logo

‘मेरो जीवन नै सङ्गीत हो’

विस २०४४ सालमा भोजपुरको चम्पे कटहरे वडा नम्बर ५ हालको अरण गाउँपािलका जन्मिएका मोहन मगर विगत १२ वर्षदेखि नेपाली गीत सङ्गीतमा सक्रिय भएर लागेका छन् । आईएसम्मको अध्ययन पूरा गरेका मगरले सुरुवाती समयमा रोशन वान्तवा र गुुरुदेव कामतसँग गीतको औपचारिक शिक्षा लिएका हुुन् । साङ्गीतिक क्षेत्रमा लागेको झण्डै १२ वर्षको अवधिमा मगरले एक सय ५० भन्दा बढी गीतमा सङ्गीत भरेका छन् भने एक दर्जन गीतहरु आफैँले गाएका छन् । उनको पहिलो गीत, के छ निर्जला..., बोलको रहेको छ । आफू यो स्थानसम्म आउन सक्नुुको प्रमुुख श्रेय आफू र आफ्नो अथक मिहीनेतलाई दिनै मगरसँग लिएको अन्तर्वार्ताका सम्पादित अंश


कसरी लाग्नुुभयो सङ्गीतमा ?
मलाई सानैदेखि सङ्गीतप्रति निकै रुची थियो । त्यही कारण सङ्गीतमा केही गर्छुु भन्ने सोच बनाएको थिएँ । आफूभित्र रहेको त्यही सोचलाई उजागर गर्ने क्रममा सङ्गीतको प्रशिक्षण पनि लिए । अहिले आफैँ गीत गाउँछ, सङ्गीत भर्छुु र सङ्गीत सिकाउँछुु पनि ।


अहिलेसम्म कति सिर्जना तयार गर्नुुभयो ?
मैले सङ्गीत क्षेत्रमा लागेर आफैँले गाएको गीत भनेको झण्डै एक दर्जनको हाराहारीमा होलान् । यसबाहेक एक सय ५० भन्दा बढी गीतमा सङ्गीत भरेको छ । तीमध्ये धेरे गीतहरु चर्चित पनि भएका छन् । युवा पुुस्तामाझ स्थापित भएका गायक गायिकाहरुले ती गीत गाउनुु भएको थियो । नाम नै लिनुुपर्दा राजेश पायल राई, मेलिना राई, रजिना रिमाल, जुुुनुु रिजाल, राज सिग्देल, मिना निरौला आदिले मेरो सङ्गीतमा गीत गाउनुुभएको छ । यस मध्ये घम्दै र फिर्र्दे, हिजोसम्म सँगै थियौं, कहिलेकाहींं आँसुु बनी, ए राजा बजाई देऊ बाजालगायतका गीतहरु दर्शक श्रोताहरुले निकै मन पराउनुुभएको छ ।


सङ्गीतमा लागेर बाँच्न सकिंदैन भन्नेहरु पनि छन् नि ?
पहिला त्यस्तो थियो । तर, अहिले छैन । सङ्गीतका पनि धेरै क्षेत्ररु हुुन्छन् । जस्तो मैले आफैँले गाउँछुु, सङ्गीत भर्छुु र सङ्गीत सिकाउँछुु पनि । यसले मलाई व्यस्त बनाएको छ । यही व्यस्तताका कारण मलाई सङ्गीत मै लागेर पनि बाँच्न सक्ने बनाएको छ ।


अहिलेसम्म कति जनालाई सङ्गीत सिकाउनुुभयो ?
मैले अहिलेसम्म एक हजार जनाभन्दा बढीलाई सङ्गीत प्रशिक्षण दिइसकेको छुु । सङ्गीत र नृत्य सिकाउन नै लागि हामीले काठमाडांैको कोटेश्वरमा एमआर क्रियशन नामक इन्स्च्यिुट खोलेका छाँै । यो मैले मेरो साथी रोहित बस्नेतसँगको साझेदारीमा खोलेको हो । इन्सिच्युुटमा सङ्गीत सिक्नको लागि विभिन्न क्षेत्रबाट विद्यार्थीहरु आउनुुहुुन्छ । यसबाहेक मैले ट्रिटोन इन्टरनेशनल स्कुुल, कौटिल्य, नवनित सहितका नौ वटा स्कुुलहरुमा सङ्गीत प्रशिक्षण दिने गरेको छुु ।


यो क्षेत्रमा तपार्इंलाई कुुन पक्ष नराम्रो लाग्छ ?
अहिले पैसा भएर गायक बन्नेहरु पनि बजारमा आएका छन् । जसले सङ्गीत बुुझे कै छैनन, सिके कै छैनन त्यति कै गीत गाएर चर्चामा आउने होडवाजी चलेको छ । यो पक्ष मन पर्दैन । अर्को पक्ष भनेको यस क्षेत्रमा हुुने पाइरेसी हो ।


सङ्गीतमा लाग्नको लागि परिवारको साथ र सहयोग कतिको रहेको छ ?
सुरुमा त परिवारका सदस्यहरुले रुचाएका थिएनन् । मलाई विदेश पठाउने चाहना परिवारको रहेको थियो । तर, म सङ्गीतमा लागे, पहिला उहाँहरु बेखुुसी हुुनुु हुुन्थ्यो । तर, अहिले काम गर्दै जाँदा सबै खुुसी हुुनुुहुुन्छ । अहिले मसहित मेरो तीन दाजुुभाइ नै सङ्गीतमा लागेका छौँ ।


अबको लक्ष्य के रहेको छ ?
मेरो जीवन नै सङ्गीत हो यस अर्थमा पनि मेरो लक्ष्य भनेको ने सङ्गीतमा राम्रोभन्दा राम्रो काम गर्नुु श्रोता दर्शकहरुको मन जित्नुु हो ।

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै