logo

‘देशको लागि निश्चित भिजन र मिसनसहित अघि बढ्ने दृढसंकल्प भएको नेतृत्व चाहिन्छ’

पोखरा महानगरपालिका वडा नं.६, लेकसाइड हल्लनचोक निवासी विकल तुलाचन एक सफल होटल व्यवसायी हुन् । वि.सं. २०२८ सालदेखि नै म्याग्दी जिल्लाको तातोपानीमा उनका पिताले गर्दै आएको होटल व्यवसाय २०५० सालमा आएर उनले सम्हालेका हुन् । अहिले उनी लेकसाइड हल्लनचोक स्थित होटल फेयरमाउण्टका मालिक एवं सञ्चालक हुन् । २०५४ सालमा कोषाध्यक्षको गहन जिम्मेवारीसहित क्षेत्रीय होटल संघमा आबद्ध भएका तुलाचन संघको क्रमशः महासचिव, द्वितीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष हुँदै हाल पश्चिमाञ्चल होटल संघ, पोखराको अध्यक्षको जिम्मेवारी वहन गरिरहेका छन् । उनै तुलाचनसँग आर्थिक राष्ट्रिय दैनिकका संवाददाता चन्द्रबहादुर नेपालीले गरेको कुराकानीको संक्षिप्त अंशः


पर्यटनलाई नेपाली अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रुपमा व्याख्या गरिए पनि व्यवहारमा सोअनुसार हुन सकेको छैन, किन ?
सर्वप्रथमतः पर्यटन क्षेत्रको विकासका लागि उपयुक्त रणनीति बनाउनुपर्छ र सही तरिकाले कार्यान्वयन गर्नुपर्छ । योजना कमजोर बनाउने र कार्यान्वयन अव्यवस्थित भएकै कारणले व्याख्या गरिएमुताविक व्यवहारमा लागु हुन नसकेको हो । पर्यटन क्षेत्रको विकास सुनिश्चित गर्ने र राज्यको अर्थतन्त्र सुधार्ने प्रयासले आम पर्यटन व्यवसायीहरुका आवश्यकतालाई सम्बोधन गर्न सक्नुपर्छ । नेपालले प्राकृतिक सुन्दरताबाट आर्थिक विकासको अवसरलाई ग्रहण गर्न सकेमा तीव्र विकास सम्भव छ । यसको लागि नयाँ–नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान र प्रचारप्रसार गर्ने, पूर्वाधार विकास र विस्तार गर्ने, निजी क्षेत्रलाई लगानीमैत्री वातावरणको सिर्जना गरी आकर्षित गर्ने, पर्यटनमैत्री लगानी प्रवद्र्धन र संरक्षण नीतिमार्पmत उत्पादनलाई जोड दिनेतर्पm विशेष ध्यान दिनु जरुरी छ ।


देशको समृद्धिका लागि पर्यटनले प्रशस्त सम्भावना बोकेको छ । त्यो सम्भावनालाई पक्रन के गर्नुपर्छ ?
प्राकृतिक स्रोतले सम्पन्न सुन्दर देश नेपाललाई हाम्रो सम्पूर्ण स्रोत, साधन र सामथ्र्यको प्रयोग गर्दै दिगो विकास र समृद्धिको बाटोमा लैजानुपर्छ । सुन्दर प्रकृति र विविध संस्कृतिलाई रक्षा गर्दै विश्व समुदायसमक्ष मौलिक एवं पृथक पहिचान बनाई नेपालको चिनारी स्थापित गर्नुपर्छ । पर्यटकीय दृष्टिकोणबाट हेर्दा सबै प्रदेशमा प्रशस्त सम्भावना छन् । त्यसलाई पक्रन पर्यटनमुखी नीति तथा कार्यक्रम र बजेटको व्यवस्था हुनुपर्छ । विगतका शासकीय र व्यवस्थापकीय कमजोरीका कारण पर्यटन क्षेत्रले गति लिन नसकेको हो ।


पोखराको पर्यटन प्रवद्र्धनको लागि सरकारले गर्नुपर्ने कामहरु के–के हुन् ?
पोखराको पर्यटन प्रवद्र्धनको लागि संघीय, प्रादेशिक र स्थानीय सरकारबीच समन्वयको खाँचो छ । संयुक्त रुपमा एकीकृत योजना र कार्यक्रम निर्माण गरी सफल कार्यान्वयन गर्नुपर्छ । कुन देशका कति र कस्ता पर्यटक नेपाल आउँछन् भनेर त्यसको तथ्यांक राख्नुपर्छ र त्यसैको आधारमा पूर्वाधार विकास एवं बिस्तार गर्नुपर्ने हुन्छ । त्यसैगरी अन्तरमन्त्रालय, सुरक्षा निकाय र प्रशासनबीच पनि समन्वय हुनुपर्छ । पूर्वाधार विकास भएका सहर र आसपासका क्षेत्रमा भन्दा पनि दूरदराज र सामाथ्र्य नभएका पर्यटकीय गन्तव्यहरुमा पर्यटनमैत्री होटल तथा होमस्टेहरु खोल्नुपर्छ । सरकारले पर्यटन प्रवद्र्धनात्मक सामग्री निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गर्नुपर्छ । पोखराको पर्यटन प्रवद्र्धनको लागि पृथ्वी लोकमार्ग, सिद्धार्थ लोकमार्ग, मनाङ तथा मुस्ताङ पुग्ने मार्गहरुलाई सहज र व्यवस्थित पनि गर्नुपर्छ । पर्यटन प्रवद्र्धनार्थ दिइने बजेट बढाउनुपर्छ ।


नेपाल आउने विदेशी पर्यटकमध्ये कति प्रतिशत पोखरा आउँछन् , उनीहरुको पोखरा बसाइ लम्ब्याउन र खर्च पनि बढाउन के गर्नुपर्छ ?
विमानस्थलबाट प्राप्त हुने तथ्यांकअनुसार भारतीय पर्यटकहरुको लेखाजोखा नै छैन । हामीकहाँ कुन मुलुकबाट कति पर्यटक आउँछन् त्यसको तथ्यांक राख्ने प्रचलन छैन । पोखरामा बढी संख्यामा आन्तरिक र भारतीय पर्यटक आउने गर्छन् भने युरोपियन, बृटिश, फेञ्च, अमेरिकन, चिनीयाँहरु पनि आउँछन् । पर्यटकहरुको पोखरा बसाइ लम्ब्याउन र खर्च पनि बढाउन वैकल्पिक पदयात्रा, दृश्यावलोकन, व्यावसायिक गाइडबाट घुमफिर गराउने, अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुको आयोजना गर्नुपर्छ । बढी खर्च गर्न सक्ने देशका पर्यटकहरुलाई नेपाल ल्याउने विशेष कार्यक्रम बनाउनुपर्छ । त्यसैगरी सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्छ । भवितव्य घटनाहरु न्यूनीकरण गर्ने व्यवस्था मिलाउनुपर्छ ।


पोखराका पर्यटन व्यवसायीहरुले होटलमा मात्र लगानी गरेका छन् । अन्य पर्यटकीय क्षेत्रमा खासै जोडबल दिएका छैनन् भन्छन् नि ?
बैंक तथा बित्तीय संस्थाहरुबाट होटल खोल्न अभिप्रेरित गरिने कारणले पनि होटल व्यवसायमा लगानी बढेको छ । अर्को कारण पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शुरु भएपछि होटल व्यवसाय चल्ने देखेर पनि लगानी गरेका छन् । होटल व्यवसाय भनेको तत्कालै आम्दानी हुने व्यवसाय पनि हो । त्यसैले अन्य पर्यटकीय क्षेत्रको तुलनामा यस क्षेत्रमा लगानी गरी व्यवसाय गर्नेहरुको संख्या बढी हुनु स्वाभाविक हो ।


पर्यटन प्रवद्र्धनका लागि के कस्ता अभियानहरु चलाउँदै आउनुभएको छ ?
नियमित तथा नयाँ दुवै प्रकृतिका प्रबद्र्धनात्मक अभियानहरु चलाउँदै आएका छौं । ‘जाउँ है पोखरा’, ‘चलिए पोखरा’ र ‘पोखरास् प्युर एण्ड पर्पेmक्ट’ नियमित अभियानहरु हुन् भने यसपालि नयाँ अभियानमा चीनका मुख्य–मुख्य सहरहरुमा गएर पर्यटन प्रवद्र्धन कार्यक्रमहरु गर्ने योजना छ । यसका साथै सम्पूर्ण होटलहरुको बारेमा यथेष्ट सूचना तथा जानकारी दिनको लागि एप्सको विकास गर्ने योजना पनि बनाएका छौं । व्यवसायी र कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्न विविध कार्यक्रमहरु समेत आयोजना गर्नेछौं ।


पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रबीच पनि समन्वय र सहकार्य हुन सकेको छैन भन्ने आरोप छ नि ?
त्यो निराधार आरोप हो । हामी निजी क्षेत्रबीच राम्रो सम्बन्ध छ । रेवानले सडक महोत्सव र हामीले फेवा नव बर्ष महोत्सवको आयोजना गर्दै आएका छौं । सीपमूलक तालिम, क्षमता अभिवृद्धि, खानपानसम्बन्धी कार्यक्रमहरु मिलेरै गरिन्छ । व्यवसायमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ र हामी निजी क्षेत्रबीच पनि त्यही मान्यता व्याप्त छ ।


पोखराको पर्यटन कुन–कुन सिजनमा मौलाउँछ र कुन–कुन सिजनमा दुब्लाउँछ ?
आजभन्दा दश बर्षअघि सिजन र अफ–सिजन भन्ने थियो तर अहिले पोखराको पर्यटन सदाबहार छ । तैपनि असोजदेखि मंसिर महिनामा विदेशी पर्यटकहरु बढी आउने गर्छन् भने असारदेखि साउन महिनामा कम हुन्छन् । जेठ र असारमा भारतीय पर्यटकहरुको उल्लेख्य आगमन हुन्छ ।


पर्यटन तथा होटल म्यानेजमेण्ट शिक्षा दिने कलेज एवं तालिम केन्द्रहरु पोखरामा छन् । तिनीहरुसँग कत्तिको समन्वय गर्नुभएको छ ?
तिनीहरुसँगको सम्बन्ध राम्रो छ । त्यहाँका विद्यार्थीहरु प्रशिक्षार्थी कामदारको रुपमा व्यावहारिक ज्ञान सिक्न हाम्रा होटलहरुमा आउँछन् । तर कतिपय त प्रमाण–पत्र मात्र प्राप्त गर्ने उद्देश्यले आएका हुन्छन् भने धेरैजसो साँच्चै सिक्न भनेरै आउँछन् । हामीले पनि अन द जब टे«निङ्मा प्रशिक्षार्थीहरुलाई अवसर प्रदान गर्दै आएका छौं । सीप र श्रमसँग जोडिएको शिक्षालाई प्रवद्र्धन गर्नु हाम्रो पनि दायित्व हो ।


तपाईंहरुको व्यवसायमा दक्ष जनशक्तिको निकै महत्व हुन्छ । दक्ष जनशक्तिको उपलब्धता कस्तो छ ?
दक्ष जनशक्तिको अभाव नै छ । काम सिकेर दक्ष भएपछि विदेश जाने चलन बढेको छ । नयाँ ठाउँमा नयाँ अनुभव हासिल हुने र आम्दानी पनि राम्रै हुने हुँदा विदेश जाने क्रम बढ्दो छ । नयाँलाई तालिम दिने अनि जागिर पनि दिने र स्थायित्वको लागि समेत थप व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई समृद्धिसँग जोड्न राज्यले नै विशेष पहल गर्नुपर्छ । दक्ष जनशक्तिलाई स्वदेशमै रमाउने, कमाउने र जमाउने वातावरण राज्यले नै बनाउनुपर्दछ ।


पर्यटन र पत्रकारिताबीचको अन्तरसम्बन्धलाई कसरी लिनु भएको छ ?
पर्यटन र पत्रकारिता एकअर्काका परिपूरक हुन् । पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसारको लागि पत्रकारिताको आवश्यकता पर्दछ भने पत्रकारिताका लागि पनि पर्यटन लेखिनलायक क्षेत्र हो । पर्यटन उद्योग र पत्रकारिताबीच हातेमालो गर्दै नेपाल र नेपालको सुन्दर प्रकृति एवं विविध संस्कृतिलाई विश्व समुदायसमक्ष चिनाउन र स्थापित गर्नु अपरिहार्य छ । सूचना दिनु र सूचित गर्नु पत्रकारिताको धर्म हो भने पत्रकारितालाई निरन्तर रुपमा लेख्य सामग्री उपलब्ध गराउने स्रोत क्षेत्र पर्यटन हो । पर्यटन पत्रकारितालाई प्राथमिकता दिँदै छलफल, बहस र अनुसन्धानको माध्यमबाट पर्यटन उद्योगलाई प्रवद्र्धन गर्ने पत्रिका एवं पत्रकारलाई पुरस्कृत गर्ने सोच पनि हामीले बनाएका छौं ।


सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य छ । यो लक्ष्यमा पुग्न सकिएला त ?
लक्ष्य निर्धारण गरेर काम गर्नु राम्रो पक्ष हो । स्पष्ट आधारहरु तय गरी योजनाबद्ध रुपमा गरिने कार्यले सफलतामा पु¥याउँछ । आवश्यक पूर्वाधारको विकास गरी अगाडि बढ्नुपर्छ । भएका होटलहरुको क्षमता वृद्धि गर्ने र नयाँ होटलहरु पनि थप गर्नुपर्छ । पर्यटक बढाउन भारत र चीन जस्ता छिमेकमा प्रवद्र्धनका कार्यक्रम लैजानुपर्छ । भ्रमण कार्यक्रमका प्याकेजहरु सार्वजनिक गरी भ्रमणका लागि निमन्त्रणा गर्नुपर्छ । सातवटै प्रदेशका चर्चित गन्तव्यहरुलाई समेटेर प्रवद्र्धनात्मक भिडियोमार्पmत अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसारलाई तीव्रता दिनुपर्छ । लक्ष्य भेट्नका लागि ठूलो आकारको प्रवद्र्धन बजेट छुट्याउनुपर्छ । सकारात्मक सोच, मजबूत योजना र व्यवस्थित कार्यान्वयन भयो भने लक्ष्यमा पुग्न सकिन्छ ।


पर्यटनलाई उद्योगको रुपमा विकास गर्नु जरुरी छ । यसको लागि के कुराको आवश्यकता हुन्छ ?
लगानी र उत्पादनलाई आर्थिक वृद्धिको सबल हतियारको रुपमा लिइन्छ । पुँजी लगानी नाफा आर्जनको लागि हो । नाफा नहुने क्षेत्रमा कसैले पनि लगानी गर्ने कुरै हुँदैन । लगानीकर्ताहरु लगानी गर्न उत्सुक हुने क्षेत्रमा राज्यले सुरक्षाको ग्यारेण्टी हुने कुराको विश्वास दिलाउनुपर्छ । पर्यटन सेवाक्षेत्र भएकोले पर्याप्त मात्रामा रोजगारका अवसरहरु सिर्जना हुन्छन् । यसलाई उद्योगको रुपमा विकास गर्न राज्यकै सर्वोपरि भूमिका हुन्छ । विशेष पर्यटन क्षेत्र स्थापना गर्न आवश्यक पूर्वाधार विकास र बिस्तार गर्ने योजना ल्याउनुपर्छ । दीर्घकालीन औद्योगिक नीति ल्याउने र लागु गर्ने काम सरकारले गर्नुपर्छ ।


अन्तमा, तपाईलाई मनमा लागेका केही थप कुराहरु छन् कि ?
नेपालको सन्दर्भमा पर्यटन पनि आर्थिक समृद्धिको मुख्य आधारमध्ये एउटा हो । यस क्षेत्रबाट नेपालले भरपूर फाइदा लिन सक्नुपर्छ । देशको लागि निश्चित भिजन र मिसनसहित अघि बढ्ने दृढसंकल्प भएको नेतृत्व चाहिन्छ । केही ऐतिहासिक एवं सांस्कृतिक धरोहर र समुद्रबाहेक लगभग सबै कृत्रिम सुन्दरता भएको सिंगापुरले पर्यटकलाई आकर्षित गरेको छ भने नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण भएर पनि पछि परेको छ । राज्यले लगानी प्रवद्र्धन तथा संरक्षण नीतिमार्पmत् पर्यटन उद्योगको विकासका लागि अभियानात्मक कार्यक्रम सञ्चालन गर्नुपर्छ । नीति बनाउने तर समन्वय र कार्यान्वयन नहुने परिपाटीको अन्त्य गर्नु जरुरी छ ।

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै