logo

मेगालाई अझ सबल र सक्षम बैंक बनाउन टुरिज्म बैंकलाई गाभ्नुुपर्छ

मेगा बैंक अहिले जुुन स्थानमा रहेको छ, त्यो सबैको सामूहिक प्रयासबाट सम्भव भएको हो । बैंकका सञ्चालक, सेयरधनी ग्राहक, शुभचिन्तक, कर्मचारी संयन्त्र, नेपाल राष्ट्र बैंक सबैको साथ, सहयोग, समर्थन र आपसी सद्भावकै कारण बैंकले छोटो समयमा निकै फराकिलो बाटो तय गरेको छ । बैंकको यो व्यावसायिक यात्रालाई फराकिलो बनाउने अभियन्तामध्येका एक व्यक्ति हुुन् भोज बहादुर शाह । शाह अहिले मेगा बैंक सञ्चालक समितिको अध्यक्ष पदमा रहेका छन् । वि.सं. २०१७ सालमा अर्घाखाँचीको डिर्भना (हालको सन्धिर्खक)मा जन्मिएका शाहले तथ्यांकशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनको परिवारमा हाल सम्झना पोखरेल शाह (श्रीमती), डा. विज्ञ शाह (छोरी) हाल अमेरिका र जेशन शाह (हाल नेपालमा वैकल्पिक ऊर्जा प्रबद्र्धन क्षेत्रमा कार्यरत) छन् । शिक्षाक्षेत्रसँग संलग्न रहेका शाह पछिल्लो समय मात्र बैंकसँग जोडिएका हुुन् । शाहको आनन्दभूमि आवासीय माध्यमिक विद्यालय (हाल एसएबी पब्लिक स्कुुल), जागरण नेपाल, नेशनल इन्टिग्रेटेड कलेज, नेपाल तेक्वान्दो एसोसिएसन, सहास ऊर्जा लिमिटेड, प्याब्सनलगायतका क्षेत्रमा संलग्नता रहेको छ । विभिन्न कामको सिलसिलामा नेपालको ६५ भन्दा बढी जिल्ला घुुमेका शाहले अमेरिका, अष्ट्रेलिया, जापान, जापान, सिंगापुर, थाइल्याण्डसहितका झण्डै एक दर्जन मुुलुकहरुको भ्रमण गरेका छन् । उनै व्यक्तित्व शाहसँग नेपालको बैंकिङ क्षेत्र र मेगा बैंकको आगामी योजनालाई केन्द्रबिन्दुुमा राखेर लिइएको अन्तर्वार्ताको सम्पादित अंश :


शिक्षा क्षेत्रसँग आबद्ध व्यक्ति कसरी बैंकिङ क्षेत्रमा आउनुुभयो ?
मेरो परिचय भनेको शिक्षा क्षेत्रबाट नै बनेको हो । अहिले पनि म बैंकिङ क्षेत्रका अतिरिक्त शिक्षा क्षेत्रमा नै संलग्न छु । लामो समय शिक्षा क्षेत्रमा काम गरेँ र गर्दै छुु । शिक्षा क्षेत्रमा काम गर्ने विद्यालयहरुले भोग्नुुपरेको वित्तीय समस्यालाई सम्बोधन गर्न हामीले बैंक खोल्ने निर्णय गरेका थियौं । सोही निर्णयबमोजिम शिक्षा क्षेत्रसँग आबद्ध रहेका धेरै व्यक्तिहरुलाई एउटै समूहका आबद्ध गरायौं । त्यही समूहको आबद्धता अर्थात् सामूहिक प्रयासका कारण मेगा बैंक जन्मिएको हो । मेगा बैंक सञ्चालनको क्रममा संस्थापकहरु खोज्दै म नेपालको झण्डै ४० जिल्ला पुुगे । सोही कारण पनि मेगा बैंक परिवारमा यति ठूलो संख्यामा संस्थापक लगानीकर्ताहरु अटाएका हुुन् । अहिले हामीकहाँ विभिन्न जिल्ला तथा क्षेत्रमा झण्डै १३ सयको हाराहारीमा संस्थापक सेयरधनीहरु रहेका छन् । तिनै लगानीकर्ताहरुको सामूहिक प्रयासबाट नै मेगा बैंक जन्मिएको हो ।


तर तत्कालीन समयमा बैंकको आगमन अलि फरक तरिकाबाट भयो भनिन्थ्यो नि ?
हो, हामी आउँँदा अलि फरक तरिकाबाट नै आएका थियो । सुरुवाती समयमा मेगा बैंक सबैभन्दा बढी चुक्ता पुँजी भएको र सबैभन्दा बढी र धेरै जिल्लाहरुमा संस्थापक सेयरधनीहरु रहेको बैैंकको रुपमा आएको थियो । सोही आधारमा मेगा बैंक पूर्णरुपमा समावेशी र सिंगो नेपाल र नेपालीको बैंकको रुपमा आएको थियो । अहिले पनि हामीले त्यहीरुपमा काम गरिरहेका छौँ । तर त्यति बेला हाम्रो आगमनको केही कुरालाई अन्य अर्थ लगाइयो । हामीले उत्कृष्ट वित्तीय सेवा दिने कुरालाई फाइभ स्टार बैंकिङ भनेका थियौँ । यसलाई अर्कै अर्थ लगाइयो । हामीले अहिले पनि सुरुवाती समयमा ल्याएको हलोदेखि हाइड्रोसम्मकै नारालाई आत्मसात् गर्दै वित्तीय कारोबार गर्दै आएका छौँ । जतिखेर हामीले बैैंक खोल्यौँ सबैले समानरुपमा अर्थात् १० लाख रुपैयाँसम्म मात्र लगानी गर्नसक्ने सीमा निर्धारण गरी बैंक खोलेका थियौं । समग्रमा बैंकिङ क्षेत्रमा हाम्रो आगमन अलिक फरक थियो । तर हामीले दिने गरेको वित्तीय सेवा उत्कृष्ट र आत्मीय रहेको अनुुभव अहिले हामीले गरेका छौँ ।


सुरुवाती समयमा सबैभन्दा ठूलो चुक्ता पुँजी र धेरै लगानीकर्ता भएको बैंक भए पनि जुुन रुपमा वित्तीय सफलता हासिल गर्नुपथ्र्यो, त्यो गरेजस्तो देखिएन नि ?
सफलताको मापन गर्ने संयन्त्र भनेको नाफा मात्र होइन । यसमा धेरै कुराहरु हुुन्छ । हामीले दिने सेवा, ग्राहकको सन्तुुष्टि, बजारको अवस्था, जोखिम, धेरै कुराहरुले वित्तीय क्षेत्रमा प्रभाव पारेको हुुन्छ । विगतमा भूकम्प, नाकाबन्दी, राजनीतिक अस्थिरता धेरै कुराहरुबाट सिंगो नेपाल, सिंगो नेपालको बैैंकिङ क्षेत्र प्रभावित भयो । त्यो प्रभावबाट मेगा बैंक मात्र अछूतो रहने कुुरै भएन । तर त्यो परिस्थितिमा पनि बैंकले जुुन सफलता हासिल ग-यो । त्यो अतुुलनीय छ । हामी नाफामा आक्रामक रुपमा गएका छैनौँ । नेपालीमा एउटा भनाइ छ — विस्तारै गए अवश्य पुगिन्छ भन्ने । हो, त्यही सिद्धान्तबाट प्रेरित भएर हामीले काम गर्दै आएका छौं । वित्तीय बजारमा आक्रामक रुपमा आएकै भरमा ठूलो नाफा सम्भव नहुुन सक्छ । त्यसकारण हामीले हाम्रो वित्तीय कारोबार, वित्तीय दायरा, प्रतिफल सबैलार्ई क्रमिकरुपमा बढाउँदै लगेका छौँ । यसबाट हाम्रा आम सेयरधनी, लगानीकर्ता, मेगा बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिनुुभएका सम्पूर्ण व्यक्तिहरु खुुसी रहेको अनुुभव हामीले गर्न पाएका छौं । यो हाम्रो सफलता हो । वित्तीय कारोबार गरेको छोटो समयमा नै यहाँसम्मको बाटो तय गर्नुु मेगा बैंक परिवारको लागि सुखद कुरा हो ।


तपाईंले भन्नुुभएजस्तो सिंगो मेगा बैंक परिवार खुुसी हुँदाको अवस्थामा विवाद हुुनुु नपर्ने होइन, पछिल्लो समय बैंकमा विवाद देखियो नि ?
मैले अघि नै भने छोटो समयमा हामीले जुुन उपलब्धि हासिल ग-यौँ, त्यसमा सिंगो मेगा बैंक परिवार खुुसी छ र आगामी दिनमा पनि हुुनेछ, यसमा कसैको दुुई मत छैन । अहिले पनि बैंकमा कुुनै विवाद छैन । खाली केही साथीहरुले टुरिज्म बैंकलाई मेगामा गाभ्दा केही कुरामा फरक मत राख्नुुभएको हो । त्यसलाई विवाद नै भनिहाल्न मिल्दैन । नेपाल राष्ट्र बैंकले २०७४ जेठ १० गते मेगालाई टुरिज्म बैंकलाई गाभ्नको लागि सैद्धान्तिक सहमति दिएको हो । राष्ट्र बैंकको त्यही सहमतिका आधारमा हामीले मर्जर कमिटी बनायौं । त्यो मर्जर कमिटीले दुुवै बैंकको डीडीए रिपोर्ट तयार ग-यो । त्यही रिपोर्टका आधारमा मेगाको एक सय कित्ता सेयरबराबर टुरिज्मको ९५ कित्ता अर्थात् १००ः९५ को सेयर स्वाप रेसियो कायम गरियो । त्यही कुरामा केही साथीहरुले फरक मत राख्नुुभयो । तर यो सेयर रेसियोको आधारमा टुुरिज्मलाई गाभ्दा मेगा बैंकलाई धेरै फाइदा रहेको छ । यो फाइदा अल्पकालीन र दीर्घकालीन दुुवैरुपमा मेगालाई हुुन्छ । यो कुरा बुुझाइमा केही तलमाथि भएको हो । तर यसलाई विवाद नै मान्ने पक्षमा म छैन । अर्को कुरा मेगा बैंक जुुन समयमा नेपाली बैंकिङ क्षेत्रमा आयो, त्यो समयमा यो बैंक सबैभन्दा ठूलो चुक्ता पुँजी भएको, सबैभन्दा बढी संस्थापक सेयरधनीहरु रहेको बैंकका रुपमा आएको थियो । अहिले टुुरिज्म बैंकलाई गाभ्दा मेगा बैंक फेरि वाणिज्य बैंकहरुबाट ठुलो चुक्ता पुँजी भएको बन्छ । यसबाट मेगा बैंकको निक्षेप तथा कर्जाको दायरासँगै प्रतिफल पनि बढ्छ । हामी ठूला–ठूला आयोजनाहरुमा लगानी गर्न सक्षम हुुन्छौँ । त्यसकारण मेगा बैंकले जुन किसिमको दीर्घकालीन लक्ष्य तथा योजनाहरु लिएको छ, त्यसलाई सफल बनाउन अर्थात्् त्यहाँसम्म पुुग्नको लागि पनि टुरिज्म बैंकलाई गाभ्नुु अनिवार्य रहेको छ । मलाई लाग्छ, यो कुरा सबै साथीहरुले बुुझ्नुुहुन्छ । बैंकलाई वित्तीयरुपमा सफल बनाउन एकमत हुुनुुुहुुन्छ ।


बैंकको चुक्ता पुँजी अझै आठ अर्ब रुपैयाँ पुुगेको छैन नि ?
राष्ट्र बैंकले तोकेको निर्धारित समयभित्र नै चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पु-याउने योजना हाम्रो रहेको छ । सोही योजनाअनुुरुप मेगा बैंक परिवारले अहिले काम गरिरहेको छ । टुरिज्म डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रक्रिया पुँजी वृद्धि योजनाअन्तर्गतकै एउटा पाटो हो । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्म मेगाको चुक्ता पुँजी चार अर्ब ५८ करोड २३ लाख १३ हजार रुपैयाँ रहेको छ । पछिल्लो समय हामीले ६५ प्रतिशतको अनुुपातमा हकप्रद सेयर बिक्री गरिसकेका छौ । सोही आधारमा हाल मेगाको मात्र चुक्ता पुँजी अहिले सात अर्ब ६५ करोड रुपैयाँको हाराहारीमा पुुगिसकेको छ । चालू आवको पहिलो त्रैमासिक अवधिमा हाम्रो मर्जर पार्टनर टुुरिज्मको चुक्ता पुँजी दुुई अर्ब एक करोड छ लाख २० हजार रुपैयाँ रहेको छ । मर्जरको लागि १००ः९५ को अनुुपातमा सेयर मिलान हुुँदा मेगा बैंकको चुक्ता पुँजी नौ अर्र्ब ४७ करोड रुपैयाँको हाराहारीमा पुुग्छ ।


बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा खासै नाफा बढेको देखिँदैन नि ?
मैले यसअघि नै भने कि नाफा मात्र सबै कुराको मापक होेइन । हामीले प्रवाह गरेको कर्जा कति सुरक्षित रहेको छ, त्यसमा पनि भर पर्छ । अर्कोतर्फ समग्र बजारको अवस्थालाई पनि हेर्नुुपर्छ । हिंजोका दिनमा बैंकिङ बजारमा केही समस्याहरु नभएका होइनन् । त्यसका बाबजुुद पनि बैंकले चालू आवको असोज मसान्तसम्म बैंकले आठ करोड ११ लाख ९२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । पहिलो त्रैमासिकमा बैंकले ३९ अर्ब ३९ करोड ३७ लाख १२ हजार रुपैयाँको हाराहारीमा निक्षेप संकलन गरी ३५ अर्ब २४ करोड ९२ लाख ७३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसअवधिमा बैंकमा प्रोभिजन रकम केही बढेको थियो । तर अहिले त्यो अवस्था छैन । प्रोभिजनमध्ये धेरै रकम फिर्ता भइसकेको छ । सोही आधारमा मेगाले चालू आवको दोस्रो त्रैमासिकमा नाफा बढाउँछ । नाफाकै कुरा गर्दा चालू आर्थिक वर्षमा मेगाले ४९ अर्ब रुपैयाँको हाराहारीमा निक्षेप संकलन गरी ४७ अर्ब रुपैयाँको हाराहारीमा कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ । सोही आधारमा बैंकले आर्थिक वर्ष २०७४/०७५ मा एक अर्ब १४ करोड रुपैयाँको हाराहारीमा खुुद मुनाफा कमाउने लक्ष्य लिएको छ । त्यही लक्ष्यलाई पछ्याउँदै मेगा बैंक परिवार अगाडि बढिरहेको छ । तर नाफा बढाउनको लागि ब्याज बढाउने भन्ने होइन । हामीले कर्जा तथा लगानी विस्तार गर्ने, जोखिम न्यूनीकरण गर्ने, सञ्चालन खर्चमा मितव्ययिता अपाउने योजनासहित उक्त नाफाको लक्ष्य लिएका हौँ ।


मेगा बैंकले टुरिज्म बैंकसँगको मर्जरलाई यति धेरै प्राथमिकता दिनुको कारण के हो ?
बैंकिङ क्षेत्रमा सफल रुपमा अगाडि बढ्नुुको लागि दुुवै बैंकलाई एक अर्कोसँग मर्जरको आवश्यकता रहेको छ । सोही आवश्यकताकै आधारमा मेगा र टुरिज्म मर्ज हुुनलागेको हो । मर्ज भएपश्चात् मेगा बैंक झण्डै १० अर्ब रुपैयाँको हाराहारीमा चुक्ता पुँजी भएको ठूलो बैंक बन्छ भने यसको कार्यगत क्षमता र दायरा पनि निकै फराकिलो हुुुन्छ । अहिले टुुरिज्म बैंकको मात्र देशका विभिन्न क्षेत्रमा ३२ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको छ । सोही आधार मर्जरपश्चात् मेगाको कुुल शाखा संख्या ७९ वटा पुुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या दुुई पुुग्नेछ । यसबाहेक मेगाले चालू आर्थिक वर्षमा शाखा संख्या थप्नको लागि राष्ट्र बैंकसँग स्वीकृति माग गरेका छाँै । सोहीअनुुरुप स्वीकृति पाएको खण्डमा चालू आर्थिक वर्षको अन्तसम्म मेगा बैंकको कुुल शाखा संख्या एक सयको हाराहारीमा पुुग्नेछ । सोही आधारमा बृहत् शाखा सञ्जाल भएको ठूलो बैंकको रुपमा मेगा बैंक स्थापित हुुनेछ, जुुन सिंगो मेगा बैंक परिवार र राष्ट्रकै लागि पनि फाइदाजनक हुन्छ ।


बैंकका दीर्घकालीन लक्ष्यहरु के–के रहेका छन् ?
बैंकले आगामी कार्यदिशा तय गर्दै पाँच वर्षे रणनीतिक योजनाहरु बनाएको छ । सोही योजनाअनुुसार बैंकले देशव्यापीरुपमा वित्तीय पहुँचको अतिरिक्त लगानी विस्तार गर्ने योजना बनाएको छ । देश अहिले संघीयतामा गइसकेको छ । सोहीअनुुरुप हामीले बैंकले पाँच वर्षभित्र बैंकको सातवटै प्रदेशमा क्षेत्रीय कार्यालय स्थापना गर्ने लक्ष्य लिएका छौँ । अहिले प्रदेश नम्बर ३ को क्षेत्रीय कार्यालयको रुपमा हालको केन्द्रीय कार्यालयलाई स्थापित गरिसकेका छौँ भने प्रदेश नम्बर पाँचको क्षेत्रीय कार्यालयको रुपमा बुुटवलमा भवन निर्माण गर्दै छौं । यसका अतिरिक्त अन्य बाँकी प्रदेशहरुमा पनि क्षेत्रीय कार्यालयहरु खोल्छौँ । हामीले सुरुवातमा नै हलोदेखि हाइड्रोसम्मका लगानी योजना लिएर आएका हौँ । सोहीअनुुरुपमा मुुलुुकको आर्थिक विकास र समृद्धिमा टेवा पु-याउने गरी कर्जा प्रवाह गर्छौं । बैंकले कृषि, ऊर्जा, पर्यटन, जलविद्युुत्, भौतिक पूर्वाधार र विकास निर्माणलाई गति दिने र उत्पादन र रोजगारी बढाउने दिशामा बैंकको स्रोत परिचालन गर्ने लक्ष्य लिएको छ । चालू आर्थिक वर्षमा पनि मेगाले विभिन्न लघुवित्त बैंकहरुसँग सहकार्य गरी विपन्न वर्गमा चार अर्ब रुपैयाँको हाराहारीमा कर्जा लगानी गर्ने लक्ष्य लिएको छ ।


बैंकिङ क्षेत्रको विकास र विस्तार, संस्थाागत सुशासन कायम गर्ने कुरामा राष्ट्र बैंकले खेलेको भूमिकालाई कसरी लिनुुभएको छ ?
राष्ट्र बैंक नियमनकारी निकाय हो । यसले जति पनि ऐन/नियमहरु ल्याउँछ र ठोसरुपमा अध्ययन  र अनुसन्धान गरेर नै ल्याउँछ । वित्तीय क्षेत्र अर्थात् बजारको आवश्यकताअनुसार नै राष्ट्र बैंकले ऐन नियमहरुलाई समयसापेक्षरुपमा परिमार्जन गरेको हुुन्छ । अहिले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी वृद्धि, मर्जर तथा प्राप्ति, सञ्चालक तथा प्रमुुख कार्यकारीको कार्यकाल, कर्मचारीको वृत्तिविकासमा खर्च गर्नुुपर्र्नेे सीमा, उत्पादनमूलक र विपन्न वर्गमा तोकिएको कर्जाको सीमा सबै आवश्यकताअनुसार नै आएका हुुन् । यी सबै नीतिनियमलाई सबै बैंक तथा वित्तीय संस्थाहरुले पूर्णरुपमा आत्मसात् गर्न सकेको खण्डमा मुुलुुकले बैंकिङ क्षेत्रमार्फत विकास र समृद्धिमा फड्को मार्न सक्छ । देशमा नै उत्पादन र रोजगारी बढ्नसक्छ ।


बैंकिङ क्षेत्रमा भएको प्रतिस्पर्धालाई कुुन रुपमा लिनुुहुन्छ ?
प्रतिस्पर्धा जुुनसुकै क्षेत्रमा किन नहोस्, स्वस्थ हुुनुुपर्छ । स्वस्थ प्रतिस्पर्धामा नै स्वस्थ व्यवसाय सञ्चालन हुनसक्छ । कुनै पनि संस्थाको भविष्य त्यो संस्थाको कर्मचारीहरुसँग जोडिएको हुन्छ । त्यसकारण सबै संस्थामा पेसागत सम्बन्धका अतिरिक्त कर्मचारी कर्मचारीका बीचमा, सञ्चालक र व्यवस्थापनका बीचमा, सञ्चालक र कर्मचारीका बीचमा, लगानीकर्ताहरुका बीचमा अर्थात् सबैमा भावनात्मक सम्बन्ध हुुनुुपर्छ । संस्था हाम्रो हो, संस्था रहे हामी रहन्छौं भन्ने भावना जागृत हुुनुुुपर्छ । संस्थाले पनि आफ्ना कर्मचारी, तमाम सेयरधनीहरुको हितमा हुुने गरी काम गर्नुुपर्छ । कारोबारका नाउँमा अस्वस्थ प्रतिस्पर्धा गरी बजारलाई बिगार्न हुँदैन ।


अन्त्यमा के भन्नुहुन्छ ?
मेगा बैंक अहिले टुरिज्मलाई गाभ्ने प्रक्रियामा रहेको छ । सिंगो मेगा बैंक परिवारको लागि टुरिज्मलाई मर्ज गर्नु हितकर रहेको छ । सोही कारण पनि टुरिज्मलाई मर्ज गर्ने कुरामा कसैले पनि फरक मत राख्नुुहुुँदैन । मर्जरपश्चात् मेगा बैंक वाणिज्य बैंकको क्षेत्रमा ठूलो र सशक्त बैंकको रुपमा आउनेछ । हाम्रो सिंगो मेगा बैंक परिवार आगामी दिनमा आफ्ना तमाम ग्राहक, सेयरधनी, लगानीकर्ताहरुको हितमा रहेर काम गर्न सक्षम रहेको छ । यसको लागि व्यवस्थापन तथा कर्माचारी संयन्त्रलाई जस्तोसुकै सहयोग गर्न सञ्चालक समिति तयार रहेको छ । मेगा बैंकलाई अझ सबल, कार्यगतरुपमा फराकिलो र सबैंको हितअनूकूल हुुने गरी काम गर्ने सबैंको सबैंको हातेमालो र साथ सहयोग आवश्यक रहेको छ । सोही आधारमा मेगा बैंक सिंगो मुुलुुकको राम्रो र सफल बैंक बन्न सक्छ ।


प्रस्तुुति : सुरेश राउत/कृष्ण प्रसाद लामिछाने (आर्थिक दैनिक)

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै