logo

अधिकांश कुराहरुमा बेस बसिसकेको हुँदा चालू आवमा जस्तो काम गर्न कठिनाइ हुँदैन

युवराज खनाल पाल्पा निर्वाचन क्षेत्र नं. १ (१) बाट नेकपा एमालेको तर्फबाट प्रदेश नं. ५ को प्रदेश सभा सदस्यमा निर्वाचित भएका प्रदेश नं. ५ का सांसद हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवराज ढकाललाई चार हजार दुई सयभन्दा बढी मतान्तरले पछि पार्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका खनाल विद्यार्थी जीवनको राजनीतिअन्तर्गतको अनेरास्ववियूको राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । २०३६ सालमा भएको निर्दल बहुदलको चुनावमा बहुदलको पक्षमा सक्रिय भूमिका निर्वाह गरेका खनाल २०४३ सालमा जनपक्षीय उमेद्वारको रुपमा प्रधानपञ्च भएर जनताका कामहरु गरे । प्रधानपञ्च भए पनि बहुदलको वकालतले धेरै कठिनाइहरुसँग लडिबुडी खेल्दै आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिन सफल भएका खनाल २०४६ सालमा भएको जनआन्दोलनमा पनि अगुवा भएर सक्रिय भूमिका निर्वाह गरे । २०५४ सालमा भएको स्थानीय तहको चुनावमा पाल्पा जिल्लाकै साविक दर्छा गाविसको गाविस अध्यक्ष भएर काम गरेका खनाल २०५६ सालदेखि २०६६ सालसम्म १० वर्ष नेकपा एमालेको जिल्ला कमिटिमा रहेर कामसमेत गरे । दुई कार्यअवधिसम्म पाल्पा क्षेत्र नं. १ को अध्यक्ष भएर कार्य गरेका खनाललाई प्रदेशसभा सदस्यमा जनताले निर्वाचित गराउनु कार्यकुशलता, समाजसेवी धारणा र कार्य क्षमता नै प्रमुख हो । उनै प्रदेश नं. ५ का प्रदेशसभा सदस्य युवराज खनालसँग पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंशः


कम्युनिस्टहरुको बहुमतमा बनेको प्रदेश नं. ५ को प्रदेश सरकारले केही गर्न सकेन भन्ने कुराहरु सुनिन्छन् नि ?
प्रादेशिक संरचना हिसाबले हेर्दा नेपाल पहिलो अभ्यासमा अभ्यासरत छ । एक हिसाबले भन्नुपर्दा यो समय भनेको अभ्यास गरेर सुधार्दै अगाडि बढ्ने समय पनि हो । हामी प्रादेशिक संरचनाको सुरुवाती चरणमा भएको हुँदा हामीलाई चाहिने आवश्यक नीति नियमहरु निर्माण भइसकेको अवस्था छैन । स्थानीय तहसँग भएजति भौतिक संरचनाहरु र जनशक्ति हामीसँग नहुँदा कार्यसम्पादनमा हामीलाईउत्तिकै चुनौती थपेको छ । भौतिक संरचना र जनशक्ति अभाव मात्र नभएर हरेक कुराहरुको अभाव र ती अभावहरुले पाइला पाइलामा निम्त्याउने समस्याहरुको बाबजुत पनि प्रदेश सरकार गठन भएर शून्य लेभलबाट धेरै माथि पुगेको छ, यसलाई प्रदेश सरकारको ठूलो उपलब्धिको रुपमा लिनुपर्छ । हिजो सपथ लिने बेलामा प्रदेश प्रमुख होटेलमा बसेर सपथ खुवाउनुपर्ने अवस्था थियो भने, आज प्रदेश त्यो अवस्थाबाट धेरै माथि उठेको छ । सुरुवाती चरण हुनु र शून्य लेभलबाट काम गर्नुपर्ने बाध्यताले गर्दा काम गर्न केही कठिनाइहरु आएका होलान् तर काम हुँदै नभएको भन्नेचाहिँ हुँदै होइन । प्रदेश सरकारले चालू आर्थिक वर्षमा समयको पावन्दीले ठूला–ठूला योजनाहरुमा हात अगाडि बढाउन नसके पनि आगामी आवहरुमा कसरी के गर्ने भन्नेबारे स्पष्ट योजनाहरु बनाएर अगाडि बढ्ने कुरामा कुनै शंका छैन । वास्तवमा भन्नुपर्दा प्रदेश सरकारलाईजगबाट कामहरु गर्नुपर्ने बाध्यताले गर्दा जग पर्दा केही नभए जस्तो देखिएको हो तर जग पुरिसकेको हुँदा अब घर बनाउन खासै समय लाग्दैन त्यसैले जगको कामलाई नै प्रमुख उपलब्धिको रुपमा लिनुपर्छ ।

फागुन ३ गते गठन भएको प्रदेश सरकारले आफ्नो सय दिन सकिसक्यो । यो सय दिनमा के कस्ता कामहरु भए त ?
मैले अघि पनि भनि सकेँ हरेक कुराहरुको अभावको बाबजुत प्रदेश सरकार कस्तो अवस्थाबाट सञ्चालनमा आएको हो र अहिले कस्तो अवस्थामा छ भन्ने कुरा । यो सय दिनको समयमा प्रदेश सरकारले धेरै कामहरु गरिसकेको छ । सीमित स्रोत र साधनका बाबजुत पनि छ वटै मन्त्रालयहरु स्थापना गरी ती मन्त्रालयहरुबाट विधिवत्रुपमा कामहरु सञ्चालन गर्न सफल भएको छ । चालु आव २०७४÷७५ को नीति तथा कार्यक्रम पनि सर्वसम्मतरुपमा पारित भइसकेको छ । प्रदेशको स्थिति पत्रमार्फत प्रदेशको वस्तुस्थिति पनि सार्वजनिक भइसकेको छ । सुरक्षा समिति गठन गरी कार्य आरम्भ, आवश्यक जनशक्ति व्यवस्थापनका लागि संघीय सरकारसँग छलफल गर्नुका साथै प्रदेश सरकार कार्य विभाजन, प्रदेश सरकार कार्य सम्पादनलगायतका विभिन्न कानुनहरु तयार गरिएकोमा चार वटा कानुन प्रदेशसभाबाट पारित भइसकेका छन् ।
त्यसैगरी कृषि अनुदान कोष, सहकारी विकास कोषको कार्यविधि पनि निर्माणको क्रममा रहेको छ । प्रदेशको अद्यावधिक योजना तयार गर्नका लागि प्रदेश योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा योजना तर्जुमा समिति गठन भएको र योजना तर्जुमाको लागि स्थानीय तहहरुलाई पत्रचार गरी परियोजना सङ्कलनको कार्य पनि तीव्ररुपमा अगाडि बढेको छ । आईटी पार्क निर्माणका लागि अध्ययन, शैक्षिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेशका विभिन्न भागहरुमा वनस्पती उद्यान, प्राणी उद्यान, भौगर्भिक उद्यान, जडिबुटी उद्यान र बहु–उद्देश्य उद्यान निर्माणका लागि सम्भाव्यता अध्यनलगायतका अन्य दर्जनौं कामहरु भएका छन् ।

चालू आर्थिक वर्ष २०७४÷७५ पनि सकिनै लागेको छ, आवको अन्त्यतिर प्रदेश नं. ५को सदनमा के भइरहेको छ त ?
निश्चय पनि हामी चालू आर्थिक वर्षको अन्त्यतिर आएका छौं । यो समय भनेको भए गरेका कामहरुलाई समीक्षा गर्दै आगामी वर्षका लागि नीति तथा कार्यक्रमहरुको बारेमा छलफल गरेर अगाडि बढ्ने समय हो । प्रदेश सरकार पनि आगामी आवको बजेट कस्तो प्रकृतिको ल्याउने र कसरी ल्याउने भन्ने विषयमा बढी केन्द्रित छ । र तिनै विषयहरुमा छलफल गर्दै अगाडि बढेको छ ।
आगामी आर्थिक वर्ष २०७५÷७६मा के कस्ता योजनाहरुको साथ बजेट ल्याउने तयारी गरेको छ प्रदेश सरकार ?
चालू आर्थिक वर्षमा काम गर्ने समय अवधि छोटो हुनु र नीतिनियमहरु नहुँदा प्रदेश सरकारले चाहेर पनि आवश्यक मात्रामा विकास निर्माणका कामहरु गर्न सकेन । तर आगामी आर्थिक वर्षका लागि समय पनि धेरै र केही नीतिनियमहरु बनिसकेको र केही बन्ने क्रममा रहेको हुँदा कार्य सम्पादनको लागि एक किसिमको आधार सिर्जना भइसकेको छ । जसले गर्दा आगामी दिनहरुमा हामीलाई कार्य सम्पादनमा सहजता आई विनीयोजित बजेटमा विकास निर्माणका कामहरु सम्पन्न गर्न सजिलो हुन्छ । आगामी आर्थिक वर्ष २०७५÷७६ मा पूर्वाधारहरुको विकास गर्दै कृषि, पर्यटन, उद्योग कलकारखानालगायतका उत्पादनमूलक क्षेत्रमा विशेष जोडका साथ रोजगारी प्रवद्र्धनलाई ध्यानमा राख्दै प्रदेश सरकार संवैधानिक अधिकार र दायित्व पूरा गर्नेगरी जनतामा सुख, शान्ति र समृद्धिको आभाष मिल्नेगरी ‘समृद्ध प्रदेश, खुसी जनता’ भन्ने प्रदेशको मन्त्रअनुसारका योजनाहरु तर्जुमा गरेर अगाडि बढ्दैछ ।


चालू आर्थिक वर्षमा प्रदेशको विकास बजेट खर्च गर्न कानुन बाधक बनेको प्रदेश नं. ५ मा अझै पनि धेरै कानुनहरु बन्न बाँकी छन् । यस्तो अवस्थामा आर्थिक वर्ष २०७५÷७६ मा यहाँहरुको समय कानुन निर्माणमा नलाग्ला भन्ने कुनै ग्यारेन्टी छ त ?
सय दिन भनेको तीन महिना १० दिन हो । एक वर्ष भनेको तीन सय ६५ दिन हो । सय दिन र एक वर्षमा कति अन्तर छ । त्यो अन्तरठुलो हुनु र प्रदेश सरकारका सुरुवाती चरणका अधिकांश काम कुराहरुमा बेस बसिसकेको हुँदा चालु आवमा जस्तो काम गर्न कठिनाई हुने सम्भावनाहरु न्यून हुन्छन् । जसले गर्दा हामीलाई विनियोजित बजेटमा विकास निर्माणका कामहरु गर्न सहज हुन्छ । जसले चालू आवमा जस्तो बजेट खर्च गर्न नसक्ने अवस्था पनि रहँदैन ।


प्रदेश सरकारले केही निर्णहरुमा प्रतिपक्षलाई नसमेटेर बलमिच्याइँ ग¥यो भन्ने गुनासाहरु पनि सुनिन्छ नि, वास्तवमा के हो त ?
प्रतिपक्षलाई नसमेटौं, एक्लौटी गरौं भन्ने मनशाय प्रदेश नं. ५ को प्रदेश सरकारमा एक प्रतिशत पनि छैन । प्रतिपक्ष भनेको गहना हो जुन मूल्यवान् हुन्छ । र त्यही मूल्यवान्को कदर गर्दै प्रत्येक महत्वपूर्ण निर्णयहरुमा उहाँहरुको साथ र सहयोग चाहिन्छ र लिँदै आएका छौं । उहाँहरुले पनि कतिपय कुराहरुमा मौन समर्थन गर्दै कतिपय कुराहरुमा सुझाव सल्लाह पनि दिनु भएको छ । यस्तो अवस्थामा प्रतिपक्षलाई जानकारी भएन भन्ने कुरा गलत हो जस्तो लाग्छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
कुनै पनि काम गर्दा अवश्य पनि केही समय लाग्छ नै । जादुको छडी जस्तो बोल्ने बित्तिकै हुन्छ भन्ने हुँदैन । समस्यैसमस्याहरुको बावजुत प्रदेश सरकार गठन भएर छोटो समयमै एक प्रकारको आधार सिर्जना गर्नु पनि हामी सबैका लागि उपलब्धिमुूलक कार्य हो । हामी सबैको चाहना र अहिलेको आवश्यकता भनेको समृद्ध प्रदेश निर्माण गर्नु हो । त्यसका लागि हामी सबै एक भएर लाग्नुको विकल्प छैन । चालू आर्थिक वर्षमा ठूला विकास निर्माणका कामहरु हुन नसके पनि आगामी वर्षहरुमा अवष्य पनि आवश्यकता र प्राथमिकताका आधारमा जनचाहनाको उच्च मूल्यांकन गर्दै समृद्ध प्रदेश निर्माणमा प्रदेश सरकार लागीपर्ने कुरामा विश्वस्त पार्न चाहन्छु ।

 

 

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै