logo

‘जनप्रतिनिधि र कर्मचारी दुवै पक्षको क्षमता, दक्षता र सुझबुझको थप विकास गर्नु आवश्यक छ’

शिवप्रसाद लम्साल हाल भानु नगरपालिका, तनहुँका प्रमुख प्रशासकीय अधिकृत हुन् । प्रस्ट सोच र कार्यशैली भएका लम्सालले विभिन्न मन्त्रालयअन्तर्गतका कार्यालयहरुमा काम गरेर निजामती सेवाको क्षेत्रमा राम्रै अनुभव सँगालेका छन् । २०५० सालदेखि २०५५ मङ्सिरसम्म शिक्षण पेशामा संलग्न रहेका उनी २०५५ पुसदेखि सहायक लेखापालबाट निजामती सेवामा प्रवेशसँगै क्रमशः नायब सुब्बा, शाखा अधिकृत हुँदै २०७३ सालमा उप–सचिवमा बढुवा भएका हुन् । स्थानीय निकायमा प्रस्ट दृष्टिकोण र मजबुत योजना भयो भने मात्र व्यवस्थित कार्यान्वयन हुन सक्दछ र विकास निर्माणले गति लिन्छ भन्ने कुरामा लम्सालले विशेष जोड दिने गरेका छन् । उनै लम्सालसँग आर्थिक राष्ट्रिय दैनिकले गरेको कुराकानीको अंशः 

 विकास निर्माणको हिसाबले भानु नगरपालिकाले के कस्ता सम्भावनाहरु बोकेको छ ?
. आदिकवि भानुभक्तको जन्मथलो भएको र उनैको नामबाट नामकरण गरिएको यस नगरपालिकालाई ‘साहित्यिक हब’ को रुपमा विकास गर्नुपर्ने हुन्छ । नेपालको पूर्व–पश्चिमको आधारमा मध्यबिन्दुमा अवस्थित यस नगरपालिकाले एउटा ठूलो सम्भावना बोकेको छ । पृथ्वीराजमार्गसँग जोडिएको यस नगरपालिका डुम्रेदेखि लमजुङको सदरमुकाम बेसीहर हुँदै मनाङ्को चामे रुटको १८ किलोमिटर क्षेत्रमा पर्दछ । यसबाट फाइदा लिन त्यहीअनुसारको योजना र कार्यक्रम बनाउन जरुरी हुन्छ । मस्र्याङ्दी र पाउँदी नदीको भरपुर प्रयोग गरी विकासको गतिलाई तीव्रता दिन सकिने अवसर हामीलाई छ । गोरखाको पालुङटार र भानु नगरपालिकाको केही भागलाई मिलाएर ‘स्मार्ट सिटी’ को रुपमा विकास गर्ने अवधारणा बनेको छ । तनहुँसुर, मिर्लिङकोट, थप्रेककालिका मन्दिर वसन्तपुरको थानीमाई जस्ता धार्मिक पर्यटकीय महत्व बोकेका ऐतिहासिक स्थलहरुको संरक्षण, संवद्र्धन र प्रवद्र्धन विकासको ढोका खोल्न सकिने अवसर छ । चुँदीफाँटलाई कृषि उत्पादनको लागि अधिकतम प्रयोग गर्नुपर्छ । चुँदीरम्घामा भानुभक्तले प्रयोग गरेका सामग्रीहरुको सङ्ग्रहबाट ‘भानु सङ्ग्रहालय’ को स्थापना गरी प्रचार–प्रसार सुरु गरिएको छ ।


 हिजोका गाविस आज नगरपालिका भएको छ । अहिले नगरपालिकाले के कस्ता समस्याहरु झेलिरहेको छ ?
. नगर कार्यपालिकाको संरचनामा शक्तिको हिसाबले मुख्य दुई राष्ट्रिय पार्टीहरुको बराबरी जस्तो अवस्था भएको कारण राजनीतिक खिचातानी कायमै छ । यसले गर्दा नगरपालिकाका नियमित कामकारबाही स्वाभाविकरुपमा प्रभावित हुने गरेकै छन् । यसका अलावा वडा नं.७, १०, ११, १२ र १३ केन्द्रबाट टाढा छन् । भौगोलिक हिसाबले स्तरीय सडक पु¥याउन नसक्दा यी वडाहरुका सेवाग्राहीलाई कठिनाइ परेकै छ । नगर यातायातको व्यवस्था मिलाउन सकिएको छैन । कर्मचारी थोरै संख्यामा छन् । त्यसमा पनि सेवा समूह, विषय र क्षेत्र नमिलेका कर्मचारीहरुबाट सेवा प्रदान गर्नु परेको छ । कानुन, कार्यविधि बन्न नसकेकोले कतिपय कामहरु अगाडि बढ्न सकेका छैनन् । नयाँ नगरपालिका भएकोले पूर्वाधारको कमी नै छ । भूकम्प प्रभावित सुकुम्बासी र जग्गा नै नभएका अन्य सुकुम्बासीहरुको समस्या पनि छ । जनप्रतिनिधिहरुको सीप र क्षमतामा कमी छ । हामीले समस्याहरुलाई सबै पक्षबाट सुल्टोउल्टो पक्ष हेर्न जान्नैपर्छ । कुनै समस्यालाई कहिल्यै पनि सो समस्या सिर्जना गर्ने चेतनाको स्तरबाट मात्रै हल गर्न सकिँदैन हरेक समाधान आपूmसँगै नयाँ समस्या लिएर आउँछ ।

चालू आव पनि समाप्त हुनै लाग्यो । यस चालू आवमा नगरपालिकामा के कति कामहरु सम्पन्न भए त ?
. चालू आवको लागि करिब ५३ करोड रुपैयाँ बराबरको कार्यक्रममा बजेट तर्जुमा भएको हो । चालूतर्पm ७५ प्रतिशत र पुँजीगततर्पm ६० प्रतिशत काम सम्पन्न भइसके र बाँकी सम्पादनकै क्रममा छन् । कर्मचारीहरु समायोजन भएर आउने भएकाले कर्मचारी व्यवस्थापन शीर्षक र नगर प्रहरी शीर्षकको काम नहुने भएको हुँदा बजेट विनियोजनअनुसारको खर्च नहुने भएको छ । ९० लाख बराबरको चाम्बास दोरदोर मार्गको स्तरोन्नतिको काम उपभोक्ता समितिको विवादका कारण नहुने भयो । यसलाई नगर विकासको गौरवको आयोजनाको रुपमा लिइएको थियो तर दुर्भाग्यवशः त्यो हुन सकेन । नगरपालिकाका १३ वटै वडामा वडा कार्यालयहरु स्थापना भएका छन् । एकीकृत सम्पत्ति कर सबै वडामा कार्यान्वयन भएको छ । आय लेखा प्रणालीको काम सफ्टवयरबाटै हुने व्यवस्था मिलाएका छौं । सबै वडामा इन्टरनेट जडान भएको छ । यस नगरपालिकाको १३ नं. वडालाई ४ नं. प्रदेशकै पहिलो पूर्ण सरसफाइ युक्त वडा घोषणा गर्न सफल भएका छौं । ल्याण्ड फिल साइटको जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । करिब २३ रोपनी जग्गा छ ।

 भानु नगरपालिकालाई कस्तो खालको विकास चाहिएको छ ?
. विकास भनेको साविकको अवस्थाबाट माथि बढ्ने प्रक्रिया हो । हरेक क्षेत्रको एउटा सुनियोजित वृद्धिलाई विकास भन्न सकिन्छ । विकासले आर्थिक वृद्धिका साथसाथै हरेक क्षेत्रको परिवर्तनलाई जनाउ“दछ । प्राथमिकता र उद्देश्य किटान नगरी हुने लथालिङ्गे विकासलाई सकारात्मक विकास मान्न सकि“दैन । लहडको भरमा गरिने विकासे कार्यक्रमहरू तत्कालका लागि लोकप्रिय भए पनि कालान्तरमा ती बेवारिसे हुन्छन् । भानु नगरपालिका नया“ नगरपालिका भएकोले स्पष्ट आधारहरू तय गरी योजनाबद्ध तरिकाले सर्वप्रथमतः पूर्वाधार विकासका कार्यक्रमहरूलाई अगाडि बढाउनुपर्छ । यहा“का बासिन्दाको आत्मनिर्भरता, समानताको स्तर र आत्मसम्मानको महसुसलाई विकासको सूचकको रुपमा लिनुपर्छ । जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्ने, जनताको जीवनस्तर उठाउने र उच्चस्तरको आर्थिक वृद्धि गर्ने खालको विकास भानु नगरपालिकालाई चाहिएको छ ।


नगरपालिकाले तोकिएको क्षेत्रमा विनियोजन गरेको बजेटमा रकमान्तरको अवस्था कस्तो छ ?
. अधिल्लो आव सिकाइको अवस्थाको वर्ष रह्यो । यसपटक परिपत्र समयमै प्राप्त हुन सकेन । हिउ“दे नगरसभाबाट सम्बोधन गरेर योजनाका कामहरू अगाडि बढाइएको हो । केही शीर्षकहरूमा रकमान्तर गरिएको अवस्था छ । प्राथमिकताको आधारमा अर्काे आवश्यक योजनामा रकमान्तर गरिएको छ । बजेट निर्माणका लागि ‘सूत्र’ सफ्टवयर प्रयोगमा ल्याइएको छ जसका कारण अलिकति सहज हुने भएको छ । थोरै–थोरै बजेट रकमान्तर गर्ने परपाटी सबै ठाउ“मा कायम नै छ । भानु नगरपालिका पनि यसबाट अछुतो छैन ।


चालू आवमा बजेट विनियोजन कसरी गर्नुभएको थियो र कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको थियो नि ?
. वडास्तरीय साना योजना र नगरस्तरीय ठूला योजना गरी दुई खाले योजनाहरू छनोट भएका छन् । सबै योजना गर्दा करिब सात सय ५० को हाराहारीमा योजनाहरू छन् । पूर्वाधार, सामाजिक विकास, आर्थिक विकास, संस्थागत विकास, सेवा प्रवाह एवं सुशासन, वातावरण तथा विपद् व्यवस्थापन, सडक बोर्ड कार्यक्रम शीर्षकमा बजेट विनियोजन गरिएको थियो । स्थानीय तहको निर्वाचन भई संघीय संरचनाअनुसार कार्यालय स्थापना, सबै प्रकारका भौतिक सुविधालगायत अन्य कार्यक्रम व्यवस्थापन गर्नुपर्ने भएको हुनाले केही बढी रकम कार्यालय व्यवस्थपन तथा खरिदमा गए जस्तो भए पनि नगरपालिकाभित्र महत्वपूर्ण उपलब्धिहरू पनि हासिल भएका छन् । मुख्य कुरा प्रक्रिया ठीक हुनुपर्छ । काम गर्ने तौरतरिका अलग हुन सक्छन् । परिणाम भने देखाउनै पर्छ ।


भानु नगरपालिकाले युवा वर्गको लागि कस्तो कार्यक्रम ल्याउ“दैछ ? युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न के गर्नुपर्ला ?
. युवा वर्ग देश निर्माणका लागि बलिया खम्बा हुन् । युवाको जोस, जा“गर र तागतलाई देश विकासको अभिन्न अंगको रुपमा लिनुपर्छ । जुन देशका युवा स्वदेशमै केही न केही उद्यम गर्छन् त्यो देश समृद्धिको बाटोमा हि“ड्दछ । भानुनगरपालिकाले युवाहरूलाई सीप सिकाउने र स्वरोजगार बन्ने कार्यक्रम ल्याउ“दैछ । यसको लागि सर्वप्रथमतः श्रमस“ग गा“सिएको शिक्षा राज्यले लागू गर्नुपर्दछ । अहिलेको शिक्षा एकातिर वास्तविक मानव जीवनबाट टाढा छ भने अर्काेतिर आमजनताको पहु“च बाहिर छ । शिक्षालाई श्रम र व्यवहारबाट अलग गर्नु सबैभन्दा ठूलो दुर्गुण हो । त्यसैले ज्ञान र सीपलाई समयानुकूल अभिवृद्धि गर्दे देश विकासमा लाग्ने युवा जनशक्ति तयार गर्नु आजको आवश्यकता हो । कसरी डिभी प्राप्त गर्ने र ग्रीनकार्ड होल्डर बन्ने चिन्ताले हाम्रा शिक्षित युवाहरू ग्रसित छन् । युवाको विदेश पलायन हुने मानसिकता नै परिवर्तन गर्नुपर्छ र युवालाई दक्ष, सीपयुक्त, उद्यमशील र आत्मनिर्भर बनाउने रणनीति निर्माण गर्नुपर्छ ।


अहिले नगरपालिका जनप्रतिनिधिले भरिभराउ छ । अनि हिजो अधिकृतले काम गरेको पदमा आज उप–सचिवस्तरको अधिकृतको दरबन्दी छ । हिजोको तुलनामा आज यहा“का सर्वसाधारणले के–कस्ता सेवासुविधा पाएका छन् त ?
. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले वडास्तरबाट सम्पादन गर्ने भनी तोकेका अधिकारहरूको प्रयोग वडा तहबाट भइरहेको छ । विशेष गरी साविकमा गर्ने गरिएका सिफारिस एवं विकास निर्माण कार्यहरूका अलावा सेवा प्रवाहका कार्यहरू हुने गरेका छन् । साविक जिविसले गर्ने प्रकृतिका एवं नगरस्तरीय योजनाको सञ्चालन र समग्र नपाको प्रशासनिक एवं विकास व्यवस्थापनको काम गरि“दै आइएको छ । नपाको केन्द्र तथा वडा तहमा अत्यावश्यक कर्मचारी, कार्यालय सहायक र कार्यालय सहयोगी कर्मचारीहरू भर्ना गरी जनताको दैनिक कामकाजमा सहजता पु¥याइएको छ । सबै वडामा कम्प्युटर प्रणालीबाट सेवा प्रवाह गरिएको छ ।


नगरपालिकामा शिक्षा, स्वास्थ्य, सडक तथा ढल निकासलगायत जनताका अत्यावश्यकीय आवश्यकताहरूको परिपूर्तिको अवस्था कस्तो छ ?
. जनताका अत्यावश्यकीय आवश्यकताहरूको परिपूर्ति गर्नमा विशेष ध्यान दिइएको छ । शिक्षाको अवस्था राम्रै छ । स्वास्थ्यको क्षेत्रमा पनि सन्तोषजनक स्थिति नै छ । सडक सबै ठाउ“मा पुगेको छ । सडकहरूलाई स्तरोन्नति गर्नुपर्नेछ । नया“–नया“ भएकोले ढल निकासको कामलाई अब व्यवस्थित गर्दै लैजानुपर्ने भएको छ । डुम्रे–भन्सार सहरी विकास आयोजनाको कार्यक्षेत्र भएकोले वडा नं. १ र २ मा विशेष काम हु“दै आएको छ ।


फोहोर व्यवस्थापनको समस्या नपामा बढी नै हुन्छ । भानु नपामा स्थायी प्रकृतिको फोहोर व्यवस्थापनको लागि के गर्नुभएको छ ?
. पहिलो ल्याण्ड फिल साइटको सञ्चालन अब केही महिनाभित्रमा हु“दैछ । अरु साइटको पनि खोजी कार्य भइरहेको छ । नगर कार्यपालिकाका बोर्ड सदस्य रेवतीदेवी श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरी उपयुक्त जग्गा छनोट गर्ने प्रक्रिया चलिरहेको छ । नगरबासी जनताले अब सड्ने र नसड्ने फोहोरलाई वर्गीकरण गरी राख्नुपर्छ । सड्ने फोहोरलाई मल बनाऔं र नसड्ने फोहोर अलग्गै राखौं । नगर क्षेत्रलाई सफासुग्घर राख्नु हामी सबैको दायित्व हो ।


जनप्रतिनिधिस“ग काम गर्नुपर्दा पक्कै पनि केही न केही समस्या त झेल्नुभएकै छ । ती समस्याहरू कस्ता प्रकृतिका छन् ?
. जनप्रतिनिधिहरू राजनीतिक व्यक्तित्व भएका कारण जनताले असीमित आशा अपेक्षा राखेका हुन्छन् । पार्टीका घोषणा–पत्रअनुसार प्रतिबद्धता पूरा गर्ने प्रयासमा जनप्रतिनिधिहरू लागेकै हुन्छन् । त्यसलाई प्रचलित कानुन विधिविधानभित्र रहेर सम्पादन गर्दा केही कठिनाइहरू आइपर्छन् । दुई ठूला राजनीतिक पार्टीको शक्ति सन्तुलनको कारणले दबाब सिर्जना हुनु स्वाभाविक पनि हो । जनप्रतिनिधिस“ग काम गर्दा सहज स्थिति नै छ । वडा तहमा आवश्यक संख्यामा कर्मचारीको अभावका कारण योजना सम्झौताको काम छिटोछरितो तरिकाले हुन नसक्दा जनप्रतिनिधिहरूबाट आउने गुनासोको सामना बढी मात्रामा गर्नुपर्ने स्थिति विद्यमान छ । यसले कर्मचारीहरूको क्षमता र दक्षतालाई अझ उचाइमा पु¥याउन मद्दत गरेको अनुभूति भइरहेको छ ।


नगरपालिकामा सहरीकरणको अवस्था कस्तो छ ? खेतीयोग्य जमिनलाई खण्डीकरण गरी घर बनाउने काम कत्तिको भएको छ ?
. सहरीकरणको सुरुवातको क्रममै छौं । घर निर्माणको गति त्यति तीव्र छैन । सडक निर्माणको मापदण्ड सम्बन्धमा आवश्यक निर्णय गरी कार्यान्वयनको चरणमा छौं । अनिवार्य नक्शा पास र घर कायम गर्ने कार्यलाई तदारुकताका साथ अगाडि बढाइएको छ । सहरी विकास आयोजनाले पनि पूर्वाधार निर्माणको काम अगाडि बढाएको छ । खेतीयोग्य जमिनलाई बिगार्ने काम भइसकेको छैन । बेलैमा सचेत भएर काम गर्नुपर्नेछ । पछि गएर पछुताउनु सिवाय अरु केही हु“दैन ।


आगामी आव २०७५÷०७६ को लागि कस्ता योजनाहरू प्राथमिकतामा पर्दैछन् ?
. एकीकृत गुरुयोजना तयार गरी नगरपालिकाको समग्र विकासलाई अगाडि बढाउने सोच छ । आगामी आव २०७५÷०७६ को बजेटको आकार ठूलै हुन्छ । भौतिक पूर्वाधारमा बढी बजेट केन्द्रित हुन्छ । नगरपालिका यातायात गुरुयोजना बनाएर केही ठूला सडक निर्माण गरी नगरको गौरवको आयोजना बनाउने तयारी छ । सार्वजनिक–निजी साझेदारीमा नगर यातायात सञ्चालन गर्ने योजना छ । कृषि, पशु सेवा, शिक्षा, स्वास्थ्य, खानेपानी र सिँचाइका योजनालाई निरन्तरता दिइनेछ । धार्मिक एवं पर्यटकीय प्रवद्र्धन गर्न भ्यू टावर निर्माण गर्ने, होमस्टे सञ्चालनको लागि कुक तथा व्यवस्थापन तालिम दिने कार्यक्रम गरिनेछ । त्यस्तै गरी क्षमता विकासका लागि युवा तथा लक्षित वर्ग कार्यक्रमहरू पनि सञ्चालन हुनेछन् । मस्र्याङ्दी करिडोरलाई आधार बनाई स्मार्ट सिटीको अवधारणालाई कार्यान्वयन गर्न विशेष जोड दिने योजना छ । संक्षेपमा भन्नुपर्दा पूर्वाधार विकास, उत्पादन, क्षमता विकास र रोजगारी सिर्जना गर्ने योजनाहरू हुनेछन् ।


अन्तमा, के भन्न चाहनुहुन्छ ?
. संघीय व्यवस्थाको कार्यान्वयनस“गै स्थानीय तहको सरकार सञ्चालनमा आइसकेको सन्दर्भमा जनप्रतिनिधिको नेतृत्व, निर्देशनमा रही कर्मचारी तन्त्रबाट इमानदारीपूर्वक कार्य सम्पादन गर्न सकियो भने स्थानीय सरकार सशक्त भई वर्तमान संविधानको मर्मअनुसार अगाडि बढ्न सक्छ जसका लागि स्थानीय स्रोतसाधनको आदर्श प्रयोग र परिचालन अनिवार्य शर्त हुन्छ । यसका लागि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी दुवै पक्षको क्षमता, दक्षता र सुझबुझको थप विकास गर्नु आवश्यक छ । यसतर्फ संघ, प्रदेश र स्थानीय तहको यथोचित ध्यान पुग्न सक्यो भने अपेक्षा गरेमुताबिक संघीय व्यवस्था कार्यान्वयन हुन सक्छ र हाम्रा जस्ता नगरपालिकाहरू समृद्ध हुन सक्छन् ।

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै