logo

अहिलेको मतपरिणाम राजनीतिक स्थिरताको संकेत हो

नेपाली राजनीतिले फरक मोड लिएको छ । नेपालमा धेरै दलहरु भएको कारणले गर्दा भागबण्डाको झगडा हुने गरेको समस्या केही हदसम्म समाधान हुने लक्षण अहिलेको निर्वाचनले देखाएको छ । अबको राजनीति दुई पक्षबीचको मात्रै प्रतिस्पर्धा हुने धेरैले बताइसकेका पनि छन् । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा वामपन्थी गठबन्धनले बहुमत ल्याउने निश्चितसमेत भइसकेको छ । बहुमत नभएको कारण विकासको गति लिन नसकेको राजनीतिक दलको बहानासमेत समाप्त भएको छ । अबको बाटो कस्तो रहन्छ त ? यसै विषयमा जनमञ्च साप्ताहिकले एमालेका नेता अमृतकुमार बोहोरासँग गरेको कुराकानीको अंश :


मतपरिणामलाई कसरी समीक्षा गर्नुहुन्छ ?
यो मतपरिणाम स्वाभाविक हो । हामीले जस्तो सोचेका थियौं, त्यस्तै प्रकारले मत परिणाम आएको छ । तर हामी लोकतान्त्रिक प्रणालीमा छौं भन्ने कुरा कसैले पनि बिर्सनु हुँदैन । निर्वाचनमा गएपछि कि त जित हुन्छ कि हार हुन्छ नै । हामीले उठाएका मुद्दा सही रहेछन् भन्ने कुरा जनमतबाट पनि पुष्टि भएको छ । यो मतपरिणाममा मेरो समीक्षा भनेको नै । हामीले उठाएको विषयहरु हिँडिरहेछन् भनेर प्रमाणित भएको मैले लिएको छु ।


वाम गठबन्धन गर्दा एमालेलाई घाटा लागेको जस्तो त लागेको छैन नि ?
छैन, हाम्रो गठबन्धन भनेको निर्वाचनको लागि मात्रै होइन । नेपालले लोकत्रान्त्रिक अभ्यास अपनाउँदा पनि विकासको गतिविधिको काम राम्रोसँग अघि बढ्न सकेन  । त्यो कुरा सबैले महसुस गरेका हौं । अब पनि त्यसरी नै देश अघि बढ्न हुँदैन भनेर माओवादीसँग एक भएका हौं । यो केवल सहकार्यमात्रै होइन एकतासम्मको गृहकार्य हो । पार्टीगत घाटा पुगेको होइन, सहकार्यले देशलाई फाइदा पुगेको महसुस गरेका छौ ।


निर्वाचनपछि पदीय झगडाले वाम गठबन्धन टुक्रिन्छ भन्ने कुरा पनि उठिरहेको छ नि ?
हामी २०६४, २०७० र स्थानीय निर्वाचन पार गरेर यहाँसम्म आइसक्यौं । त्यो अवधिमा भएका काम र काम गर्ने प्रयासहरुलाई सबै नेताहरुले मूल्यांकन गरेका छौं । एकल प्रयासले धेरै काम गर्न नसकेको मूल्यांकन गरेर नै यो सहकार्य भएको हो । विगतलाई सम्झेर पनि हामी अब पछि फर्कने छैनौं । सामान्य पदीय छलफल होला तर छुट्टिने गरी झगडा हुँदैन ।


अबको बाटोचाहिँ कस्तो हुन्छ ?
निर्वाचनअघि नै हामीले पाँच वर्षभित्र हरेक नेपालीको आय बढाउने महत्वाकांक्षी योजनासहितको चुनावी घोषणापत्र तयार पार्ने भएको छ । शिक्षा र स्वास्थ्यलगायतका आधारभूत सेवालाई निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएका थियौं । हामीले तीन वर्षभित्र स्थानीय तहलाई स्रोत र साधनले भरिपूर्ण बनाउने योजना पनि अघि सार्ने बताएका थियौं त्यसरी नै अघि बढाउने छौं । त्यसैगरी १० वर्षभित्र मुलुकलाई संसारकै सबैभन्दा धनी राष्ट्रबराबरको आर्थिक हैसियतमा पु¥याउने लक्ष्य छ । एमालेले बोलेको मात्रै होइन गरेर नै देखाउँछ । देशलाई अब आर्थिक विकासको गतिमा अघि बढाउने हाम्रो प्रतिबद्धता छ । १० वर्षमा १५ हजार मेघावाट विद्युत् उत्पादन गर्ने योजना पनि अघि सारिएको छ । अब विकास निर्माणको कामलाई सामाजिक न्यायमा आधारित भएर अघि बढाउनेछौं । राष्ट्रको समृद्धिको आधारको रुपमा विद्युत् र ऊर्जा क्षेत्रको विकास, पूर्वाधारको विकास, हवाई र जलमार्गको विकास, पर्यटन क्षेत्रको विकास, उद्योग र खनिज क्षेत्रको विकास, गुणस्तरीय शिक्षामा जोड दिइनेछ । स्वच्छ, सुन्दर र आधुनिक राजधानीको परिकल्पना गरिएको छ । त्यसैगरी घरघरमा सहकारीमार्फत रोजगारीको अवसर सिर्जना गर्ने, श्रमिकलाई सम्मान गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । सूचनाको हकसम्बन्धी ऐनलाई पूर्णरुपमा लागू गर्ने, सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय, पारदर्शी र छिटोछरितो तुल्याउने प्रतिबद्धता छ त्यसलाई छोड्नेछैनौं ।


अहिलेको मत परिणामअनुसार तपाईंहरुलाई लामो समय सरकारमा रहन गाह्रो छैन, नेपाली कांग्रेसका मुद्दाहरुलाई कसरी हेर्नुहुन्छ ?
नेपाली कांग्रेसले विकासको गतिविधिको बारेमा उठाएका मुद्दाहरु पनि नराम्राचाहिँ छैनन् । उनीहरुले ल्याएको ढाँचालाई पनि कुनैरुपमा समेट्न सकिन्छ । हामी पनि कुनै समय खराब काम गर्न सक्छौं । उनीहरुले राम्रो खबरदारी गर्नुपर्छ भन्ने मेरो बुझाइ हो । विश्व विकासको धेरै अघि बढ्यो । नेपालले पनि अब धेरै काम गर्ने बेला आएको छ । त्यसकारण हामी अब विकास निर्माणमा नै केन्द्रित हुनेछौं । त्यसकारणले गर्दा विकासको गतिविधिमा भाँजो नहाली आफ्नो बाटो लिएमा राम्रो हुने मैले मानेको छु ।


अबका चुनौतीहरु कस्ता देख्नुभएको छ ?
अब हामीलाई ठूलो चुनौती रहेको मूल्यांकन गरेको छु । संविधान निर्माण भएको छ, पहिला त त्यसलाई कार्यान्वयन गर्न सक्नुपर्छ । नेपालको संविधान घोषणा नेपाली जनताले प्राप्त गरेको ज्यादै महत्वपूर्ण सफलताको प्रतीक हो । राणाशासनको समाप्ति, पञ्चायती तानाशाहीको अन्त्य, राजतन्त्र समाप्त भएर लोकतान्त्रिक गणतन्त्र स्थापना भएका क्षणहरू जस्तै संविधान घोषणाको यस अवसरको ऐतिहासिक महत्व छ । विगतका क्रान्ति र आन्दोलनहरूभन्दा अझ बढी उचाइमा उठेर नेपालको संविधानले लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गरेको छ र विगतमा सम्पन्न हुन नसकेका कतिपय दायित्वहरूलाई संस्थागत गरेको छ । यसअघिका संविधानहरू या त निरंकुश शासकहरूले जनताका विरुद्ध थोपरेका अलोकतान्त्रिक संविधान थिए या आन्दोलनका उपलब्धिकै रूपमा आएको भए पनि तिनीहरू सम्झौताका रूपमा थिए या अन्तरिम प्रकृतिका थिए । जननिर्वाचित संविधानसभाले अत्यन्त लोकतान्त्रिक विधिबाट निर्माण गरेको यस संविधानले आफ्नै प्रतिनिधिहरूद्वारा निर्मित संविधानबाट मुुलुक सञ्चालन गर्ने नेपाली जनताको झण्डै सात दशक लामो आकांक्षालाई साकार पारेको छ । संविधानसभाबाट निर्मित संविधान जारी भएसँगै जनतामा निहित सार्वभौमसत्ता थप सुदृढ भएको छ । त्यसमा पनि हामीले ल्याएको यो मतपरिणाम थप सकारात्मक छ ।


२०५१ सालमा तपाईंहरुले चलाएको सरकार र अबको सरकार उस्तै हुने त होइन ?
त्यो र अहिलेको प्रसंंग नै फरक छ । अर्को कुरा त्यो बेलाको मतपरिणाम र अहिलेको मत परिणाम पनि धेरै फरक छ । त्यसकारण तुलना गर्न मिल्दैन ।

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ब्यावसायिक शासन

ब्यावसायिक सुशासनका लागि सांगठनिक मूल्यको घोषणा आवश्यक छ । सांगठनिक मूल्यले संस्थाको स्थूल उद्देश्य...
मनोरञ्जन / साहित्य अरु धेरै

०७४ सालमा सिक्वेल चलचित्रको बिगबिगी

विगततका वर्षमा भन्दा ०७४ सालमा चलचित्रको व्यावसायिक सफलताकासँगै सिक्वेल चलचित्र बनाउने बिगबिगी पनि चलेको...

ओली सरकारले दिए जनतालाई उपहार : पेट्रोल र चिनीमा मूल्य वृद्धि

अहिले केपी ओलीको पार्टी र पुष्पकमल दाहालको पार्टीका साथै केही साना दलको मिलिजुलीमा सरकार चलाएका छन् । सरकारको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै