logo

चालू आवको बजेटले उत्पादनमूलक क्षेत्रलाई सम्बोधन गर्न सकेको छैन

यस वर्षको बजेटमा सरकारले उद्योगलाई कसरी हेरेको छ ?
उत्पादनमूलक क्षेत्रलाई सरकारले ध्यान दिने भनेको छ । अहिले आयातमुखी भएको अवस्थामा छ । उत्पादनमुखी बनाउने सरकारको भनाइ छ । भ्याट फ्रि गरिएका वस्तुमा यो बजेटले भ्याट लगाएको छ । साढे सात प्रतिशत अन्तःशुल्क बढेर पन्ध्र प्रतिशत पु¥याइयो । अब चाउचाउ, तेल, जुस, मैदा, मोबाइमा मूल्य वृद्धि हुने देखिन्छ । त्यतिमात्र होइन, हाम्रो देशको खुल्ला सीमाना छ । भोलि चोरी पैठारी भए स्वदेशी उत्पादन खस्कने सम्भावना देखिन्छ । यसमा सरकारले गम्भीर ध्यान पु¥याउन जरुरी छ । अर्को कुरा सरकारले आठ खर्ब उठाउने लक्ष्य राखेको छ । लक्ष्य चुनौतीपूर्ण देखिन्छ । त्यो आठ खर्ब निजी क्षेत्र र भन्साबाट नै उठाउने हो । अहिले नेपालको निजी क्षेत्रको अवस्थालाई हेर्दा चुनौतीपूर्ण देखिन्छ । नेपालका औद्योगिक क्षेत्रको अवस्था खस्किदो छ । औद्योगिक उत्पान वृद्धि गर्न हामी कुनकुन क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्छौं त्यस्ता उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ । जस्तो सिमेन्ट, जुत्ताचप्पलमा हामी आत्मा निर्भर बन्दै गएका छांै । त्यस्ता उद्योगहरुलाई कसरी सहयोग गर्न सकिन्छ त्यसमा सरकारले ध्यान पु¥याउनु जरुरी देखिन्छ ।


सरकारले गरेको पर्यटन भित्र्याउने कुरा कत्तिको सम्भव छ ?
तपाईंको पर्यटन क्षेत्रमा दुई वर्षमा २० लाख पर्यटक भित्र्याउने भनिएको छ । योजना स्वगतयोग्य छ । त्यसको लागि आवश्यक पूर्वाधारमा पनि ध्यान दिनुपर्ने हुन्छ । त्यति पर्यटक आएको खण्डमा हामी त्यसलाई व्यवस्थापन गर्न सक्ने भएका छांै ? पर्यटन क्षेत्रमा निजी क्षेत्र आकर्षित हुने नीति सरकारले ल्याउनुपर्ने हुन्छ । पूर्वाधार तयार गरेर निजी क्षेत्रलाई आकर्षित हुने वातावरण बनाउनुपर्छ । त्यस्तै सरकारले २०२० पर्यटन वर्ष मनाउने भनेको छ । त्यसतर्फ पनि सरकारको अहिलेदेखि नै योजना बनाएर अघि बढनुपर्ने हुन्छ ।


सरकारले बजेटमा कृषिका कुरा गरेको छ तपाईंलाई कस्तो लाग्यो ?
सरकारले पाँच वर्षमा उत्पादन दोब्बर वृद्धि गर्ने भनेको छ । यो राम्रो पक्ष हो । धेरै च्यालेन्जिङ पनि छ । पहाडमा उत्पादन भएको कृषि उपज तराईमा बिक्रीवितरण गर्ने व्यवस्था गर्नुपर्ने हुन्छ । त्यसका लागि ठाउँ–ठाउँमा कृषि बिक्री केन्द्र व्यवस्था गर्नु जरुरी छ । पूर्वमा अलैंची, चिया, अमलिसोजस्ता नगदेबालीकोे निकासी भनेको भारत हो । भारतमा निकासी गर्न बोडरमा टेस्ट ल्याब नहँुदा किसान र व्यापारीहरुले समस्या झेल्दै आइरहनु भएको छ । बोर्डरमा टेस्टल्याबको व्यवस्था भए किसानहरु प्रोत्साहित हुने थिए । निकासीमा वृद्धि हुने थियो । आज हाम्रो व्यापार घाटामा केही न केही रोकथामा गर्ने थियो जस्तो मलाई लाग्दछ ।


व्यापार घाटालाई तपाईंले कसरी हेर्नु भएको छ ?
सरकारले निर्यातमा प्रोत्साह गर्न पाँच प्रतिशत बढाएको छ । त्यो राम्रो पक्ष हो । तर, निर्यात प्रवद्र्धन गर्दा आयातलाई भने हतोत्साहित गरेको देखिन्छ । यसतर्फ पनि ध्यान पु¥याउनु जरुरी छ । चालू आर्थिक वर्षमा व्यापार घाटा ११ खर्ब रुपैयाँ देखिन्छ । व्यापार घाटा सबैभन्दा धेरै भारतसँग छ । चालू आर्थिक वर्षको नौ महिनामा भारतसँग मात्र करिब पाँच खर्ब रुपैयाँ पुगेको छ । व्यापार घाटा कम गर्ने उपाय जलविद्युत् निर्यात मात्र हो । सरकारले पाँच वर्षमा पाँच हजार मेघावाट र १० वर्षमा १५ हजार मेघावाट विद्युत् उत्पान गर्ने भनेको छ । मेरो भनाइ के हो भने अरु क्षेत्रलाई बरु नहेरी अहिले पाइप लाइनमा रहेका विद्युत् उत्पादमा ध्यान दिऊँ । पाच वर्ष हैन बरु दुई वर्षमै सक्नेगरी काम गरौं । पहिलो चरणमा उत्पादन हुने विद्युत्ले आयात रोक्न सकिन्छ । यसले केही भए पनि व्यापार घाटालाई कम गर्नेछ । यसले हामी आफंै विद्युत्मा आत्मा निर्भर हुन्छांै भन्ने सन्देश पनि जान्छ । त्यसपछि उत्पान हुने विद्युत् निर्यात गर्न सक्ने हुन्छांै । यसले हाम्रो व्यापार घाटालाई निकै कम गर्दै लैजानेछ । त्यसैले सरकारले जलविद्युत्को उत्पादनले मात्र हाम्रो भारतसँगको व्यापार समानान्तर हुने मैले देखेको छु । त्यसैले सरकाले भारतसँगको व्यापारघाटा हटाउन जलविद्युत्को उत्पादनमा ध्यान दिनुपर्छ ।


सरकारले आर्थिक क्षेत्रको निर्माण गर्ने भनेको छ । यसलाई कसरी हेर्नुभएको छ ?
यो बजेटले प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र, एक आर्थिक क्षेत्र र एक विशेष आर्थिक क्षेत्र स्थापना गर्ने भनेको छ । यो स्वागतयोग्य छ । यसको कार्यान्वय पक्ष भने बलियो हुनुप¥यो । विगतका बजेटमा पनि यस विषयमा सम्बोधन भएको थियो तर, कार्यान्वयन हुन सकेको छैन । सरकारको कार्यान्वय पक्ष बलियो हुनुपर्छ भन्ने मेरो भनाइ छ । त्यसैगरी स्थानीयस्तरमा निजी क्षेत्रको समेतको सहभागितामा उद्योग ग्रामको स्थापना गर्ने भनिएको छ । तर, यो ग्राम कस्तो हुने भनेर खुलाइएको छैन । यो पनि राम्रो पक्ष हो । यसमा साना उद्योगी व्यापारीले पनि सहभागिता जनाउन सक्नेछन् । यसबाट उनीहरुले पनि लाभ लिन पाउनेछन् । यसको कार्यान्वयनमा पनि सरकारले ध्यान दिनुपर्ने देखिन्छ । आर्थिक उदारीकरणको सकारात्मक नतिजाको रुपमा नेपालको छ वटा क्षेत्रलाई लिन सकिन्छ । यो क्षेत्रहरु शिक्षा, स्वस्थ्य, बंैंक तथा वित्तीय, जलविद्युत् ऊर्जा, हवाई तथा यातयात र रियल स्टेट हुन् । जसमा निजी क्षेत्रले ३२ खर्बभन्दा बढी लगानी गरेको क्षेत्र हो । यो क्षेत्रलाई सरकारले फ्यासी लेटर गर्दा अझै राम्रो हुन जान्छ । सरकारले यतातिर पनि ध्यान दिन जरुरी छ ।


सरकारले नेपालमै रोजगारीको व्यवस्था गर्ने भनेको छ ? सम्भावना के छ ?
बजेट रोजगारी केन्द्रित देखिन्छ । देशमा रोजगारको सिर्जना गर्न लगानीको आवश्यकता पर्छ । नयाँ उद्योगविना रोजगार पाउन सम्भव छैन । नयाँ उद्योगहरु स्थापना भएको खण्डमा मात्र रोजगारीको वातावरण बन्ने देखिन्छ । यसको लागि सरकारले चाहे स्वदेशी लगानीबाट होस् या विदेशी लगानीबाट होस सरकारले सुविधा दिनुपर्ने हुन्छ ।


सरकारले बजेट विनियोजन गरे पनि खर्च नहुने देखिन्छ ?
सत्य हो । सरकाले विनियोजन गरेको बजेट खर्च नहुने समस्या धेरै छ । यस पटक पनि सरकाले पूर्वाधार र सामाजिक सुरक्षाको क्षेत्रमा ठूलो बजेटको व्यवस्था गरको छ । त्यसको कार्यान्वयन भने सधैँ फितलो हुँदै आएको छ ।
सामान्य सुरक्षामा सरकारले ४१ अर्ब १५ करोड खर्च गर्ने भनेको छ । त्यो कुरामा प्रभावकारी रुपमा खर्च भने हुन सकेको छैन । विनियोजन गर्ने तर खर्च नहुने अवस्था रहेको छ । यो खर्चमा पनि सरकारले ध्यान पु¥याउनुपर्ने देखिन्छ । ७० वर्ष नाघेका नागरिकको औषधि उपचार गर्ने भनेको छ । ११ लाख ज्येष्ठ नागरिकहरु छन् । अर्को कुरा ज्येष्ठ नागरिक, एकल महिला, अपांगको लागि सामाजिक सुरक्षा छुट्यााएको छ । त्यो राम्रो कुरा हो । तर त्यसमा खर्चचाहिँ पूरा हुनुप¥यो । सरकारले खर्च नै गर्न सकेन भने बजेट छुट्याएको केही अर्थ छैन ।


केही वस्तुमा सरकारले मूल्य अभिवृद्धि कर फिर्ता नहुने भनेको छ । यसले कस्तो प्रभाव पार्ला ?
सरकारले चार वस्तु मोबाइल, तेल, चिनी र मैदामा मूल्य अभिवृद्धिकर रिफण्ड नदिने भनेको छ । यसले भ्याट फिर्ता नहुँदा तयारी वस्तुमा मूल्य वृद्धि हुन जाने देखिन्छ । त्यस्तैगरी खुल्ला सीमानाका कारण भारतबाट चोरीपैठारी हुने देखिन्छ । यसले गर्दा स्वदेशी उद्योगहरु हतोत्साहित हुने देखिन्छ । तोरीमा एक प्रतिशत भन्सारबाट पाँच प्रतिशतमा पु¥याइएको छ । जसले गर्दा यस्ता वस्तुहरु आयातमुखी हुने देखिन्छ । अघि भनेकै कुरा जोड्न चाहन्छु । जुन साढे सात प्रतिशतको अन्तःशुल्क थियो, त्यसलाई पन्ध्र प्रतिशत पु¥याइएको छ । त्यसले पनि उद्योगहरु निरुत्साहित भइरहेका छन् । त्यसमा पनि ध्यान दिनुपर्ने देखिन्छ । त्यसले गर्दा आगामी दिनमा सरकारको नीति के रहन्छ त्यसैमा निर्भर होला जस्तो मलाई लाग्दछ ।


भेहिकलहरुमा वृद्धि भएको अन्तःशुल्क जायज हो ?
निम्न मध्यम वर्गहरुले बढी प्रयोग गर्ने मोटरसाइकल जस्तो अत्यावश्यक वस्तुमा मूल्य वृद्धि हुने देखिन्छ । निम्न आय भएका जनतामा यसले धेरै प्रभाव पार्ने देखिन्छ । यसले सामान्य व्यापार व्यवसायमा समेत प्रभाव पर्ने देखिन्छ । जसले गर्दा धेरै वस्तुहरुको मूल्य वृद्धि हुने देखिन्छ । यस्ता वस्तुमा सरकारले विचार पु¥याउनुपर्नेमा ध्यान नदिएको हो कि भन्ने देखिन गएको छ ।


उद्योग वाणिज्य महासंघले बजेट कार्यान्वय हुन सक्दैन भनेर विज्ञप्ति नै निकालेको छ । यसमा उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को धारणा के छ ?
मैले जति पनि कुरा तपार्इंलाई भने त्यसमा सबैभन्दा ठूलो कुरा के छ भने सरकारले उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्न प¥यो । जुन हिसाबले अन्तःशुल्क लगाइएको छ जसरी हुन्छ आफ्नो लक्ष्य पूरा गर्न भनेर त्यतातर्फ मात्र लाग्नु भएन । जुन विनियोजन गरेको बजेट छ त्यो प्रभावकारी रुपमा खर्च हुनुप¥यो । खर्च रुपान्तरण हुनुप¥यो । तपाईंको अहिले स्थायी सरकार छ र यसले ल्याएको बजेट केही न केही राम्रो हुन्छ भनेर निजी क्षेत्र हिंडेको छ । त्योअनुसारको उत्पादनमूलक क्षेत्रमा त्यति राम्रो सम्बोधन गरेको छैन भन्ने देखिन्छ । सरसर्ती हेर्दा किन उत्पान क्षेत्रलाई हेरेको छैन भने आन्तरिक राजस्वमार्फत डबल अन्तःशुल्क लगाइएको छ त्यसबाट पनि प्रस्ट हुन्छ । आयातीत वस्तुहरुमा पनि उत्पादन क्षेत्रलाई पनि समानान्तर किसिमले हेर्नुपर्ने देखिन्छ । कुन किसिमले आयात भइरहेको छ । मुख्य कुरा भनेको पूर्वदेखि पश्चिमसम्म हाम्रो देशमा खुला सीमाना छ । त्यो सीमानाबाट कुनै पनि हिसाबले चोरी पैठारी भएर सामान आउनु भएन । त्यसको नियन्त्रणका लागि सरकारले कडाभन्दा कडा सुरक्षा व्यवस्था गर्नुपर्ने हुन्छ ।


स्वदेशी उद्योगहरुलाई निरुत्साहित गरेर विदेशी वस्तुहरु भित्र्याउने रणनीतिको साथ बाजेट आएको बताइन्छ । के यो सत्य हो ?
मेरो आफ्नो धारणा तपार्इंलाई के बताउँछु भने जुन स्वदेशी लगानी गर्न क्षमता भएका उद्योग स्वदेशी निजी क्षेत्र छन् तिनलाई नै प्रोत्सान गर्नुपर्छ । जुन स्वदेशी निजी क्षेत्रले लगानी गर्न नसक्ने क्षेत्र छ त्यस्तोमा विदेशी लागनी भित्र्याउनुपर्छ । अहिलेको हिसाबले हेर्दा उत्पादनमुखीभन्दा पनि आयातमुखीलाई ध्यान दिएको हो कि भन्ने देखिन्छ । अनुभवी अर्थमन्त्री हुनुहुन्छ । उहाँले मिडियाहरुमा पनि भन्ने गरेको सुनेको छु । अहिले नराम्रो भने पनि पछि राम्रो भन्छन् होला भन्ने गरेको सुनेको छु । हामी अहिले त्यसैलाई मान्दै पछि राम्रो होस् भन्ने चाहन्छु ।


कतै स्थायी सरकार छ, भनेर दम्भको भरमा आएको बजेट त होइन ?
हामीले यस कुराको मूल्याङ्कन गर्न सक्दैनौ । हामी एउटा व्यापारिक क्षेत्रमा लागेको मान्छे हांै । विगतमा हामीले मिलिजुली सरकारको जुन अनुभव लिएर आइरहेका छौं तीन महिनामा सरकार परिवर्तन हुने र तीन महिनामा नीति परिवर्तन भोग्दै आइरहेको छांै । त्यो चिजले आज स्थायी सरकार बनेको कारणले यो सरकारले ठोस निर्णय र नीति बनाएर दम्भ नदेखाई जानुपर्छ भन्न चाहन्छु । अहिले अर्थमन्त्रीले पनि केही वर्षपछि राम्रो हुने बताउँदै आएनु भएको छ । त्यही होस् भन्ने कामना गर्न चाहन्छु ।

 

 

 

 

 

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै