logo

‘घोषणा पत्र भनेको चुनावअघिको पार्टीको नीति तथा कार्यक्रम नै हो’

२०२० सालमा रुपन्देही जन्मेर २०४६ सालमा नेकपा एमालेको राजनीतिमा प्रवेश गर्दै राजनीतिक यात्रा सुरु गरेका तुलसीप्रसाद चौधरी हाल प्रदेश नं. ५ का प्रदेशसभा सदस्य हुन् । नेकपा एमालेको तर्फबाट रुपन्देही क्षेत्र नं. ३ ‘ख’ बाट नेपाली कांग्रेसका हरिध्वज मल्ललाई १८ सय ६० मतान्तरले पछि पार्दै १८ हजार आठ सय ६४ मत ल्याएर विजयी भएका चौधरी २०४७ सालमा एमालेको सक्रिय राजनीतिमा लागेका हुन् । २०५० सालमा पार्टीको जिल्ला कमिटी सदस्य भएर पदीय कार्यभार सम्हालेका चौधरी २०६६ सालमा पार्टीको अञ्चल कमिटी सदस्य भई २०६९ सालमा जिल्ला कमिटीमा सचिव पदमा रहेर कार्य गरे । हाल प्रदेश सभामा एमालेको संसदीय दलको सदस्यसमेत रहेका तुलसीप्रसाद चौधरीसँग समसामयिक विषयमा रहेर  पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंश :


प्रदेशसभा सदस्य बन्नको लागि निश्चय पनि यहाँले जनतासमक्ष केही वाचाहरु गर्नुभएको होला ? चुनावमा जनतासँग यहाँले के कस्ता वाचाहरु गर्नुभयो र ती वाचाहरु पूरा गर्न कसरी लाग्नुभएको छ ?
चुनावको बेला मैले जनतासँग पु¥याउन नसक्ने कुनै त्यस्ता वाचाहरु गरेको छैन । जे–जति संविधानले दिएको छ र जति गर्न सकिन्छ त्यति नै वाचा गरेको छु । म त्यसमा वचनबद्ध पनि छु । जस्तो शिक्षा, स्वास्थ्य, गासवास, न्याय, समानताजस्ता संविधानले अधिकार दिएका तिनै कुराहरु जनताको माझमा वाचा गरेको छु । अरुहरुले जस्तो पु¥याउनै नसक्ने गरी कुनै पनि अनावश्यक वाचा गरेको छैन । नेकपा एमाले अथवा वाम गठबन्धनले ल्याएको नीति तथा कार्यक्रम मूल कार्यक्रमको स्प्रिड हो । हाम्रो जुन घोषणा पत्र हो हामीले त्यसैलाई अगाडि सारेका हौँ । त्यति बेला मौलिक हक, विकास निर्माण, वृद्धवृद्धाहरुलाई सम्मान, युवाहरुलाई रोजगारलगायत धेरै कुराहरु उठाएका थियौँ । जुन कुराहरु पूरा गर्ने म मात्र नभएर सम्पूर्ण जनप्रतिनिधिलगायत सिंगो पार्टी नै त्यसप्रति लागि परेको छ ।


भर्खरै मात्र वाम गठबन्धनको बहुमतीय सरकारले ५ नं. प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उक्त नीति तथा कार्यक्रममा के कस्ता कुराहरुलाई प्राथमिकता दिइएको छ ?
नीति तथा कार्यक्रममा टीकाटिप्पणी गर्ने साथीहरुलाई मेरो के अनुरोध छ भने नीति तथा कार्यक्रम भनेको यो प्रदेशको लागि दिशानिर्देन गर्ने मार्गदर्शक सिद्धान्त हो । त्यसमा अन्य साथीहरुले अन्यथा बुझ्नु हुन्छ भने मेरो भन्नु केही छैन । जति साथीहरुले बुझ्नु हुन्छ त्यति साथीहरुलाई नीति तथा कार्यक्रम मार्गदर्शकको रुपमा बुझ्न अनुरोध गर्छु । नीति तथा कार्यक्रमले हाम्रो यहाँको सारा कुरालाई समेटेको छ । उक्त कार्यक्रममा विकास निर्माण, पर्यटकीय क्षेत्र, सडकहरु, ५ नं. प्रदेशलाई भविष्यमा कस्तो बनाउने, यो प्रदेशमा बन्ने तीनवटा मेगासिटी कस्ता हुन्छन् र कसरी बनाउने ? त्यसैगरी त्रिवेणी सुस्तादेखि राजापुरसम्म तराईको भू–भागलाई हुलाकी राजमार्ग जोड्न त्यसलाई तदारुकताका साथ अगाडि बढाउने, । शिक्षा, स्वास्थ्यको क्षेत्रमा पनि सुधार गर्दै एउटा हबको रुपमा विकास गर्ने । खेल क्षेत्रको विकासको लागि राष्ट्रियस्तरमा अन्तर्राष्ट्रियस्तरका खेलहरु खेल्न मिल्नेगरी कम्तीमा पनि एउटा खेल मैदान बनाउने । त्यसैगरी गौतमबुद्ध विमान स्थललाई शीघ्र सम्पन्न गरेर रनमा ल्याउनको लागि योजनाहरु अगाडि बढाउने । प्रदेशमा भएका सम्पूर्ण पर्यटकीय स्थलहरु पहिचाहन गरेर पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने । माछा÷मासुदेखि दल्हन, तेल्हनलगायत हरेक कृषिउपजहरु उत्पादन हुनेहुँदा नेपालको अन्न भण्डारणको रुपमा लिइने ५ नं. प्रदेशको कृषिलाई आधुनिक रुपमा व्यवसायीकरण गर्ने । भारतबाट आएको केमिकल मिसाएर आएको माछा तथा मासुले राम्रो बजार पाउने तर हामीले नै उत्पादन गरेकोले बजार नपाउने हुँदा त्यसलाई पनि व्यववस्थितरुपमा बाजरीकरण गर्दै अगाडि बढ्ने जस्तायावत कुराहरुलाई समावेश गर्दै १५÷२० वर्षसम्म मार्गदर्शक सिद्धान्तको रुपमा रहन सक्ने गरी समाजवाद उन्मुख नीति तथा कार्यक्रम ल्याइएको छ ।


सरकारले नीति तथा कार्यक्रम ल्याउँदा प्रतिपक्षलाई जानकारी नै नगराइकन ल्याउनुभयो रे हो ?
यहाँलाई पनि थाहै होला विरोध गर्नु भनेको विपक्षीको धर्म हो भन्ने । विपक्षीले विरोध गरेनन् भने विपक्षीको महत्व हुँदैन भन्ने संस्कार पनि छ । म पनि सदनको एक सांसद हुँ । नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन सदन बैठकमा विपक्षीका थोरै माननीयले सामान्य टीकाटिप्पणी गरेर धेरै कुराहरुमा समर्थन पनि गर्नु भएको छ । त्यसैले उहाँहरुले भित्र कुनै टीकाटिप्पणी नगर्नेबाहिर आएर हल्ला मात्र गर्ने कुराप्रति म पनि अनविज्ञ छु । समग्रमा नीति तथा कार्यक्रम दिशानिर्देशकको रुपमा आएको छ । अलिकति ठाउँ पाएपछि बोल्न खोज्नु स्वाभाविक जस्तै भएको हो । हैन भने उहाँहरुले मुख्य मन्त्रीसँग हाम्रा यस्ता कार्यक्रम र योजनाहरु छन् भनेर दिन सक्नुपथ्र्यो । उहाँहरुले त्यो गर्न सक्नु भएन । त्यसैले उहाँहरुको सोच, विचार र योजना भनेको सत्ता पक्षलाई कमजोर देखाएर अनावश्यक प्रचार गर्ने प्रयास मात्र हो ।


अनि, यहाँहरुले ल्याएको नीति तथा कार्यक्रम बहुमतको दम्भमा हु–बहु पार्टीको घोषणापत्र जस्तै भयो भन्ने कुरा चाहिँ के हो नि ?
पार्टीको घोषणा पत्र जस्तो त उहाँहरुलाई लाग्न सक्छ । त्यसमा विपक्षीका धर्मका कुराहरु पनि आउलान् । पार्टीको घोषणा पत्रै चाहिँ हुँदै होइन । सरकारले ल्याएको नीति तथा कार्यक्रम भनेको समाजवाद उन्मुख हो । यसलाई कसैले इन्कार गर्न सक्दैन । वाम गठबन्धनले तयार पारेको घोषणा पत्र पनि समाजवाद उन्मुख थियो । अहिले सबै ठाउँको नीति तथा कार्यक्रम समाजवाद उन्मुख भएको हुनाले विपक्षीका साथीहरुले घोषणा पत्र जस्तो भयो भन्न सक्नुहुन्छ । चुनावको बेला हाम्रो घोषणा पत्र समाजवाद उन्मुख हुनु र सरकारले पनि नीति तथा कार्यक्रम पनि समाजवाद उन्मुख ल्याउनुकै कारणले गर्दा उहाँहरुलाई घोषणा पत्र जस्तो लागेको पनि हुनसक्छ ।


आखिर, घोषणा पत्र भनेको के हो त ?
घोषणा पत्र भनेको घोषणा गर्न र आम जनसमुदायलाई देखाउन कै लागि मात्र हो त ? हैन नि । घोषणा पत्र भनेको त आफूले सरकार बनाइसकेपछि यो यो काम गर्छाैं भन्दै आम जनतालाई दिने एउटा कार्यतालिका हो । वास्तवमा भन्नुहुन्छ भने घोषणा पत्र निर्वाचनभन्दा पहिलेको पार्टीको नीति तथा कार्यक्रम नै हो । त्यो नीति तथा कार्यक्रमअनुसार जुन पार्टी चल्न सक्दैन त्यो पार्टीप्रति जनताको विश्वास कसरी रहन सक्छ त ? त्यसैले म फेरि पनि भन्छु हाम्रो वामपन्थी सरकार ठीक ठाउँमा छ, ठीक गरेको छ र ठीक गरिरहन्छ ।


बीचमा प्रदेशका मन्त्रालय तथा कार्यालयहरु राख्न पर्याप्त र व्यवस्थित भौतिक संरचनाहरु भएनन् राजधानी सार्नुपर्छ भन्ने केही तर्कहरु सुनिन्थे । तर, अहिले कतै पनि त्यस्ता तर्कहरु कतै सुनिँदैनन् । पहिले के कारणले त्यस्ता तर्कहरु सुनियो र अहिले के कारणले रोकियो ?
सर्वप्रथम म तपाईंमार्फत के अनुरोध गर्न चाहन्छु भने हाम्रो रुपन्देही जिल्लालाई तत्कालीन सरकाले प्रदेश नं. ५ को अस्थायी राजधानी रहने भनेर जुन घोषणा ग¥यो त्यसको निम्ति म धन्यवाद दिन चाहन्छु । अहिले प्रदेशको राजधानीलाई कसरी व्यवस्थित गर्ने भन्ने पट्टि सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, सभासदहरुलगायत सबै लागि परेका छौँ । वास्तवमा भन्नुपर्दा विगतमा बुटवल नगरीमा कुनै पनि जिल्ला स्तरका कार्यालयहरु नहुँदा सुरु–सुरुमा भौतिक संरचना अभाव देखिँदा केही समस्या भएको थियो । त्यो समस्यालाई बुटवलमा भएका सरकारी तथा गैरसरकारी संघ–संस्थाहरु, उद्योगी व्यवसायीलगायत समस्त रुपन्देही बासीको साथ र सहयोगले अहिले सम्पूर्ण मन्त्रालय तथा कार्यलयहरु राख्न भौतिक संरचनाहरु उपलब्ध भइसकेका छन् । जसले गर्दा रुपन्देही प्रदेशको राजधानीको लागि उपयुक्त रहेछ भन्ने सबैमा ज्ञान भइसकेकोले यस्ता सबै तर्कहरु बन्द भएका हुन् ।


सम्भावना बोकेको प्रदेश नं. ५ लाई समृद्धितर्फ लैजाने यहाँका योजनाहरु के कस्ता छन् ?
५ नं. प्रदेशलाई समृद्ध बनाउन मैले मात्र नभएर धेरैले बुझेका कुराहरु मूल रुपले दुईवटा छन् । एक कृषि अर्को पर्यटन । यद्यपि योसँग गाँसिएका धेरै कुराहरु छन् । तर, पनि मुख्यतः हामीले पहिलो प्राथमिकतामा कृषि र पर्यटनलाई दिनुपर्छ किनकि कृषि र पर्यटन क्षेत्रमा सम्भावनाहरु पनि धेरै छन् । यी दुवै कुराबाट ५ नं. प्रदेशलाई समृद्धिमा लैजान सकिने हुँदा यी कुराहरुलाई व्यावसायिकरुपमा अगाडि बढउनु जरुरी छ । हाम्रो देश भू–परिवेष्ठित देश भएकोले अब हामीले कृषि र पर्यटनलाई उद्योगको रुपमा परिणत गरेर कृषिमा आधुनिकरण र पर्यटनमा आकर्षणको रुप दिई योजनाबद्ध रुपमा अगाडि बढ्न सक्यौं भने छिट्टै समृद्ध प्रदेश बनाउन सफल हुन्छौं र परनिर्भरतामा बाच्नुपर्ने अवस्था पनि रहँदैन ।


राजनीतिक अस्थिरताले विकास निर्माण अगाडि बढ्न नसकेको नेपालमा दुई कम्युनिष्ट पार्टीको एकीकृत प्रयासले जसरी प्रदेश र केन्द्रमा वाम गठबन्धनको बहुमतको सरकार बनेको छ, के अब त्यसरी नेपाल राजनीतिक दलदलबाट बाहिर आएर निकासको बाटोमा विकासको गति लिन सक्छ ?
विल्कुल सक्छ । तपाईंले भने जस्तै २०७२ सालसम्म हामीले एउटा राजनीतिक लडार्इं लड्यौँ । ७२ सालसम्म हामीले विकास निर्माणतर्फ सोच्ने र विकास निर्माणलाई अगाडि बढाउनेलगायत विकास निर्माणसम्बन्धी कुनै पनि काम यो वा त्यो नाममा गर्न सकेनौँ । हामी केवल राजनीतिक कुरा मै अल्झियौँ । हरेक कुरामा एउटा–एउटा चरण हुँदो रहेछ । त्यसैले पहिले राजनीतिक लडाईंको चरण थियो भने अहिले हामी विकास निर्माणको चरणमा प्रवेश गरेका छौं । जसअनुसार विकास निर्माणका सिस्टमहरु पनि देखिन सुरु भएका छन् । २०५१ सालमा एमालेको अल्पमतमा सरकार बन्दा त्यतिबेला विकास निर्माणको छोटो नमुना पनि एमालेले देखाएको थियो । जुन नमुनालाई सम्पूर्ण नेपालीहरुले सम्मान पनि गरेका हुन् । अब के गर्दा जनतालाई सुख, शान्ति र समृद्धि मिल्छ त भन्ने कुराहरुप्रति केन्द्रित भई अगाडि बढ्ने हुँदा अब राजनीतिक अस्थिरताको अन्त्य हुनुपर्छ र हुन्छ पनि । अहिले सबैले बुझेका छौँ अस्थिरताले भलो हुने काम गर्दैन भनेर । त्यसैले अब गरिने राजनीति केवल विकास निर्माणको राजनीति हुँदा मलाई लाग्छ पक्कै पनि राजनीतिक अस्थिरताको अन्त्य हुन्छ ।


राजनीतिमा आउन चाहने नयाँ पुस्तालाई के भन्नु हुन्छ ?
म राजनीतिमा आउने युवाहरुले एउटा के कुरा बुझ्नुपर्ने जरुरी छ भने राजनीतिमा उद्योग, व्यापार, जागिरमा जस्तो एक÷दुई महिना, अर्थात् एकै दिनमा प्रतिफल पाउने अवस्था रहँदैन । राजनीतिमा प्रतिफल पाउनको लागि धेरै समय कुर्नुपर्ने हुन्छ । राजनीतिमा लाग्ने बित्तिकै राजनीतिज्ञको सारा व्यवहार घर परिवारले चलाइदिनुपर्ने हुन्छ । युवाहरुको राजनीतिमा आकर्षण छ । तर, त्यो आकर्षण आमाबावुले दुई÷चार वर्ष खर्चपानी चलाइदिन्जेल मात्र पनि भएका छन् । जब आमा बुबाबाट खर्चपानी चल्दैन अनि वैवाहिक जीवनमा बाँधिएर बालबच्चा हुन थाल्छन् तब समस्या उत्पन्न हुन्छ । त्यसपछि परिवारमा अन्तद्र्वन्द्व हुन थाल्छ । जसले गर्दा कि आय आर्जनमा लागेर बाबुआमासँग बस्नुप¥यो कि परिवार लिएर श्रीमतीलाई कतै व्यवसाय वा जागिरमा लगाएर आफूले राजनीति गर्ने बाहेकका विकल्पहरु कमै छन् । यस्ता उदाहरणहरु पनि हामीबीचमा छन् । त्यसैले मैले हाम्रा नयाँ साथीहरुलाई के भन्न चाहन्छु भने तपाईंहरु राजनीतिमा आउनुस् । रानीतिमा जोस जाँगर बोकेका तपाईंहरुको खाँचो छ । तपाईंहरु राजनीतिमा नआए देशले विकासको गति लिन सक्दैन । जबसम्म तपाईं हाम्रो पसिना यो देशको भूमिमा पर्दैन तबसम्म देशमा समृद्धि आउन सक्दैन । यहाँहरु राजनीतिमा प्रवेश गर्दा के बुझ्नु जरुरी छ भने राजनीति देश र जनताको लागि गर्ने हो । यसबाट प्रतिफल प्राप्त हुन पनि सक्छ र नहुन पनि सक्छ । त्यसमा छिटो प्रतिफल आएन भने पनि रत्तीभर पछाडि नहटेर देश र जनताको हित हुने कार्य गर्ने किसिमबाट लागेमा एकातिर देशले मुहार फेर्नुको साथै अर्कोतिर स्वयं राजनीतिज्ञलाई पनि सफलताको ताज पहिराउँछ ।


अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा त्यस्तो खासै भन्नु केही छैन । विशेषरुपमा हामीले खोजेको समतामूलक नेपाल चाँडोभन्दा चाँडो होस् । यहाँ कसैप्रति अन्याय नहोस् । जसरी गौतमबुद्धलाई शान्तिका अग्रदूत भनेर चिनिन्छ हामी सम्पूर्ण नेपालीहरु त्यसरी नै चिनिने प्रयासको रुपमा अगाडि बढौँ । हामी तछाड–मछाड र तँभन्दा म के कम भन्नुभन्दा पनि मिलेर सामूहिक प्रयासमा विकास निर्माणका कामहरु गरौँ । अहिले हामी सबैको चाहना र आवश्यकता भनेको विकास निर्माणको हो । त्यसैले विकास निर्माणको सवालमा यो वा त्यो नभनेर एक ठिक्का भएर लागौँ अवश्य हामी हाम्रो लक्ष्यमा पुग्न सक्छौँ भन्न चाहन्छु ।

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कसले भन्छ, वैदिक धर्म मानव केन्द्रित छैन ।

हिन्दू धर्मलाई मानवतावादी धर्मको रुपमा लिन सकिन्छ । कसैले यस वैदिक धर्मलाई रुढीवादीको संज्ञा दिन्छ वा मानव...
मनोरञ्जन / साहित्य अरु धेरै

कहिले नमिटिने आमाको यादहरु यसरी पोखिए सहयात्रीका शव्दहरुमा (भिडियो सहित)

आमा भन्दै रोए कराए, छटपटिए घरीघरी निभ्यो ममताको दियो, कहिल्यै नबल्ने गरी, संसारमा सबै भन्दा ठुुलो कुरा केही छ भने...

वैदेशिक रोजगारी : नेपाली युवाको रोजाइ कि बाध्यता ?

वैदेशिक रोजगारीकै कारण खरका छानाहरुमा टिनको छानामा परिणत भएका छन् भने टिनका छानाहरु कंक्रिटको ढलानयुक्त घरमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै