logo

पोथी बासेको राम्रो हुँदैन भनेर मनमा लागेका कुरा बोल्न पनि बन्देज थियो

खुला वातावरणमा नआई सकेको समय र गोप्य भेलाहरुको विकल्प नभएको नेपाली राजनीतिक इतिहासको एउटा कालखण्ड २०४५ सालदेखि विद्यार्थी जीवनका तिनै गोप्य भेलाहरुबाट राजनीतिक यात्रा सुरु गरेकी कमलादेवी विक हाल प्रदेश नं. ५ को नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद हुन् । एमालेको भातृ संगठन अखिलबाट विद्यार्थी जीवनको राजनीतिक यात्राको दौडाहकै क्रममा २०४६ सालको जनआन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गरेकी विकको राजनीति विशेष गरेर सामाजिक विकासका साथै भेदभावरहित सभ्य समाज निर्माण गरी कु–संस्कारको अन्त्य गर्न बढी अग्रसर देखिन्छ । २०६४ साल र २०७० सालको संविधान सभाको चुनावमा असफलता भए पनि २०७४ सालको चुनावले उनलाई समानुपातिक सिटमार्फत रुपन्देही जिल्लाबाट प्रदेशसभा सदस्यमा छानिन सफल भइन् । गाउँ कमिटी सदस्य हुँदै पार्टीका विभिन्न तह र तप्कामा कार्य गरिसकेकी विक हाल एमालेको जिल्ला कमिटी सदस्यमा तेस्रो कार्यकालमा छिन् भने जिल्ला कमिटी सचिवालय सदस्यमा दोस्रो कार्यकालमा कार्यरत छिन् । राजनीतिक हिसाबले आफ्नो छुट्टै पहिचाहन बनाउन सफल विक सामाजिक रुपमा पनि एउटा अभियन्ताकै रुपमा कार्य गर्दै आएकी छन् । विभिन्न सामाजिक संघ–संस्थाहरुमा सक्रिय भूमिका निर्वाह गर्दै सामाजिक विकासको लागि महत्वपूर्ण योगदान दिएकी विकको वर्तमान परिपे्रक्ष्यलाई हेर्दा भविष्यप्रति उनको राजनीतिक छवि स्वच्छ, सुरक्षित र सम्मानजनक देखिन्छ । जसको कारणले पार्टी तथा उनको क्षेत्रका जनताहरुले उनलाई विश्वास र सक्षम पात्रको रुपमा पनि राखेका छन् । विभिन्न कठिनाइ र बाधा अडचनका साथसाथै महिला र जातीय भेदभावले भरिएको समाजमा सामाजिक विभेदरहित समाज निर्माणमा विगतदेखि वर्तमानसम्म लागी परेकी उनै कमलादेवी विकसँग पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंशः


यहाँ राजनीतिमा लाग्नुको मुख्य कारण के हो ?
राजनीति भनेको समाज परिवर्तनको संवाहक हो । जसले राष्ट्रमा हरेक खालका परिवर्तनहरु ल्याएर एउटा सक्षम र विकसित राष्ट्रको रुपमा विकास गर्ने हैसियत राख्दछ । सामाजिक विभेद र महिला हिंसालगायतका यावत् समस्याहरुले ग्रस्त भएको देख्दा मनमा भित्रभित्रै एक प्रकारको खिन्नता आउँथ्यो । त्यही खिन्नताको अन्त्य गरेर जातीय र महिलाको नाममा गरिएका भेदभाव, सामाजिक क्षेत्रबाट राष्ट्रकै नागरिक हैन कि जस्तो गरी गरिने विभेदहरुलाई अन्त्य गरेर देशमा आमूल परिवर्तन ल्याएर शान्तिको देश भनेर चिनिने नेपालमा कुनै पनि बाहनामा द्वन्द्वको वातावरण सिर्जना हुनुहुँदैन भनेर राजनीतिमा प्रवेश गरेकी हुँ । विद्यार्थी जीवनको राजनीतिमा छोटो समय मात्र लागे पनि त्यसपछिका समयमा पार्टीगत रुपमा सक्रियताका साथ कार्य गरे । पार्टीका अग्रजहरुले पनि मेरो सोच र कार्यशैली देखेर त्यस्तै खालका पुस्तकहरु अध्ययन गर्नको लागि पठाइदिने कार्य गरेर मलाई सधैँ ऊर्जा थपिदिनु भयो । वास्तवमा समाजमा देखिएका घटना तथा परिघटनाहरु, महिला हिंसा तथा सामाजिक विभेदहरुका विरुद्धमा आवाज उठाउँदै कुनै पनि समस्याहरुको विकल्प अवश्य हुन्छ भन्ने मानसिकताका साथ जनताका पीरमर्काहरुमा मल्हम लगाउन राजनीति प्रवेशको अर्को कारण हो ।


एउटा महिला त्यसमा पनि जातीय विभेदले थलिएको तत्कालीन समयलाई हेरेर वर्तमानलाई तुलना गर्दा पक्कै पनि राजनीतिमा यहाँलाई धेरै संघर्ष गर्नुपरेको होला जस्तो लाग्छ । राजनीतिक यात्रामा के–कस्ता संघर्षहरु र कठिनाइहरुलाई छिचोल्दै यहाँसम्म आउन सफल हुनुभयो ?
म यहाँसम्म आउनको लागि धेरै संघर्ष गर्नुप¥यो । यो वा त्यो नामको वाहनामा गरिने विभेदले गर्दा समाजमा एक प्रकारको अराजकताको राज चलेको थियो । एकातिर थरको आधारमा जातीय विभेद थियो भने, अर्कातिर महिलाको नाममा लैङ्गिक विभेद थियो । एउटा सृष्टिकर्ताको रुपमा रहेका महिलालाई केही बोले पनि पोथी बासेको राम्रो हुँदैन भनेर मनमा लागेका कुरा बोल्न पनि बन्देज थियो । उनीहरुलाई बाहिरी संसारबाट अलग्याएर घरको चुल्होचौकोमा मात्र सीमित गरिएको थियो । जसले गर्दा शिक्षादीक्षाबाट पनि वञ्चित हुनुपर्ने अवस्था छँदै थियो । त्यसमा पनि दासी जस्तो भएर जेलमा जस्तै घरमै रहनुपर्ने बाध्यतात्मक स्थिति थियो । त्यस्तो समयमा राजनीतिमा लागेर अहिले देखिएको परिवर्तन ल्याउन पक्कै पनि सहज नभएको सोझै अनुमान लगाउन सकिन्छ । वास्तवमा भन्नुपर्दा परिश्रम नगरी फलपाउन सकिंदैन । फलको लागि परिश्रमको अति आवश्यकता हुन्छ । हुन त परिश्रमहरु पनि कम र बढी भन्ने हुन्छन् । तर, मेरो परिश्रम वा संघर्ष भनेको बढीमध्येको हो । विशेष गरेर म मन्त्री बनुँला अथवा सांसद बनुँला भनेर भन्दा पनि समाज परिवर्तनको लागि सामाजिक अभियन्ता बनेर सामाजिक कार्य गर्नु नै पहिलो उद्देश्य होे । समयको चक्रसँगै ती उद्देश्यहरु क्रमशः पूरा हुँदै प्रदेश नं. ५ को प्रदेशसभा सदस्य जस्तो गरिमामय पदमा बसेर थप काम गर्र्ने अवसर मिलेको छ । सरसर्ती भन्नुपर्दा मलाई यो अवस्थामा आउन्जेलसम्म धेरै कठिन परिस्थितिहरुको सामना गर्नुप¥यो ।


लामो राजनीतिक यात्रामा पारिवारिक सहयोग कस्तो पाउनु भयो ?
राजनीतिक रुपको सहयोगको कुरा गर्नुपर्दा मेरो परिवारमा राजनीति गर्ने कोही पनि अग्रजहरु हुनुहुन्न । तर, मैले गरेको राजनीतिमा असहयोग गरौँ पनि परिवारको कुनै पनि सदस्यको मनमा कहिल्यै निस्केको अनुभव गर्न पाइनँ । पारिवारका सबै सदस्यहरुले मौन रुपमा अहिलेसम्म साथ दिनुभयो । त्यही साथ र सहयोगले मलाई प्रदेशसभा सदस्यसम्म पु¥याउन सफल भएको छ ।


प्रत्यक्षतर्फ नउठेर समानुपातिकतर्फ रोज्नुको मुख्य कारण के हो ?
वर्तमान समयलाई हेर्दा महिला तथा जातीय रुपमा पछि परेका राजनीतिक कर्मीहरुको लागि प्रत्यक्ष चुनावी मैदानको वातावरण अलि सहज भइसकेको अवस्था छैन । राज्यको नीति पनि के छ भने जहिलेसम्म महिला तथा दलित वर्गहरु बराबर हैसियतमा आएर समाजमा एकरुपमा आउँदैन तबसम्म आरक्षण दिनुपर्ने अवस्थाको साथै पार्टीको पार्टीगत नीतिको कारणले गर्दा पनि मलाई समानुपातिकमा राखिएको हो । हुन त म पार्टीगत हिसाबमा आरक्षणभन्दा पनि प्रतिस्पर्धामा उत्रिएर अगाडि बढेकी छु । अन्य विभिन्न संघ–संस्थाहरुमा प्रतिनिधित्वको लागि अहिलेसम्म प्रतिस्पर्धाबाटै अगाडि बढ्दै आएकी छु । तर, पनि समग्ररुपमा हेर्दा अझै पनि प्रतिस्पर्धामा आउन सक्ने वातावरण सिर्जना भइनसकेको हुँदा समानुपातिकमार्फत प्रदेशसभामा सदस्य गराउने पार्टीको नीति र सिद्धान्तअनुरुप चल्नुको साथै प्रत्यक्षमा जाने मूल्याङ्कनको समय रेखा हो ।


आरक्षण दिनु भनेको नसक्नेलाई नै हो । आरक्षणमा सक्षमभन्दा असक्षमहरु पर्ने हुँदा यसरी प्रतिस्पर्धाविना दिएका आरक्षणहरुले समाजमा कस्तो प्रभाव पर्छ ?
आरक्षण आफँमा नकारात्मक होइन । किन भन्नुहुन्छ भने राज्यले लडेरै यो व्यवस्था ल्याएको हो । हिजोका दिनमा राज्य व्यवस्थाले यो व्यवस्था गरेको थिएन । जसको पहुँच छ त्यसको एक जनाले चलाउने प्रवृत्तिको हावी हुँदा विगतमा विभिन्न नाममा गरिएका आन्दोलनहरु धेरै अराजकताहरु फैलिए । मानिसले मानिसलाई मानिस नै हैन जस्तो व्यवहार भयो । जसले समाजमा विकासभन्दा पनि विनाशको रुप धारणा गर्न थाल्यो । म नै सर्वेसर्वा भन्ने हामीबीचमा देखिएको अहमपनको अन्त्य गरेर विकसित समाज निर्माण गर्नको लागि हक र अधिकारहरु सुनिश्चित गर्न सक्छ भन्ने अभिप्रायले सबैको प्रतिनिधित्व मुलक समाज छ भन्ने सन्देश पनि बाहिरिएको छ । त्यसैले गर्दा आरक्षणलाई गलत ढंगले बुझ्नु हुँदैन । आरक्षणले मानिसहरुलाई सचेत गराएको छ । हिजो अधिकार माग्नेहरुले आज अधिकार दिनुपर्ने अवस्थाको सिर्जना भएको छ । पिछडिएका वर्गहरुलाई राज्य भएको अनुभूति मिलेको छ । सबै क्षेत्र, जाति र धर्मलगायत सबैको समावेशी ढंगले प्रतिनिधित्व हुनेगरी लैजाँदा विकासको दृष्टिकोणले सकारात्मक पक्ष भएको हुँदा आरक्षण राखिएको हो ।


एउटा गुनासो के छ सुनिन्छ भने समानुपातिकमा छानिएका सांसदहरुले प्रत्यक्षमा निर्वाचित भएका सांसदरुले भन्दा कम जिम्मेवारी सम्झन्छन् । अहिले त यहाँ समानुपातिकमा छानिनु भएको छ, आगामी निर्वाचनमा यही क्षेत्रबाट प्रत्यक्षमा निर्वाचित हुन सक्ने वातावरणको सिर्जना गर्नको लागि के कस्ता योजना बनाउनु भएको छ ?
समानुपातिकमा छानिएकाले जिम्मेवारी सोच्दैनन्, कम सोच्छन् भन्ने कुरा विल्कुलै गलत छ । बरु प्रत्यक्षमा थोरै क्षेत्र हुन्छ भने समानुपातिकमा धेरै क्षेत्र हुन्छ । पार्टीगत हिसाबले हेर्दा समानुपातिक प्रतिनिधिलाई पनि जनताले भोट दिनु भएकै हुन्छ । जनताको काम गर्छु भनेर एउटा क्षेत्रको प्रतिनिधित्व गरेर जिम्मेवारी र जवाफदेयिता हुने ठाउँमा पुगेपछि त्यसको बोध हुने गरी काम गर्नु जरुरी छ । जस्तो महिला तथा दलित वर्गको कुरा गर्नुपर्दा प्रदेशसभामा त्यो क्षेत्रबाट प्रतिनिधित्व गर्ने म पनि एक प्रतिनिधि हुँ । मैले महिलाहरुका समस्या, आदिवासी तथा दलित वर्गका समस्याहरु प्रत्यक्ष सम्पर्कमा रही समाधान गर्ने बाटाहरु पहिल्याउनु पर्दछ । समग्रमा भन्नुपर्दा जनतामा सुख, शान्ति र समृद्धिको अनुभूति हुनेगरी आवश्यक काम कारबाहीहरु गरेर अगाडि बढ्नु मेरो दायित्व मात्र नभएर कर्तव्य पनि हो ।
गठबन्धनमा बनेको प्रदेश सरकारले प्रतिपक्षलाई नसमेटर एकलौटी रुपमा काम गरेको भन्ने प्रतिपक्षको आरोपमा यहाँको धारणा के छ ?
काम भइसकेपछि एउटा न एउटा निहुँ मानिसले खोजिरहेको हुन्छ । छलफल गरेन । यो गरेन, त्यो गरेन भन्नुभन्दा पनि वास्तवमा प्रदेश सरकार धेरै लचिलो ढंगबाट सञ्चालन भइरहेको छ । सरकारको निर्णमा प्रतिपक्षले गर्ने गरेका कतिपय कुराहरु आरोपभन्दा पनि सुझावको रुपमा लिइएको छ । हामी पार्टीभित्रैबाट पनि कतै अपुग त भएन भनेर सुझाव पनि दिने गरेका छौँ । प्रतिपक्षको त एउटा धर्म पनि हो । तर, धर्म निभाई रहँदा सकारात्मकरुपले धर्म निभाउनुपर्छ भन्ने मान्यता राख्नुपर्छ । उहाँहरुले भनेका कुराहरुलाई सरकारले आरोप नभनेर सुझावको रुपमा लिइएको छ । काम गर्र्दैगर्दा कतै केही नपुगेको छ भने त्यो एउटा पाटो हो । पक्षविपक्ष नभनेर छलफलको माध्यमबाट अगाडि बढाइएका कुराहरुमा हातेमालो गर्दै अगाडि बढ्नुपर्छ । सदनमा हामीलाई प्रतिपक्ष भए जस्तो लाग्दैन । बोल्ने क्रममा उहाँहरु सुझावको रुपमा बोल्नुहुन्छ । हामी पनि उहाँहरुको सुझावलाई मनन गरेर अगाडि बढ्छौँ । भर्खरै मात्र संघीयताको प्राथमिक चरणमा रहेको हुँदा के पक्ष के प्रतिपक्ष कसैका पनि सम्पूर्ण माग तथा समस्याहरु समाधान हुने अवस्था छैन । यस्तो अवस्थामा दुवै पक्षहरु जुधेरभन्दा बुझेर अगाडि बढ्नुपर्छ ।


यहाँले सदनमा पक्षप्रति–पक्षको भान हुने अवस्था छैन भन्नुहुन्छ । तर, सदनबाट बाहिरिएपछि प्रतिपक्षले त सरकार पक्ष दुस्मन भएजस्तै अभिव्यक्तिहरु दिनुहुन्छ त ?
अहिले हामी चुनौतीको धारमा छौँ । हामी २० वर्षसम्मको आकांक्षी छौँ । प्रदेशकै आफ्नै संरचना छैन । बजेटको अभाव उत्तिकै छ । एकातिर सम्बोधन गर्दा गरिएको त्यो सम्बोधनमा पनि कति काम हुन्छ भन्ने अन्योलता छ । सबै समस्याहरुलाई एकैसाथ गर्न सकिने अवस्था नभएको यहाँलाई थाहै छ । अहिले हामीलाई कुनै पनि कुरामा सन्तुष्ट मिल्ने अवस्था छैन । चाहना सबैका धेरै छन् । तर, स्रोत र साधन सीमित छ । यस्तो अवस्थामा अहिले प्रत्येकको कतै न कतै चित्त दुख्नु स्वाभाविक हो । त्यसलाई अन्यथा लिइयो भने हामी अगाडि बढ्न कठिन हुन्छ । त्यसको लागि सबै मिल्नुको विकल्प छ जस्तो लाग्दैन । जान्दाजान्दै र मान्दामान्दै पनि उहाँहरुले कसरी त्यस्ता अभिव्यक्ति दिनुभयो भएन उहाँहरुको कुरा हो ।


अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अहिलेसम्मको अवस्थामा आउन्जेलसम्म अझै पनि धेरै कामहरु गर्न बाँकी छ जस्तो लाग्छ । एउटा जिम्मेवारी दिएर प्रदेशसभा सदस्य बनाउनु भएको छ । त्यसलाई सही ढंगले प्रयोग गर्दै अगाडि बढ्नेछु । यहाँहरुले दिएका सुझाव सल्लाहहरुलाई कुनै झर्को नमानेर कार्यान्वयनमा ल्याउन सधैँ प्रयासरत रहनेछु । कतिपय कुराहरु हामीलाई काम गर्दा गर्दै थाह नहुन पनि सक्छ । त्यस्ता कुरा तथा कामहरुप्रति सजग गराउँदै एउटा अभिभावकको भूमिका निर्वाह गर्नुहुनेछ भन्ने कुरामा विश्वस्त भएको अवगत गराउँन चाहन्छु ।

 

 

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै