logo

पर्यटन उद्योगको समस्या साँघुरो अन्तर्राष्ट्रिय एयरपोर्ट र प्र्रदूषण

पर्यटन उद्योगमा सुुमन पाण्डेको निकै ठूलो योगदान रहेको छ । निकै लामो समयदेखि पर्यटन उद्योगमा संलग्न पाण्डे प्यासेफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका पूर्वअध्यक्ष हुुन् भने एक्स्लोर हिमालय ट्राभल एण्ड एडभेञ्चरका प्रेसिडेन्ट पनि हुुन् । यसबाहेक उनी फिस्टेल एयरका प्रमुुख कार्यकारी अधिकृत एवं हाल सञ्चालनको तयारीमा रहेको अलफ्ट होटलका निर्देशक पनि हुन् । पर्यटन उद्योगका क्षेत्रमा आफ्नो विशिष्ट परिचय स्थापित गरिसकेका पाण्डे यो व्यवसायमा आउन चाहने नयाँपुस्ता एवं व्यवसायीका लागि आदर्श व्यक्ति पनि हुुन् । सन् २००१ देखि २००३ सम्म टे«किङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान)को प्रेसिडेन्ट समेत रहेका पाण्डे सन् २००४ देखि २००६ सम्म नेपाल टुरिज्म बोर्डमा एक्जुकेटिभ मेम्बर समेत रहेका थिए । पयर्टन क्षेत्रमार्फत मुुलुकको आर्थिक विकास र समृद्धिमा योगदान पु¥याएबापत सन् २००४ मा सुुप्रसिद्ध गोरखा दक्षिण बाहुुबाट समेत सम्मानित भएका उनै व्यक्तित्व पाण्डेसँग सुरेश राउतले पर्यटन क्षेत्रको वर्तमान अवस्थाका बारेमा केन्द्रित रहेर लिएको अन्तर्वार्ताको सम्पादित अंश :

पर्यटन क्षेत्रमा कत्तिको सम्भावना देख्नुुभएको छ ?
नेपालको लागि आर्थिक विकास र समृद्धिको मूल आधार भनेको नै पर्यटन हो । अतिथि देवो भव भन्ने भनाइलाई आत्मसात् गर्ने हामी नेपालीले मुुुुलुुकको आर्थिक समृद्धिको रेखा कोर्नको लागि पनि पयर्टन क्षेत्रको विकास गर्नैपर्छ । हामीले विशिष्ट आतिथ्यता एवं यहाँको मनोरम प्राकृतिक, भोगोलिक, भाषिक एवं सांस्कृतिक सौन्दर्य नै विदेशी पर्यटकहरुलाई पस्किने नै हो । विदेशीहरु पनि यहाँ आउने भनेको नेपालको मनोरम, हिमाल, पहाड, तालतलैया, रहनसहन रीतिरिवाज, जातजाति, कला संस्कृति हेर्नकै लागि आउने हो । त्यही कारण पनि नेपालमा पर्यटकीय उद्योगको निकै ठूलो सम्भावना रहेको छ । यही सम्भावना देखेर नै पछिल्लो समय हामीले होटल उद्योगमा लगानी गरेका हांैँ ।
होटल उद्योगको कुरा गर्नुभयो, तपाईंहरुको लगानीमा बन्दै गरेको अलफ्ट होटलको निर्माण प्रक्रिया कहाँ पुग्यो ?
अलफ्ट होटलको निर्माणकार्य सम्पन्न भइसकेको छ । अहिले हामी इन्टेरियर डेकोरेसनको काम गरिरहेका छौँ । यी सबै काम सकेर आगामी सेप्टेम्बरबाट होटल सञ्चालनमा ल्याउने हाम्रो अन्तिम तयारी रहेको छ । यो होटलमा विभिन्न बैंकर, व्यवसायी उद्योगीहरुको गरी कुुल पाँच सय करोड रुपैयाँ लगानी भएको छ । होटलमा अत्याधुनिक र आरामदायी सम्पूर्ण सुविधासहित पाँच तारे होटलमा हुुनुुपर्ने सम्पूर्ण सुविधा उपलब्ध हुुनेछ । होटलमा कुुल एक सय ७० वटा कोठा हुुनेछन् ।


तपाईंहरु होटल सञ्चालनमा ल्याउने अन्तिम तयारीमा हुुनुुहुुन्छ तर केही पर्यटन व्यवसायीहरु यो व्यवसायमा नाफा घटिरहेको छ, भन्छन् नि ?
हेर्नुुहोस्, व्यापारमा नाफाघाटा सामान्य हो । व्यापार सधैँ स्थिर हुुँदैन । कुुनै दिन व्यापारमा नाफा हुुन्छ भने कुनै दिन घाटा पनि हुुनसक्छ । एउटा उद्योगी व्यवसायीले यी दुुवै कुरालाई आत्मसात् गर्न सक्नुुपर्छ । व्यापारमा जोखिम त हुन्छ नै, त्यो जोखिमबाट माथि उठेर व्यापार सुरु गर्नुुपर्छ । त्यही सोचका साथ हामी होटल क्षेत्रमा आएका हौँ । यसमा सम्भावना निकै ठूलो रहेको छ ।


सन् २०१७ मा आएको पर्यटकको संख्याले व्यवसायीहरुलाई निकै उत्साहित बनायो भनिन्छ नि ?
नेपालमा पयर्टक आउनुु जो कोही नेपालीको लागि पनि राम्रो हो । यसलाई सबैले सुुखद नै मान्नुुपर्छ । तर हामीले यसमा नै चित्त बुुझाएर मख्य परेर बस्नुुहुँदैन । अझ बढीभन्दा बढी पर्यटक भित्र्याउन सक्नुुपर्छ । सन् २०१७ मा नेपालमा आएका पयर्टकको संख्या १० लाखभन्दा बढी छ । पर्यटक आगमनसम्बन्धी तथ्यांकमा केही तलमाथि भएको हुुनसक्छ । आगामी सन् २०३० भित्र ५० लाख पर्यटक भित्र्याउने लक्ष्यअनुसार हामी काम गरिरहेका छौँ । यसकारण अबको समय नेपालमा पर्यटक आगमनको संख्या बढाउन सबैले आफ्नो आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुुपर्छ । योगदान दिनुुपर्छ । अहिले त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार हुँदै छ । लुम्बिनी एयरपोर्ट बन्दै छ । डोमेस्टिक एयरपोर्ट धुलिखेलमा सार्ने कुरा छ । चाइना र इण्डियाले लुम्बिनी, जनकपुरसम्म रेल ल्याउने योजना अघि सारेका छन् । यी सबै पूर्वाधारहरु तयार भएको खण्डमा नेपालमा पर्यटक आगमनको संख्या उल्लेख्य रुपमा बढ्नेछ ।

\"\"


नेपाल आउने पर्यटकहरु गुणस्तरीय छैनन्, खर्च कम गर्छन्, कम बस्छन्, भनिन्छ नि ?
त्यसो होइन । खाली हामी आशा मात्र गर्छौँ । आशा गरेकै भरमा सबै कुरा हुुँदैन । पहिलो कुरा त हामीकहाँ पर्यटक आउनुुप¥यो । दोस्रो कुरा उनीहरुलाई खर्च गराउन, बसाइ अवधि बढाउन प्रोत्साहित गर्नपु¥यो । हामीले हाम्रा वस्तुु तथा सेवालाई उच्चतम मूल्यमा बेच्नु सक्नुुप¥यो । हामीकहाँ पर्यटक नै कम आइरहेका छन् । ती पर्यटकको पनि बसाइ अवधि बढाएर खर्च बढाउनसकेका छैनौँ । त्यो हाम्रै कमजोरी हो । अनि खालि आशा मात्र गरेर हुन्छ त ?

पछिल्लो समय ‘होम स्टे’का कारण होटल उद्योगमा समस्या प¥यो समेत भनियो नि ?
म यो कुरामा सहमत छैन । ‘होम स्टे’ पर्यटन उद्योगकै एउटा पाटो हो । ‘होम स्टे’को आफ्नो महत्व छ, आफ्नै ग्राहक छन्, होटलको आफ्नै महत्व छ, आफ्नै ग्राहक छन् । पर्यटकहरु ‘होम स्टे’मा बस्न गएर होटलमा बसेनन् भन्नुु गलत हो । बजारमा चाउचाउको बिक्री बढी भएर चामलको माग घट्ने होइन । चामलको माग बढी भएर ब्रेडको माग घट्ने होइन । यस अर्थमा होम स्टे कारण होटल उद्योगमा नकारात्मक असर प¥यो भन्नुु साँघुरो मानसिकताको उपज हो । सबै व्यवसायीहरु यो मानसिकताबाट माथि उठ्नुुपर्छ । सबैले सबैको अस्तित्व र उपस्थिति स्वीकार गर्न सक्नुुपर्छ । अनि मात्र पर्यटन उद्योगको विकास र विस्तार हुुनसक्छ ।

पयर्टन क्षेत्रमा अहिले समस्याहरु के रहेका छन् ?
हामीकहाँ पर्यटन उद्योगको लागि सबैभन्दा ठूलो समस्या भनेको इन्टरनेशनल एयरपोर्ट हो । यसको क्षमता विस्तार गर्नुुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा नेपालका पर्यटकीय क्षेत्र र सम्भावनाहरुका बारेमा प्रचारप्रसार गर्नुुपर्छ । अर्को ठूलो समस्या भनेको हरियाली मासिँदै छ । सबै निकाय मिलेर यसलाई नियन्त्रण गर्नुप¥यो । सबै क्षेत्रमा हरियाली कायम गर्नुप¥यो । हामीकहाँ अर्को सबैभन्दा ठूलो समस्या भनेको ‘डस्ट पोलुुसन’, ‘एयर पोलुुसन’ बढी छ । यो ‘पोलुुसन’ हटाउनुुप¥यो । एउटा पर्यटक घुम्न आउँदा मास्क लगाएर हिँड्नुुपर्ने अवस्थाको अन्त्य हुनुुप¥यो । हरियाली कायम गरेर स्वच्छ र सफा पर्यावरण कायम गर्नसक्नुुप¥यो ।


यो अवस्थामा सुधार ल्याउन के गर्नुुपर्छ ?
यसको लागि राजनीतिज्ञ र सरकारमा बस्नेहरुमा दृढ इच्छाशक्ति हुुनुुप¥यो, सक्षमता हुुनुुप¥यो । खालि हामीकहाँ राजनीतिक एजेण्डालाई मात्र अगाडि सारिन्छ, अबको समय आर्थिक विकास र समृद्धिको एजेण्डालाई पनि अगाडि सार्नुुप¥यो । राजनीति गर्नेहरुले पनि अब सिंगो मुुलुकको आर्थिक विकासको लागि आत्मचिन्तन गर्न सक्नुुप¥यो ।


एउटा सफल पर्यटन व्यवसायीको नाताले अन्त्यमा के भन्नुुहुन्छ ?
नेपालमा पर्यटनको निकै ठूलो सम्भावना रहेको छ । यसको लागि सबैले मिलेर ठोस काम गर्नुुपर्छ । नेपालको विकास र समृद्धिको आधार भनेको नै पर्यटन हो । यसले राष्ट्रिय रोजगारी, राष्ट्रिय अर्थतन्त्रमा निकै ठूलो योगदान दिएको छ । प्रत्येक वर्ष भारत र चीनसँग बढिरहेको व्यापारघाटा न्यूनीकरण गर्नको लागि पनि पर्यटन क्षेत्रको निकै ठूलो भूमिका रहन्छ । रेमिट्यान्सले धानेको यो मुुलुकलाई विकास र आर्थिक समृद्धिको गतिमा अगाडि लाने भनेको नै पयर्टन क्षेत्र हो । यसको प्रतिफल सिंगो मुुलुकको कुना काप्चासम्म पुुग्छ । अहिले विश्व अर्थतन्त्रमा भारत र चीन निकै अगाडि गइसके । अब नेपाल पनि अगाडि जानैपर्छ, योभन्दा अर्को विकल्प छैन । विगतमा द्वन्द्व, राजनीतिक अस्थिरता थियो तर अहिले त्यो छैन । त्यसकारण अबको समय मुुलुकको आर्थिक विकास र समृद्धिको लागि पनि राजनीतिक दलहरुले जनताको इच्छाअनुसार काम गर्नैपर्छ । यसो गर्नुु उनीहरुको लागि बाध्यकारी बनिसकेको छ । अब पनि गरेनन् भने जनताले उनीहरुलाई मान्ने छैनन् । राजनीतिक दलहरुले पनि अब यो कुरा बुुझिसके । यस अर्थमा अबको एजेण्डा भनेको विकास र समृद्धि नै हो, पर्यटन नै हो । अब यसमा अगाडि बढ्नुबाहेक अर्को विकल्प छैन । आशा गरौँ, अब मुुलुकले आर्थिक विकास र समृद्धिको लागि गति लिनेछ, त्यो गतिमा पयर्टन उद्योगको भूमिका निकै हुुनेछ । कुुनै पनि नेपालीले सस्तोमा श्रम बेच्न विदेशी भूमिमा जानुुपर्नेछैन । सबैले आफ्नै देशमा परिश्रम गरेअनुसारको प्रतिफल पाउने अवस्था सिर्जना हुनेछ ।

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

दिप बस्नेतको सुरक्षित बिदाई :

उनको नियुक्ति अयोग्य हो भनेर अदालतमा परेको मुद्दाको अहिलेसम्म फैसला भएको छैन । उनले सहसचिवमा वढुवाका लागि पेश...

राष्ट्रपति प्रमुख अतिथि भएको कार्यक्रममा राजाको गुणगान :

राजाको गुणगान गरिएको त्यो कार्यक्रमका प्रमुख दर्शक थिए—भारतीय स्थल सेनाध्यक्ष वीपीन रावत...

सम्पादकीय अरु धेरै

प्रदेशको आवशयकता पुरा गर

प्रदेश सरकार वास्तवमा नै परिचयको तहमा छन । पहिलोपटक यस्तो व्यवस्था भएका हँुदा सवै तिर अन्योल छ । सबैभन्दा बढी त जनतानै स्पष्ट भएका छैनन । त्यसो नहुदो हा राजधानीका नाममा यत्रा आन्दोलन हुने थिएन । त्यसमाथि...

छापामार शैलीमा प्रधानमन्त्रि बनेका ओली छापामार शैलीमा नै बर्खास्त हुने दिन नआओस्

माओवादीको सहयोगमा प्रधानमन्त्रि बनेर माओबादी कै अविस्वासमा सत्ताच्युत भएका ओलीले भोली फेरी माओबादीको...
मनोरञ्जन / साहित्य अरु धेरै

एकलौटी प्रदर्शनमा कान्छी

साप्ताहि रुपमा प्रदर्शनमा आउने चलचित्रको निरन्तरता दिदै यस साता चलचित्र कान्छीले हलमा आफ्नो एकल प्रदर्शन...

प्रशासनिक तटस्थता : अपेक्षा र अभ्यास

करिब दुई हजार वर्षअघि चीनमा विकास भएको र रोमन साम्राज्यमा संरचना स्थापित भई एक शताब्दीअघि उड्रो विल्सनले...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै