logo

अहिलेको पुस्ताले राजतन्त्र फर्कने कल्पना पनि गर्न सक्दैन

कैलाली बहुमुखी क्याम्पस धनगढीमा पढ्दै गर्दा २०४२ सालमा नेपाली कांग्रेसले चलाएको सत्याग्रह आन्दोलनमा सरिक भएका कारण पहिलोपटक थुनामा परे । ०५६ सालको आमनिर्वाचनमा बाजुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । गिरिजाप्रसाद कोइरालाको सरकारमा भूमिसुधार सहायक मन्त्री बने । ०७४ सालको प्रदेशसभा निर्वाचनमा बाजुरा क्षेत्र क बाट झिनो मतले पराजित भए । बाजुरामा मात्र होइन कांग्रेस पार्टीभित्र नै भद्र, शालीन र बौद्धिक व्यक्तित्वको छवि बनाएका जनकराज गिरी पार्टीको सातौं महाधिवेशनबाट अविछिन्न महासमिति सदस्य हुन् । स्व. गिरिजाप्रसाद कोइरालासँग अत्यन्त निकट सम्बन्ध भएका गिरी पछि गिरिजाप्रसाद कोइरालाको एजेण्डा बोकेकै कारण कृष्णप्रसाद सिटौलासँग निकट भएको कुरा खुलस्त भन्दै हिँडे । १३औं महाधिवेशनमा सिटौलाको टिमबाट केन्द्रीय सदस्य पनि लडे तर पराजित भए । पार्टी संगठन, नेतृत्व विकास, सामाजिक संघसंस्थामार्फत विश्वका ४२ भन्दा बढी राष्ट्रको अध्ययन भ्रमण गरी अन्तर्राष्ट्रिय राजनीतिसम्बन्धी लामो र मिहिन अनुभव बटुलिसकेका पूर्व सहायक मन्त्री जनकराज गिरीसँग समसामयिक विषयमा गरेको कुराकानीको सम्पादित अंश :

स्थानीय चुनावमा अति राम्रो परिणाम ल्याएको थियो कांग्रेसले बाजुरामा तर प्रदेश र प्रतिनिधिसभा भने नराम्ररी पछारिन पुग्यो कारण के होला ?
नराम्ररी पछारिन पुग्यो भन्न मिल्दैन । हामी झिनो मतले मात्र पराजित भएका छौं । बाजुरा सुरुदेखि नै नेपाली कांग्रेसको संगठन अत्यन्त मजबुत भएको जिल्ला हो । ०४८ को आमनिर्वाचन, ०४९ को स्थानीय निर्वाचन, ०५६ को आमनिर्वाचन र माओवादीको ठूलो दबदबा र कांग्रेस कठिन मोडमा उभिएको बेला ०६४ सालको आमनिर्वाचनमा पनि बाजुरामा कांग्रेसले विजय हात पारेको हो । संगठन मजबुत भएकाले हामीले पटक–पटक चुनाव जित्यौं । यो चुनावमा भने हामी हा¥यौ । यसमा दोष हाम्रो छैन । म कार्यकर्तालाई दोष दिन्न बरु धन्यवाद दिन्छु । वाम एक ठाम भएको बेला हामीलाई ज्यान फालेर भोट दिए । पार्टी हार्नुमा केन्द्रबाटै धेरैखालका कमी कमजोरी रहेका छन् । एउटा त दुई ठूला वाम पार्टी एक ठाउँमा आएर उभिनु नै हो । अर्को कुरा नेतृत्वले सत्ता साझेदारीमा रहेको माओवादीसँगको सम्बन्ध टुट्न दिनु हुँदैन थियो । बाजुरामा यसको प्रभाव स्वभाविक रुपले रह्यो । हामी जिल्ला तहका नेताले पनि चुनावी कार्यनीति र रणनीति कस्तो अपनाउने तय गर्न सकेनौं र केन्द्र तहबाट पनि जनतालाई आकर्षित गराउने खालका प्रचारात्मक नारा र जनतालाई विश्वास दिलाउने खालका एजेण्डा हामीसँग भएनन् । जनता के चाहन्छन्, आपूmलाई सुरक्षाको प्रत्याभूति कसरी गर्न सक्छन् जनताको त्यो मनोविज्ञान पनि हामीले बुभ्mने कोसिस गरेनौं । युवादेखि पुरानो पुस्तासम्मलाई भरोसायोग्य तुल्याउने एजेण्डा के हो हामीसँग भएन । यस कारण देशभर हामीले चुनाव हा¥यांै । बाजुराको हकमा भने वाम गठबन्धनले ठाउँ–ठाउँमा बुथ कब्जा गरेकाले पनि हाम्रो पराजय भयो । प्रधानमन्त्री गृहमन्त्री हाम्रो, पुलिस प्रशासन वामको अनि कसरी चुनाव जितिन्छ ।
०६४ सालको आमनिर्वाचनमा पनि कांग्रेस यसरी नै पराजित भएको हो त्यो बेला नेतृत्वको आलोचना भएन अहिले त नेतृत्वको आलोचना मात्र होइन गालीगलौजसम्म गरेको सुनिन्छ आलोचनाको सीमा नाघेजस्तो भएन र ?
०६४ र ०७४ को चुनावबीच धेरै ठूलो अन्तर छ र दुवै चुनावको नेतृत्वको बीच पनि ठूलो अन्तर छ । यस मानेमा कि त्यो बेला गिरिजाबाबुको एउटै लक्ष्य थियो १२ बुँदे समझदारीअन्तर्गत शान्ति वार्तामा जुन कुरा उल्लेख गरिएको थियो संविधानसभाको चुनाव गराउने त्यो पूरा गर्नु थियो । पार्टीले चुनाव हार्दै छ भन्ने जानकारी हुँदाहुँदै पनि पार्टी हारोस् तर मुलुक नहारोस् भन्ने थियो, जनता आतंकित थिए मुलुक जर्जर थियो । त्यसैले त्यो नेतृत्वप्रति गुनासो रहेन । किनभने शान्ति प्रक्रियामा कांग्रेस इमानदार छ भन्ने जनमानसमा छाप परेको थियो । अनि गिरिजाप्रसाद कोइरालाको नेतृत्व र शेरबहादुर देउवाको नेतृत्वको एउटै तुलना हुनै सक्दैन । अहिले जसरी नेतृत्वमाथि व्यापक आक्रोश, आलोचना र विरोधका स्वरहरु छन्, त्यो स्वाभाविक छ । अहिलेको नेतृत्वले पार्टीका प्रत्यक्ष र समानुपातिक उम्मेदवार चयनमा ठूलो अन्याय भएको छ । दक्षता, योग्यता र संगठनका आधारमा उम्मेदवार बनाइएको छैन । नातावाद, कृपावाद, आर्थिक प्रलोभनका आधारमा कांग्रेससँग नरहेका कांग्रेसको मर्म नबुझेका व्यक्तिलाई उम्मेदवार बनाइएको छ । अझै भन्ने हो श्रीमतीवादलाई प्रश्रय दिइएको छ । यस्ता थुप्रै कारणले अहिलेको नेतृत्व सम्पूर्णरुपमा असफल सावित भएको छ । त्यसर्थ कांग्रेसको वर्तमान नेतृत्वप्रति आम कार्यकर्ता र नेताले असन्तुष्टि देखाउनु अन्यथा होइन ।
त्यसो भए संगठन सुदृढीकरण गर्न तत्काल नेतृत्व परिवर्तन गर्नुपर्छ होइन ? कि चौधौं महाधिवेशन पर्खिने या त विशेष अधिवेशन बोलाउने तपार्इंको विचारमा के गर्दा कांग्रेस पार्टी अब्बल होला ?
पार्टीभित्रका विभिन्न समूहहरुका बैठकबाट उठेका विरोधका स्वरहरु मैले पनि सुनेको छु । तर म ती बैठकहरुमा सहभागी भएको छैन । मलाई लाग्छ केन्द्रीय समितिको बैठक र महासमितिको बैठकले विशेष अधिवेशन बोलाउनुपर्छ कि त स्वेच्छिकरुपमा अहिलेको उमेर समूहको नेतृत्वले विश्राम लिनुपर्छ भन्ने कुरा पनि आएको छ । मेरो विचारमा विशेष अधिवेशनबाट नै नेतृत्व परिवर्तन गरेर कांग्रेसलाई जनताका बीचमा नयाँ नीति र कार्यक्रमका साथ अगाडि बढाउन जरुरी छ । जसरी बीपीको समावेशी प्रजातन्त्रको नमुना ०१५ सालमा नै मुलुकले पाएको थियो । ग्रामीण जनताको आर्थिक जीवनलाई प्रत्यक्ष रुपमा उकास्ने कार्यक्रमहरु ल्याइएका थिए । अहिलेको नेतृत्वले बीपीको त्यो मार्ग छाडेको छ वामपन्थीहरुले त्यही मार्ग पछयाइरहेका छन् । हो हामीहरुले यसैमा टेकेर जनतालाई प्रभाव पार्न सक्ने अग्रगामी सोचका साथ अगाडि बढेमा मात्र कांग्रेसको कल्याण थियो । हामी यसमा पनि चुकेका छौं । थुप्रै सम्भावना भएको देशमा कांग्रेसको नेतृत्वले नवीन सोच र दृष्टिकोणका साथ नेपालको समृद्धिको खाका तयार गर्नुपथ्र्यो तर यो नेतृत्वबाट यो सम्भावना हामी जस्ता कार्यकर्ताले देखेका छैनौं त्यसैले पनि नेकाको नेतृत्व परिवर्तन आवश्यक छ । अब आउने नयाँ नेतृत्व एउटा नयाँ दृष्टिकोणका साथ अगाडि आउन सकेमा मात्र कांग्रेसप्रति जनताको विश्वास र भरोसा रहनेछ ।
नेपालका वामपन्थीहरुको इतिहास हेर्दा यो गठबन्धन लामो समय टिक्न गाह्रो छ तर पनि परिवेश नयाँ भएकाले टिक्छ कि भन्ने आशंका पनि छ । अबको पाँच वर्ष गठबन्धन कायम रहला के छ विश्लेषण ?
यो गठबन्धनले पूरा पाँच वर्ष सरकार चलाओस् म शुभकामना दिन चाहन्छु । नेपालमा लामो अस्थिर राजनीतिका कारण जनताले दुःख व्यहोरेका छन् । नेपाली कांग्रेस प्रजातन्त्रवादी पार्टी भएकाले हामी स्वाभाविक रुपमा कुनै पनि सरकारको पूर्ण कार्यकाल जनताको हितमा रहोस् भन्ने चाहन्छौं तर अहिले जुन गठबन्धनको सरकार चल्दै छ तिनीहरुको इतिहास हेर्दा नितान्त पर्टाीको हितबाहेक मुलुकको हितमा छ जस्तो लाग्दैन । आजसम्म कम्युनिष्टहरुले मुलुकको हितमा कुनै ठोस काम गरेका पनि छैनन् । खाली लोभीपापीको झुण्ड जस्तै हो कम्युनिष्टहरुको संगठन । त्यसैले यिनीहरुको सांगठनिक स्वार्थ नै केन्द्रमा रहने हुँदा लामो समय एकै ठाउँमा रहलान्जस्तो लाग्दैन । तर त्यसो भनेर ऐतिहासिक पार्टी नेपाली कांग्रेस आप्mनो जिम्मेवारीबाट जनताको पक्षमा वकालत गर्नबाट पछि हट्न मिल्दैन । प्रतिपक्षमा रहेर मुलुकको हितमा आप्mना गतिविधि बढाइरहनुपर्छ ।
तपाईं राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिबारे जानकार पनि हुनुहुन्छ यो नेपाली जनताले नबुझेको कुरा छ राष्ट्रवाद ! यो राष्ट्रवाद कस्तो हो भारतको विरोध गर्नुमात्रै हो कि के हो भनिदिनुहोस् न ?
नेपालमा यतिखेर प्रखर रुपमा आएका दुईवटा राष्ट्रवाद छन् एउटा नेपाली राष्ट्रवाद अर्को ओली राष्ट्रवाद ! नेपाली राष्ट्रवाद भनेको नजिकका छिमेकी मुलुक र अझै परपरसम्मका मुलुकलाई सन्तुलनमा राखेर आप्mनो स्वाधीनता र सार्वभौकिता जोगाइराख्नु हो । ओलीको राष्ट्रवाद भनेको रसुवा केरुङको भीर देखाएर रेल नेपालमा पु¥याउनु हो । हाम्रा आदर्श पुरुष बीपी कोइरालाले राष्ट्रवादलाई यसरी व्याख्या गरेका छन् राष्ट्रवाद वा राष्ट्रियता कुनै भूगोलको सिमाना होइन निश्चित भूगोलभित्र बसोबास गर्ने जनताको सार्वभौमिकतामै राष्ट्रियता हो । हो, त्यही नै साँचो अर्थमा राष्ट्रवाद हो । मैले माथि नै भनें ओलीको बारेमा यहाँ नेपालका वामपन्थीहरु उग्रराष्ट्रवादका नाममा अन्तर्राष्ट्रिय सम्बन्धलाई असन्तुलनको बाटोमा लिएर हिँडेको देखिन्छ । भारतको विरोध गर्नुमात्रै राष्ट्रवाद हो भन्ने दृष्टिकोण पालेर हिँडेका छन् । यो सरासर गलत हो । हामी एउटा मित्र बदल्न सक्छौं तर छिमेकी बदल्न सक्दैनौं । खासगरी चीन र भारत हाम्रा असल छिमेकी हुन् । ती दुवै मुलुकको मित्रवत सम्बन्धले यो देशले प्रत्यक्षरुपमा लाभ उठाउने विषय नै यो मुलुकका लागि सच्चा राष्ट्रवाद हो ।
शेरबहादुर देउवाले सुदूरपश्चिम अखण्ड हुनुपर्छ त भन्नुभो तर पार्टी खण्ड खण्ड गर्नु भो एउटा सुदूरपश्चिमेली नेताको नाताले यो ठीक हो कि बेठीक ?
सुदूरपश्चिम अखण्ड रहनुपर्छ भन्नेमा सुदूरपश्चिमका सबै दलका नेताहरुको एकमत थियो । हामी पहाडे र तराईका जिल्ला कैलाली कञ्चनपुरका चौधरी, राना थारु बीचको लामो र प्रगाढ सम्बन्ध छ कुनै विभेद छैन । कुनै समूह वा अवाञ्छित तत्वबाट हामी पहाडे, चौधरी र राना थारुबीचको सद्भाव खल्बल्याउने र वैमनश्यता बढाउने काम भयो । यो ज्यादै दुःखदायी घटना हो । त्यही विषयलाई उठाएर कैलाली कञ्चनपुरलाई थरुहट प्रदेश हुनुपर्छ भन्ने आवाजहरु उठाइए । तर पनि सबैले सुझबुझपूर्ण ढंगले अन्त्यमा सुदूरपश्चिम अखण्ड नारालाई स्वीकारे । तर शेरबहादुर देउवाले पार्टीलाई खण्ड खण्ड पारे भन्ने कुरा छ, यो सत्य हो । ०५९ मा त पार्टी नै फोडे । अहिले पनि एउटा झुण्डमा रमाइरहनुभएको छ । कार्यकर्ताले यो महसुस गरेका छन् । देशभरका नेता कार्यकर्ताको कुरा छाडौं सुदूरकै नेकाका नेता कार्यकर्ताले देउवाको नेतृत्वले अन्याय गरेको महसुस गरेका छन् । गाउँमा लामो समयदेखि निरन्तर पार्टीमा लागेका, दुःख पाएका, योग्य र अनुभवी जुझारु सुदूरका नेता कार्यकर्तामाथि उहाँले न्याय गर्न सक्नुभएन । त्यसैले पनि सुदूरपश्चिममा नेकाको संगठन दिनानुदिन गिर्दाे अवस्थामा छ । उहाँ प्राविधिकरुपमा पार्टीका सभापति त हुनुभयो सुदूर तथा अन्य कांग्रेस कार्यकर्ताको नेता बन्न सक्नुभएको छैन ।
संगठनभन्दा ठूलो कोही छैन संगठन दिनप्रतिदिन कमजोर बन्दै छ । यस्तो अवस्थामा पनि नेताहरु मिलेको देखिँदैन के छ त्यस्तो नमिल्न दिने तत्व ?
खासगरी नेतृत्व निःस्वार्थ भएका खण्डमा पार्टीको बृहत्तर हितका लागि नेताहरु एकै ठाउँमा उभिन सक्ने अवस्था आउँछ तर यो अहिलेको नेतृत्व आ–आप्mनो गुटगत स्वार्थमा लिप्त भएको देखिन्छ । देशको स्वार्थको कुरा त टाढै छ नितान्त आप्mनो परिवार, नातागोताको स्वार्थमा डुबेका छन् नेताहरु । यो अवस्थालाई चिरेर जान सकिएन भने नेपाली कांग्रेस सम्पूर्ण नेपाली जनताको भरोसा गर्नलायक पार्टी कसरी बन्न सक्छ ? त्यसैले पनि अब पार्टीभित्रका इमानदार कार्यकर्ताहरुले सोच्नुपर्ने बेला आएको छ । अधिवेशनमार्फत गाउँदेखि केन्द्रसम्म पार्टी र मुलुकको हितमा उभिन सक्ने नेतृत्वको जरुरी छ ।
युवाले त सोची हाले नि ! बानेश्वरमा बुटपालिस गरेर अभियान सुरु गरे यसले पार्टी उँभो लाग्छ कि लाग्दैन ?
यो नितान्त केही युवा भनिने नेताले गरेको नौटंकीमात्र हो । यसले राम्रो सन्देश दिँदैन झन् खराब सन्देश दिन्छ । संगठनलाई जनताको नजरबाट तल गिराउने काम भएको छ यो बुटपालिसबाट । खाली सामाजिक सञ्जालमा आपूmलाई छाइराख्न गरिएको काम मात्र हो यो ।
प्रसंग बदलौं ! पूर्वराजाको सक्रियता बढेको छ नि ?
एैले राजनीतिक दलको गतिविधि विभिन्न दलका नेताको क्रियाकलाप, आचरण, व्यवहारबाट वाक्कदिक्क भएका नेपाली जनताले सडकमा राजाको पुनरुत्थानका बारेमा आवाज उठाउनु अस्वाभाविक होइन तर संस्थागत रुपमै मुलुक गणतन्त्रमा प्रवेश गरिसकेको अवस्थामा राजतन्त्र नै फर्किन्छ भन्ने दिवास्वप्न नदेखे हुन्छ । उसैले तर पूर्वराजा ज्ञानेन्द्रले दल खोलेर राजनीतिमा आउन पाउनुहुन्छ । कतिपय मुलुकमा राजतन्त्र हटिसकेपछि पूर्वराजाहरु जनताको विश्वास लिएर राजनीतिक दलबाट चुनिएर आएका पनि छन् तर राजतन्त्र नै फर्कने यो पुस्ताले कल्पनै गर्न सक्दैन । देश दौडाह, देशी विदेशी नेतासंगको भेटघाट पूर्व राजा ज्ञानेन्द्रको दलका नेताहरुको कृयाकलापबाट असन्तुष्ट जमातलाई फकाएर आफूतिर तान्ने प्रपञ्च मात्र हो ।

 

 

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै