logo

दुई पार्टी एक भएको थाहापाउँदा पनि चुप लागेर बस्नु नै ठूलो कमजोरी भयो

नेपाली कांग्रेस भित्र अहिले धेरै खाले विवाद देखा परेको छ । एकातर्फ आगामी एजेण्डा कस्तो बनाउने भन्ने विवाद छ । भने अर्को तर्फ नेतृत्व कस्तो हुने र कसको हुने भन्ने रहेको छ । निर्वाचनमा नेपाली कांग्रेस कमजोर हुनुमा नेतृतवले नै राम्रो रणनिति लिन नसकको आरोप पाटी भित्रबाट नै आइरहेको छ । निर्वाचनमा चारपटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवालाई पाँचौंपटक प्रधानमन्त्रीको रूपमा उतारेर पराजित भएको सम्मको आरोप समेत लागेको छ । निर्वाचनमा गएको नेपाली कांग्रेसले ऐतिहासिक पराजय भोग्यो । देउवाका कतिपय कदम उनकै दलभित्र अधिनायकवादी चरित्रका देखिएका छन् । देउवाले सामूहिक निर्णय नलिएको आरोप लागको हो । यसै विषयमा दीपक भट्टले नेपाली कांग्रेस मोरङ जिल्ला सभापति डिकबहादुर लिम्बु सग गरेको कुराकानीको अंश.....

प्रतिनिधि तथा प्रदेश निर्वाचनमा नेपाली कांग्रेस कमजोर देखिए पनि पहिलेको तुलनामा मत घटेन भनिरहदा तराईमा नेपाली कांग्रेसको पहलिे जस्तो पक्कड थियो अव त्यो त रहेन होइन ?
नेपाली कांग्रेस प्रतिनिधि तथा प्रदेश निर्वाचनमा चुकेको भनेको रणनितिमा हो । निर्वाचनमा विपक्षिलाई हराउनको लागी मात्रै गइन्छ । हाम्रो विपक्षिले हामीलाई हराउने रणनितिमा नै निर्वाचनमा गए । हामीले कुनै त्योस्तो रणनिति अपनाउन सकेनौ जसले उनीहरुलाई पराजित सम्मको बाटो देखाओस् । उनीहरु हामीलाई हराउन दुई पार्टी एक भएर आए । १ ।२ महिनादेखि उनीहरु मिलेर निर्वाचनमा आउँदैछन् भन्ने हाम्रो नेतृत्वले थाहापाउँदा पाउदै पनि चुप लागेर बस्यो त्यो नै हाम्रो ठूलो कमजोरी हो ।
स्थानिय निर्वाचनमा नै कमजोर देखिएको नेपाली कांग्रेस दुई पार्टी मिलेर प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा हा¥यो भन्न सुहाउँछ ?
हो , हामी कमजोर हुँदै छौं भन्ने कुरा लामो समय देखि इंकित भैसकेको थिया । तर पनि नेतृत्वबाट कुनै नयाँ एजेण्डा आउन सकेन । हाीलाई आफ्नो पक्षमा जनतालाई लयाउनु थियो । एजेण्डा समय सापेक्ष नहुँदा हामी कमजोर रह्यौं । हामी कमजोर बन्नुमा नेकपा एमालेले लिएको एजेण्डा पनि प्रमुख हो । एमालेले राष्ट्रियताको कुरा धेरै ग¥यये । त्यो कुरा सत्य भएर वा नभएर पनि जनताहरु उता लर्केको देखिन्छ । राष्ट्रियताको कुरा कति उनीहरुले भित्रि मनदेखि गरेका थिए । तयसले देशको पक्षमा कति सम्म हित गरेको छ । त्यो आफ्नो कुरा हो । उनीहरु निर्वाचनमा सफल बन्न त्यो बाटो लिएको जस्तो मलाई लाग्छ ।
निर्वाचनमा पराजित हुनुनमा सभापति शेरबहादुर देउवाको हात कत्किो छ?
यसमा हामीले दुईवटा कुराको ख्याल गर्नुपर्छ। पहिलोअहिलेको नेतृत्व भनेको शेरबहादुर देउवा हो। उहाँले के काम गर्नुभयो? यो कुरा हामीले हेर्नुपर्ने हुन्छ। दोस्रो उहाँ सरकारको नेतृत्वमा पुग्नुभएको ९ महिना भयो । सरकारमा रहँदा उहाँको मुख्य जिम्मेवारी भनेको निर्वाचन सम्पन्न गर्नु थियो। स्थानीय तह, प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको छ। अब राष्ट्रिय सभाको निर्वाचन बाँकी छ। यो पनि उहाँकै नेतृत्वमा सम्पन्न हुनेवाला छ। यो राष्ट्रिय जिम्मेवारी उहाँले सफलतापूर्वक पूरा गर्नुभयो। देशलाई गति प्रदान गर्नुभएको छ । उँहा प्रधानमन्त्री मात्र भएको भए त उहाँ सफल प्रधानमन्त्री हुनुभया े। तर, अर्को चाहिँ उहाँ पार्टीका सभापति पनि हुनुहुन्छ। देशकै पहिलो पार्टी अहिले दोस्रो पार्टी बनेको छ ।त्यो तुलनात्मक रुपले सिटान्तर ठूलो छ । त्यसको जिम्बेवार उहाँनै हो । उनले सबै कुरामा ध्यान दिन सक्नु पथ्र्यो । उनले दुवै कुरा एकसाथ लान सक्दिनभ भनेको भए उनको स्थानमा कुनै व्यक्ति पो आउँथ्यो कि छ । अर्को कुरा उहाँ बाहे अरु कसैको पनि भुमिका नभएको को चाहि होईन अरुले पनि अरुले पनि उनलाई थान नदिएको चाहि पक्का हो । व्यक्तिगत कुरा मात्रै होइन हैन पार्टीिभत्र प्रणालीगत कुरा छ । जो पार्टीको सर्वोच्च निकाय केन्द्रीय समिति र संसदीय समिति ह ो। यी समितिमा रहेकाहरुले पनि अपजस बाँड्नुपर्छ ।

पार्टी सभापति नै परिवर्तन गर्नु पर्ने कुरा आएको छ नी ?
नेतत्व परिर्वतन मात्रै ठूलो कुरा होइन । एजेण्डा परिर्वतनको कुरा हुनपर्छ । केहि वक्तिबाट पार्टीको हारसँगै अब सभापति देउवाले आफ्नो पद छाड्नुपर्छ भन्ने कुरा आउनु पनि स्वभाविक हो । अन्तरार्ष्िट्रय परिपाटीले हेर्ने हो भने छो्नुपर्छ । त्यो माहोल हेरेर केहि व्क्रिहरुले तयास्तो प्रतिक्रिया दिएको जस्तो मलाई लाग्छ । तर, छाड्नैपर्छ भन्ने चाहिँ निजी कुरा हो। त्यो उहाँको निजी कुरा हो। नैतिकता भने आफैँले परिभाषित गर्ने कुरा हो । किनकि नैतिकता भनेको बन्धनकारी हो । नैतिकताको परिभाषा व्यक्तिपिच्छे फरकफरक हुनसक्छ । कतिपय साथीहरुले आफ्नै नैतिकतासँग जोडेर सभापतिको नैतिकताको व्याख्या गर्न थाल्नुभएको हो । उहाँ नेपाली कांग्रेसको विधान बमोजिम सभापति हुनुहुन्छ । सभापतिलाई हटाउने हो भने विधान बमोजिम हटाउनुपर्छ। कसैले विस्थापित गर्न चाहन्छ भने ती साथीहरुले कारण देखाएर कांग्रेसको विधान बमोजिम नै जानुपर्ने हुन्छ, चल्नुपर्ने हुन्छ । हामीले यस्तो कुरा गर्नु हुँदैन ,जुन जबरजस्ती देखियोस् ।
महासमितिको बैठक समेत गर्नुपर्ने कुरा आएको छ , होइन ?
विधिविधानअनुसार हस्ताक्षर गरेमा महासमिति बोलाउन सकिन्छ। यस्तो गर्न छुट छ। यस्तो तरिका विधिविधान अनुसार नै हो । विधिअनुसार कसैलाई चूनौती दिन सकिन्छ भने राम्रो हो । विधानअनुसार बनाएका कुरा कसैले पनि अस्वीकार गर्न सक्दैनन् । महाधिवेशनका लागि एक चौथाइ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्नुपर्छ। त्यस अनुसार गएमा महाधिवेशन बोलाउन बाध्य हुन्छन्। महाधिवेशन पनि कि केन्द्रीय समितिले बोलाउनुपर्छ। कि महाधिवेशन प्रतिनिधिले बोलाउनुपर्छ। यो पनि विधानअनुसार जान सकिन्छ। यसपछि नयाँ महाधिवेशन पनि हुन सक्छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न पनि सक्छ । पुरानै नेतृत्वले निरन्तरता पाउन पनि सक्छ ।
कांग्रेसको अवको निति चाहि कस्तो हुनुपर्छ ?
कांग्रेसले समग्र नीति राम्रो छ । हामीले समससापेक्ष्ण रणनिति मात्रै अपनाउँनु पर्छ । जनताले कस्ता कुरा हरु रुचाएका छैनन् । त्यो कुरालाई नेतृत्वले मध्यनजर गर्नु पर्छ । पछिल्लो अवधिमा कांग्रेसले अवलम्बन गरेको नीति जनताले नरुचाएका नै हु्न । कांग्रेस नेतृत्वबाट भएका कामहरु जनताले मन पराएनन्। यसमा देउवामात्र हैन हामी सबै नेताहरु दोषी छौं । नेताहरुको समग्र नीतिबाट जनता खुशी भएको देखिएन । त्यसकारणले हामी अब जनतासँग कनेक्ट हुनुपर्यो।
अव जनताहरुलाई कसरी आफ्नो पक्षमा ल्याउनुहुन्छ ?

पार्टी भित्र अवको चुनौति नै तयहि हो । जनता र पार्टीलाई जोड्न सक्ने कार्यक्रम र नीति ल्याउनेलाई नेतलाई स्वागत गर्नुपर्यो। कहाँकहाँ चुक्यौ समीक्षा हुनुपर्यो। के के गर्नुपर्छ त्यसको सूची बन्नुपर्यो।
तपाई जस्तो जिल्ला सभापतिहबाट अव के पहल हुन्छ ?
हामीले आफ्नो स्थानामा जनताले कस्ता कुराहरु चाहेका छन् । त्यो कुरा नेतृत्वसम्म पु¥याउनु पर्छ । त्यहि अनुसारको रणनिति नेतत्वले पनि लिन सक्नुपर्छ । अव सबै कुराको समक्षि गरेर अगाडी बढ्न सक्नुपर्छ । समीक्षा हुँदा एकले अर्कालाई शंका गर्न भएन। शंका गर्न थाले बीपी कोइरालाको कथा शत्रु जस्तै हुन सक्छ । को शत्रु भनेर खोज्दा हरेकलाई शत्रु देख्न थाल्छ । आफ्नो पक्षमा काम गर्ने कार्याकर्ता पनि शत्रुजस्तै लाग्न सक्छ , तयो रणनिति अवको दिनमा दिएमा हामी अघि बढ्न सक्दैनौं ।
तराई र पहाडको हारको कारण फरक हुन् र?
तराईमा र हाडको हारको कुराण् एउटै हो । कांग्रेसको समग्र छवी त घटेको होइन , वाम एकता र मधेशवादीहरुको एकताले कांग्रेसको सिटमा असर परेको छ। कांग्रेस यसपालिको निर्वाचनमा दुई पार्टी एक भएकाले पनि कमजोर भएको हो। नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताले पनि मत घट्ने कांग्रेसले सोचेको थिएन। त्यसैले कांग्रेसको अनुमान मिलेन । वाम जोडलाई जनताले पत्याए । माओवादीको मत पाएकाले एमालेलाई फाइदा भएको हो। कांग्रेस धेरै ठाउँमा थोरै मतले हारेका छन्। जनताले के चाहन्छन् अब त्यो कुराको ख्याल नेपाली कांग्रेसले गर्नुपर्यो। पार्टीको खराबी मात्र हैन परिस्थितिले पनि यस्तो भयो। जनतालाई हामीले बुझाउन सकेनौं।

कांग्रेस भित्र अहिलेको अवस्था कस्तो छ ?
कांग्रेस हारेकोमा सबै चिन्तित छन् नै। अब चिन्तित भएरमात्र त बसेर भएन। यसका लागि त जनतामा जोडिने कार्यक्रम ल्याउनुपर्यो। यस्तो अवस्थामा अब भोलिका दिनमा पनि बाम गठबन्धन भएर आए भने यसको विरुद्ध पनि लड्न सक्ने स्थिति हामीले बनाउन जरुरी छ ।नेतृत्वले समीक्षा गर्दैनन् कि भन्ने एक किसिमको डर हुनसक्छ। तर समीक्षा हुन सक्दैन भन्ने कुरा त हुनै सक्दैन। सबैमा उकुसमुकुस छ। यो उकुसमुकुसले पनि समीक्षा हुनैपर्छ। हुन्छ ।

अव नेपाली कांग्रेसले कस्तो बाटो लिन्छ त?
नेपाली कांग्रेसले अबको निर्वाचनमा कसरी सफल हुने भन्ने कार्ययोजना बनाउनुपर्छ। त्यसैले हामीले आगामी निर्वाचनको तयारी थाल्नुपर्छ। अबको पाँच वर्षमा कांग्रेस नै पहिलो दल बनाउन कस्सिनुपर्छ । जनताको माझ कसरी जाने भन्ने कार्यक्रम ल्याउनुपर्छ।

 

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पैसाको उत्पत्ति र नोटको सुरक्षाको सवाल

पछिल्ला केही वर्षयता देशका गाउँ–गाउँमा बैंकिङ आकर्षण बढ्न थालेको छ । विभिन्न बैंकहरुले गाउँहरुमा आफ्ना...
मनोरञ्जन / साहित्य अरु धेरै

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै