logo

प्रतिपक्षमा बसेर कसीको रुपमा आवाज उठाउनु सबैभन्दा महत्वपूर्ण कार्य हो ।

प्रदेश नं. ५ मा रुपन्देही जिल्लाबाट नेपाली कांग्रेसको समानुपातिक सिटमार्फत प्रदेश सभा सदस्य भएका व्यक्तित्व हुन् बलदेव शर्मा पोखरेल । वि.सं.१९९५ सालमा प्यूठानको तुषारा भन्ने ठाउँमा जन्मिएका शर्माले संस्कृतमा उत्तरमध्यमसम्म अध्यन गरेका छन् । २०१० सालदेखि २०१४ सालसम्म चार वर्ष विद्यार्थी राजनीतिमा सक्रियता जनाएका शर्माले २०१४ पछि पार्टीको सदस्यता लिई राजनीतिक रुपमा आफूलाई थप बलियो बनाउँदै पार्टीद्वारा गरिएको अवज्ञा आन्दोलनमा समेत सक्रिय रुपमा आफूलाई प्रस्तुत गर्दै राजनीतिक यात्रालाई गहिराईसम्म पु¥याउँदै फराकिलो बनाउँदै राष्ट्र, राष्ट्रियता र पार्टीगत विकासको लागि निरन्तर अग्रसर रहे । २०१५ सालको आम निर्वाचनमा विशिष्ठ भूमिका खेलेका शर्मा २०१७ सालमा तत्कालीन राजा प्रजातन्त्रको हत्या गर्दै राजनीतिक इतिहासमा गरिएको ‘कू’ को कारणले २०१७ देखि २०२१ सालसम्म पाँच वर्ष जेल जीवन बिताउनुप¥यो । सोपश्चात रुपन्देहीलाई कर्मथलोको बनाउँदै २०२४ सालदेखि २०२४ सालदेखि २०३८ सालसम्म जिल्ला सचिव भएर जिम्मेवारी सम्हाली सकेका शर्माले २०३६ सालमा भएको निर्दल बहुदलको जनमत संग्रहमा सक्रिय भूमिका निर्वाह गर्दै बहुदलको पक्षमा रुपन्देहीलाई जीतको पगरी दिलाउन सफल भएका व्यक्ति हुन् । २०२९ सालमा पार्टीद्वारा चलाइएको टेरिस्ट मुमेण्टमा समेत सक्रिय भूमिका निर्वाह गरेका शर्मा २०३७ सालमा बीपी कोइरालाद्वारा अञ्चल अञ्चलबाट प्रतिनिधि लिई गठित केन्द्रीय तदर्थ समितिमा लुम्बिनी अञ्चल प्रतिनिधित्व गर्ने दुई प्रतिनिधि मध्येका एक प्रतिनिधिसमेत हुन् । २०४२ सालको सत्याग्रहमा पुनः चार महिना जेल यातना भोगेका भोग्न बाध्य भए । २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा समेत सक्रियताका साथ लागि परेका शर्मा सोपश्चात् हालसम्म पार्टीद्वारा जनताको अधिकारको लागि गरिएका विभन्न आन्दोलनहरु, निर्वाच तथा अन्य कार्यहरुका साथै सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै सकृय भुमिका निर्वाह गर्दै आएका उनै बलदेव शर्मा पोखरेलसँग पोसकान्त पोखरेलद्वारा गरिएको कुराकानीको संक्षिप्त अंशः

 

एउटा अभिभावक, जो प्रदेश सभामार्फत पहिलो पटक प्रदेशसभामा आफूलाई प्रतिनिधित्व गराउन सफल भएर प्रदेशसभा सदस्य हुनु भएको छ । यो सुखद अवसरमा कस्तो महसुस गर्दै आफूलाई कसरी प्रस्तुत गर्ने योजनामा हुनुहुन्छ ?
संघीय नेपालको संरचनाअनुसार म पहिलो पटक प्रदेश नं. ५ को प्रदेशसभामा सदस्यको रुपमा उभिन सफल भएको म एकदमै खुसी छु । म यस मानेमा खुसी छु कि मैले देश र जनताको हकहितका कार्यहरु गर्दै पार्टीगत विकासको लागि योगदान दिएछु । मैले दिएको योगदानका बाबजुत योगदानको कदर गर्दै पार्टीले रुपन्देही जिल्लाबाट मलाई समानुपातिक सिटमार्फत प्रदेश नं. ५ को सभासद्को महत्वपूर्ण जिम्मेवारी दियो । यस हिसाबले पनि मैले राष्ट्र र पार्टीका लागि गरेका कार्य तथा योगदानहरुको लेखाजोखा गरी योग्य भएको ठहरगरी जुन हिसाबले मलाई समानुपातिक सिटमार्फत सभासदको बनाइयो त्यसहिसाबले आफूलाई समयको मागअनुसार परिवर्तन गर्दै राष्ट्र, राष्ट्रियता र पार्टीका हकहितका विषयहरुमा गम्भीरता पूर्वक लागेर राष्ट्र र पार्टीद्वारा मप्रति गरिएका आशा र भरोसालाई मूर्तरुप दिने हिसाबले आफूलाई प्रस्तुत गर्ने योजनामा रहेको छु ।


एउटा प्रदेशसभाको सदस्य अर्थात् सभासद् भएपछि यहाँको क्षेत्रका जनतामात्र नभएर सिङ्गो प्रदेशका आमजनताले यहाँप्रति केही अपेक्षाहरु पनि राखेका होलान् । ती अपेक्षाहरुलाई यहाँले कसरी सम्बोधन गर्नुहुन्छ ?
निश्चय पनि, रुपन्देही जिल्लाबासीले हामीबाट आशा गर्नु स्वभाविककै हो । तथापि हामी समानुपातिकबाट आएका जति पनि छौं । हाम्रो नैतिक दायित्व र कर्तव्य भनेको रुपन्देही जिल्ला मात्र नभएर सिङ्गो प्रदेश भरिनै विकास निर्माणका कार्यहरु गर्दै समृद्ध राष्ट्र निर्माण लाग्नु हो । प्रदेश सभाको सदस्यको हैसियतमा आम जनताहरु म र मेरो पार्टी नेपाली कांग्रेसप्रति धेरै आशा÷भरोशा राख्नु भएको छ र होला पनि । त्यही भरोसाकै एउटा रुप हो कांग्रेसले ल्याएको समानुपातिक मत पनि । ५ नं. प्रदेशमा कांग्रेस प्रतिपक्षको भूमिका निर्वाह गरेको छ । प्रतिपक्षमा बस्दा सरकारको तर्फबाट निर्णय गर्ने भूमिका नभए पनि गलतलाई गलत भन्दै सुधारको आवाज र सहीलाई सही भन्दै कार्यान्वयनको लागि समर्थन गरी प्रतिपक्षमा कसीको रुपमा बसेर आवाज उठाउनु सबैभन्दा महत्वपूर्ण कार्य हो । यसरी प्रतिपक्षमा बसेर राष्ट्र र राष्ट्रियता लागि खेलिने भूमिका भनेको गहना पनि हो । जसरी हाम्रो पार्टीलाई भोट दिने बेलामा आम जनताले जुन आशा र भरोसाले भोट दिनु भयो उहाँहरुको आशा र भरोसालाई हामीले कदापि मर्न दिने छैनौं भलै नेका प्रतिपक्षमा किन नहोस् । हामी प्रतिपक्षमा बसेरै राष्ट्र, राष्ट्रियता र प्रजातान्त्रका विषय सकारात्मक भूमिका खेल्दै अग्रसर रहन सक्छौं । तिनै कुराहरुमा जनता र राष्ट्रको आवश्यकतालाई मध्यनजर गर्दै सदनमा सोही अनुसारको आवाजहरु मार्फत महत्वपूर्ण भूमिका खेल्दैजनताका अपेक्षाहरुको यथासक्य सम्बोधन गर्नेतर्फ सदनको ध्यानाकर्षण गराई देश र जनताको हकहितका कुराहरुमा सरकार पक्षले जुनसुकै हालतमा सम्बोधन गर्नै पर्ने हुन्छ । यस हिसाबले देश र जनताका आवश्यकताहरुलाई केलाएर प्रथामिकताका आधारमा योजनाबद्धरुपमा जनतामार्फत सदन र सदनमार्फत जनतासम्म पु¥याएर सम्बोधन गर्नेतर्फ लाग्नेछौं ।


५ नं. प्रदेशमा प्रतिपक्षमा बसेको यहाँको पार्टी नेपाली कांग्रेसले अझै संसदीय दलको नेता छनौट गर्न सकेको छैन । हिजो शनिबार छनौट गर्ने भनेको पनि केही पर सरेको छ । संसदीय दलको नेताको लागि यहाँ एक दाबेदार पनि हो । यदि यहाँलाई संसदीय दलको नेता बनाइए आगामी दिनमा राष्ट्र र पार्टीगत हकहितको लागि कस्तो भूमिका निर्वाह गर्दै अगाडि बढ्ने सोच छ ?
म संसदीय दलको नेता भए भने मेरो पहिलो प्राथमिकता भनेको त राष्ट्रिय हितको कार्य गर्नु नै हो । र दोस्रो मैले पार्टीको हितलाई पनि प्राथमिकतामा राख्दै संगठनलाई बलियो बनाउने भन्नेतर्फ लाग्नुपर्छ । म संसदीय दलको नेता बन्न खोज्नु पनि पार्टी कमजोर भएको कुरालाई ध्यानमा राख्नु हो । संसदीय दलको नेताको हैसियतले राष्ट्रभरी नसकेता पनि प्रदेशमा त पार्टीलाई संगठनिक रुपमा विस्तार गर्दै थप बलियो बनाएर अगाडि बढ्न सक्छु भन्ने विश्वासले नै संसदीय दलको नेता बन्न बढी इच्छुक भएको हुँ ।


चुनावमा सबैका घोषणा पत्रहरुमा समृद्धि भन्ने शब्दले छुटेन । अब पनि समृद्धिको लागि केही नगर्ने नै हो भने दिन÷प्रतिदिन सुविधाभन्दा समस्याहरुको चाङ लाग्ने निश्चित छ । दलहरुद्वारा देखाइएका समृद्धिका सपनाहरुमा ५ नं. प्रदेशलाई समृद्धितर्फ लैजान प्रदेश सरकारले के कस्ता कार्यहरु गर्नुपर्ला ?
५ नं. प्रदेशको कुरा गर्नुपर्दा यो प्रदेशमा समृद्धिका लागि आवश्यक सम्भावनाहरु पनिधेरै छन् । मेरो विचारमा भन्नुपर्दा र सरकारले गर्नुपर्ने कार्यहरु अन्तर्गत पहिलो मानिसलाई चाहिने खाना हो । त्यसैले व्यावसायिक कृषिमा जोड दिंदै कृषि क्षेत्रमा सुधार गर्नुपर्छ  । जब मानिसले पेटभरि खान पाउँछन् तब मात्र अन्य कार्य गर्न सक्छ । त्यसैले कृषि क्षेत्रमा राज्यले योजना बनाएर व्यवसायिक कृषिमा जोड दिनु पर्छ । दोस्रो कुरा हो शिक्षा । अहिलेको शिक्षा समयानुकूल छैन । राज्यले राज्यमा चाहिने जनशक्तिमध्ये सिभिल इन्जिनियर कति, आईटी ईन्जिनियर कति, डाक्टर कतिलगायत अन्य धेरै क्षेत्रमा आवश्यकता पर्ने जनशक्तिलाई निक्र्यौल गरी त्यो जनशक्ति उत्पादन गर्नुप¥यो । जथाभावी डाक्टरै डाक्टर, ईन्जिनियर उत्पादन गरेर दक्ष जनशक्ति खेरफाल्नु हुँदैन । त्यसैले कहाँ कति जनशक्ति चाहिन्छ सोही अनुसारको जनशक्ति उत्पादन गरी त्यो जनशक्तिलाई उचित कार्यमा लगाउनु राज्यको कर्तव्य पनि हो । तेश्रो पर्यटन क्षेत्र हो । ५ नं. प्रदेशमा पर्यटन क्षेत्रको सम्भावना पनि उच्च छ । विश्व विख्यात लुम्बिनी पनि हाम्रै प्रदेशमा छ । लुम्बिनी मात्र नभएर गुल्मीको रेसुङ्गा, दाङमा भएका ठुला–ठुला तालहरु लगायत हाम्रो प्रदेशमा त्यस्ता धेरै ठाउँहरु छन् । जहाँ पर्यटकलाई आकर्षण गर्न सकिन्छ । ती पर्यटकीय क्षेत्रहरुको पहिचाहन गरेर सके धेरै नसके पाँच÷सात राख्न सक्नेगरी पर्यटकीय क्षेत्रहरुको विकास गर्नुपर्दछ । जसले हामीलाई विदेशी मुद्रा स्वदेशमा राख्न मद्दत गर्दछ । चौथो स्वास्थ्य हो । अहिलेको सन्दर्भमा हेर्दा यो क्षेत्रमा ठुलो विकृति भइरहेकोे छ । अस्पतालहरुले बिरामी ल्याउनको लागि बीचमा ब्रोकरहरु खडा गरेर बिरामी तान्ने होडबाजी गरिरहेका छन् । अस्पतालहरुले त बिरामीहरु स्वयं आउने वातावरणको सिर्जना गर्नुपर्ने हो तर त्यसो भएको छैन । स्वास्थ्य सेवामा पछाडि परेका विशेष गरेर पहाडी जिल्लाहरुमा अस्पताल, सैया, डाक्टर संख्यामा वृद्धि गरेर आवश्यकता अनुसार उपचारका औजारहरु उपलब्ध गराउनुपर्छ । गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै मापदण्डविपरीत र कमसल गुणस्तको सेवा दिने अस्पतालहरुमा पहिचाहन गरी कानुन संवत् रुपमा सुधार गर्नुपर्छ । डाक्टरहरु पनि आफ्नो काम कर्तव्य प्रति जिम्मेवारी पूर्वक कार्य गर्नुपर्छ ताकि एकातिरको उपचार अर्को तिर नगरियोस् । राज्यले मानिसहरुको स्वास्थ्य बीमाको लागि जुन ५० हजार भनेको छ त्यो रकमलाई बढाएर कम्तीमा पनि दुई÷तीनलाख बनाउनुपर्छ ।
त्यसपछि विकासको नाममा एउटै गाउँमा पनि तीन÷चारवटा मोटरबाटाहरु जेसिवी लगाएर धमाधम खनिएको छ, त्यसले एकातिर वनजङ्गल मासिंदै गएको छ भने, अर्कोतर्फ धुलो उडिरहेको छ जसले गर्दा वातावरण प्रदुषण बढीरहेको छ । तर कुन ठाउँमा कति आवश्यकता हो त्यो नहेरेर काम गरिएको छ त्यो गलत छ । आवश्यकताअनुसार बनाउनु स्वभाविक हो । तर यहाँ आवश्यकताभन्दा बढी विलासीपन अपनाइएको छ । बाटाहरुभन्दा पनि बढी आवश्यकता ऊर्जा हो । हामी प्रसस्त मात्रामा ऊर्जा उत्पादन गरेर पूर्व पश्चिमको रेल सेवा र उत्तर दक्षिणको लागि रोप वेद्वारा यातायात र ढुवानी मिलाउन सके हाम्रा वनजङ्गल पनि बेच्ने, तेलको समस्या पनि नहुने, उद्योगधन्दाहरु पनि सञ्चालन गर्न सहज हुनेलगायत अन्य धेरै कार्यहरु ऊर्जामार्फत गर्न सकिने हुँदा ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकता दिंदैं उक्त क्षेत्रबाट लिन सकिने लाभको लागि योजनाबद्ध रुपमा ऊर्जा क्षेत्रको विकास गर्नुपर्छ  । हामीसँग ऊर्जा क्षेत्रमा पर्याप्त सम्भावना हुँदा हुँदै पनि पछि परेका छौं । त्यसैले हामीले खोजेको समृद्धिको प्राप्तिको लागि ऊर्जा पनि एक हो । त्यसैगरी राज्यले निश्चित ठाउँमा सेम्पलको लागि एउटा÷एउटा कुनै कुराको फोकस दिएर कुनै कार्यको सुरुवात गर्नुपर्छ । यदि त्यो काम सफल भए उक्त कार्य सेम्पलको रुपमा पनि हुने र त्यो कार्यको देखासिकीजिल्ला हुँदै देशभर फैलने हुँदा राज्यबाट त्यस्ता कार्यहरु हुनु जरुरी पनि छ ।


भर्खरै सम्पन्न चुनावमा नेपाली कांग्रेसको चुनावी परिणाम विगतको भन्दा निरासजनक देखियो । यसरी चुनावमा निरासजनक परिणाम आउनुको कारण के होला ? र यो नतिजा सुधार गर्दै पार्टीलाई उचाइमा पु¥याउन पार्टी नेता तथा कार्यकर्ताहरुले आगामी दिनमा के कस्ता कदमहरु चालेमा नेपाली कांग्रेसले विगतकै छवीलाई पुनः दोहो¥याउन सक्ला ?
धेरै राम्रो प्रश्न गर्नु भयो । हो, यहीनेर हामीले गल्ती ग¥यौं । हामी अरु पार्टीसँग ६०÷४० भागवण्डानगरेर हामीले आफै संघर्ष ग¥यौं । त्यो राम्रो पक्ष हो । तर हामीले आफ्नै पार्टीभित्र ६०÷४० को भागबण्डा ग¥यौं । र त्यसैको परिणाम हो कि भन्ने मलाई लागेको छ । किनभने चुनावमा ६० ले ४० लाई हराउन लाग्यो ४० ले ६० लाई । एउटै पार्टीभित्र ६०÷४० को भागबण्डा उपयुक्त थिएन । जसरी नेतृत्व वर्गले भागवण्डा ग¥यो त्यसको परिणाम नराम्रो आयो । त्यो सबैले देखेकै कुरा हो । त्यसैले नेतृत्वले यस्ता खाले निर्णयहरुको अन्त्य गर्नु पर्दछ । यदि जनताले नरुचाएको हुन्थे भने किन समानुपातिकमा राम्रो मत ल्याएर प्रत्यक्षमा किन हा¥यो त कारण त्यही ६०÷४० को नै हो । र अर्को कुरा हाम्रा केन्द्रीय नेताहरु जसले आफूलाई नेता भन्नुहुन्छ उहाँहरुले पार्टीले हा¥यो सभापतिले राजीनामा दिनुपर्छ । म त्यो कुरा मान्न तयार छैन । किनभने हो, सभापतिको जिम्मेवारी शतप्रतिशत भए पनि त्योभन्दा तल ८०, ७०, ६०, ५० प्रतिशतजिम्मेवारी त उहाँहरु केन्द्रीयस्तरका महामन्त्री, कोषाध्यक्षलगायतका नेताहरुको पनि त होला नि ? उहाँहरुले राजीनामा दिनेकी नदिने त ? अनि अर्को कुरा हाम्रो पार्टीमा हल्लै ठुलो छ । शेरबहादुरले श्रीमती उठायो बालकृष्ण खाँडले श्रीमतीलाई समानुपातिक सभासद्मा राख्यो भनेर । अहिले हेर्नुस् त एमाले माओवादीका १७ जनाका श्रीमती नै समानुपातिकमा छन् । उदाहरणको लागि ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलकी श्रीमती पनि प्रतिनिधि सभाको सदस्य हुनुहुन्छ । त्यहाँ हल्ला भएको छैन । केवल हाम्रै साथीभाइले चिया पसलमा, चौपारीमा, पत्रपत्रिकामा हल्ला गर्दै हिँड्नु पनि हारको एक कारण हो । आगामी दिनमा नराम्रा पक्षहरुलाई सुधार गर्दै मलाई पार्टीले के ग¥योभन्दा पनि पार्टीलाई मैले के गरँे त भन्ने कुरामा विचार विमर्श गर्नु जरुरी छ । अनि उच्च ओदाहमा बसेका नेताहरुले आफूलाई सुधार गर्दै तेरो र मेरो भन्ने कुराको अन्त्य गरेर म नै सबै थोक हो भन्ने भावना त्याग्नुपर्दछ । र सांगठानिक ढाँचाको विस्तार, नेतृत्वको विकास गर्दै देश र जनताको हकहित हुने कार्य गर्दै अबको पाँच वर्ष एकढिक्का भएर लागे पार्टी पहिलेकै अवस्थामा पुग्ने कुरामा कुनै शंका छैन ।


लामो समयको राजनीति यात्राको क्रममा दुई पटक झण्डै साढे पाँच वर्षसम्म जेल यातना भोग्दै राष्ट्र र राष्ट्रियताको लागि अहिलेसम्म पनि लड्दै जसरी यहाँ एउटा अभिभावक रुपमा झल्किनुभएको छ त्यसरी भन्नुपर्दा अब नेपालको राजनीति हिजोका दिनहरुमा जस्तो रहेन । हिजोका दिनहरुमा जस्तो राजनीतिक अस्थिरताले समृद्ध नेपालको कल्पना कर्कलाको पातको पानी सरह नै हो । यस्तो अवस्थामा अब नेपालमा नयाँ पुस्ताले कस्तो खालको राजनीति गर्नुपर्छ जुन राजनीतिले देशको समृद्धिमा महत्वपूर्ण योगदान दियोस् ?
समय भनेको एउटा चक्र हो । जुन घुमिरहेको हुन्छ । हिजो एउटा आवश्यकता थियो भने आज त्यही कुरा विस्तृत रुपमा चाहिन्छ । राजनीति पनि त्यस्तै हो । यो पनि समयको माग अनुसार परिवर्तनशील हुन्छ । परिर्वनशील राजनीतिमा जुन राजनीतिज्ञले आफूलाई परिवर्तन गरेर जनचाहना अनुसार चल्छ त्यो सफलताको उचाइमा पुग्छ । यहाँले भनेजस्तो अब नेपालको राजनीति हिजोका दिनहरुमा जसरी चल्दैन । अब राजनीति गर्ने तौरतरिकामा परिवर्तनको आवश्यकता छ । म राजनीति गरिरहेका र गर्न चाहाने नयाँ पिढींलाई के भन्न चाहन्छु भने हामी पहिला राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको लागि काम गर्नुपर्छ । हामीले केही लिन सक्छौंभन्दा पनि के दिन सक्छौं भन्ने सोचको विकास गर्नु जरुरी छ । त्यसैगरी पार्टीबाट पनि हामी के लियौं भन्दा पनि हामीले पार्टीलाई के दियौं, दिन सक्छौं, के गर्दा पार्टी बलियो भएर देश र जनताका हकहितका कामहरु गर्न सक्छ भन्ने कुरालाई मध्यनजर गर्दै गरिएको राजनीतिले अबका नयाँ पिढींहरुलाई राजनीतिक सफलता मिलाउने छ । यसरी गरिएको राजनीतिमा अस्थिरताभन्दा स्थिरता बढी हुनेहुँदा त्योबीचमा समृद्ध देश निर्माणका लागि भएका महत्वपूर्ण निर्णयहरुले एकातर्फ देशले विकासको गति लिन्छ भने अर्कोतर्फ स्वयं राजनीतिज्ञलाई पनि सफलता मिल्नेछ ।


अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा सबै केन्द्रीय नेतादेखि लिएर जिल्लास्तरका सबै नेताजनहरुमा सद्बुद्धि आओस् । अनि पहिले हामी देशको लागि केही गरौं । त्यसपछि पार्टीको लागि गरौं । सबै मिलेर तेरो÷मेरो भावनाको अन्त्य गरी आपसी मनमुटावमा नलागेर अगाडि बढ्न सकेमात्र देशले विकासको गति लिन्छ । उक्त विकासको जस लिने पनि हामी नै हो । त्यसैले जुधेर भन्दा बुझेर काम गर्न सक्नु नै सबैभन्दा ठुलो महानता हो भन्न चाहन्छु ।

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै