logo

कटौती गरेर बजेट दिनु भनेकै स्थानीय तहलाई विकेन्द्रीकरण गर्ने नीतिमा परिवर्तन गरेर केन्द्रीकरण गर्न खोज्नु हो

प्रतिद्वन्द्वी नेकपा एमालेका राम बहादुर राउतलाई पछि पार्दै रैनादेवी छहरा गाउँपालिका पाल्पाको अध्यक्षमा निर्वाचित भएका राम बहादुर कार्की पेसाले शिक्षक हुन् । २०३६ सालको निर्दल र बहुदलको चुनावमा बहुदलको पक्षमा उभिंदा बुबा पदीय जिम्मेवारीबाट निलम्बनमा परेपछि कार्कीले २०३६ सालको निर्दल र बहुदलको चुनावमा युवाको भूमिका निर्वाह गर्दै शैक्षिक पेसा अँगाल्दै राजनीतिक यात्राको सुरुआत गरे । २०४६÷४७ सालको जनआन्दोलनमा समेत सक्रिय भूमिका निर्वाह गरेका कार्की २०४८ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेका थिए । २०६० सालमा शैक्षिक पेसाबाट अवकास लिएपछि पूर्णरुपमा आफूलाई राजनीतिमा व्यतीत गर्दै निरन्तर राजनीतिक संघर्ष गरेका कार्की जिल्ला कार्य समिति सदस्य हुँदै नेकाको १२ औं र १३ औं महाधिवेशनमा तत्कालीन पाल्पा क्षेत्र नं. ३ को क्षेत्रीय सभापति बन्न सफल भएका थिए । भने, हाल पार्टीगत हिसाबले पाल्पा क्षेत्र नं. २ को क्षेत्रीय सभापति हुन् । निरन्तर लामो समयसम्म राजनीति संघर्ष गर्दै सामाजिक कार्यहरुमा क्रियाशील रहनुले पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुन सफल भएका कार्की एक राजनीतिज्ञ मात्र नभई सामाजिक व्यक्तित्वसमेत हुन् । कार्यशैली, विचार र सोचमा पृथक् मानिने उनै रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीसँग आर्थिक दैनिकका संवाददाता पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंश ः

विकासको दृष्टिकोणले रैनादेवी छहरा गाउँपालिका कस्तो गाउँपालिका हो ?
विकासको दृष्टिकोणले हेर्दा यो गाउँपालिका विकट नै हो । यहाँका कतिपय वडाहरुलाई नेपालको कर्णालीसँग पनि तुलना गरिन्छ । विकास निर्माणको सन्दर्भमा पाल्पा जिल्लामा पछि परेको गाउँपालिका हो । निर्वाचित भएर आउँदा कतिपय वडाहरु जोड्ने मोटर बाटोहरु पनि थिएनन् । अहिले सबै वडाहरुसँग मोटरबाटो जोडिएको छ । केही वडाहरुमा बिजुली बत्ती पुग्न नसक्दा त्यस क्षेत्रका जनता अँध्यारोमा बस्नुपर्ने बाध्यता थियो । अहिले त्यो बाध्यताको अन्त्य भएर लगभग–लगभग सबै वडाहरुमा बिजुली बत्ती पुगेको छ । शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रहरुमा धेरै समस्याहरु भएको हुँदा क्रमशः ती समस्याहरुलाई समाधान गर्दै जनतालाई राहतको अनुभूति दिलाउने गरी कार्य गरेका छौं ।

आर्थिक विकाससँग जोडिएका धार्मिक तथा पर्यटकीयलगायतका अन्य सम्भावनाहरुको अवस्था कस्तो छ ?
पाल्पाको सदरमुकामबाट करिब ४० किमि पश्चिममा अवस्थित यो गाउँपालिका तराईको भू–भागसँग जोडिएको गाउँपालिका हो । जसले गर्दा यस क्षेत्रबाट सदरमुकाम तानसेन हुँदै तराईमा जानुभन्दा गाउँपालिकाबाट सिधै तराईको रुपन्देही जिल्ला जाँदा धेरै समयको अन्तर हुन्छ । तराईबाट आधा घण्टामै पहाडको चिसो र शान्त वातावरणमा आउन सकिने हुँदा सडक विस्तारलाई प्राथमिकता दिंदै पर्यटकीय स्थलहरुको निर्माण गरेर योजनाबद्ध रुपमा अगाडि बढे पर्यटकीय गन्तव्यको साथसाथै व्यापारिक दृष्टिकोणले यो गाउँपालिकालाई धेरै फाइदा पुग्छ । त्यसैगरी साविक बल्डेङगढी गाविस पनि पर्यटकीय हिसाबले रमणीय ठाउँ हो । जहाँ धार्मिक तथा पर्यटकीय महत्व बोकेको मन्दिर पनि छ । भारतको गोरखपुरसम्मको भू–भाग देखिने रैनादेवी मन्दिर क्षेत्र भएकोले उक्त मन्दिरलाई पर्यटकीयरुपमा विकास गरेर आम्दानीका स्रोतहरु बढाउन सकिन्छ । पुरानो धार्मिक महत्व बोकेको रैनादेवी मन्दिरमा भाकल गरेका बली जहाँबाट छोडे पनि मन्दिरसम्म आउँछन् भन्ने किंवदन्ती भएको हुँदा हाम्रा लागि झन महत्वको विषय बनेको छ । चारैतिर हरियाली र रमणीय वातावरणमा अवस्थित यो गाउँपालिकाबाट हिमश्रृङ्खलाको मनोरम दृश्यको पनि अवलोकन गर्न सकिन्छ । यहाँ वर्षेनी करोडौंको सुन्तला उत्पादन हुनेहुँदा व्यावसायिक कृषि खेतीमा किसानहरुलाई उत्साहित गरेर कृषिमा लगानी गर्न सके कृषिबाट पनि यहाँका जनताका जीवनस्तर माथि उकास्न सकिने सम्भावनाहरु पर्याप्त मात्रामा रहेका छन् । त्यसैगरी वनजंगल, चुनढुङ्गा, नदीजन्य पदार्थबाट पनि गाउँपालिकाका आम्दानीका स्रोतहरु बढाउन सकिने आधारहरु छन् ।

सुन्तला खेतीलाई व्यवस्थित गर्न सके वार्षिक करोडौं आम्दानी गर्न सकिन्छ भन्नु भयो, दुई सिजनमध्ये एक सिजन त सुन्तला खेतीले होला तर अर्को सिजनमा के गर्ने ?
सुन्तलाको साथसाथै अन्य आम्दानी बढाउने खेतीहरु पनि गर्नुपर्छ भन्ने योजनामा हामी लागिपरेका छौं । हुन त सुन्तलाकै सिजन र बेसिजनमा पनि सुन्तलाको बगंैचाभित्र मकैलगायतका अन्य सिजनेवल परम्परागत खेतीहरु हुन्छन् तर हामी व्यावसायिक कृषिमा जोड दिंदै आम्दानीका स्रोतहरु बढाउने बेमौसमी तरकारीलगायतका खेती गर्न सकिन्छ कि भन्ने कुरामा लागिपरेका छौं । जसअनुसार यहाँका कुनैकुनै क्षेत्रमा टमाटर खेतीको सुरुआत भइसकेको छ । जबकि यतिबेला तराईमा टमाटर हुँदैन । कृषि क्षेत्रमा हाम्रो मुख्य सोच र चाहना भनेको सुन्तला खेतीलाई आधुनिक शैलीमा विकास गरेर उत्पादन बढाउनुको साथै यहाँको हावापानीले सुट गर्ने खालमा कृषि उत्पादनहरुमा जोड दिंदै यहाँको जनतालाई आर्थिकरुपमा बलियो बनाउनु हो ।


यहाँको कुलखेती योग्य जमिनमध्ये कति जति खेतीयोग्य जमिन बाँझो छ र किन ?
खतीयोग्य जमिनको अवस्थाको बारेमा भन्नुपर्दा भयावह छ । जुन कुरा भन्न पनि आफंैमा श्रमलाग्दो अवस्था छ । दिनप्रतिदिन खेतीयोग्य जमिनहरु बाँझिने क्रम बढ्दो छ । भएको युवाशक्ति सबै विदेशिएको छ । बचेका वृद्धवृद्धाहरुले जमिन जोत्नुपर्छ खेतीयोग्य जमिन बाँझो राखे श्राप लाग्छ भन्ने परम्पराले गर्दा कतिपय बाँझो रहने जमिन पनि हराभरा भएको देखिन्छ । यो कुरा सबैका लागि गर्व गर्ने कुरा हो । मोटामोटी अनुमान गर्दा १० देखि १५ प्रतिशत भू–भाग बाँझिएको छ ।


बाँझो जमिनको उपभोगको लागि त्यस्तो कुनै योजना बनाउनु भएको छैन ?
त्यस विषयमा हामीहरु विभिन्न छलफलहरु गरिरहेका छौं । बाँझो रहेको जमिनमा कर लगाएर वा जग्गा जमिन कम हुने र नहुने कृषकलाई बाँझिएको खेतीयोग्य जमिनमा खेती गर्न प्रोत्साहनका कार्यक्रमहरु ल्याएर कसरी समाधान हुन्छ भन्ने कुरामा विकल्पहरुमा योजनाहरु बनाएका छौं । बाँझोको कुरा गर्नुपर्दा देशभर यसको समस्या भयावह छ । त्यसमा राज्यले एउटा राम्रो नीति ल्याएर उचित व्यवस्थापन गर्न सकेको अवस्थामा सिंगो राष्ट्रबाट नै समस्या निर्मुल पार्न सकिन्छ । जहाँसम्म हाम्रो गाउँपालिकामा खेतीयोग्य जमिन बाँझिनु भनेको श्रम शक्ति नहुनु प्रमुख हो । त्यसमा कम श्रम लाग्ने र मेहेनत पनि कम लाग्ने सुनकाउलो (तेजपत्ता) लगायतका आम्दानीका स्रोतहरु बढाउने बिरुवा लगाउन कृषकलाई प्रोत्साहन गर्ने वा त्योभन्दा फरक अन्य कुनै योजनाहरु ल्याउन सकिन्छ कि भनेर बेलाबखतमा विभिन्न छलफलहरु पनि गरिराखेका छौं । वास्तवमा हाम्रो सोच र चाहना भनेको खेतीयोग्य जमिन बाँझो नराखेर जति सक्दो बढी उत्पादन गर्नु भएकोले त्यहीअनुसारका योजनाहरु बनाएर कार्यन्वयनमा ल्याउने मुख्य लक्ष्य छ ।

चालू आर्थिक वर्ष पनि संघारमा पुगेको छ । चालू आवमा विकास निर्माणका कामहरुमा बजेटको अवस्था कस्तो छ ?
हामीसँग विकास बजेट तर्फको १४ करोड ५० लाखमध्ये दुई करोड ५० लाख विद्युत्मा छु्ट्याइएको छ । जुन टेण्डर भएर प्रक्रियामा गइसकेको छ । बाँकी रहेको १२ करोडमध्ये करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको अवस्था छ । जहाँसम्म चालू आवमा ९५ देखि ९८ प्रतिशत विकास बजेट खर्च गर्न सकिने अवस्था छ ।

शतप्रतिशत नै नसक्नुमा के कुराले अल्झायो त ?
शतप्रतिशत हुन नसक्नुमा उपभोक्ताले गाउँपालिकाको विवरणअनुसार गर्न नसक्नु नै प्रमुख नै हो । उपभोक्ताहरुले काम सकियो भन्नु भयो तर भुक्तानी दिने क्रममा विवरणअनुसारको काम नहुँदा जस्तो १५ लाख बजेट विनियोजन गरिएकोमा १४ लाख ५० हजार मात्र भुक्तान भयो ५० हजार भुक्तान दिन नसक्दा त्यसबाट बचेको रकम खर्च गर्न सक्ने अवस्था नरहँदा त्यस्तै कारणहरुले शतप्रतिशत बजेट खर्च गर्न सकिने अवस्था रहेन ।


आगामी आव २०७५÷७६ को लागि कस्ता खालका योजनाहरु अगाडि सार्नु भएको छ त ?
हामी आगामी आवको लागि योजना सङ्कलन गर्ने प्रक्रियामा छौं । योजना सङ्कलन गर्दा प्रत्येक वडाका वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्षलगायत जनप्रतिनिधिको उपस्थितिमा बैठक बोलाउने, जहाँबाट सर्वसाधारणहरुले अगाडि सारेका योजनाहरुलाई प्राथमिकताका आधारमा क्रमिकरुपले छनौट गरेर कार्यान्वयनमा ल्याउने तयारीमा छौं । विशेष गरेर हामीले प्रत्येकका घरमा बिजुली बत्ती व्यवस्था । त्यसैगरी एक घर एक धाराको अवधारणाअनुरुप जनतालाई स्वच्छ पानीको व्यवस्था मिलाउने । सडक सञ्जालहरु स्तरोन्नति तथा विस्तार गर्दै नालीसहितका चौडा सडकहरु प्रत्येक वडामा पु¥याउने, कृषि क्षेत्रको विकासका लागि योजनाहरु तर्जुमा गर्नेलगायतका जनतालाई सुख, शान्ति र समृद्धिको आभाष मिल्नेगरी अगाडि बढेका छौं ।


पहाडी क्षेत्र त्यसै पनि विकास निर्माणका लागि चुनौतीपूर्ण हुन्छ । वर्तमान समयमा यहाँको गाउँपालिकाको विकास निर्माणमा देखिएका समस्या तथा चुनौतीहरु के–कस्ता छन् ?
हो, यहाँले भनेको कुरा शतप्रतिशत ठिक छ । भौगोलिक बनावटको कारणले पहाडी क्षेत्रमा विकास निर्माणका कार्यहरु सम्पादनमा धेरै समस्याहरु हुन्छन् । तर समस्याहरु छन् भनेर केही नै नगरी बस्ने कुरा पनि हुँदैन । यहाँ पनि विगतदेखि नै धेरै समस्याहरु थिए । २० औं वर्षसम्म स्थानीय तहको चुनाव हुन नसक्दा जनप्रतिनिधिविहीन हुँदा समयमै विकासले गति लिन नसकेको अवस्था थियो । त्यसैगरी दण्डहीनता, छाडापन जस्ता कुराहरु मौलाएका थिए । त्यसमा पनि विशेष गरेर पहिलो वर्ष मलाई योजना कार्यान्वयनमा धेरै समस्याहरु देखिए पनि पहिलेको र अहिलेको योजना कार्यान्वयनमा जनताले धेरै अन्तर भएको महसुस गर्नु भएको छ । जनप्रतिनिधि आउनुभन्दा पहिले ४०÷५० प्रतिशत काममै बिल भर्पाई भएका कागजी प्रक्रियाका यथार्थलाई चिरफार गर्दै दैनिक बैठक बस्नेदेखि लिएर वादविवाद गर्दै सही र सत् मार्गको बाटोमा सबैलाई हिंडाउने प्रयास गर्दै अगाडि बढेको छु । कुनै पनि योजनाको विनियोजित बजेटमा शतप्रतिशत काम गर्नुपर्ने प्रावधानअनुसार काममा कैफियत भेटिए रकम कट्टा गरेर दिएका छौं । जसले गर्दा एकातिर जनतामा सकारात्मक सन्देशको प्रवाह भई प्रशासन भएको अनुभूति पनि मिलेको छ भने अर्कोतर्फ सही ढंगले कार्यसम्पादन गर्नुपर्ने स्थिति बस्दै गएको छ ।


शिक्षा, स्वास्थ्य, खानेपानी र सडकलगायत आधारभूत आवश्यकताहरुको अवस्था कस्तो छ ?
शिक्षाको कुरा गर्दा यहाँको शिक्षाको अवस्था निकै दयनीय छ । जसलाई सुधार गर्न हामीले कक्षा ८ सम्मका परीक्षाहरु गाउँपालिकाबाट सञ्चालन गर्ने योजना बनाएका छौं । राम्रो पढाउने शिक्षकलाई पुरस्कार र नराम्रो पढाउनेलाई सजाय दिएर भए पनि शिक्षा क्षेत्रको विकास गर्ने हाम्रो योजना छ । शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि विभिन्न प्रकारका तालिमहरु पनि दिंदै आएका छौं । समयको महत्वलाई ध्यान दिंदै ढिलो उपस्थिति हुने शिक्षक कर्मचारीको निगरानीको लागि इलेक्ट्रिक हाजिरीको व्यवस्था मिलाएका छौं । त्यसैगरी योजनाका कुराहरु लिएर शिक्षकहरुलाई गाउँपालिका आउन निषेध गरेका छौं । स्कुलमा देखिएका समस्या समाधान र उपायहरुको बारेमा स्कुल व्यवस्थापन गर्ने जिम्मा व्यवस्थापन समितिको भएको हुँदा स्कुलका लागि आवश्यक योजनाहरुको बारेमा समितिले बोल्ने बानीको विकास गरेका छौं । स्वास्थ्यको कुरा गर्दा प्रत्येक वडामा स्वास्थ्य चौकीहरु सञ्चालित छन् । तीन वटा वर्थिङ सेन्टर भएकोमा थप एक वटा सञ्चालनमा ल्याउने तयारीमा छौं । गाउँपालिकामा एउटा मात्र एम्बुलेन्स सञ्चालन भएकोमा उक्त एमबुलेन्सले धान्न सक्ने अवस्था नदेखिएपछि अर्को एम्बुलेन्स थप्ने तयारीमा छौं । जनताको सेवा र स्वास्थ्यलाई मध्यनजर गर्दै क्षेत्रगतरुपमा ल्याब राख्ने योजना अगाडि सारेका छौं । खानेपानीको विषयमा अघि पनि भने चार वर्षभित्र एक घर एक धाराको अवधारणा अगाडि सारेका छौं । सडकको कुरा गर्नुपर्दा अहिले सबै वडाहरुमा सडकहरु पुगिसकेको अवस्था भए पनि नालीसहितका चौडा सडकहरु निर्माण गरेर यातायात क्षेत्रमा जनतालाई सहज हुनेगरी क्रमिकरुपमा सडक स्तरोन्नतिका कार्यहरु योजनामा छन् ।

अन्य स्थानीय तहहरुले आफ्नै नीतिनियमहरु बनाएको सन्दर्भमा यहाँको गाउँपालिकाको अवस्था के छ ?
नीतिनियमहरुको बारेमा भन्नुपर्दा केन्द्रबाट स्थानीय तहमा हस्तान्तरण गर्ने भनिएका अधिकारहरु कता कता खोस्न खोजे जस्तो आभाष भएको छ । अहिलेको बजेट भाषणले त्यस्तै गरेको अनुभूति दिलाएको छ । चालू आवको लागि १८ करोड ७१ लाख समानीकरण बजेटमा आगामी आवको लागि ५० प्रतिशत कटौती गरेर नौं करोड ४९ लाख दिनु भनेकै स्थानीय तहलाई विकेन्द्रीकरण गर्ने नीतिमा परिवर्तन गरेर केन्द्रीकरण गर्न खोज्नु हो । हामी शिक्षा, सहकारी र स्थानीय सञ्चालन ऐन तयार गरेको अवस्था छ । त्यसलाई हामी छिट्टै पास गर्ने तयारीमा छौं ।


ऐन नियमहरु चालू आवमै बनाएर सक्नुपथ्र्यो । चालू आवमा पनि ऐनकै झमेला र आगामी आवमा पनि ऐनकै झमेला हुँदा कहिले बनाएर कहिले कार्यान्वयनमा ल्याउने ? अनि, ऐनअनुसारको विकास कहिले गर्ने त ?
हैन, ऐले हामीलाई आफ्नै किसिमको ऐन नियम बनाउलाई पनि अनुसूची नौ बाधक बनेको छ । अनुसूची नौअनुसार प्रदेश र केन्द्रसँग बाँझिने हरेक नीतिनियमहरु खारेज हुनेछन् भनिएको छ । अहिलेसम्म प्रदेशले पनि त्यस्तो कुनै किसिमको नियम बनाएको अवस्था छैन । जसले हामीलाई अप्ठ्यारो पारेको होस् । कर्मचारी नियमावलीले पनि केही समस्याहरु उत्पन्न गराएको । कार्यालय सञ्चालनको लागि त नीतिनियमहरु बनाएर सञ्चालित छौं । गाउँपालिकाको सन्दर्भमा प्राथमिकताका आधारमा शिक्षा, सहकारी, स्थानीय सञ्चालन ऐन बनाई सक्यौं र क्रमशः अरु पनि छिट्टै बनाउँछौं ।


अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा यस रैनादेवी छहरा गाउँपालिकाका दाजुभाइ दिदीबहिनीलाई के भन्न चाहन्छु भने यो गाउँपालिकाको विकासको जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र कर्मचारीहरुको मात्र नभएर हामी सबैको हो । यस क्षेत्रको विकासमा तपाईं हामी सबै हातेमालो गरेर अगाडि बढ्नुपर्छ । असम्भव भन्ने केही छैन, असम्भवलाई सम्भव पार्न ऐक्यबद्धताको आवश्यकता भएको हुँदा सोहीअनुसार विकास निर्माणमा कुनै सम्झौता नगरी अगाडि बढ्नुपर्छ ।

 

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै