logo

प्रदेश नं. ५ को बजेट समाजवाद उन्मुख र प्रगतिशील छ

प्रगतिशील धारको पक्षमा रही २०२८ सालदेखि विद्यार्थी जीवनको राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका रेवतीरमण शर्मा हाल प्रदेश नं. ५ का प्रदेशसभा सदस्य हुन् । २०३१÷३२ सालमा अखिल भारतीय नेपाल स्वतन्त्र विद्यार्थी यूनियनमा समेत रहेर तीन वर्ष काम गरेका शर्माले भरतपुर क्याम्पसबाट स्नातक र त्रिविबाट २०३९ सालमा स्नातकोत्तर हासिल गरेका छन् । विद्यार्थी जीवनको कार्यकालमा अखिल छैठौंमा रहेर सक्रिय भूमिका निर्वाह गरेका शर्मा २०४६ सालको जनआन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आन्दोलनले ल्याएको परिर्वतनपश्चात् २०४८ सालमा तत्कालीन नेकपा एमालेको जिल्ला सदस्य र २०४९ सालमा क्षेत्रीय इन्चार्ज भएर काम गरिसकेका छन् । निरन्तर जिल्ला कमिटी सदस्यको रुपमा काम गर्दै आएका शर्माले पार्टीमा प्रचार–प्रसार विभाग, संगठन विभाग जस्ता विभागीय जिम्मेवारी पनि सम्हालेर सफलता पूर्वक कार्यकाल सम्पन्न गरिसकेका छन् । २०५४ सालमा जनप्रतिनिधिको रुपमा गाविस अध्यक्षसम्म भएर जिम्मेवारी सम्हाली सकेका शर्मा २०५९ सालमा जिल्ला सेक्रेटरी र त्यसपछि राप्ती अञ्चलको अञ्चल इन्चार्जको जिम्मेवारी पनि सम्हाली सकेका छन् । हाल नेकपाको प्रदेश नं. ५ को प्रदेश कमिटी सदस्यको रुपमा रहेका शर्मा पार्टीगत हिसाबले पार्टीको विभिन्न तह र तप्कामा रही कार्यानुभव सँगालेका छन् । गत वर्ष सम्पन्न प्रदेशसभाको निर्वाचनमा दाङ १(ख) बाट प्रतिपक्षी नेपाली कांग्रेसका जानकी लाल बस्नेतलाई छ हजार छ सय एक मतले पछाडि पार्दै १९ हजारभन्दा बढी मत ल्याएर प्रदेश नं. ५ को प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनै रेवतीरमण शर्मासँग जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंशः


यहाँको पार्टीको नेतृत्वमा बनेको प्रदेश नं. ५ को प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ को लागि २८ अर्ब नौ करोडको बजेट प्रस्तुत गरेको छ । बजेटको बारेमा केही बताइदिनुहोस् न ?
अहिले प्रदेश सरकारले ल्याएको बजेट सामान्य जस्तो देखिए पनि परम्परागतबाट माथि उठेर समाजवाद उन्मुख, समावेशी, समानुपातिक र सन्तुलित सबैलाई अपनत्व झल्किने खालको, स्रोत–साधनले थेग्न सक्ने र लक्ष्यअनुसार उपलब्धि हासिल हुने गरी ल्याइएको छ । बजेटले समाजवादलाई पछ्याउँदै सन्तुलितरुपमा चौतर्फी विकासको आवश्यकता र सम्भावनाहरुलाई स्रोत र साधनले भेट्नेगरी छुन सफल भएको छ । निर्यातलाई प्रवद्र्धन गर्दै आयातलाई प्रतिष्ठित गर्दै जनतालाई राज्यले कसरी सेवासुविधा दिएर सरकारको अनुभूति दिन सक्छ भन्ने कुरामा बढी प्रेरित भएको छ । यदाकदा घाटाको बजेट राम्रो हुँदैन भनिन्छ तर अर्थास्त्रमा घाटाको बजेट पनि प्रगतिशील हुन सक्छ भन्ने सिद्धान्तहरु छन् । प्रदेश सरकारले बजेट यत्तिकै होचुवाको भरमा ल्याएको छैन । अर्थशास्त्रको सिद्धान्तमा आधारित भई नीतिनियमको परिधिभित्र बाँधिएर जनतालाई सुख, शान्ति र समृद्धि दिने उद्देश्यका साथ सोहीअनुसारका योजनाहरु छनोट गरेर ल्याएको बजेट हो । हिजो देशमा राजनीतिक अस्थिरताले समृद्धि आउन नसकेको कुरा सबैलाई थाहै छ । हामी हिजोकै शैली र ढंगबाट सञ्चालित भयौं भने अब पनि देशले निकास पाउन नसक्ने कुरामा कुनै दुई मत छैन । अब राजनीतिक स्थिरता कायम गर्नुपर्छ भन्ने मान्यता र चाहना सबैमा छ । त्यहीअनुरुप तीनै तहको निर्वाचन भएर तीनै तहमा जनप्रतिनिधिहरु चुनिएका छौं । सरकारले पनि ती सबै कुराहरुलाई मध्यनजर गर्दै आर्थिक वर्ष २०७५÷७६ को बजेट ल्याएको छ । तुलनात्मकरुपमा समृद्धिको बाटोमा सन्तुलित तरिकाले चौतर्फी विकास गर्न सक्नेगरी ल्याइएको छ ।


यहाँले बजेट सन्तुलित छ भन्नुहुन्छ, तर प्रदेशका १२ वटै जिल्ला समेट्न नसक्दा एकतर्फी र व्यक्तिवादी चाहना हाबी भयो भन्ने सुनिन्छ नि ?
यहाँले भनेजस्तो एकतर्फी र व्यक्तिवादी चाहनाको हाबी भन्ने कुरा विल्कुलै गलत हो । सरकारले बजेट महत्व र प्राथमिकताका आधारमा ल्याएको छ । बजेट ल्याउनुभन्दा पहिले सबैसँग सुझाव सल्लाह लिएर तिनै सुझाव सल्लाहमा आधारित भई ल्याइएको हो । होला कुनै ठाउँमा प्रत्यक्ष र समानुपातिक सांसदहरु बढी भएको हुँदा तुलनात्मकरुपमा बजेट बढी परेको होला तर सरकारले प्रश्न नै उब्जिनेगरी एकै ठाउँ बजेट थुपारी विकासका सम्भावनाहरुलाई कुल्चिएर बजेट बाँडफाँड भएको छैन ।


प्रतिपक्षले त हामीसँग केही छलफल नै हुँदैन भन्छन् नि ?
विकास गर्छौं भन्दै जनप्रतिनिधि भएर आउने । अझै आफ्नै नेतृत्वमा सरकार बनाउने । त्यसमा पनि कसैसँग सुझाव सल्लाह नलिई एकलकाँटे निर्णय गरेर विवादमा आई जनताको नजरमा गिर्नेगरी प्रदेश सरकार कदापि लाग्ने छैन र लागेको पनि छैन । के पक्ष के प्रतिपक्ष सबै विकास निर्माणका लागि निर्वाचित भएको हुँदा सबैको मनोभावअनुसार विवादरहित तरिकाले कार्य सम्पादन गर्नु प्रदेश सरकारको दायित्व पनि हो । टीकाटिप्पणी त हरेक काममा हुन्छन् तर कस्तो भावनाले प्रेरित छ भन्ने कुरा प्रमुख हुन्छ । सकारात्मक भावनाको टीकाटिप्पणी कार्य सम्पादन योग्य हुन्छन् । होला, केही सानातिना कुरामा छलफल नभएको पनि हुन सक्छ त्यो एउटा कुरा हो । तर हरेक महत्वपूर्ण निर्णय र योजनामा उहाँहरुसँग छलफल गरेर उहाँहरुकै सुझाव सल्लाह र समर्थनमा गरिएको छ । जहाँसम्म बजेटको कुरा छ यसमा पनि सरकारले उहाँहरुको सुझाव सल्लाह तथा उहाँहरुका योजनाहरुको माग गरेको थियो । उहाँहरुले पनि सरकारको मागअनुसारका उहाँहरुले दिएको सुझाव सल्लाह तथा योजनाअनुसार बजेटको ढाँचा तयार गरी विनियोजन गरेको हो । जहाँसम्म छलफल नै हुँदैन भन्ने कुरा कतै कुरा कुराको प्रेरित स्रोत पनि हुन सक्छ ।


बजेटमा के–कस्ता कुरालाई प्राथमिकता दिइएको छ ?
त्यसमा पहिलो आर्थिक समृद्धिको प्रमुख आधार मानिएको पूर्वाधारहरुको विकास भएकोले भौतिक पूर्वाधारसम्बन्धी सडक सञ्जालहरुको विस्तार, विद्युतीय सेवा विस्तार र कृषियोग्य जमिनमा सिँचाइको प्रबन्ध मिल्ने खालका योजनाहरु, सहरी संरचना निर्माण, एकीकृत बस्ती विकासलगायतका योजनाहरु पर्दछन् । त्यसैगरी आर्थिक वृद्धिका लागि कृषि, उद्योग र पर्यटन क्षेत्रमा पनि विशेष जोड दिइएको छ । त्यसैगरी सामाजिक बनावट र सांस्कृतिक मौलिकताको जगेर्ना गर्दै दक्ष जनशक्तिमा रुपान्तरणको लागि सामाजिक क्षेत्रमा लगानीको विशेष जोड छ । गरिबी निवारणको लागि लक्षित वर्गका विभिन्न कार्यक्रमहरु, सरकारको कार्य सम्पादनलाई संविधानको व्यवस्थाअनुरुप पारदर्शी, उत्तरदायी र जनमुखी बनाउन नीति कार्यक्रम निर्माण, योजना तथा कार्यविधि तर्जुमाको लागि शासकीय प्रबन्धको तयारी र त्यसको कार्यान्वयन पक्षलाई पनि प्राथमिकता दिएको छ । त्यसैगरी अध्ययन अनुसन्धान, सूचना तथा तथ्याङ्क र योजना तर्जुमालगायत विशेष प्राथमिकताको परेका छन् ।


के यो बजेटले प्रदेश सरकारको ‘समृद्ध प्रदेश खुसी जनता’ भन्ने मन्त्रलाई प्रभाव पार्न सक्छ त ?
यो बजेट भनेको प्रदेश सरकारले पहिलो पटक ल्याएको पूर्ण आकारको बजेट हो । देश संघीय संरचनामा गएको पनि बल्ल एक वर्ष हुँदैछ । कति कुराहरुमा अनुभव बटुल्न पर्ने अवस्था छ । कतिपय परम्परागत कुराहरु कुजिएका छन् । त्यस्ता परम्पराहरुलाई क्रियाशील बनाएर आधुनिक शैलीमा सञ्चालित गर्नुपर्ने अवस्था छ । त्यसैले एकैपटक कार्य सम्पन्न गर्न धेरै कुराहरुको अभाव र समस्याहरुको पार गरेर गन्तव्यमा पुग्नुपर्ने अवस्था छ । स्थानीय तहमा पनि केही पुरानै संरचनाहरु हुनु र संघीय सरकारसँग पनि पर्याप्त संरचना हुनु तर प्रदेश सरकारले शून्य लेभलबाट काम गर्नुपर्ने बाध्यताले गर्दा विकास निर्माणमा कुनै पनि प्रदेश सरकारले तत्कालै गति लिन सक्ने अवस्था छैन । अहिले हामी शून्य लेभलबाट केहीमाथि उठेका छौं । हामीसँग अझै पनि धेरै कुराहरुको कमी छ । त्यस्तो अवस्थाबाट गुज्रिएर यस्तो अवस्थामा आउन भनेको हामी सबैका लागि खुसीको कुरा हो । जहाँसम्म सरकारको मूल मन्त्रको कुरा अहिलेको यत्ति बजेटले चहचह हुन्छ भन्ने होइन । यो बजेटबाट हामी एउटा चरण पार गर्न सफल हुन्छौं । समृद्धिको लागि सरकारले तीन खम्बे नीति ल्याएको छ । अब हामी तीनै खम्बाहरुमा अडेस लगाएर पुरानो सोच र संस्कारको अन्त्य गरी आधुनिक शैलीबाट सञ्चालित हुन जरुरी छ । हामीभन्दा तल स्थानीय तह र माथि केन्द्रीय सरकार छ । सबैले आफ्ना–आफ्ना जिम्मेवारीहरुलाई समयमै पूरा गर्नेगरी जनताका चाहना र इच्छालाई सम्बोधन गर्नुपर्ने देखिन्छ । कुनै पनि राजनीतिक परिवर्तनपछि जनतामा आशा पलाएको हुन्छ । हाम्रो प्रदेश सरकारप्रति पनि जनताका आशा र भरोसाहरु उत्तिकै छन् । जनताका तिनै आशा र भरोसालाई समातेर स्थानीय स्रोत र साधन पूर्णरुपमा परिचालित हुनेगरी सबै क्षेत्रहरुसँगको सहकार्य र समन्वयमा योजना बनाएर अगाडि बढ्दै जाँदा अवश्य पनि पूरा हुने देखिन्छ ।


अन्त्यमा केही भन्नुहुन्छ ?
लामो समयको राजनीतिक अस्थिरतापछि देशमा राजनीतिक स्थिरता आएको छ । यसलाई सबैले स्थिर अवस्थामा राखी राखेर समृद्ध नेपाल निर्माण गर्नु हामी सबैको दायित्व हो । देश हाम्रो हो । सरकार हाम्रो हो । जनप्रतिनिधि जनताका हुन् । जनता जनप्रतिनिधिका हुन् । सुख, शान्ति र समृद्धि सबैलाई चाहिएको छ । सबै एक अर्काका परिपूरक हौं । जब प्रदेश सरकाको सन्तुलित विकास निर्माणको अवधारणामा सबैको साथ र सहयोग मिल्छ तब विकास निर्माणले गति लिन सक्छ । समाजमा हुने हरेक खालका विकृति र विसङ्गतिहरुलाई अन्त्य गरेर असल संस्कारको विकास गर्दै आवश्यकता र प्राथमिकताका आधारमा रचनात्मक तरिकाले कार्य सम्पादन गरी हातेमालो गरेर अगाडि बढ्न सकेको अवस्थामा समृद्ध प्रदेश निर्माणमा महत्वपूर्ण योगदान मिल्न सक्छ भन्न चाहन्छु ।

 

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै