logo

पार्टीको अस्तित्व बचाउनको लागि प्रतिपक्षद्वारा सदन अवरुद्ध गरिएको हो

२०३६ सालमा नेकपा चौथो माहाधिवेशनबाट राजनीति यात्रा सुरु गरेका दधिराम न्यौपाने हाल प्रदेश नं. ५ का प्रदेश सभा सदस्य हुन् । अखिल भारत नेपाली एकता समाजको केन्द्रिय सदस्यको समेत जिम्मेवारी सम्हालेका न्यौपानेको पार्टीमा हैसियतको पदभारको कुरा गर्नु पर्दा जिल्ला सेक्रेटरी, भारत शाखा सदस्य, सम्युक्त जनमोर्चा नेपालको केन्द्रिय सदस्य, जिल्ला ईन्चार्ज, नेकपा माओवादीको पोलीटब्यूरो सदस्य लगायत अन्य धेरै रहेको छ भने, हाल नेकपा एमाले र माओवादी केन्द्र बीच भएको पार्टी एककिरण पश्चात बनेको नेकपाको केन्द्रिय सदस्य र माओवादी केन्द्र प्रदेश नं. ५ को प्रमुख सचेतक हुन् । प्रदेश सभा सदस्य निर्वाचन २०७४ मा रुपन्देही क्षेत्र नं. १ (ख) बाट नेपाली कांग्रेसका हरी न्यौपानेलाई दुई हजार ९१ मतान्तरले पछि पार्दै १४ हजार भन्दा बढी मतले तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित हुन सफल भएका उनै दधिराम न्यौपाने सँग समसामयिक विषयमा रहेर जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंशः


प्रदेश नं. ५ को प्रदेश सरकारले ल्याएको बजेट पास गर्न सुरुमा केही अलमल देखियो नि किन ?
प्रदेश सरकारले ल्याएको बजेट अस्ति नै पास भै सकेको अवस्था छ । अब बजेट व्यवाहारमा लागू गर्ने प्रक्रियामा गई सकेको छ । सुरुमा प्रतिपक्षले विरोध र बजेट माथि छलफल कार्यक्रम हुँदा बजेट पास गर्ने कुरा केही समय पछि धकेलिए पनि अलमल भएको होईन ।


बजेट कस्तो खालको छ ?
प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ को लागि ल्याएको बजेट नयाँ भिजन, नयाँ योजना र कार्यक्रम सहित समाजबादलाई पछ्याएको छ । जसले संविधानको भावना र मर्मलाई सम्बोधन गर्न पनि सफल भएको छ । संविधानमा समाजवादमा प्रवेश गर्ने गरी गरिएको उल्लेखलाई समात्नको लागि बजेटले सक्दो प्रयास गरेको छ । तर जनचाहना तत्कालै भए हुन्थ्यो भन्ने भएपनि ति कुराहरु भन्ने वित्तीकै मायावी जादुयी शैली जसरी गर्न नसकिने अवस्था नभएकोले नीति तथा कार्यक्रम र बजेटले आगामी पाँच वर्षमा उक्त विषयमा दिशा केन्द्रित भई थुप्रै योजनाहरु व्यवाहारमा लागू गर्ने कुरामा हामी पूर्ण रुपमा विस्वस्त छौं । प्रदेश सरकारको बजेट क्षमताले भेट्न सक्नेगरी प्राथमिकताको आधारमा सम्पूृर्ण क्षेत्रलाई सक्दो समेट्ने प्रयासले प्रेरित भई सन्तुलित रुपमा ल्याईएकोले बजेट माथि गुन्जायज गर्ने स्थान कमै छ ।


यहाँले समाजवाद उन्मुख बजेट भनिरहँदा प्रदेश सदन बेला बेलामा बजेटकै विषयले अवरुद्ध भएको छ । यदि बजेट समाजवाद उन्मुख थियो भने सदन अवरुद्ध किन गरियो त ?
संसदीय व्यवस्थामा प्रतिपक्षको धर्म के हो भने जब राम्रो कुरा सदनमा आउँछ तब विरोध गर्नु, त्यो कुरालाई पास हुन नदिनु हो । बजेटकै कुरामा पनि प्रदेश सरकारको बजेट समाजवाद उन्मुख र राम्रो भएकोले प्रतिपक्षले विपक्षी पार्टी वा सत्ता पक्षलाई तल देखाउने र आफ्नो पार्टीको अस्तित्व बचाउने नियतमा देखाउनको लागि गरिएको हो । बजेट नराम्रो र सन्तुलन नभएको भन्दै पटक्कै गरिईएको होईन ।

त्यस्तो देखाउनको लागि पनि सदन अवरुद्ध गरौं भन्ने पनि हुन्छ र ?
हो, यतिबेला प्रदेश नं. ५ को सदन अवरुद्ध देखाउनकै लागि गरिएको हो । संसदीय व्यवस्थामा सदनमा गएर बोल्ने र आफ्ना कुरा राख्ने गरिन्छ । जसमा आफ्नो पार्टी, दललाई मजवुत गराउनको लागि सरकारको विरोध गर्नुको विकल्प पनि हुँदैन । प्रतिपक्षले जनतालाई देखाउन र जनताको नजरबाट आफ्नो पार्टीलाई बलियो बनाउने आधारहरु सृजना गर्न सकिन्छ कि भन्ने मनशायले प्रेरित भई सदन अवरुद्ध गरिएको हो । सरसर्ती हेर्दा बजेटमा किसानको कुरा, पुननिर्माणको कुरा, विभिन्न क्षेत्रलाई सम्वोधन गर्ने कुरा लगायत सबै क्षेत्रलाई सम्बोधन गरिएको हुनाले प्रतिपक्षको उफ्राई त्यति सान्दर्भिक पनि छैन् । संसदिय व्यवस्था सुरु भएदेखि यो भन्दा अगाडी सम्म त सत्ताको चापी उहाँहरु सँगै थियो । अहिलेको सरकार नभएर अर्को सरकार भए राम्रो हुन्थ्यो भने खै त अहिले सम्म उहाँहरुले केही गरेको देखिएन । ल म फरक पार्टीको भए तर तपाईं निश्पक्ष रुपमा हेर्ने पत्रकारहरुले पनि यो कुराको ख्याल गर्नु भएको होला नै । त्यसको लेखाजोखा तपाईंहरु सँग पनि होला । त्यसैले म फेरी पनि के भन्छु भने प्रतिपक्षको चाहना भनेको सत्तापक्षलाई जनताको नजरमा गिराएर राम्रा कामहरु गर्न नदिनुनै हो । उहाँहरुले आफ्नो धर्म निभाउनु भएको हो उहाँहरुलाई धन्यवाद छ ।


बजेटको कुरा एउटा भयो तर विगतमा पनि सत्ता पक्षले बलमिच्याई गरेर योजनाहरुमा प्रतिपक्षको सुझाव सल्लाह लिएन भन्ने कुराचाहीं के हो त ?
यहाँको स्थानिय र प्रदेश सभाको प्रतिनिधीको चुनाव सम्पन्न भैसकेपछि सपथ खाईसकेपछि सबै दलहरु बसेर सरसल्लाह र सहमतिमा अगाडी बढेका थियौं । अहिले हामी दुईतिहाई छौं । दुईतिहाई भएपछि सोध्न पर्ने त्यति ठुलो आवश्यकता त होईन । त्यहीपनि हामी निरन्तर हामी उहाँहरु सँग छलफल गरेका छौं । उहाँहरुका कुराहरु सक्दो समेट्ने प्रयासमा सत्ता पक्ष सधै रहिआएको छ । यति हुँदा हुँदै पनि उहाँहरु आरोप प्रत्यारोपमा लाग्नुहुन्छ भने हाम्रो भन्नु केही छैन् । प्रदेश सरकार सबैलाई अन्तरआत्म देखि अपनत्व झल्किने कामहरु गरेर अगाडी बढेको छ कसैले देखावटी रुपमा मात्र मनलाई ढाँटेर देखावटी गर्छ भने त्यसमा हाम्रो केही सीप लाग्दैन उहि निदाएको मान्छेलाई उठाउन सजिलो हुन्छ तर निधाएझैं गरेको मान्छेलाई गाह्रो हुन्छ भने जस्तै भएको हो हामी कहाँ प्रति पक्षको खेल पनि ।


बजेट मुख्यमन्त्री केन्द्रित भई सबै क्षेत्र समेट्न सकेन भन्ने कुरा चाहीं के हो त ?
स्वाभाविक रुपमा हामीले एउटा कुरा के बुझ्न जरुरी छ बुटवल, दाङ, नेपालगंज त शहरी क्षेत्रहरु हुन् । शहरी क्षेत्रमा अञ्चल अस्पतालहरु छन् । अन्य धेरै केन्द्रहरु भएकोले अन्य क्षेत्र भन्दा दाङ मात्र नभएर शहरी क्षेत्रहरुमा बजेट बढी पारिएको हो । दाङ मात्र भयो भन्ने गलत छ । कोही साथीहरुले रुपन्देही बढी केन्द्रित भयो भन्नुहुन्छ भने कोही साथीहरुले बाँके त कोहीले दाङ । दाङ मुख्यमन्त्री ज्यूको क्षेत्र हो तर उहाँको क्षेत्रमा त बजेट नै गएको छैन् । दाङमा केन्द्र सरकारको पनि बजेट परेकोले त्यस्तो भान भएको हुन सक्छ । वास्तवमा भन्नु पर्दा बजेटको विषयमा योजनाहरुको चर्चा हुनु भनेको सबै क्षेत्रहरुको चर्चा बढी हुनु भनेको सबै आफ्नो ठाउँको तिब्र विकासको चाहना देखिनु हो। त्यसैले सबैलाई आफ्नो ठाउँमा बढी विकासका योजनाहरु पारिदिए हुन्थ्यो भन्ने आकांक्षा भएकोले यस्ता कुराहरु आएका हुन् । आवश्यकता र प्राथमिकताका आधारमा समावेशी रुपमा बजेट विनियोजन गरिएकोले एकै ठाउँमा थुप्रियोभन्ने कुरा गलत हो जस्तो लाग्छ । उदाहरणको रुपमै दिनु पर्दा मर्चवारमा बामपन्थीहरुले कहि पनि जितेका छैनन् त्यहाँ नेपाली काँग्रेसले जितेको छ तर त्यहाँ त प्रदेश सरकारले बजेट विनियोजन गरेको छ नि ! यस्त अन्य धेरै उदाहरण भएको हुँदा पनि अनावश्यक रुपमा गरिएका हल्लाहरु निराधार हुन् ।


जब सम्म स्थानिय तहबाटै विकास निर्माणका योजनाहरु थालनी गरिदैन तब सम्म अपेक्षित विकास निर्माणले सार्थकता पाउन सक्दैन । यसमा स्थानिय तहसँग विकास निर्माणको समन्वयमा प्रदेश सरकारका योजनाहरु के कस्ता छन् ?
यहाँले भनेको कुरा एकदमै सही छ । विकास निर्माणमा केन्द्र र प्रदेश मात्र नभएर स्थानिय तह पनि लाग्नु पर्ने अवस्था छ । स्थानिय तह सँग धेरै भन्दा धेरै श्रोत र साधनहरु भएकोले ति श्रोत र साधनलाई परिचालन हुने गरी तिनै तहले आफ्ना आफ्ना जिम्मेवारीहरुलाई सफलतापूर्वक सम्पन्न गर्ने गरी लाग्नु पर्छ । जसमा स्थानिय तहको कानुन बनाउने प्रक्रियाको टुङ्गो लगाईसकेका छौं । स्थानिय तहका पधादिकारीहरुको सेवा सुविधाको पनि टुङ्गो लगाईसकेका छौं । स्थानिय तह र संघिय सरकार सँग सहकार्य र समन्वय गरेरै अगाडी बढ्नु पर्छ । स्थानिय तहलाई अझ शक्तिशाली बनाएर अगाडी बढ्नु पर्छ । संघियता भनेको तीनै तह हो । र तीनै तह मिलेर मात्र विकास सम्भव छ भन्ने योजनाका साथ हामी अगाडी बढेका छौं । जनताको ईच्छा र चाहन समृद्धि र सु–शासनको छ । त्यो समृद्धि र सु–शासन कुरामा मात्र हुँदैन व्यवहारमा पुष्टी हुने खालका योजना तथा कार्यक्रमहरु ल्याईनु पर्छ । सबै अनियमितताहरुलाई नियन्त्रण गर्ने, नियमन गरेर तदारुकताका साथ काम गर्न सक्यौं भने हामी सफल हुन सक्छौं । हामी सानातिना कुराहरुमा अलमल भएर काम गर्न सकेनौं भने देशको विकास अनिश्चित भएको हुँदा प्रदेश सरकार समृद्ध प्रदेश खुशी जनताको मूल मन्त्रलाई आत्मसाथ गर्दै अगाडी बढेको छ ।

अन्त्यमा केही भन्न चाहानुहुन्छ ?
अन्त्यमा भन्नुपर्दा यहाँ र यहाँको पत्रिका जनमञ्च साप्ताहिकलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । पत्रिका मार्फत केही कुराहरु राख्ने सुवर्ण अवसर प्रदान गर्नु भएकोमा । जहाँ सम्म मिडीयामा आएका कुराहरु जे जति छन् ति कुराहरु सबै सत्य छन् भन्ने पनि छैन र सबै असत्य छन् भन्ने पनि छैन् । त्यसमा जे जसो भएतापनि अब हामी सबैले सकारात्मक कुराहरुको सन्देश प्रवाहगरी मुलुकलाई निकासको बाटोमा लैजानु पर्छ । अहिले हामी सबैको चाहना भनेको विकास निर्माणको हो त्यसैले विकास निर्माणमा फुटेर भन्दा जुटेर लाग्नुहो अर्को विकल्प छैन भन्न चाहान्छु ।

 

 

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै