logo

‘पाँच वर्षभित्र सुशासन समृद्धि र भ्रष्टाचारमुक्त नगरपालिका बनाउछौँ’

भूमिकास्थान नगरपालिकाको वडा नं. ७ मा विसं. २०३० सालमा आमा सुशीला थापा क्षेत्री बुबा भेषराज थापा क्षेत्री कोखबाट जन्मिएका रेशम थापा युवा उमेरदेखि नै समाजसेवा र विकास निर्माण क्षेत्रमा निरन्तर लाग्दै आएका छन् । विद्यार्थी जीवनदेखि राजनीतिमा समर्पित भएका उनी विकास निर्माणका कार्यमा निकै चासो राख्ने व्यक्ति हुन् । थापाले नेपाल उद्योग वाणिज्य महासंघ अर्घाखाँचीको जिल्ला सदस्यको रुपमा पनि लामो समय काम गरे । गत साल सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट उम्मेद्वार बनि भूमिकास्थान नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थापासँग समसायमिक विषयमा आर्थिक दैनिकका अर्घाखाँची संवाददाता अनिल नेपालीले गरेको कुराकानीको सम्पादित अंश ः


तपाईं सामाजिक क्षेत्रको व्यक्ति नगरप्रमुखमा विजयी हुनुभएकोेमा कस्तो महसुस गर्नुभएको छ ?
सर्वप्रथम स्थानीय तहको निर्वाचनको क्रममा भूमिकास्थान नगरपालिकाको प्रमुखमा निर्वाचित गराउनुभएकोमा म आम नगरबासीलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । यहाँहरुले मलाई संघीयता कार्यान्वयन गर्ने ऐतिहासिक पहिलो निर्वाचनमा नगरप्रमुख जस्तो गरिमामय पदमा विजयी गराउनु भएकोमा सबैप्रति आभारी छु । पाँच वर्षभित्रमा जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । जनताले मलाई विश्वास गरी विजयी गराउनु भएको छ । जनताको विश्वासको मतलाई शिरोधार्य गरी सदैव जनताको सेवामा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु । जहाँसम्म हामी निर्वाचित भएपछि नगरबासी जनताको अपेक्षाअनुसार पूर्वाधारतर्फ भूमिकास्थान नगरपालिका मुख्यतः सडक क्षेत्रका महत्वपूर्ण सडकहरु बीसांै वर्ष पछाडि परेका खाँचीकोट नुवाकोट सन्धिखर्क कुर नुवाकोट खिल्जी असुरकोट प्युठान गच्छे ढिकुरा धनचौर सडक योजनाहरु डबल कटिन भइरहेका छन् भने १० वटै वडाहरुमा बाटो मर्मत सम्भार गर्नुको साथै महत्वपूर्ण वडा जोड्ने सडकहरुको स्तरोन्नति र कतिपय वडामा नयाँ बाटो खन्ने कार्य सम्पन्न भएको छ ।


निर्वाचनका बेला गरिएका प्रतिबद्धता के के थिए ?
स्थानीय तहको निर्वाचनको समयमा मैले भूमिकास्थान नगरपालिकालाई सुन्दर समृद्ध भ्रष्टाचारमुक्त नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेको थिएँ । हामी संघीयतालाई कार्यान्वय गर्ने चरणको पहिलो निर्वाचित जनप्रतिनिधि भएको संस्थागतरुपमा कार्यालयलाई व्यवस्थित गरी वडासम्म बनाउने दोस्रो स्थानीय तहलाई अधिकार संविधानका अनुसूचीबमोजिमका व्यवस्थापन गर्ने ऐन कानुन, नियमावली, निर्देशिका र कार्यविधि निर्माण सुशासन र पारदर्शी गर्ने ढिलाढाला जनताका कामलाई अल्झ्याउने प्रवृत्तिलाई निरुत्साहित, पूर्वाधारको क्षेत्रमा प्रत्येक वडामा जोड्ने मुख्य सडकको स्तरोन्नति, एकघर एकधारो खानेपानीको क्षेत्रमा पूर्ण सरसफाइमा लैजाने, कृषि र वायु क्षेत्रलाई जोड दिएर व्यवसाय उत्पादनमूलक बनाई रोजगारी सिर्जना गर्ने, पर्यटक क्षेत्रको पूर्वाधार विकास गरी आन्तरिक र बाह्य पर्यटकको केन्द्रको रुपमा विकास गर्ने मानव विकासको सूचकाङ्कलाई वृद्धि गर्ने, शिक्षा स्वास्थ्य क्षेत्रमा प्राविधिक, व्यावसायिक शिक्षा, सबैका लागि समावेशी शिक्षा र गुणस्तर शिक्षा बनाउने, स्वास्थ्य क्षेत्रमा सुलभ र सहज पहुँचको व्यवस्थापन गर्ने, लक्षित वर्गका सबै वर्गहरुलाई मूल प्रभाहमा ल्याउने नेतृत्व विकास क्षमता अभिवृद्धि तथा सीप विकासका कार्यक्रम सञ्चालन गर्ने । जलवायु परिवर्तनको प्रभावलाई अनुकूलन बनाउने पूर्वाधार निर्माणमा वातावरणमैत्री तथा भूकम्प प्रतिरोधी संरचना निर्माण गर्ने, नगरपालिकामा सबैको अपेक्षा हुनेगरी कार्यसम्पादनका हरेक चरणमा सहभागिता गराउने आदिलगायत विषयमा प्रतिबद्धता व्यक्त गरेका थियौँ । कामको थालनी गरेको छौँ क्रमशः पूरा गर्दै जानेछ ।


प्रतिबद्धता कार्यान्वयनको अवस्था अहिले कस्तो छ ?
हामीले निर्वाचनको समयमा जुन प्रतिबद्धता र जनताका बीचमा कसम खाएका थियौँ । ती प्रतिबद्धताहरु क्रमशः कार्यान्वयन गर्दै आएका छौँ । कतिपय विषयहरु क्रमशः पूरा गर्ने प्रक्रियामा लागिरहेका छौँ । समग्ररुपमा समीक्षा गर्दा सीमित साधन स्रोत असीमित जनताका चाहना, स्थानीय तहको कार्यक्षेत्रअनुसार व्यवस्थापन गर्ने अनुभवी अपर्याप्त जनशक्ति र ऐन कानुन कार्यविधि नियमावली, निर्देशिकाको अभावको बीचबाट पनि अधिकतम काम गरिरेका छौँ । त्यस कारण हाम्रो प्रतिबद्धताअनुरुप कार्यान्वयन सन्तोषजनक छ ।


नगरका काम गर्न नीतिगत समस्या के–के छन् ?
हामी नगरपालिकामा निर्वाचित भएपछि जनप्रतिनिधिहरुको क्षमता विकास गर्ने कार्यक्रम नहुनु समयमै स्थानीय सरकार ऐन नआउनु सम्बन्धित मन्त्रालयले नेपालको संविधानको अनुसूची ८ बमोजिम र साझा अधिकारलाई प्रयोग र व्यवस्थापन गर्ने ऐनकानुन, नियमावली, निर्देशिका र कार्यविधि समयमै उपलब्ध नगराउनु, स्थानीय तहको संगठनात्मक संरचनाअनुसारको जनशक्ति नपठाउनु अन्तरिम जनशक्ति व्यवस्थापन गर्ने अधिकार नदिनु, संविधानको परिकल्पना गरेको संघीयता पाँच् वटा सरकार भएर स्थानीय सरकार ऐन २०७४ ल्याउनु तर व्यवहार, दृष्टिकोण मातहतको वा हिजैको स्थानीय निकायको जस्तो गर्नु, संवैधानिक अधिकारलाई कुल्चिएर स्थानीय तहका अधिकारहरुप्रति पुनः संघीय सरकारको मातहतमा राख्नु जस्तो कि कतिपय कार्यालय भदौ २८ गते स्थानीय तहमा समायोजन हुनुमा हालसम्म विभिन्न बाहना बनाई यथास्थानमा राख्नुलगायतका कमजोरीहरु नीतिगत समस्या हुन् ।
अर्कोतर्फ राजनीतिक परिवर्तन भयो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । तर, ब्युरोक्रेसीबाट अपवादबाहेक परिवर्तित राजनीतिक संरचनालाई अन्तर्मनबाट आत्मसाथ नगर्ने जनकेन्द्रित हुनेभन्दा यो वा त्यो बाहानामा जनताका कामलाई द्रुत गतिमा सेवा प्रदान गर्नमा कहीं कतै कमी रहेको २० वर्षसम्मको आफ्नो हालीमुहाली बिर्सन नसकेको हिजैको ऐन कानुनबमोजिम जनप्रतिनिधिहरुलाई घुमाउन खाजेको पाइन्छ तर पनि यस्ता प्रवृत्तिहरुलाई निरुत्साहित गर्दै जनकेन्द्रित कार्यशैलीको विकास वा रुपान्तरित हुन प्रयत्नशील भएका छौँ ।


निर्वाचनका बेलामा मैले जिते भनँ यस्तो काम गर्छु भन्ने मनस्थिति थियो होला कति काम सक्नुभयो त ?
निर्वाचनमा विजयीपछि जुन सपना देखेका थियौँ ती सपना र प्रतिबद्धता क्रमशः पूरा गर्दै गएका छौँ । काम हुने ढिलासुस्ती भ्रष्टाचारलाई रोेक्नको लागि मुख्यतया २०७४÷७५मा टेण्डरबाट प्रतिस्पर्धा गराएर भूमिकास्थान नगरपालिकालाई डेढ करोडदेखि दुई करोडसम्म आम्दानी गरेका छाँै । उही क्षेत्रमा लगानी गरिएको छ । व्यक्तिहरुलाई रोजगारी लगाउन सकिएको छैन । धेरै युवा शक्तिलाई जागिर लगाइदिनु होस् भन्नुहुन्छ उहाँहरुलाई अब कृषि र पशु व्यवसायतर्फ लाग्न प्रेरित गर्ने, प्राविधिक सीप र अनुदान दिएर रोजगार, स्वरोजगार दिइने कार्यक्रमहरु अगाडि बढाएका छाँै । त्यो दिशातर्फ लाग्न सबै युवासाथीहरुलाई अनुरोध गर्दछु र नगरपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । 


तेस्रो नगरसभा सम्पन्न गर्नुभयो ? के कस्ता नीतिहरु पारित गर्नुभयो ?
तेस्रो नगरसभाबाट तीन वर्षभित्रका नगरभित्र रहेका प्रत्येक बस्तीमा विद्युत्का लागि काठका पोल हटाई फलाम पोल राख्ने एक घर एक धारोलाई पाँचभित्र पूरा गर्ने पाँच वर्षेभित्र सबै बाटोहरु पिच गर्ने कृषि पशुपालनमा आत्मनिर्भर बनाउने शिक्षा स्वास्थ्यमा सुधार गरी नगरबासीको चाहनालाई पूरा गर्ने वाचाहरु सर्वसम्मत पारित गरियो ।

 

लामो समयसम्म स्थानीय तह कर्मचारीले चलाएका थिए अहिले जनप्रतिनिधि आउनुुभएको छ, कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध कस्तो छ ?
लामो समयसम्म स्थानीय निकायमा आफंै मेयर, आफंै सचिवको भूमिका निर्वाह गर्दै आएको कर्मचारी संयन्त्र परिवर्तित राज्यको संरचनामा काम गर्दा नमिठो अनुभूति गरे पनि राजनीतिक परिवर्तनलाई बाध्यताले स्वीकानुपर्ने देखिन्छ । एउटा सामान्य जनताको त्याग, तपस्या, बलिदानले लिएको संघीयता लोकतन्त्रलाई सफल बनाउन लाग्नुपर्छ । भन्ने भावनासहित जनताको काममा क्रियाशील भएको पाइन्छ । संक्षिप्तमा भन्नुपर्दा एकथरी कर्मचारी टिम जनताको भावनाअनुरुप काम गर्न तत्पर रहेको पाइन्छ । भने एउटा प्रवृत्ति मुखले ठिक्क पार्ने व्यवहारमा अल्झन पर्ने र पुराना संस्कारबमोजिम काम काजमा यो मिलेन त्यो मिलेन भनेर काम अड्काउने प्रस्ट यसरी आउनुहोस् भनेर नभन्ने प्रवृत्ति रहेको जनताको राम्रो छिटो छरितो काम गरेर स्वाभिमानभन्दा पनि कहाँबाट कमिसन आउँछ विकास बजेटभन्दा प्रशासनिक बजेट धेरै राख्ने सकिन्छ भन्नेतर्फ लाग्ने प्रवृत्ति देखिन्छ । समस्या आन्तरिक शक्ति देखेमा गुलामी चाकरी गर्ने उनीहरुको स्वार्थअनुसार भएन भने टीकाटिप्पणी गर्दै हिंड्ने समग्रमा ब्युरोक्रेसिमा देखिएको छ । तथापि हाम्रो नगरपालिकामा स्वाभाविक केही समान ब्युरोक्रेसीमा देखा पर्ने प्रवृत्ति रहे पनि समन्वय गरी काम गरिरहेका छौँ । त्यस्तो जटिल समस्या रहेको छैन ।

उद्योग कृषि प्रविधि र पशुपालनलाई प्रोत्साहन गर्न के–कस्ता नीति बनाउँदै हुनुहुन्छ ?
कृषि, पशुपालनलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाउने मुख्य लक्ष्य रहेको छ । भूमिकास्थान नगरपालिकाको नगर सभाबाट पारित बजेट तथा योजना तर्जुमा २०७५।०७६ का लागि व्यावसायिक आर्जनमा वृद्धि गर्नका लागि कृषि तथा पशुपालनलाई आधुनिकीकरण र व्यावसायिक बनाउँदै नगरपालिकालाई तरकारी, मासु, दुध र अण्डा उत्पादन गरी आत्म निर्भर गराँै निर्यात गर्ने, कृषि उपज सङ्कलन तथा भण्डारणका लागि हाटबजारको व्यवस्था गरी सबै निकायसँग सहकार्य गरी सङ्कलन केन्द्र तथा शीत भण्डारण गर्न कृषि तथा पशु व्यवसाय गर्ने युवाहरु विदेशबाट फर्की व्यवसाय गर्ने कृषकहरुलाई प्रविधि र अनुदान दिने व्यवस्था मिलाउने, विशेषगरी कागती मिसनलाई अभियानको रुपमा चलाउने सबै घरमा कागती अनिवार्य लगाउने र व्यावसायिक रुपले लगाउन प्रेरित गर्ने तरकारी उत्पादन, उन्नत प्रकारका र बाख्रापालन, माछापालन, कुखुरापालन, विशेषगरी बयर बोका उत्पादन गरी बीउ वृद्धि गरी सबै क्षेत्रमा फैलाउने, कृषि जन्य बिरुवा उत्पादन गर्न नर्सरी र एक टोल एक कृषि उत्पादन फर्म अनिवार्य सञ्चालन गर्ने, मुख्यतया कृषि, पशु विकासको क्षेत्रमा बजेट विनियोजन गरी रोजगारी सिर्जना गर्ने गरी नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउने रहेको छ ।


आर्थिक वर्षमा यस नगरमा कस्ता नीति तथा कार्यक्रम पारित भयो ?
आव २०७५।०७६ का आर्थिक क्षेत्र विकासतर्फ कृषि पशुपन्छीमा बढी जोड व्यावसायिकमूलक बनाउने, रोजगारी सिर्जना गर्ने, सहकारीहरुलाई व्यवस्थित गर्ने र सहकारी समूहमार्फत सामूहिक उत्पादन, वितरण र बजारीकरणलाई फोकस गर्ने, पूर्वाधार क्षेत्रमा भइरहेका कामलाई पूर्र्णता दिने, सडक, पुल, खानेपानी, विद्युतीकरणलगायतका क्षेत्रमा त्यसैगरी सामाजिक क्षेत्रमा शिक्षा, स्वास्थ्यमा व्यावसायिक वा प्राविधिक धार, शिक्षण सिकाइलाई प्रभावकारी बनाउने, स्वास्थ्य क्षेत्रमा नगर क्लिनिक स्थापना गरी नभएका वडामा स्वास्थ्यको पहुँच पु¥याउने, नगरमा रहेको अस्पताललाई स्तरवृद्धि गर्ने, समावेशीतर्फ लक्षित वर्गका समुदाय कार्यक्रमहरुलाई प्रभावकारी बनाउने त्यस समुदाय र वर्गका व्यक्तिहरुको क्षमता विकास तथा आयआर्जनमा टेवा दिने कार्यक्रम सञ्चालन गर्ने, पर्यटनतर्फका शान्ति बगैंचा निर्माण कार्यलाई पूर्णता दिने, भू–क्षय नियन्त्रण, सिँचाइ र खानेपानी आदिलगायतका अधुरा कामलाई पूर्णता दिने संस्थागततर्फ क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने प्रत्येक विद्यालयका कम्प्युटरहरु उपलब्ध गराउने, प्रत्येक माध्यमिक विद्यालयमा २० वटा इलेक्ट्रोनिक हाजिरी, प्रत्येक वडा र स्वास्थ्य इलेक्ट्रोनिक हाजिरी आदि कामलाई प्राथमिकताका साथ अगाडि बढ्ने रहेको छ ।


नागरिकले सिंहदरबारको अधिकार गाउँमा महसुस गर्न पाएका छन् कि छैनन् ?
नागरिकले सिंहदरबारको अधिकार घर÷नगरमा आएको महसुस गरेका छन् । हिजो स–साना योजना माग गर्न सिफारिस लिएर काठमाडांै धाउने प्रचलन थियो । पहुँचको भरमा योजना आउने गर्दथ्यो । भने अहिले बस्तीस्तरबाट जनताको सहभागितामा योजना छनोट गर्ने, समस्या भएका स्थानका समस्यालाई सम्बोधन गर्ने भएकोले सिंहदरबार गाउँ÷नगरमा आएको विगतमा भन्दा विकासको प्रत्यक्ष अनुभूति गर्न पाएका छन् ।


फरक राजनीतिक पृष्ठभूमिबाट जिल्लामा राम्रो पहिचान बनाउन सफल हुनुभयो, यसमा तपाईंलाई हेर्ने दृृष्टिकोण कस्तो छ ?
जनयुद्ध वा सशस्त्र संघर्षको पृष्ठभूमि आएको हँुदा अहिले जनताबाट निर्वाचित भइसकेपछिको अनुभूति गर्दा विगतमा आफ्नो पार्टीको केन्द्रीय नीतिलाई कमिटीको निर्णयबमोजिम लागू गर्नुपथ्र्याे । अहिले संविधान ऐन, कानुन र मुख्यत जनकेन्द्रित जनताको भावनाबमोजिम प्रक्रिया मिलाएर काम गर्नुपर्ने हुन्छ । मलाई जनयुद्धको समयमा पनि जनताबाट माया ममता पाएको थिएँ जनताको बीचमा रहेर काम गरियो भने अहिले आउँदा सबै पार्टीसँग समन्वय र समाजमा रहेका सबै प्रवृत्तिहरुसँग सहकार्य गरी काम गर्नुपरेको छ । समग्रमा सबै राजनीतिक दल, सामाजिक संघ–संस्था मुख्यतः आमजनताबाट सकारात्मक टिप्पणी पाएको माया ममता एवं सहयोग पाएको छु । जसको कारण १० वर्षे जनयुद्धकालमा जटिल परिस्थितिमा पनि प्रभावकारी नेतृत्वदायी भूमिका निर्वाह गर्न सफल भएँ भने शान्ति प्रक्रियापछि यहाँसम्म आउँदा पनि सबै पक्षबाट सकारात्मक सहयोग पाएको र कतिपयबाट अनेकौं विषयमा लिएर टिप्पणी नकारात्मक असहयोग गर्ने अगाडि प्रशंसा पछाडि अनर्गल प्रचार गर्ने जस्तो कार्य गरे पनि पार्टीपङ्क्तिदेखि जनस्तरसम्म सकारात्मक प्रतिक्रिया पाएको छु ।


अन्य राजनीतिक दलका व्यक्तिलाई कसरी व्यवस्थापन गर्नुभएको छ ? कि थोरै मत हुनेलाई पेलेरै जाने भन्ने नीति छ ?
फरक राजनीतिक दल वा सरोकारवाला सबैलाई समन्वय गरी सबैको रायसुझाव लिएर काम गरेका छौं । नगरपालिकालाई सुन्दर समृद्ध भ्रष्टाचारमुक्त बनाउने अभियानमा सबै पक्षहरुको सुझावअनुसार नै अगाडि बढेका छौं र बढाउन सबैको सुझावको अपेक्षा गरेका छौं ।


अन्य स्थानीयतहरुले आफ्नो नीति नियमहरु बनाएको सन्दर्भमा यहाँको नगरपालिकाको अवस्था कस्तो छ ?
भूमिकास्थान नगरपालिकाले नेपालको संविधान अनुसूची–८ बमोजिम र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम दुई दर्जनभन्दा बढी ऐन, नियमावली कार्यविधि, निर्देशिका निर्माण गरी कामलाई व्यवस्थित गरी अगाडि बढेका छौँ ।


रोजगारीकोे सिलसिलामा युवाहरु विदेश जानेक्रम बढेको छ त्यसलाई कम गर्न नगरको योजना के छ ?
अब हामी विदेशतिर जाने होइन, कृषि, पशु, सहकारी, आदि क्षेत्रमा फार्म बनाएर काम गर्ने जमर्को गर्ने हो । हामीले नगरपालिकाबाट हुनसक्ने सहयोगमा तयार छौं यहाँ प्रकृतिले दिएको नियमानुसार साधन स्रोतहरु प्रयोग गरौं । नगरपालिकालाई सुन्दर समृद्ध भ्रष्टाचारमुक्त बनाउन लागौँ नगरपालिका यहाँहरुको सहयोग गर्न तयार छ । यिनै कार्यबाट बेरोजगार हटी आम्दानीमा वृद्धि हुन्छ ।

यो काम गर्नु थियो तर सकिएन भन्ने केही छ कि ?
सीमित साधनस्रोत असीमित जन चाहनाबमोजिम अधिकतम जनसमुदायलाई केन्द्रबिन्दुमा काम गरेका छौँ ।


तपाईंलाई बाहिर अन्य मानिसले बढी सक्रियताका साथ काम गरिरहनुभएको छ भन्ने सुनिन्छ ? पाँच वर्षमा यो नगरमा जनताले के–के कुराहरुको विकास भएको देख्न सक्छन् बताइदिनुस् न ?
नगरबासीहरु आम जनसमुदायहरुले बढी सक्रिय भएर देख्नु स्वाभाविक छ । मेरो सानैदेखिको बानी जहाँ जे जिम्मेवारी हो त्यो जस्तोसुकै बलिदान दिएर नतिजा निकाल्ने स्वभाव छ । १० वर्षे जनयुद्धको समयमा पार्टीले दिएको जिम्मेवारी पनि निःसङ्कोच पूरा गदै थिएँ । अहिले नगरपालिकामा निर्वाचित भएपछि पाँच वर्षमा नगरको मुहार परिवर्तन गर्ने उद्देश्यसहित काममा म लगायत नगरपालिकाको टिम लागेको छ । केही नतिजा पनि निस्केको छ । पाँच वर्षसम्म हाम्रो स्प्रीटबाट भएको समग्र विकासको प्रत्याभूति गराउने गरी काममा जुटिरहेका छौँ ।

अन्त्यमा के भन्न चाहन्नुुहुन्छ ?
भूमिकास्थान नगरपालिकालाई सुन्दर र समृद्ध भ्रष्टाचार बनाउने उद्देश्यसहित हामी काममा जुटिरहेका छौँ । यो अभियानमा राजनीतिक दल, पत्रकार, बौद्धिक वर्ग आमजनसमुदायको रचनात्मक सहयोगको अपेक्षा गर्दछौं । योजना कार्यान्वय गर्ने स्थानका जनसमुदायबाट योजनाको गुणस्तर र दिगो बनाउन जनस्तरबाट अनुगमन गर्न अनुरोध गर्दछौँ । केही सुझाव भएमा कार्यालयमा आई दिन अनुरोध गर्दछौँ । नगरपालिकाको समग्र क्षेत्रको विकास गरी आम नगरबासीहरुको मुहारमा मुस्कान ल्याउने लक्ष्यमा साथ दिन र आफ्नो ठाउँमा लाग्न अपिल गर्दछौं । हाम्रो संस्था र मेरो विचार राख्ने अवसर प्रदान गर्नुभएकोमा यहाँको लोकप्रिय मिडियालाई धन्यवाद व्यक्त गर्दछु ।

 

 

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै