिलाका समस्या पनि उत्तिकै छन्, तपाईं महिलाका समस्यालाई समाधान गर्ने योजना के छ ?

हाम्रो गाउँपालिकामा महिलाका समस्याहरु धेरै छन् । ती समस्याहरुलाई छिटोभन्दा छिटो समाधान गर्न गाउँपालिकाको टिम नै लागिपरेको छ । हाम्रो गाउँपालकामा एकै महिलालाई मात्र नभई सबै विद्यालयका बालबालिका महिला दलित फरक क्षमता भएका व्यक्ति राजनीतिक दल बुद्धीजीवीलाई उपस्थित गराई लगातार सात दिनसम्म अन्तर्क्रिया कार्यक्रम पनि सञ्चालन गरेर महिलाका समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनी सबैको राय सुझाव लिएर काम गरिरहेका छौँ । यसलाई जति सकिन्छ छिटो समाधान गर्न हामी सबै लागिरेका छौ । महिलाहरु बढी बेरोगार भएर पनि महिला हिंसाको सिकार बन्न पुगेका छन् । यसलाई समाधान गर्ने महिलालाई स्वरोजगार आर्यआर्जन बनाउन विभिन्न खाले क्षमताअनुसारको सीपमूलक तालिम दिएर महिला हिंसाका समस्यालाई समाधान गर्ने सोच बनाएका छौँ ।

छाउपडी प्रथा अझै हटिसकेको छैन, यसलाई हटाउने केही योजना बनाउनुभएको छ ?

छाउपडी हटाउन गोठमुक्त गाउँपालिका बनाउने लक्ष्य लिएर हामी अगाडि बढेका छौँ । पहिलोदेखि जरो गाढेर बसेको समस्यालाई हत्तपत्त उखेलेर फाल्न नसकिने रहेछ । गाउँपालिकाले छाउपडी प्रथालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेबारे विभिन्न चरणमा महिला दिदीबहिनीलाई भेला गराएर अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । हामीले महिलालाई छाउ गोठमा नबसी व्यवस्थित सुरक्षित स्थानमा बस्नसमेत सबैलाई जानकारी गराएका छौँ । पहिलाको भन्दा केही मात्रामा कम हुँदै आएको छ । पाँच वर्षभित्र हामी यसलाई हटाएर छाड्नेछौँ । (आर्थिक दैनिकबाट)

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै