logo

पावरका आधारमा निर्माण गरिएका टावरहरु जतिबेला पनि भत्किन सक्छन्

कुनैबेला नेपालको सबैभन्दा बलियो अर्थात् पहवानको रुपमा चिनिएका वेट लिफ्टिङ खेलका खेलाडी सुरेन्द्र बहादुर हमाल जो अहिले प्रदेश नं. ५ को प्रदेश सभा सदस्य छन् । मधेशी जनअधिकारका दुर्गेश गुप्तालाई सात सय ८० मतान्तरले पछि पार्दै नौं हजारभन्दा बढी मत ल्याएर विजयी भएका हमाल २०३५ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्राबाट सुरुआत गरेका हुन् । २०३६ सालको जनमत सङ्ग्रहमा पनि सक्रिय भूमिका खेलेका हमालले २६ सालको जनमत सङ्ग्रहपछि विद्यार्थी संगठनलाई पञ्चायती शासन व्यवस्थाले खुल्ला गरेसँगै बाँके जिल्लाको महेन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा पहिलो सचिवको हुनुको साथै सभापति भएर कार्यभार सम्हाली सकेका छन् । नेपाल विद्यार्थी संघको जिल्लास्तरको राजनीतिमा सक्रियतापूर्वक लागेर आफ्नो छविलाई खेलमा जस्तै लोकप्रियता दिन सफल हमालले २०४५ सालमा नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका हुन् । २०५४ सालमा जिल्ला कोषाध्यक्षसमेत रहेर कार्य गरी सकेका हमाल हाल महाधिवेशन सदस्य र नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागको सदस्य पनि हुन् । आफ्नो जीवनमा दुई सय ७५ किलोसम्म तौल उठाएका हमाल स्थानीय, क्षेत्रीय, राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय जगत्मा हुने खेलहरुमा नेपालको नाम राख्नसमेत सफल भएका राष्ट्रिय सम्पत्तिका प्रतीक पनि हुन् । २०४१ सालमा भएको ३५ औं एसियन च्याम्पियन सीपमा तेस्रो पदक जितेर राष्ट्रको छविलाई बचाएका हमाल १९८२ मा एसियन कप, १९८४ मा अमेरिकामा भएको ओलम्पिक र १९९० को एसियन कप चीनमा खेलेका छन् । खेल मानव जीवनमा नभई नहुने एक अभिन्न अंक भएको बताउने उनै खेलाडी तथा राजनीतिज्ञ सुरेन्द्र बहादुर हमालसँग जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंशः

पदक जितेर राष्ट्रको छवि बचाउन सफल एक खेलाडी राजनीतिमा आउनुको कारण के हुन सक्छ ?
मेरो राजनीतिमा आउनुको मुख्य कारण भनेको पारिवारिक पृष्ठभूमि नै हो । मेरो बुबा पनि एक राजनीतिज्ञ हुनुहुन्थ्यो भने दाइ रणेन्द्र हमाल पनि ११ वर्ष लामो समयसम्म पार्टीमा सभापति भएर कार्य गर्नु भयो । त्यसैको देखासिकीमा साइँलो दाइ गजेन्द्र हमाल नेपाल विद्यार्थी संघको जिल्ला सभापति भएर काम गर्नु भयो । त्यसैमा म एउटा खेलाडी भएर राम्रो खेल प्रदर्शन गरेकोले लोकप्रिय पनि भएको थिए । खेलक्षेत्रले बनाएको लोकप्रियता, परिवारलगायत साथी भाइहरुको आग्रह र सुझावमा राजनीतिक यात्रा सुरु गरेको हुँ । अझ अर्को कुरा के थियो भन्नुहुन्छ भने त्यतिबेलाको अवस्था कस्तो थियो भने पञ्चायतविरुद्ध बोल्ने जो कोहीलाई पनि संरक्षणको आवश्यकता थियो । म अरुभन्दा बढी पहलवान र सबैसँग घुलमिल भएर दुःख सुखमा साथ दिने भएकोले सबैको मलाई राजनीतिमा लैजाने चाहना थियो । तिनै चाहनाहरुलाई पुरा गर्नकै लागि सुरुमा राजनीतिमा प्रवेश गरेको थिए त्यसपछि निरन्तर लागिरहेको छु ।


शुक्रबार मात्र प्रदेश नं. ५ को प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५÷७६ सालको नीति तथा कार्यक्रम ल्याएको छ । समग्रमा भन्नुपर्दा प्रदेश सरकारको नीति तथा कार्यक्रम कस्तो छ ?
नीति तथा कार्यक्रमको कुरा गर्नुपर्दा प्रदेश सरकारले धेरै कुराहरुलाई समेट्ने प्रयास त गरेको छ । तर केही आउनै पर्ने कुराहरु पनि छुटेका छन् । सरसर्ती हेर्दा खेरी राम्रो भए पनि छुनै पर्ने कुराहरु नछुदा त्यसलाई पूर्ण छ भन्न सकिन्न । अन्यत्रका औद्योगिक क्षेत्रहरुको बारेमा कुरा ग¥यो तर यही मोतिपुर औद्यागिक क्षेत्रको बारेमा केही बोलेन । सडक सञ्जालको बारेमा बोल्यो तर वर्षेनी ज्यान लिने सिद्धार्थ राजमार्गअन्तर्गतको सिद्धबाबा सडकखण्डको वैकल्पिक मार्गको विषयमा बोलेन । सिद्धबाबामा दुई लेनको सडकले पहिरोलाई कहाँ रोक्न सक्छ । त्यसतर्फ पनि केन्द्रित हुनुपर्ने थियो हुन सकेन । केन्द्र सरकारले सुरुङ मार्गका विषयमा कुरा ग¥यो प्रदेशको सदनमा पनि यस विषयमा धेरै कुराहरु भए तर त्यो विषयमा प्रदेश सरकार प्रवेश गर्न सकेन । यस्तैयस्तै धेरै कुराहरु छुटेका छन् । पर्यटनमा पनि धेरै कुराहरु बोल्यो तर मुख्य नाकाको रुपमा अन्य प्रदेशमा जान सक्ने पर्यटनको विषयमा बोल्न सकेन । राराताल, मानसरोवरमा पुग्न मुख्य नाका मानिए पनि त्यस विषयमा सम्बोधन नै भएन । कृषि क्षेत्रका कुराहरुमा वैज्ञानिक खेती, सिँचाइका कुराहरु आए तर वैज्ञानिक खेती कसरी हुन्छ किनकि अहिले धेरै जग्गाहरु टुक्राटुक्रा भएका छन् । जब सबै ती टुक्राटुक्रा जमिनलाई एकीकृत गरेर खेती गर्न सकिँदैन त्यस्तो समयमा कस्तो वैज्ञानिक खेतीको कल्पना गर्ने त ? त्यो आफंैमा प्रश्न उब्जाउने कुरा हो । त्यस्तै विभिन्न सहरहरुलाई छुट्टै पहिचाहनको सहरको रुपमा विकास गर्ने कुराहरु त आए तर खेलकुदको सहर किन राख्न सकेन । खेलकुद भनेको त स्वास्थ्यको लागि नभई नहुने कुरा हो । जब मानिस स्वस्थ हुन सक्दैन त्यसले अरु के गर्न सक्छ । स्वास्थ्यसँग जोडिएको खेलकुदलाई योजनामा पार्न सकेन । अर्को कुरा आठौं राष्ट्रिय खेलकुदको पनि यही प्रदेशमा आयोजना कुराहरु आएका छन् त्यसमा पनि प्रदेश सरकार प्रवेश गर्न सकेन । जहाँ कि प्रत्येक परिवार खेलप्रेमी छन् । प्रत्येक घरमा एक दुई खेलाडीहरु छन् त्यसैले ती सबैका चाहनाहरुलाई सम्बोधन गर्न कमसेकम खेलकुद सहर बनाउँनुपथ्र्यो त्यो सकेन । शिक्षाकै कुरामा प्राथमिक शिक्षामा जोड थियो । तर, उच्च शिक्षाको विषयमा बोल्न नसक्नु जस्ता अन्य धेरै कुराहरु छन् ।


यसरी प्रदेश सरकारको नीति तथा कार्यक्रमले धेरै कुराहरु त छोयो तर निचोड निकाल्न सक्नेगरी छुन नसक्नुको प्रमुख कारण के हुन सक्छ ?
यसको प्रमुख कारण भनेको सर–सल्लाहको कमी भए जस्तोे लाग्छ । उहाँका सल्लाकारहरुले उचित सल्लाह दिन नसक्दा र सल्लाहकारभन्दा बाहिर अरुसँग सर–सल्लाह लिन नचाहँदा सम्बोधन त भयो तर पूर्ण हुनेगरी हुन सकेन ।


यहाँको पार्टी नेपाली कांग्रेस प्रदेशको प्रतिपक्ष पार्टी हो । प्रतिपक्षलाई सदनको गहना पनि भन्दछन् । सदनको गहनाले सदनमा छलफल गरेर सुझाव सल्लाह दिन सक्नुभएन ?
सर–सल्लाहको लागि त उहाँहरुले हामीलाई जानकारी गराउनुपर्छ तर गराउनु भएन । म प्रमुख सचेतक हुँदासमेत जानकारी पाइन भने अरु साथीहरुले त पाउने कुरै भएन । भन्दा मिनी नेपाल बनाउने भन्ने तर व्यवहार अर्कै गर्ने बानीले गर्दा क्षणिकरुपमा राम्रै भए पनि दीर्घकालीनरुपमा निश्चय पनि समस्या उत्पन्न गराउँछ नै । होला, सदनमा उहाँहरुले तालिकै भरमा योजनाहरु पास गर्न सक्नुहोला तर प्रतिपक्षको पछाडि पनि ठूलो मास छ । त्यो मासका आवश्यकताहरु पूर्ति गर्नुपर्छ भन्ने चेतनाको कमीले त्यस्तो भएको पनि हुन सक्छ । प्रदेश सबैको हो । यो प्रदेशको विकासको लागि सबैले आफ्नो–आफ्नो ठाउँबाट आफूले सक्दो सहयोग गरे मात्र यहाँको विकासले गति लिन सक्छ । कमसल गुणस्तरमा पावरका आधारमा निर्माण गरिएका टावरहरु जतिबेला पनि भत्किन सक्छन् । त्यसैले जगैदेखि बलियो बनाउँदै लैजानुपर्छ । त्यो बलियो आधार भनेको प्रतिपक्ष पनि हो ।


यहाँको निर्वाचन क्षेत्रमा विकासको अवस्था र योजनाहरु कस्ता छन् ?
मेरो निर्वाचन क्षेत्रमा सडकको समस्या कम छ । कतैकतैका सडकहरु स्तरोन्नति गरेर चौडा पार्नुपर्ने अवस्थाका छन् । सरसफाइका लागि पनि केही योजनाहरु आवश्यक छन् । कृषि क्षेत्रमा पनि आधुनिक व्यावसायिक कृषि प्रणाली, सिँचाइ, सीत भण्डारण केन्द्रलगायत थप केही विकासका आयोजनाहरुको आवश्यकता छ । त्यस्तै एउटा सभागृहको आवश्यकता पनि उत्तिकै छ । त्यसैगरी रिङरोड र सरकारी खाली जमिनहरुमा आवश्यक मात्रामा खेल मैदान तथा नमुना पार्कहरुको आवश्यकता भएकोले केन्द्र सरकार प्रदेश सरकारले जति सम्बोधन गर्न सक्यो सक्यो केन्द्र र प्रदेशले नसकेको अवस्थामा स्थानीय स्रोत र साधनको उपयोगबाट जे जति गर्न सकिन्छ त्यति गर्दै जाने योजना छ ।


यो प्रदेशको समृद्धिको लागि यहाँले देखेका सम्भावनाहरु के–के छन् ?
५ नं. प्रदेशको समृद्धिको लागि खासगरी कृषि, पर्यटन, उद्योग कलकारखाना र जलविद्युत्को क्षेत्रमा धेरै सम्भावनाहरु छन् । ती सम्भावनाहरुलाई अध्ययन गरेर कार्यान्वयनमा ल्याउन सकेको खण्डमा यहाँको विकासले मुहार फेर्न सक्छ जस्तो लाग्छ ।


अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा म के भन्न चाहन्छु भने खेल भनेको मानव जीवनको अभिन्न अंग हो र खेलाडी भनेका राष्ट्रका सम्पत्ति हुन् । खेल र खेलाडीको विकासले सिंगो राष्ट्रलाई नै परिवर्तन गर्न सक्छ । अर्को खेलसँग स्वास्थ्य र दीर्घ जीवनयापनका कुराहरु पनि जोडिएको हुँदा यसको विकास उत्तिकै जरुरी छ ।

 

 

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै