logo

‘विकास र समृद्धिका लागि पुरानो संरचना अन्त्य हुनपर्छ’

पोखरा महानगरपालिका वडा नं.२८ को अध्यक्षमा निर्वाचित निर्मल दियाली जनतालाई विकासको अनुभूति दिलाउने प्रतिबद्धतासहित घरदैलो अभियानको तयारीमा छन् । दियाली अनेरास्ववियु प्रारम्भिक कमिटीका साथै तत्कालीन नेकपा (एमाले)को क्षेत्रीय सदस्यका साथै उत्पीडित जातीय मुक्ति समाजको कास्की जिल्ला अध्यक्ष र साविक कालिका गाउँ कमिटीको पार्टी अध्यक्षसमेत भएका थिए । उनै दियालीसँग समसामयिक विषयमा आर्थिक दैनिकका पोखरा संवाददाता चन्द्रबहादुर नेपालीले गरेको कुराकानीको सम्पादित अंशः

विकासको दृष्टिले वडाको अवस्था कस्तो छ ?

विकासको दृष्टिले पूर्वाधार कमजोर नै छ । हामीले अब यस वडालाई नमुना वडाको रुपमा विकास गर्ने योजना बनाएका छौं । सडकलाई स्तरोन्नति गर्दै कालोपत्रे बनाउने, वडाको केन्द्रलाई सडक सञ्जालसँग जोड्नेलगायत जनतालाई राहतको अनुभूति दिलाउने गरी कामलाई अगाडि बढाएका छौं ।

आर्थिक विकाससँग सम्बन्धित धार्मिक एवं पर्यटकीयलगायतका अन्य सम्भावनाहरुको अवस्था कस्तो छ ?

बाइसे–चौबिसे राजाले राज्य गरेको ठूलाकोट र कालाभैरव मन्दिर छ । पोखराका सातवटै ताल देखिने, पोखरा सहर देखिने, हिमाल देखिने अवस्थाको भूगोल हामीसँग छ । रोयल ट्रयाकको रुपमा चिन्तेको डाँडा छ । आन्तरिक तथा बाह्य पर्यटकको सेवासत्कारको लागि होमस्टे सञ्चालनमा छ । पोखरा सहरबाट आधा घण्टामै पहाडको चिसो र शान्त वातावरणमा आउन सकिने हुँदा सडक विस्तारलाई प्राथमिकता दिँदै पर्यटकीय स्थलहरुको निर्माण गरी योजनाबद्ध रुपमा अगािड बढ्ने प्रचुर सम्भावना छ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ठूलाकोट र कालाभैरव मन्दिरलाई पर्यटककीय हिसाबले विकास गरेर आम्दानीको स्रोतहरु बढाउन सकिन्छ । चारैतिर हरियाली रमणीय वातावरणमा अवस्थित यो वडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकेमा आर्थिक विकासले फड्को मार्न सक्छ ।

वडाको विकास निर्माणमा देखिएका समस्याहरु के कस्ता छन् ?

भौगोलिक बनावटको कारणले पहाडी क्षेत्रमा विकास निर्माणका कामहरु सम्पादनमा धेरै समस्याहरु आइपर्छन् । कच्ची सडकलाई विस्तार गरी चौडा बनाउने र कालोपत्रेमा परिणत गरी लोकमार्गको रुपमा विकास गर्ने चुनौती छ । सहरीकरणलाई व्यवस्थित बनाउनुपर्नेछ ।

वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाइलगायतको अवस्था कस्तो छ ?

जनताका अत्यावश्यकीय आवश्यकताहरुको परिपूर्ति गर्नेतर्फ विशेष ध्यान दिएका छौं । ‘एक घर एक धारा’ को अभियानलाई तदारुकताका साथ लागू गर्दै खानेपानी आपूर्तिका लागि स्रोतहरुको भरपूर परिचालन हुँदैछ । टारी खेतमा सिँचाइको व्यवस्था मिलाई कृषि उत्पादनलाई बढावा दिने योजना पनि बनाएका छौं ।

वडा समितिले यस क्षेत्रको विकासको लागि कस्तो योजना तथा कार्यक्रम बनाएको छ ?

कृषि तथा पशुपालन परम्परागत प्रणालीकै छ । अल्पकालीन तथा दीर्घकालीन नीति ल्याएर यस क्षेत्रको विकासलाई अगाडि बढाउने सोच बनाएका छौं । निर्वाहमुखी यस क्षेत्रलाई व्यवसायीकरणको माध्यमबाट प्रतिस्पर्धात्मक प्रणालीमा रुपान्तरण गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्नु जरुरी छ । उत्पादनमा वृद्धि ल्याउन र प्रतिइकाइ उत्पादन लागत घटाउन कृषिमा आधुनिकीकरण गर्दै ठूलो परिमाणमा उत्पादन गर्नुपर्दछ । हामीले अर्गानिक कृषिलाई प्रोत्साहन गर्ने योजना बनाएका छौं । हाम्रो वडामा सुन्तला तथा नासपातीको उत्पादन बढी हुनेहुँदा अब यसको खेतीलाई व्यावसायिक रुपमा विकास गर्ने कार्यक्रम बनाउँदैछौं । । अब पशुपालनलाई पनि व्यावसायिक रुपमा अगाडि बढाउनु आवश्यक छ । त्यसतर्फ पनि ध्यान दिने योजना बनाएका छौं ।

वडा कार्यालयमा न्यायसम्बन्धी विषयमा उजुरी कत्तिको आउने गरेको छ ?

ग्रामीण क्षेत्र भए अपनि नागरिकहरु सचेत र शिक्षित नै छन् । हामीले न्यायसम्पादनका लागि न्यायिक समिति पनि गठन गरेका छौं । घरायसी झैझगडा, महिला हिंसा, बहुविवाह, आर्थिक लेनदेनसम्बन्धी उजुरी वडा कार्यालयमा आउने गरेका छन् । तिनको उचित तरिकाले सुनुवाइ गरेर छलफल तथा बहसको माध्यमबाट निष्कर्षमा पुग्दै समाधान गर्नेतर्फ हाम्रो पहलकदमी रहने गरेको छ ।

रोजगारीको लागि युवाहरु विदेश जानबाट रोक्ने वडाको योजना के छ ?

यो त सिङ्गो देशकै समस्या हो । मुख्यतः परम्परागत कृषि प्रणाली, चरम गरिबी र बढ्दो बेरोजगारीका कारण युवाहरु विदेश जाने क्रम बढेको हो । देशको दिगो विकास र समुन्नतिका लागि यो सुखद पक्ष कदापि होइन । आत्मनिर्भर अर्थतन्त्रको निर्माण र विकास गरी पर्याप्त रोजगारीका अवसरहरुको सिर्जना देशभित्रै गर्नु नै स्थायी समाधान हो । हामीले वडामा युवाहरुलाई लक्षित गरी कुक तालिम, क्षमता अभिवृद्धि कार्यक्रम, लोक बाजा संरक्षण तथा प्रवद्र्धन, आरन तथा सिलाइ व्यवस्थापनलगायतका सीपमूलक तालिमको योजना ल्याएका छौं । त्यसैगरी वडा कार्यालयसँगको साझेदारीमा खाली जमिनमा कृषि तथा पशुपालन गर्ने योजनासमेत छ । स्वदेशमै त्यसमा पनि आफ्नै वडामा अब केही न केही उद्यम गरौं भन्ने भावका साथ युवाहरुलाई आह्वान गरेका छौं । स्थानीय स्रोतसाधनको अधिकतम प्रयोगबाट नै वडाको समृद्धि सम्भव हुन्छ ।

नागरिकले सिंहदरबारको अधिकार वडामा महसुस गर्न पाएका छन् कि छैनन् ?

त्यो त घरआँगनमै आएको महसुस गरेका छन् । हिजोका दिनमा साना योजना माग गर्न पनि सिफारिस लिएर काठमाडौं धाउने प्रचलन थियो । पहुँचको भरमा विकासका योजना ल्याउने गरिन्थ्यो । तर, अहिले टोलबस्तीबाट जनताको उपस्थिति र सहभागितामा योजना छनोट गर्ने र आवश्यकताअनुसार समस्यालाई सम्बोधन गरिने भएकोले सिंहदरबारको अधिकार वडामै आएको प्रत्यक्ष महसुुस गरेका छन् ।

अहिले जनप्रतिनिधि आउनुभएको छ, कर्मचारीसँगको सम्बन्ध कस्तो छ ?

कर्मचारीसँगको सम्बन्ध सुमधुर नै छ । सबैले बोली र व्यवहारमा एकरुपता ल्याउँदै जनताका काम गर्नुपर्दछ । कर्मचारी र जनप्रतिनिधि दुवै पक्ष जनताको सेवा गर्ने भनेरै आएका हौं । त्यसैले आपसी समन्वय र समझदारी कायम राख्दै जनसेवालाई निरन्तरता दिऔं र देशको दिगो विकास र समृद्धिको यात्रामा सहभागी बनौं भन्दै कर्मचारी संयन्त्रसँग हातेमालो गरेका छौं ।

जनताको नजरमा तपाईंलाई कसरी हेरिएको छ त ?

वडाका जनताले मबाट अपेक्षा राख्नु स्वभाविकै हो । मेरो पुर्ख्यौली पेसा सुनचाँदी व्यवसाय हो । म मध्यमवर्गीय परिवारबाट आएको व्यक्ति हुँ । आर्थिक हिसाबले मैले त्यति ठूलो समस्या भोग्नु परेको छैन । सामाजिक रुपान्तरणको यात्रामा सबैसँग मिलेर अघि बढ्नुपर्छ भन्ने भावनाबाट म प्रेरित छु । राजनीतिक पार्टीको एउटा जिम्मेवारी बोकेर विगतका वर्षहरुमा पार्टी संयन्त्रमा बसेर पनि काम गरियो । जनताको नजरमा मलाई जुझारु, सामथ्र्य भएको, जनसम्पर्कमा रहिरहने, सहजीकरणको भूमिकालाई राम्ररी निभाउन सक्ने र विकास निर्माणको गतिलाई अघि बढाउन सक्ने व्यक्तिको रुपमा हेरिन्छ भन्ने लाग्दछ । म वडाध्यक्ष भएर काम गर्दैगर्दा वडावासी जनताले विभिन्न कोणबाट मेरो कामको मूल्याङ्कन गरिरहेका छन् । जननिर्वाचित भएर काम गरेको यो मेरो लागि पहिलो परीक्षा हो ।

तपाईं फिल्मका काल्पनिक कथामा मोडेलको रुपमा अभिनय पनि गर्नुभएको छ, वास्तविक जीवनमा मोडेल बन्न सक्नुहुन्छ त ?

अभिनय कलाको क्षमता भएको र सोखको रुपमा भए पनि फिल्मी पर्दामा अभिनय गरेको हुँ । काल्पनिक कथा र वास्तविक जीवनबीच आकाश र जमिनको फरक पर्दछ । मैले जनतालाई अनावश्यक प्रतिबद्धता दिएको छैन । निर्वाचनका बेला जनतालाई दिएको प्रतिबद्धताअनुसार नै काम भएको छ । जनताका आवश्यकताका बारेमा गरेको प्रतिबद्धताअनुसार निर्वाचित भएको दिनदेखि नै सक्रियतापूर्वक काम गरेको छु । समग्रमा मेरो अहिलेसम्मको काम जनताले पनि मूल्याङ्कन गर्नुभएको छ । अहिलेसम्म जति काम सम्पन्न भए र जति काम सुरु भएका छन् तिनलाई जनताले स्वागतयोग्य भनेका छन् । वडालाई छुट्टै पहिचानसहितको विशेष वडाको रुपमा चिनाउन सकियो भने वास्तविक जीवनमै मोडेल बन्न पनि सकिन्छ । हाम्रो लागि अवसर र चुनौती दुवै छन् ।

अन्तमा, वडालाई कस्तो बनाउने परिकल्पना गर्नुभएको छ ?

सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा प्रत्यक्ष अनुभव गर्न सक्ने परिवर्तनलाई संस्थागत गर्दै समृद्ध वडा बनाउने परिकल्पना गरेका छौं । नेचर, कल्चर र एडभेन्चर गरी तीनवटै पक्षलाई समेट्नुपर्छ । सुन्दर नगरी पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि घुम्नलायक र पुग्नैपर्ने ठाउँको रुपमा वडाको विकास गर्नुपर्छ । सहरको कोलाहल र थकावटबाट मुक्त हुन आउने पर्यटकहरुलाई स्तरीय सेवासत्कार उपलब्ध गराउन होटल तथा लजको व्यवस्थापन गर्नुपर्छ । पदयात्रा, ऐतिहासिक सभ्यता, संस्कार, संस्कृति, प्राकृतिक सुन्दरता, साहसिक खेल, पर्यावरणीय तथा धार्मिक पर्यटनको लागि आवश्यक पूर्वाधारको विकास गरी प्रचार–प्रसारलाई व्यापक बनाउनुपर्छ । हामीले स्थानीय सम्भावनालाई पक्रेर उच्च अवसर प्राप्त गर्दै समृद्धितर्फको यात्रा तय गर्नुपर्दछ । (आर्थिक दैनिकबाट)

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

लेखु सहयात्रीको ‘लालटिन बालेर’ सार्वजानिक ! (भिडियोसहित)

पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा रहेका लेखु सहयात्रीले ‘लालटिन बालेर’ बोलको गीत सार्वजानिक गरेका छन् ।...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै