logo

कृषिलाई मुख्य प्राथमिकतामा राखेर कार्यक्रम बनाउने लक्ष्य छ ।

अर्घा राजुपानीमा दलित तथा विपन्न परिवारमा जन्मिएर पनि समाजसेवामा समर्पित भएका ठाकुुर कुमार विक घरको आर्थिक अवस्थाले उनका दाजुहरु भारतमा कोठी र होटलमा काम गरी भाइ ठाकुरकुमार विकलाई पनि भारत लैजाने दाजुहरुको इच्छा भए पनि उनी राजनीतिक क्षेत्रमा क्रियाशील भए । खास मान्छे मान्छेहरुको विभेद पानी चल्ने नचल्ने पधेँरोमा जाँदा गैरदलितका मान्छेले धेरै विभेद गरेपछि त्यसको अन्त्यको लागि राजनीतिक गर्नतर्फ उत्पे्ररणा मिलेको बताउने विक २०४७ सालदेखि अनेरास्ववियु (क्रान्तिकारी) को इकाइ÷मूल इकाइ हँुदै २०५१ सालमा जिल्ला कमिटी सदस्य भई भूमिकामा क्रियाशील रहेका थिए । ठाकुुर पार्टी एकता हुनुपूर्व पार्टीको ‘पीवीएम’ तथा जिल्ला संयोजक र सन्धिखर्क नगरपालिकाको नगर उपप्रमुखको रुपमा निर्वाचित भई क्रियाशील रहेका छन् । उनै व्यक्ति ठाकुरसँग आर्थिक दैनिकका अर्घाखाँची संवाददाता अनिल नेपालीले गरेको कुराकानीको सम्पादित अंश :


पछिल्लो समय नगरले गरेको प्रगतिका बारेमा बताइदिनुहोस् न ?
हामी निर्वाचित भएपछि नगरबासी जनसमुदायको अपेक्षाअनुसार पूर्वाधारतर्फ सन्धिखर्क नगरपालिका मुख्यतः बजार क्षेत्रका महत्वपूर्ण सडकहरु पिच गर्ने काम गरेका छौं । १२ वटै वडाहरुमा बाटा मर्मत सम्भार गर्नुको साथै महत्वपूर्ण वडा जोड्ने सडकहरुको स्तरोन्नति र कतिपय वडामा नयाँ बाटो खन्ने कार्य भएको छ । सन्धिखर्क चुत्राबेसीमा बाँगीखोलाको सडक बनाउने उद्देश्यसहित चुत्राबेसीमा वालको काम भएको छ । १२ वटै वडाहरुमा खेतीयोग्य जमिनलाई सिँचाइ गर्न महत्वपूर्ण सिँचाइको लागि बजेट विनियोजन गरी धमाधम काम भइरहेका छन् । माटेदेखि माथि र रतहले वारिपारि जाने मानिसहरु वारपार गर्ने पुल निर्माण गरिएको छ ।
आर्थिक विकास क्षेत्रतर्फ– कृषि व्यवसाय किसानहरुको क्षमता वृद्धि कार्यक्रम, प्रविधि हस्तान्तरण, ट्याक्टर वितरण, बीउमल वितरण, माहुरीका घार वितरण, कागती व्यवस्थित गर्ने बजेट विनियोजन गरिएको छ । सुन्दर नगर सन्धिखर्कको बजारको दृश्यावलोकन गर्न सनपा २ मा सिटी भिउ टावर निर्माण गर्ने कामको थालनी भएको छ । सामाजिक क्षेत्रतर्फ– शिक्षा, स्वास्थ्यलाई गुणस्तर र प्रभावकारी बनाउने संयन्त्र निर्माण गर्नुको साथै वडा नं. १० मा नगर क्लिनिक स्थापना गर्ने कार्य भएको छ । सनपा ८ मा ९ बाट प्राविधिक शिक्षा दिने कार्यको आरम्भ भएको छ । जिल्ला हस्पिटलमा आफ्नै फार्मेसी स्थापना गर्ने काम भएको छ । महिलाहरुको पाठेघर सम्बन्धको समस्यालाई मध्यनजर गरी विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारीमा छौं । खानेपानी तथा सरसफाइतर्फ १२ वटै वडामा खानेपानीका योजनाहरु सञ्चालन गर्ने कमीको साथै बढ्दो जनसंख्या खानेपानीको स्रोतको अभावलाई समेत मध्यनजर गरी बजार क्षेत्रको खानेपानी स्थापनाको लागि विस्तृत डिजाइन तयार गरी अगाडि बढाउने प्रक्रियामा लाग्नुको साथै बाँगीखोला सरसफाइ कार्यक्रम आफ्नो टोल आफंै सफ गरौं अभियानअन्तर्गत टोल विकास समितिलाई परिचालन गर्ने काम भएको छ ।
नगरपालिका भित्रका विभिन्न तहमा सांस्कृतिकहरुलाई संरक्षण सम्पादन गर्न माघे सङ्क्रान्ति, लोकदोहोरी, सांस्कृतिक सम्मेलनहरुलाई प्रोत्साहन गर्ने काम भएको छ । लक्षित वर्गको महिला, जनजाति, दलित, युवा, जेष्ठ नागरिक, अपांगतालगायतका लक्षित वर्गका कामहरुलाई वडा–वडामा प्रभावकारी रुपले सम्पन्न गरिएका छौं जेष्ठ नागरिक अपांगता भएकाहरुलाई सम्मान तथा अन्य लक्षित वर्गहरुका सम्भाव्यता र मागको आधारमा सीपमूलक कार्यक्रमहरु सिलाइकटाइ, बुटिक, अगरबत्ती निर्माण, ढाका बुनाइ आदि लगायतका कामहरु भएका छन् । वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ तारजाली वितरण गरी भू–क्षयलाई रोक्ने कार्य भएको छ । यो हुरी बतास तथा भूकम्पबाट प्रभावितहरुलाई कतिपय व्यक्तिहरुलाई टिन उपलब्ध गराउने पनि काम गरिएको छ ।


निर्वाचनका बेला गरिएका प्रतिबद्धता के के थिए ?
स्थानीय तहको निर्वाचनको समयमा मैले सन्धिखर्क नगरपालिकालाई सुन्दर समृद्ध नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेको थिए । हामी संघीयतालाई कार्यान्वय गर्ने चरणको पहिलो निर्वाचित जनप्रतिनिधि भएको संस्थागतरुपमा कार्यालयलाई व्यवस्थित वडासम्म बनाउने दोस्रो स्थानीय तहलाई अधिकार संविधानका अनुसूचीबमोजिमका व्यवस्थापन गर्ने ऐनकानुन, नियमावली, निर्देशिका र कार्यविधि निर्माण सु–शासन र पारदर्शी गर्ने सोझासाझा जनताका कामलाई अल्झ्याउने प्रवृत्तिलाई निरुत्साहित, पूर्वाधारको क्षेत्रमा प्रत्येक वडामा जोड्ने मुख्य सडकको स्तरोन्नति ग्राभेल, पिच, एक घर एक धारो खानेपानीको क्षेत्रमा पूर्ण सरसफाइमा लैजाने, कृषि र वायु क्षेत्रलाई जोड दिएर व्यवसाय उत्पादनमूलक बनाई रोजगारी सिर्जना गर्ने, पर्यटक क्षेत्रको पूर्वाधार विकास गरी आन्तरिक र बाह्य पर्यटकको केन्द्रको रुपमा विकास गर्ने मानव विकासको सूचाङ्कालाई वृद्धि गर्ने, शिक्षा स्वास्थ्य क्षेत्रमा प्राविधिक व्यावसायिक शिक्षा सबैका लागि समावेशी शिक्षा र गुणस्तर शिक्षा बनाउने, स्वास्थ्य क्षेत्रमा सुलभ र सहज पहुँचको व्यवस्थापन गर्ने, लक्षित वर्गका सबै वर्गहरुलाई मूल प्रभाहमा ल्याउने क्षमता विकास तथा सीप विकासका कार्यक्रम सञ्चालन गर्ने । जलवायु परिवर्तनको प्रभावलाई अनुकलन बनाउने पूर्वाधार निर्माणमा वातावरणमैत्री तथा भूकम्प प्रतिरोधी संरचना निर्माण गर्ने, नगरपालिकामा सबैको अपेक्षा हुनेगरी कार्यसम्पादनका हरेक चरणमा सहभागिता गराउने आदि लगायत विषयमा प्रतिबद्धता व्यक्त गरेका थियौं । कामको थालनी गरेको छौं क्रमशः पूरा हँुदै जानेछ ।


प्रतिबद्धता कार्यान्वयनको अवस्था अहिले कस्तो छ ?
हामीले निर्वाचनको समयमा जुन प्रतिबद्धता र जनताका बीचमा कसम खाएका थियौं । ती प्रतिबद्धताहरु क्रमशः कार्यान्वयन गर्दै आएका छौं । कतिपय विषयहरु क्रमशः पूरा गर्ने प्रक्रियामा लागिरहेका छौं । समग्ररुपमा समीक्षा गर्दा सीमित साधन स्रोत असीमित जनताका चाहना, स्थानीय तहको कार्यक्षेत्रअनुसार व्यवस्थापन गर्ने अनुभवी अपर्याप्त जनशक्ति र ऐनकानुन कार्यविधि नियमावली, निर्देशिकाको अभावको बीचबाट पनि अधिकतम काम गरिरेका छौं । त्यस कारण हाम्रो प्रतिबद्धताअनुरुप कार्यान्वयन सन्तोषजनक रहेको छ । आगामी दिनमा अझ प्रभावकारी बनाउन हामी लाग्नेछौं ।
तपार्इं न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ, कस्तो समस्या लिएर आउँछन् नागरिकहरु न्याय माग्न ?
सन्धिखर्क नगरपालिकाको न्यायिक समितिमा विभिन्न प्रकृतिका मुद्दाहरु आएका छन् । श्रीमान् श्रीमती सम्बन्ध विच्छेद, लेनदेन, सडक अभिक्रमण, क्षतिपूर्तिसम्बन्धी मुद्दाहरु आएका छन् । ती मुद्दाहरुलाई हामीले पक्ष विपक्षहरुलाई राखी निजहरुको इच्छा भएको व्यक्तिलाई मेलमिलाप कर्ताको रुपमा राखेका व्यक्तिहरुको सहजीकरणमा छलफल गराई मेलमिलान गराउने काम भइरहेको छ ।


नगरका काम गर्दा नीतिगत समस्या के कति आइपरे ? 
हामी नगरपालिकामा निर्वाचित भएपछि जनप्रतिनिधिहरुको क्षमता विकास गर्ने कार्यक्रम नहुनु समयमै स्थानीय सरकार ऐन नआउनु सम्बन्धित मन्त्रालयले नेपालको संविधानको अनुसूची ८ बमोजिम र साझा अधिकारलाई प्रयोग र व्यवस्थापन गर्ने ऐनकानुन, नियमावली, निर्देशिका र कार्यविधि समयमै उपलब्ध नगराउनु, स्थानीय तहको संगठनात्मक संरचनाअनुसारको जनशक्ति नपठाउनु अन्तरिम जनशक्ति व्यवस्थापन गर्ने अधिकार नदिनु, संविधानको परिकल्पना गरेको संघीयता तीन वटा सरकार भएर स्थानीय सरकार ऐन २०७४ ल्याउनु तर व्यवहार, दृष्टिकोण मातहतको वा हिजैको स्थानीय निकायको जस्तो गर्नु, संवैधानिक अधिकारलाई कुल्चिएर स्थानीय तहका अधिकारहरुप्रति पूनः संघीय सरकारको मातहतमा राख्नु जस्तो कि कतिपय कार्यालय भदौ २८ गते स्थानीय तहमा समायोजन हुनुमा हालसम्म विभिन्न वाहना बनाई यथास्थानमा राख्नुलगायतका कमजोरीहरु रहेका छन् ।
अर्कोतर्फ राजनीतिक परिवर्तन भयो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । तर ब्यूरोक्रेसीबाट अपवादबाहेक परिवर्तित राजनीतिक संरचनालाई अन्तरमनबाट आत्मसाथ नगर्ने जनकेन्द्रित हुनेभन्दा यो वा त्यो बहानामा जनताका कामलाई द्रुत गतिमा सेवा प्रदान गर्नमा कहीँ कतै कमी रहेको २० वर्षसम्मको आफ्नो हालीमुहाली बिर्सन नसकेको हिजैको ऐनकानुनबमोजिम जनप्रतिनिधिहरुलाई घुमाउन खाजेको पाइन्छ । तर पनि यस्ता प्रवृत्तिहरुलाई निरुत्साहित गर्दै जनकेन्द्रित कार्यशैलीको विकास वा रुपान्तरित हुन प्रयत्नशील भएका छौं ।


निर्वाचनका बेलामा मैले जितेँ भने यस्तो काम गर्छु भन्ने मनस्थिति थियो होला कति काम सक्नुभयो त ?
निर्वाचनमा विजयीपछि जुन सपना देखेका थियौं ती सपना र प्रतिबद्धता क्रमशः पूरा गर्दै गएका छौं । मुख्यतयाः व्यक्तिहरुलाई रोजगारी लगाउन सकिएको छैन । धेरै युवा शक्तिलाई जागिर लगाइदिनुहोस् भन्नुहुन्छ उहाँहरुलाई अब कृषि र पशु व्यवसायतर्फ लाग्न प्रेरित गर्ने, प्राविधिक सीप र अनुदान दिएर रोजगार, स्वरोजगार दिइने कार्यक्रमहरु अगाडि बढाएका छाँै । त्यो दिशातर्फ लाग्न सबै युवासाथीहरुलाई अनुरोध गर्दछु र नगरपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।


लामो समयसम्म स्थानीय तह कर्मचारीले चलाएका थिए अहिले जनप्रतिनिधि आएका छन् कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध कस्तो छ ?
लामो समयसम्म स्थानीय निकायमा आफंै मेयर, आफंै सचिवको भूमिका निर्वाह गर्दै आएको कर्मचारी संयन्त्र परिवर्तित राज्यको संरचनामा काम गर्दा नमीठो अनुभूति गरे पनि राजनीतिक परिवर्तनलाई बाध्यताले स्वीकानुपर्ने देखिन्छ । एउटा सामान्य जनताको त्याग, तपस्या, बलिदानले लिएको संघीयता लोकतन्त्रलाई सफल बनाउन लाग्नुपर्छ । भन्ने भावनासहित जनताको काममा क्रियाशील भएको पाइन्छ । संक्षिप्तमा भन्नुपर्दा एकथरी कर्मचारी टिम जनताको भावनाअनुरुप काम गर्न तत्पर रहेको पाइन्छ भने एउटा प्रवृत्तिका मुखले ठिक्क पार्न र व्यवहारमा अल्झन गर्ने पुराना संस्कार का कर्मचारी छन् । समस्या आन्तरिक शक्ति देखेमा गुलामी चाकरी गर्ने उनीहरुको स्वार्थअनुसार भएन भने टीका टिप्पणी गर्दै हिंड्ने समग्रमा ब्यूरोक्रेसिमा देखिएको छ । तथापि हाम्रो नगरपालिकामा स्वाभाविक केही समान ब्यूरोक्रेसीमा देखा पर्ने प्रवृत्ति रहे पनि समन्वय गरी काम गरिरहेका छौं । त्यस्तो जटिल समस्याको रुपमा रहेको छैन ।


उद्योग कृषि प्रविधि र पशुपालनलाई प्रोत्साहन गर्न के नीति बनाउँदै हुनुहुन्छ ?
कृषि, पशुपालनलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाउने मुख्य लक्ष्य रहेको छ । सन्धिखर्क नगरपालिकाको नगर सभाको तयारी भइरहेको सन्दर्भमा बजेट तथा योजना तर्जुमा समिति संयोजकको हैसियतबाट २०७५÷०७६ का लागि रोजगारी सिर्जना गरी आय आर्जनमा वृद्धि गर्नका लागि कृषि तथा पशुपालनलाई आधुनिकीकरण र व्यावसायिक बनाउँदै नगरपालिकालाई तरकारी, मासु, दुध र अण्डा उत्पादन गरी आत्म निर्भर गरौं निर्यात गर्ने, कृषि उपज सङ्कलन तथा भण्डारणका लागि सबै निकायसँग सहकार्य गरी सङ्कलन केन्द्र तथा शीत भण्डारण गर्न कृषि तथा पशु व्यवसाय गर्ने युवाहरु विदेशबाट फर्की व्यवसाय गर्ने कृषकहरुलाई प्रविधि र अनुदान दिने व्यवस्था मिलाउने, विशेषगरी कागती मिसनलाई अभियानको रुपमा चलाउने सबै घरमा कागती अनिवार्य लगाउने र व्यावसायिकरुपले लगाउन प्रेरित गर्ने तरकारी उत्पादन, उन्नत प्रकारका र बाख्रापालन, माछापालन, कुखुरापालन, विशेष गरी बयर बोका उत्पादन गरी बीउवृद्धि गरी सबै क्षेत्रमा फैलाउने, कृषि जन्य बिरुवा उत्पादन गर्न नर्सरी र एक टोल एक कृषि उत्पादन फर्म अनिवार्य सञ्चालन गर्ने, मुख्यतया कृषि, पशु विकासको क्षेत्रमा बजेट विनियोजन गरी रोजगारी सिर्जना गर्ने गरी नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउने रहेको छ ।


आर्थिक वर्षमा कस्ता नीति तथा कार्यक्रम आउँदैछन् ?
आव २०७५÷०७६ का आर्थिक क्षेत्र विकासतर्फ कृषि पशुपन्छीमा बढी जोड व्यावसायिकमूलक बनाउने, रोजगारी सिर्जना गर्ने, सहकारीहरुलाई व्यवस्थित गर्ने र सहकारी समूहमार्फत सामूहिक उत्पादन, वितरण र बजारीकरणलाई जोड गर्ने, पूर्वाधार क्षेत्रमा भइरहेका कामलाई पूर्र्णता दिने, सडक, पुल, खानेपानी, विद्युतीकरणलगायतका क्षेत्रमा त्यसैगरी सामाजिक क्षेत्रमा शिक्षा, स्वास्थ्यमा व्यावसायिक वा प्राविधिक धार, शिक्षण सिकाइलाई प्रभावकारी बनाउने, स्वास्थ्य क्षेत्रमा नगर क्लिनिक स्थापना गरी नभएका वडामा स्वास्थ्यको पहुँच पु¥याउने, नगरमा रहेको जिल्ला अस्पताललाई स्तरवृद्धि गर्ने, समावेशीतर्फ लक्षित वर्गका समुदाय कार्यक्रमहरुलाई प्रभावकारी बनाउने त्यस समुदाय र वर्गका व्यक्तिहरुको क्षमता विकास तथा आयआर्जनमा टेवा दिने कार्यक्रम सञ्चालन गर्ने, पर्यटनतर्फका शान्ति बगंैचा निर्माण कार्यलाई पूर्णता दिने, अर्घाको भगवती जाने पैदल मार्गको सिँढी, सिटी टावर निर्माणलाई जोड दिने भू–क्षय नियन्त्रण, सिँचाइ र खानेपानी आदिलगायतका अधुरा कामलाई पूर्णता दिने संस्थागततर्फ क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने आदि कामलाई प्राथमिकताका साथ अगाडि बढ्ने रहेको छ ।


नागरिकले सिंहदरबारको अघिकार गाउँमा महसुस गर्न पाएका छन् कि छैनन् ?
नागरिकहरुले सिंहदरबारको अधिकार घर÷नगरमा आएको महसुस गरेका छन् । हिजो स–साना योजना माग गर्न सिफारिस लिएर काठमाडांै धाउने प्रचलन थियो । पहुँचको भरमा योजना आउने गर्दथ्यो । भने अहिले बस्तीस्तरबाट जनताको व्यापक सहभागितामा योजना छनोट गर्ने प्राथमिकीकरण गर्ने समस्या भएका स्थानका समस्यालाई सम्बोधन गर्ने भएकोले सिंहदरबार गाउँ÷नगरमा आएको विगतमा भन्दा विकासको प्रत्यक्ष अनुभूति गर्न पाउनु भएको छ ।


फरक राजनीतिक पृष्ठभूमिबाट जिल्लामा राम्रो पहिचान बनाउन सफल हुनुभयो यसमा तपार्इंलाई हेर्ने दृृष्टिकोण कस्तो छ ?
जनयुद्ध वा सशस्त्र संघर्षको पृष्ठभूमि आएको हँुदा अहिले जनताबाट निर्वाचित भइसकेपछिको अनुभूति गर्दा विगत आफ्नो पार्टीको केन्द्रीय नीतिलाई कमिटीको निर्णयबमोजिम लागू गर्नुपथ्र्याे । अहिले संविधान ऐनकानुन र मुख्यत जनकेन्द्रित जनताका भावनाबमोजिम प्रक्रिया मिलाएर काम गर्नुपर्ने हुन्छ । मलाई जनयुद्धको समयमा पनि जनताबाट अपार माया ममता पाएको थिएँ । पहिले जनताका बीचमा रहेर काम गरियो भने अहिले सबै पार्टीसँग समन्वय र समाजमा रहेका सबै प्रवृत्तिहरुसँग सहकार्य गरी काम गर्नु परेको छ । जति राम्रो मेसिनमा लगेर धान कुटाए पनि एकाध बियाँ रहन्छन् नै त्यसैगरी मलाई हेर्ने दृष्टिककोणमा पनि अपवादमा केही नराम्रा हुन सक्दछ । समग्रमा सबै राजनीतिक दल, सामाजिक संघसंस्था मुख्यतः आमजनताबाट सकारात्मक टिप्पणी पाएको माया ममता एवं सहयोग पाएको छु । जसको कारण १० वर्षे जनयुद्धकालमा जटिल परिस्थितिमा पनि प्रकावकारी नेतृत्वदायी भूमिका निर्वाह गर्न सफल भएँ भने शान्ति प्रक्रियापछि यहाँसम्म आउँदा पनि सबै पक्षबाट सकारात्मक सहयोग पाएको कतिपयबाट अनेकौं जातीयतालगायतका टिप्पणी नकारात्मक असहयोग गर्ने अगाडि प्रशंसा पछाडि अनर्गल प्रचार गर्नेजस्तो कार्य गरे पनि पार्टी पङ्क्तिदेखि जनस्तरबाट सकारात्मक प्रतिक्रिया पाएको छु ।


अन्य राजनीतिक दललाई कसरी व्यवस्थापन गर्नु भएको छ ? कि थोरै मत हुनेलाई पेलेरै जाने भन्ने नीति छ ?
फरक राजनीतिक दल वा सरोकारवाला सबैलाई समन्वय गरी सबैको रायसुझाव लिएर काम गरेका छौं । नगरपालिकालाई सुन्दर समृद्ध बनाउने अभियानमा सबै पक्षहरुको सुझावअनुसार नै अगाडि बढेका छौं र बढाउन सबैको सुझावको अपेक्षा गरेका छौं ।


अन्य स्थानीय तहरुले आफ्नो नीति नियमहरु बनाएको सन्दर्भमा यहाँको नगरपालिकाको अवस्था कस्तो छ ?
सन्धिखर्क नगरपालिकाले नेपालको संविधान अनुसूची–८ बमोजिम र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम दुई दर्जनभन्दा बढी ऐन, नियमावली कार्यविधि, निर्देशिका निर्माण गरी कामलाई व्यवस्थित गरी अगाडि बढेका छौं ।


रोजगारीकोे सिलसिलामा युवाहरु विदेश जानेक्रम बढेको छ त्यसलाई कम गर्न नगरको योजना के छ ?
अब हामी विदेशतिर जाने होइन, कृषि, पशु, सहकारी, आदि क्षेत्रमा फार्म बनाएर काम गर्ने जमर्को गर्नुहोस् । हामीले नगरपालिकाबाट हुनसक्ने सहयोगमा तयार छौं यहाँ प्रकृतिले दिएको नियमानुसार साधन स्रोतहरु प्रयोग गरौं । नगरपालिकालाई सुन्दर समृद्ध बनाउन लागांै नगरपालिका यहाँहरुको सहयोग गर्न तयार छ । यिनै कार्यबाट बेरोजगारीमा वृद्धि हुन्छ ।


अर्घाखाँची पर्यटकीय दृष्टिकोणले पनि राम्रो सम्भावना बोकेको जिल्ला हो पर्यटनसँगै प्राकृतिक सुन्दरताको राम्रो आधार छ स्थानीय सरकारले यसका लागि कस्तो योजना बनाएको छ ?
अर्घाखाँची जिल्लाभित्रका पर्यटकीय दृष्टिले सम्भावना बोकेको जिल्ला भए पनि त्यसलाई व्यवस्थित गर्न नसक्नु, व्यापक प्रचार–प्रसार गर्न नसक्नुको कारण ओझेलमा परेजस्तो भएको थियो । स्थानीय सकारको तर्फबाट पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुलाई उद्घाटित गर्ने, व्यवस्थित गर्ने, योजनाबद्ध प्रचार–प्रसार गरी आन्तरिक र बाह्य पर्यटकको आगमनको केन्द्र बनाउने लक्ष्यसहित योजना तथा कार्यक्रम बनाई अगाडि बढेका छौं ।


तपार्इंलाई बाहिर अन्य मानिसले बढी सक्रियताका साथ काम गरिरहनुभएको छ भन्ने सुनिन्छ ? पाँच वर्षमा यो नगरमा जनताले के के कुराहरुको विकास भएको देख्न सक्छन् बताइदिनुस् न ।
नगरबासीहरु आमजनसमुदायहरुले बढी सक्रिय भएर देख्नु स्वाभाविक छ । मेरो सानैदेखिको बानी जहाँ जे जिम्मेवारी हो त्यो जस्तो सुकै बलिदान दिएर नतिजा निकाल्ने स्वभाव छ । १० वर्षे जनयुद्धको समयमा पार्टीले दिएको जिम्मेवारी पनि निसङ्कोच पूरा गरेको थिएँ । अहिले नगरपालिकामा निर्वाचित भएपछि पाँच वर्षमा नगरको मुहार परिवर्तन गर्ने उद्देश्यसहित काममा मलगायत नगरपालिकाको टिम लागेको छ । केही नतिजा पनि निस्केको छ । पाँच वर्षसम्म हाम्रो तरिकाबाट भएको समग्र विकासको प्रत्याभूति गराउने गरी काममा जुटिरहेका छौं


अन्त्यमा के भन्न चाहनुहुन्छ ?
सन्धिखर्क नगरपालिकालाई सुन्दर र समृद्ध बनाउने उद्देश्यसहित हामी काममा जुटिरहेका छौं । यो अभियानमा राजनीतिक दल, पत्रकार, बौद्धिक वर्ग आमजनसमुदायको रचनात्मक सहयोगको अपेक्षा गर्दछौं । योजना कार्यान्वयन गर्ने स्थानका जनसमुदायबाट योजनाको गुणस्तर र दिगो बनाउन जनस्तरबाट अनुगमन गर्न अनुरोध गर्दछौं । केही सुझाव भएमा कार्यालयमा आई दिन अनुरोध गर्दछौं । नगरपालिकाको समग्र क्षेत्रको विकास गरी आम नगरवासीहरुको मुहारमा मुस्कान ल्याउने लक्ष्यमा साथ दिन र आफ्नो ठाउँमा लाग्न अपिल गर्दछौं । हाम्रो संस्था र मेरो विचार राख्ने अवसर प्रदान गर्नुभएकोमा यहाँको लोकप्रिय पत्रिकालाई धन्यवाद व्यक्त गर्दछु ।

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै