logo

प्रदेशसँग सहकार्य गरेर स्थानीय विकासमा लाग्नेछु

नेपाली राजनीतिमा नेपाली महिलाहरुको सहभागिता विस्तारै बढ्ने् क्रममा छ । एकदलीय शासनकालमा नेपाली महिलाहरुको राजनीतिमा निषेध जस्तै थियो । यस्तै नेपालमा पञ्चायत शासनविरुद्ध बहुदलीय व्यवस्था भित्र्याउनमा नेपाली महिलाहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहभागिता बढ्दै जान थाल्यो । राजतन्त्रका विपक्षमा नेपालमा लोकतन्त्र ल्याउनका लागि भएको आन्दोलनमा भने नेपाली महिलाहरुले अग्रणी स्थानमा रहेर सहभागिता जनाए । यस आन्दोलनमा कति महिलाहरुले बुट र लाठी खाए भने कतिका टाउका पनि फुटाए । यस किसिमको आन्दोलनबाट त्यसपछिको सरकारले नेपाली राजनीतिमा होमिएका महिला राजनीतिज्ञहरुको उच्च मूल्यांकन गर्दै विभिन्न राजनीतिक नियुक्ति तथा अन्य राजनीतिक अवसरको भागी बन्ने अवसर प्राप्त गरे । यसपछि नेपाली राजनीतिमा विभिन्न जातजाति तथा क्षेत्रीय संघ तथा संगठनहरु उम्रिन थाले र नेपाली राजनीति तथा सरकारमा पनि जातीय तथा क्षेत्रीय संरचनालाई बढावा दिँदै अवसर पनि दिन थालियो । साथै ती विभिन्न जातजाति तथा क्षेत्रलाई विशेष ग्राह्यता दिएर उनीहरुको विकाशमा ध्यान दिएर आरक्षणको पनि व्यवस्था गर्दै आएको छ र केही समय अगाडि मात्रै सम्पन्न भएको तीन तहको निर्वाचन पनि यही नियमलाई अवलम्बन गरेर सम्पन्न भएको छ । यसै क्रममा समाजसेवा तथा नेपाली वामपन्थी राजनीतिमा लामो समयदेखि लागेर नेपाल कम्युनिष्ट पार्टी ( एमाले) को तर्फबाट समानुपातिक सांसदको रुपमा रहेकी जुझारु , कर्तव्यनिष्ट सांसद हुन् –लक्ष्मी कुमारी चौधरी । राजनीति, समाजसेवाका साथै समाजसेवामा समेत रुची राख्ने सांसद चौधरीसँग  रामप्रसाद पाठकले गरेको समसामयिक कुराकानी –

–अहिलेको संसदीय कार्य व्यस्तता कसरी बिताइरहनु भएको छ ?
भर्खरभर्खर गठन भएको हाम्रो संसद् विभिन्न कार्य योजना बनाउने कार्यमा पनि व्यस्त छ र त्योभन्दा पनि पहिले सरकार निर्माणको कार्यमा लागेको हँुदा सबैको ध्यान यसैतिर गएको छ र सरकारले पूर्णता पाएपछि अब संसद् अधिवेशनको तयारीमा रहेको छ । यही वैशाख २३ गतेदेखि अधिवेशन बस्दै छ र यस अधिवेशनमा मैले पनि आफ्ना विचार राख्ने विचार गरेकी छु ।


–तपाईं संसद् बनेपछि के–के कार्य गर्नु भयो त ?
हेर्नुस् हाम्रो संसद् गठन भएको त्यति धेरै समय भएको पनि छैन र गर्नुपर्ने र मिल्ने ठाउँमा त गरेकै छु । तर, यति नै गरेँ भनेर देखाउने काम भने गर्न सकेको छैन । तर, म सांसद बनिसकेपछि मेरो जिल्लाबाट विभिन्न समस्या लिएर आउनेहरु र विकास निर्माणका योजनाका प्रस्ताव लिएर आउने जिल्लावासीका समस्या सम्बन्धित क्षेत्रमा लानेसम्मका काम भने गरेकी छु । यस्तै केही समय अगाडि बोक्सीको आरोपमा कैलालीकी राधा चौधरीलाई कुटपिट गर्ने तीन जनविरुद्ध अदालतमा उभ्याएर कारबाही अगाडि बढाउने कार्य भएको छ यसका साथै अन्य सानातिना कार्यहरु त गरिरहेका छु । तर, अझै प्रशस्त रुपमा काम गर्ने अवसर जुरेको छैन ।


–तपाईं सांसद बनेपछि अब आफ्नो गाउँठाउँको के–कस्तो विकास गर्ने खाका तयार गर्नु भएको छ ?
मैले मेरो गाउँ मात्रै नभएर मेरो सम्पूर्ण कैलाली जिल्लाको विकास निर्माणको योजनाको खाका तयार गर्दैछु । मेरो राजनीतिको आधारभूमि भनेकै मेरो जिल्ला भएको हुँदा पनि मैले मेरो जिल्ला, मेरो गाउँ तथा नगरपालिकामा केही गरेर देखाउनुपर्छ भन्ने इच्छा जागेर आएको छ र गर्ने प्रतिबद्धता पनि जाहेर गर्दछु ।

–तपाईं कहिलेदेखि राजनीतिमा आउनुभयो र ? यति चाँडै राजनीतिको मीठो फल चाख्न पाउनुभयो ?

हेनुस् सबै उमेरले परिपक्क हुँदैमा सबै कुरामा निपुर्ण हुन्छन् भन्ने हुँदैन । म वामपन्थी राजनीतिमा हुर्किएँ । त्यसपछि विस्तारै–विस्तारै ममा नेपाली राजनीतिक चेतना जाग्न थाल्यो र नेपाली राजनीतिमा स्कुल पढ्दादेखि नै लाग्न थालेँ । बैसट्ठी त्रिसट्ठीको आन्दोलनमा पनि म आफ्नो जिल्लामा सक्रियरुपमा सहभागिता जनाएँ । पार्टीमा पहिलेदेखि आबद्ध रहेको भए पनि ०६८ सालदेखि संगठित सदस्य रही पार्टीको निर्वाचन जिल्ला कमिटी र अनेम.संघको जिल्ला सदस्यको रुपमा क्रियाशील रहँदै अहिलेसम्म पनि सोही कमिटीमा रहेकी छु । यस्तै महिला हिंसाविरुद्धका आन्दोलनमा पनि सक्रियरुपमा सहभागिता जनाउँदै आएको पनि छु । यस्तै सामाजिक सेवामा पनि पाइला अगाडि बढाउँदै आएको छु र यो सबै मेरा क्रियाकलापलाई पार्टीले पनि नजिकबाट हेरिरहेको थियो होला र पार्टीले मलाई योग्य ठानेर समानुपातिक सांसद बनायो होला ।


पार्टीले तपाईंलाई समानुपातिक टिकट दिँदै गर्दा कतै जिल्ला पार्टीमा विवाद त भएन ?
तपाईंले मलाई कसरी हेरिरहनु भएको छ ? जब जुनसुकै पार्टीको पनि कुरा गर्दा अन्य पार्टीबाट आएकालाई त हामीले स्वीकार गर्नुपर्ने अवस्था आउँछ भने जब दशकौं त्यही पार्टीको संगठनमा रहेको एउटा युवालाई टिकट त दिंदा केको विवाद हुने र ? सानातिना पार्टीभित्र चित्त नबुझ्ने त सामान्य नै भयो । तर, अन्य तपाईंले भने जस्तो पार्टीको जिल्ला तहमै विवाद हुने गरी मेरो उम्मेदवारीमा नभएको म जानकारी गराउन चाहन्छु ।


–तपाईंको जिल्लामा के के विकासका काम गर्ने योजना बनाउनु भएको छ ?
मेरो स्थायी बसोबास कैलाली जिल्ला धनगढी उप महानगर पालिका वडा नं.५ मा पर्छ । म केवल म बसेको उप–महानगरपालिकाको मात्रै कुरा नगरेर सम्पूर्ण जिल्लाको विकास निर्माणको विषयमा चिन्तित रहेको छु । सबै कुरा म अहिले नै गर्छुभन्दा त ममा मूर्खता हुन्छ किनकि सबै योजनाका प्रस्ताव लैजाँदा बित्तिकै पास हुन्छन् भन्ने छैन । त्यसमा आवश्यकतालाई मुख्य ध्यान दिनु जरुरी छ । सम्पूर्ण कैलाली जिल्ला भरिका बाटो–घाटो, खानेपानी, पुल, सिँचाइ र बजार व्यवस्थापनलगायत यस क्षेत्रको सांस्कृतिक तथा पर्यटकीय विकास गर्न सक्यो भने अवश्य पनि यस क्षेत्र सम्पन्न बन्न सक्ने थियो भन्ने मैले विकासका कल्पना गरेकी छु ।


–तपाईं एउटा समानुपातिक सांसदको रुपमा हुनुहुन्छ । देशमा अब तीन तहको शासन प्रणाली लागू भइसकेको अवस्था छ । तपाईं अब आफ्नो जिल्ला तथा गाउँ नगरको विकासका खाका बनाइरहँदा प्रदेश तथा स्थानीय निकाय पनि त आफ्नो विकास निर्माणको खाका तयार गरिरहेको होला । यसमा तपाईंका योजना र प्रदेश तथा स्थानीय योजनाका खाका एक अर्कामा बाँझिन सक्दैनन् र ?
तपाईंले राख्नुभएको प्रश्न पनि एकदम सही हो । देशमा अहिले तीन तहको शासन प्रणाली सक्रियरुपमा आ–आफ्ना नीतिनियम तथा कार्य योजना वनाउनमा व्यस्त रुपमा लागि रहेको अवस्था छ । हो तपाईंले भने जस्तै केन्द्र, प्रदेश र स्थानीय तहका योजनाहरु एक आपसमा बाझिन सक्छन् । यसैले कुनै तहसँग पनि कुनै योजना तर्जुमा गर्दा नबाझिने गरी योजना बनाउनेछु । प्रदेशसँग सहकार्य गरेर स्थानीयको विकासमा लाग्नेछु । मैले गरेको सहयोगको पनि जनताले महसुस गर्न सकून् ।


–तपाईं एउटा जनजाति, महिला सांसद बन्नु भएको छ । नेपाली महिला तथा जनजातिका अधिकार सुनिश्चित गर्नमा यहाँले के कस्तो पहल चालिरहनु भएको छ ?
देशमा संविधान बनिसकेर लागू भइसकेको अवस्था छ । यस संविधानमा महिला, जनजाति, दलित र मधेशीलगायतका विभिन्न वर्गका अधिकार पूर्णरुपमा सुनिश्चित गरिएका छन् । अब यसको कार्यान्वयनमा पनि कुनै किसिमको शंका उपशंका गर्नुपर्ने ठाउँ नै छैन । सबै क्षेत्रका अधिकार तथा समस्याहरुको सुनिश्चितताको यो सरकार बनेको छ र अब यही सरकारले यी सवै विषयको टुङ्गो लगाउनेछ र यस कार्यमा मेरो जिम्मेवारीमा आइपरेको भूमिका निर्वाह गर्नमा म तयार छु ।


– सरकारको कार्यशैलीलाई कसरी हेरिरहनु भएको छ ?
अब भर्खर रोपेको बिरुवाको फल कस्तो छ भने जस्तै तपाईंको प्रश्नको जवाफ दिनुपर्ने हुन्छ । जसरी भर्खरै रोपेको एउटा फलको बिरुवाको तत्कालै फलको आशा गर्न सकिँदैन त्यस्तै गरेर यो सरकारको कार्यशैलीप्रतिको मूल्याङ्कन पनि गर्न सकिँदैन जस्तो लाग्छ मेरो विचारमा त । भर्खरै गठन भएको वामपन्थीहरुको बहुमतको सरकार छ । यो सरकारकले के ग¥यो के गरेन भनेर मूल्याङ्कन गरी हाल्न मिल्ने मैले ठाउँ देखेको छैन । जहाँसम्म अहिलेसम्म गरेका र गर्न खोजेका सरकारका कार्यप्रति म सन्तुष्ट नै छु । यातायात क्षेत्रमा ल्याइएका सरकारका योजना रेलमार्ग र जलमार्गको अध्ययन तथा अवलोकनका कार्यले पनि अब त यो सरकारले केही गर्छ कि भन्ने जनतामा पनि आभाष मिलेको छ । अबका दिनमा पनि सरकारले जनताका मन जित्ने किसिमका काम गर्नेछ र आगामी पाँच वर्षमा देशलाई विकासको अग्र गतिमा लैजानेछ भन्ने आशा जनताले गरेका छन् ।


–अन्त्यमा केही भन्नुहुन्छ कि ?
नेपाली जनताले भर्खरभर्खर प्राप्त गरेको यो लोकतान्त्रिक अधिकारलाई बचाइराख्न तपाईं हामी सबै लाग्नुपर्ने हुन्छ । के सरकार, के सांसद त के जनता सबै वर्गले यो हामीले प्राप्त गरेको मौलिक अधिकारलाई जोगाउँदै नेपाललाई अबका दिनमा क्षेत्रीय, धार्मिक तथा जातीय विषयमा अल्झिएर होइन कि सवै नेपालीले आफू सच्चा नेपाली भएको महसुस हुनेगरी देशलाई अगाडि बढाउन हातमा हात मिलाएर अगाडि बढ्न म सबैमा अनुरोध गर्दछु । साथै अब देशमा शान्ति र विकासको खाँचो छ । यो शान्ति र विकासको खातिर हामी सबै एक भएर लाग्नुपर्ने अवस्था आएको छ ।

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै