logo

जनसंख्या, क्षेत्रफल र राजस्व सङ्कलनको आधारमा बजेट विनियोजन गर्नुपर्छ

आफ्नो पारिश्रमिक सामुदायिक विद्यालयका विद्यार्थीहरुको खाजा खर्चको लागि दिने र छात्रवृत्तिको लागि पनि वार्षिक एक लाख छुट्याएर दिने गरेका अरुणकुमार शाही सियारी गाउँपालिका–१, रुपन्देहीका वडा अध्यक्ष हुन् । गत वर्ष सम्पन्न निर्वाचनमा वडाअध्यक्षमा निर्वाचित हुन सफल भएका शाहीलाई सबैले सामाजिक अभियन्ताको रुपमा मान्दछन् । उनै वडाअध्यक्ष अरुणकुमार शाहीसँग जनमञ्च साप्ताहिकको अभियानका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको सम्पादित अंश :

गत आर्थिक वर्षमा बजेट खर्चको अवस्था कस्तो रह्यो ?

सबल रह्यो । वडाई परेको कुल एक करोड ३० लाख विनियोजित बजेटमा एउटा योजनाबाहेक सम्पूर्ण योजनाहरुमा काम सफलता पूर्वक सम्पन्न भए ।

कति बजेटको कस्तो योजनामा काम हुन सकेन र अन्य के–कस्ता योजनाहरु सम्पन्न भए त ?

पाँच लाख ५० हजारको ७०/३० को एउटा योजनामा सर्वसाधारणको ३० प्रतिशतको रकम उठ्न नसक्दा योजनामा काम गर्न सकिएन । बाँकी सडक कालोपत्रे, शैक्षिक संस्थाहरुका भवनहरु मर्मत, सडक ग्राभेल, भैलोभुजका उपकरणहरु मर्मत, नाली निर्माण, अधुरा सामुदायिक भवनहरु निर्माण, धार्मिक मठमन्दिरहरु मर्मतसम्भार, ह्याण्ड
पाइप वितरणलगायतका कामहरु भए ।

चालू आर्थिक वर्षमा को कति बजेटमा के–कस्ता योजनाहरु अगाडि सार्नुभएको छ ?

चालू आवमा वडाको बजेट एक करोड मात्र हो । जुन बजेटमा पूर्वाधारको विकासअन्तर्गत सडक मर्मत गर्ने, कालोपत्रे गर्ने, ग्राभेल गर्ने स्तरोन्नति गर्नेलगायतका अन्य योजनाहरुमा काम गर्ने योजना छ ।

गत आर्थिक वर्षमा भन्दा चालू आर्थिक वर्षमा बजेट विनियोजन कम हुनुको कारण के हो ?

पहिलो कुरा त संघले सबै स्थानीय तहहरुलाई गत आर्थिक वर्षमा भन्दा चालू आर्थिक वर्षमा कम बजेट विनियोजन गरेको छ । त्यसअन्तर्गत गाउँपालिकामा पनि कम बजेट परेको हुँदा गाउँपालिकाले आफ्ना वडाहरुमा बजेट कम गर्नु स्वभाविक नै हो । तर, हाम्रो गाउँपालिकामा बजेट विनियोजन वैज्ञानिक ढंगको भएको पाइँदैन । वास्तवमा बजेट विनियोजन गर्दा जनघनत्व र क्षेत्रफललाई आधार मानेर गर्दा उपयुक्त हुने देखिन्छ । अर्को राजस्व सङ्कलनको आधारमा बजेट विनियोजन हुनुपर्छ भन्ने मेरो मान्यता छ । सियारी १ को राजस्व सङ्कलन बढी भएकोले १ नम्बर वडालाई बजेट विनियोजन गर्दा प्राथमिकता दिर्नुपर्ने भए पनि त्यसो नहुँदा यहाँका जनता निराश हुनुपर्ने अवस्था भएको छ । जनसंख्या पनि बढी र भौगोलिक बनावटको हिसाबले दुईवटा वडा बराबर एउटै वडा भएकोले थोरै बजेटमा सीमित कामहरु गर्नुपर्ने बाध्यता छ । यसरी काम हुँदा अगाडि परेको पछाडि धकेलिने सम्भावनाहरु धेरै हुने हुँदा विकासले गति लिन सक्दैन ।

कतै, राजनीतिक कारणले गर्दा यहाँको वडालाई थोरै बजेट परेको त होइन ?

राजनीतिक कारणले गर्दा थोरै बजेट परेको हो जस्तो त लाग्दैन । किनकि सियारी १ जत्रै एमालेले जितेको अर्को वडा हुँदा त्यो वडामा पनि बजेट कम परेको छ । विकास निर्माणमा यो पार्टी र त्यो पार्टी भन्ने हो भने हामी कहिल्यै अगाडि बढ्न सक्दैनौँ । वडाअध्यक्षमा फरक पार्टीको भए पनि गाउँपालिकाका अध्यक्ष उपाध्यक्षलाई अमूल्य मत दिएर जिताउने यहीँका जनता हुन्  । त्यसैले गर्दा पनि बजेट विनियोजनमा राजनीतिक कारण हो कि भन्ने शंका गलत पनि हुन सक्छ । मेरो विचारमा गाउँपालिकाबाट बजेट विनियोजन गर्ने समयमा सबै कुराहरु हेरेर मात्र गर्नुपर्ने भए पनि त्यसो नहुँदा तलमाथि परेको हो कि जस्तो लाग्छ । आगामी आवहरुमा गाउँपालिकाले विचार पु-याएर विनियोजन गर्नुपर्ने देखिन्छ ।

बजेट कार्यान्वयनमा के–कस्ता चुनौतीहरु देखिए ?

त्यति धेरै चुनौतीहरुको सामना गर्नुपर्ने अवस्था त आएन । सुरुमा गाउँपालिकाको मापदण्डअनुसार सडक चौडा गर्ने कुरामा केही विरोधहरु भएका थिए । जसले गर्दा सडक विस्तारमा केही समस्या उत्पन्न भएको थियो तर अहिले आएर ती सबै समस्याहरुमा सर्वसाधारणहरुले साथ दिएको अवस्था छ । सबैलाई बुझाएर सडक विस्तारका योजनाहरु अगाडि बढिसकेकोले अहिले कार्यसम्पादनमा त्यति चुनौतीहरु त देखिंदैन तर असीमित आवश्यकताहरुमा सीमित बजेटले काम गर्नुपर्ने बाध्यताले विकास निर्माणले गति लिन सक्दैन भन्ने चिन्ताको विषय हो ।

वडामा विकासको अवस्था कस्तो छ ?

गाउँपालिका भन्ने बित्तिकै केही विकासमा पछाडि परेको बुझिन्छ । त्यही गाउँपालिकाभित्रको एउटा वडा हुँदा विकासमा वडा पनि पछाडि छ । स्वास्थ्यको कुरा गर्नुपर्दा एउटा स्वास्थ्य चौकी छ । उक्त स्वास्थ्य चौकीमा न खानेपानीको व्यवस्था छ न शौचालयको । शिक्षामा तीन सामुदायिक विद्यालय र तीन संस्थागत विद्यालयहरु छन् । खानेपानीको कुरा गर्दा ह्याण्ड पाइपको पानी छ । सडक सञ्जालहरु धेरै भए पनि पूर्णरुपमा व्यवस्थित नहुँदा सडकहरुलाई कालोपत्रे गर्दै चौडा र व्यवस्थित गर्दै लगेका छौं । सञ्चार क्षेत्रमा चारैतिर विकास भएको हुँदा यहाँ पनि आवश्यक सञ्चारको लागि दुःख पाउनुपर्ने अवस्था छैन । ढल निकासको अवस्था भने कमजोर छ भने फोहर सङ्कलनको लागि आवश्यक सेवा पाउन सकेको अवस्था छैन । केही उद्योग कलकारखानाहरु हुँदा केहीहदसम्म बेरोजगारको समस्याको अन्त्य भए पनि पर्याप्त भने छैन ।

आफ्नो कार्यकालमा कस्तो वडाको रुपमा विकास गर्ने योजना बनाउनुभएको छ ?

महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भनेझैं उद्देश्य त चन्द्रमा छुने महत्वाकांक्षी नै छन् । मैले अघि पनि भनिसके सीमित बजेट र छोटो समय विकास निर्माणका धेरैभन्दा धेरै योजनाहरु सम्पन्न गर्ने अवरोध हो । त्यसका बाबजुत पनि उपलब्ध बजेट र समयमा धेरैभन्दा धेरै जनचाहना र आवश्यकताका कामहरु सम्पन्न गर्ने लक्ष्य छ । कार्यकालभरिमा देखिने गरी जनताका कामहरु गरेर सुख, शान्ति र समृद्धिका लागि योगदान पुग्नेगरी विकास गर्ने योजना छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

पहिला त यहाँ र यहाँको जनमञ्च साप्ताहिकलाई अभियान नै चलाएर एउटा गाउँको वडामा आएर मनका कुराहरु राख्ने अवसर प्रदान गरेकोमा विशेष धन्यवाद । अर्को लामो समयसम्म चलेको राजनीतिक अस्थिताले स्थिरता पाएको छ । यो स्थिरतालाई यथावत् रुपमा कायम राख्नु हामी सबैको दायित्व हो । कतैकतै विकास निर्माणमा राजनीति घुसाउने प्रचलन देखिएकोले त्यस्ता प्रचलनको अन्त्य हुुनुपर्छ । निर्वाचित नहुँदा पार्टीको भए पनि निर्वार्चित भएपछि हामी सबै जनप्रतिनिधि जनताका सेवक हौँ । सेवक भएपछि जनताको सेवा गर्नु हाम्रो कर्तव्य र जिम्मेवारी हो । त्यसैले हामीले हाम्रो जिम्मेवारीबाट पन्छिनु भनेको जनतालाई धोका दिनु हो ।
(जनमञ्च साप्ताहिकबाट)

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

लेखु सहयात्रीको ‘लालटिन बालेर’ सार्वजानिक ! (भिडियोसहित)

पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा रहेका लेखु सहयात्रीले ‘लालटिन बालेर’ बोलको गीत सार्वजानिक गरेका छन् ।...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै