logo

चुनौतीहरुको सामना गर्दै अगाडि बढ्न सकेको खण्डमा सफलता मिल्न सक्छ

रमा घर्ती हाल प्रदेश नंं ५ की सांसद हुन् । २०७४ सालमा सम्पन्न प्रदेशसभाको निर्वाचनमा तत्कालीन नेकपा एमालेको अल्पसंख्यक कोटाबाट समानुपातिकमा परेकी घर्ती एक संघर्षशील महिला पनि हुन् । २०५०÷५१ सालमा विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गरेकी घर्ती हाल नेकपा एमालेको जिल्ला सदस्य हुन् । माओवादी केन्द्र्र र नेकपा एमालेको पार्टी एकीकरणपछि जिल्ला तहको नेतृत्वको विकास भई नसकेको अवस्था भए पनि एकीकृत पार्टी नेकपाको जिल्लास्तरमै रहेर जिम्मेवारी सम्हाल्न सक्ने हैसियत राख्दछिन् । संगठनिकरुपमा निर्माण भएका किसान वर्गका संगठनहरुमा आबद्ध भई उत्पादकत्व र उत्पादन बढाउन सके जीवनस्तर उकास्न सकिने धारणा राख्दै किसानहरुको मनोबल बढाउने कार्यमा सक्रियरुपमा लाग्ने उनै रमा घर्तीसँग जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंशः

प्रदेशसभामा प्रत्यक्षको बाटोलाई छोडेर समानुपातिक बाटो किन रोज्नुभयो ?
विगतदेखि वर्तमानसम्म इतिहासको कालखण्ड हेर्दा नेपालमा हुने भए, नहुने जहाँको त्यही छन् । गरिब, गरिब नै रह्यो भने धनी झन महाजन बन्दै गयो । पहुँचभन्दा तल भएकाहरुको उत्थानमा पहुँच पुग्नेहरुले बेवास्ता गर्दा समानुपातिक तथा सन्तुलित विकास हुन सकेन । तिनै कुरालाई मध्यनजर राजनीतिमा पनि सरकारले अहिलेबाट कोटा प्रणाली सुरु गरेको छ जुन एकदमै सकारात्मक छ । जसले गर्दा तल्लो वर्गलाई पनि माथि उठ्ने अवसर मिल्न सक्छ । आफ्नो व्यथा आफैंलाई थाह हुन्छ भनेझैं यसरी पिछडिएका वर्गहरु मध्येबाट अगुवाईको लागि नेतृत्व छनोट गर्दा त्यसले उक्त वर्गको सधैँ हकहित र भलो हुने कामहरु मात्र गर्दछ । जसले समाज विकासमा महत्वपूर्ण योगदान दिन सक्छ । जहाँसम्म मैले समानुपातिकको बाटो रोज्नु भनेको पार्टीको चाहना साथीहरुको सुझाव सल्लाह नै प्रमुख हो । वास्तवमा भन्नुपर्दा म अल्पसंख्यक र पिछडा वर्गहरुको बारेमा बढी जानकार हुनुले पनि ती क्षेत्रलाई उत्थान गरेर तिनीहरुको जीवनस्तर उकास्नको लागि सरकारको चाहना र योजनामा साथ सहयोग दिई ठूलो र सानोबीचको अन्तरलाई कम गर्नु मुख्य उद्देश्य भएकोले समानुपातिकमार्फत प्रदेशसभा सदस्यमा छानिएको हो जस्तो लाग्छ ।


कोटा प्रणालीमार्फत आउनु र राख्नु राम्रो होइन भन्छन् नि ?
कतैकतै कसैकसैले फैलाएको हल्ला मात्र हो कोटा प्रणाली राम्रो हुँदैन भनेर । यदि राम्रोे हुँदैन र घात नै हुने थियो भने सरकारले किन नै ल्याउँथ्यो र । होला, विकसित हुँदै जाँदा भविष्यमा कोटा प्रणाली राख्नु नपर्ला त्यो आफ्नो ठाउँमा छ । तर, वर्तमानमा कोटा प्रणाली धेरै राम्रो पक्ष हो । जसले गर्दा सबै वर्ग, जाति, धर्म र पेसा गर्नेहरुलाई अपनत्व झल्किने काम भएको छ । सबैलाई सरकारमा हाम्रा पनि मान्छेहरु छन् है भन्ने भएको छ । चोट लागेकोलाई मात्र थाह हुन्छ कि घाउ कत्तिको दुख्छ भनेर यसरी कोटामार्फत जानेहरुलाई आफू जुन वर्गबाट आएको हो त्यो वर्गको जीवनस्तर उकास्नेतर्फ बढी केन्द्रित हुने हुँदा समाजमा बिस्तारै–बिस्तारै परिवर्तनका सङ्केतहरु देखिन थाल्दछन् जसले देश विकासमा महत्वपूर्ण योगदान दिन सफल हुनेछ ।


असार १ गते प्रदेशसभामा प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा प्रतिपक्षको आपत्ति देखिन्छ नि ?
प्रतिपक्षको असन्तुष्टिको बारेमा भन्नुपर्दा जति बाहिर आएको छ त्योभन्दा धेरै कम छ । बजेट वक्तव्यपछि केही हदसम्म उहाँहरु असन्तुष्टि हुनुहुन्छ कि जस्तो लागेको छ । कतिपय कुराहरुमा त उहाँहरुले मौन समर्थन पनि गरेको अवस्था छ । होला केही सरकारले ल्याएका योजनाहरुमा उहाँहरुलाई चित्त नबुझेर असन्तुष्टि जनाउनु भएको होला । लोकतन्त्रमा असन्तुष्ट जनाउँन पाइँदैन भन्ने छैन, पाइन्छ ।


बजेटमा विशेष गरेर प्रतिपक्षको असन्तुष्टि के कुरामा हुनसक्छ ?
जहाँसम्म मैले बुझेका कुराहरुको बारेमा प्रतिपक्षको असन्तुष्टि भनेको स्ांसदीय विकास कोष नहुुनु, सांसदहरुका लागि छुट्याइएका दुई वटा योजनाहरु पर्याप्त नहुनु नै प्रमुख हो । त्योबाहेक उहाँहरुले बजेट खुलेन, पोको पारियो पनि भन्नुभएको छ । पहिलो बजेट, समयको अभाव, सीमित स्रोत र साधनका बाबजुत पनि प्रदेश सरकारले समृद्ध प्रदेश खुसी जनताको नारालाई आत्मसाथ गर्दै जुन प्रकारको बजेट ल्याएको छ, त्यो धेरै राम्रो मान्नुपर्छ । सरकारमा नेतृत्व गर्ने नेतृत्व वर्ग पनि धेरै अनुभवी नहँुदा केही कुराहरुमा समस्याहरु आउँन सक्छन् । त्यसलाई सबैले सहज ढंगबाट समाधान गर्न सक्नेगरी लाग्नुपर्छ । हामी सबै विकासप्रेमी भएकोले मिल्नुको भरपर्दाे विकल्प छैन । जसले राजनीतिमा स्थिरता कायम गरी समृद्ध प्रदेश निर्माणमा महत्वपूर्ण योगदान दिनेछ ।


यहाँहरुले बहुमत छ, बजेट जसरी पनि पास हुन्छ भनेरै पोको पारेर ल्याई मन परेका र आफ्ना ठाउँहरुमा विनियोजन गरेकै आधारमा प्रतिपक्षको असन्तुष्टि आएको होला नि ?
यहाँले भन्नु भएजस्तो पोको पारेर ल्याई एक ठाउँमा वा आफूलाई मन परेका ठाउँमा बजेट विनियोजन गरिएको हुँदै होइन । समृद्ध प्रदेश खुसी जनताको नारा अगाडि सार्ने त्यसलाई सार्थकता दिनेगरी काम नगरेपछि आज पत्याएर मान–सम्मान गरेका जनताले भोलि कुन रुपले हेर्दछन् भन्ने कुरा भनिरहनु पर्दैन । बजेट विशेष गरेर प्राथमिकताको आधारमा ल्याइएको छ । घरमा अन्न कम भएपछि आधा पेटमा पनि चित्त बुझाउनुपर्ने अवस्था हुन्छ । पर्याप्त बजेट नहुँदा धेरै योजनाहरु समावेश गर्न नसकिएको हो । बजेट सन्तुलित र समावेशी भएको हुँदा यसलाई सकारात्मक मान्नुपर्छ ।


बजेट त बढी केन्द्रमा आश्रित देखिन्छ नि ?
मैले अघि पनि भनिसकँ हामी बल्ल सुरुको चरणमा छौं । सरकारलाई सीमित स्रोत र साधनमा आधारित भई काम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । जसको कारणले गर्दा हामीलाई स्रोतहरु खोज्ने, करका दायराहरु बढाउनेलगायतका विषयहरुमा पूर्णरुपले गृहकार्य गर्न सक्ने पर्याप्त समय भएन । आगामी आर्थिक वर्षदेखि जनतालाई आत्मनिर्भर बनाउन सक्ने योजनाहरुको साथ समृद्ध प्रदेश खुसी जनताको अवधारणालाई सार्थक बनाउने गरी आन्तरिक आम्दानीका स्रोतहरु बलिया बनाउने कुरामा अग्रसर हुनेछ ।


अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
मलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गर्नु हुने सबैलाई विशेष धन्यवाद दिन चाहन्छु । भर्खर मात्र देशले संघीयताको मोडेल तयार गरी एक वटा केन्द्रीय सरकार, सात वटा प्रदेश र सात सय ५३ स्थानीय तह स्थानीय सरकारमार्फत तीन तहमा काम गर्ने लक्ष्य बनाई जुन रुपले अगाडि बढेको छ त्यसलाई सफल बनाउन हामी सबैको साथ र सहयोगको अपरिहार्य छ । यसमा सबैले आ–आफ्नो जिम्मेवारी समयमै सम्पन्न गर्नेगरी लाग्न सकेको अवस्थामा मात्र संघीयताले सफलता पाउन सक्छ । संघीयताको सफलता बनेको समृद्ध नेपाल निर्माणको प्रमुख आधार हो । काम गर्दै जाँदा बाधा अड्चन, अवरोध र चुनौतीहरु धेरै आउन सक्छन् । तर, ती चुनौतीहरुको सामना गर्दै अगाडि बढ्न सकेको खण्डमा सफलता मिल्न सक्छ भन्न चाहन्छु ।

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै