logo

मेलम्चीको पानी काठमाडौं ३ नं क्षेत्रमा वितरण नगरी अन्त लान पाइँदैन

पूर्वसांसद एवम् नेकपा एमालेको तर्फबाट काठमाडौं ३ को प्रदेश २ का उम्मेदवार रामेश्वर फुयालले मेलम्चीको पानी सबैभन्दा पहिला बौद्ध जोरपाटी गोकर्ण र नयाँपाटीमा वितरण हुनुपर्ने धारणा राखेका छन्  । उनले ३ काठमाडौंको ३ नं क्षेत्रमा धेरै विकासको गतिविधि गरेको र आगामी दिनमा विकास गर्ने प्रतिबद्धता पनि जनाएको बताएका छन् । संविधान सभामा ३ नं प्रदेशबाट उम्मेदवार भइसकेका उनको प्रदेश सभामा उम्मेदवारी किन यसै विषयमा जनमञ्च साप्ताहिकले गरेको कुराकानीको अंश.....

तपाईं क्षेत्र नं ३ मा विजय हासिल गर्नुभएको मान्छे प्रदेश सभामा उम्मेदवारी दिनुको कारण के हो ?
म नेकपा एमालेलाई अफ्ठ्यारो स्थितिमा साथ दिँदै आइरहेको छु । अहिले पनि संविधान कार्यान्वयनको कुरा छ । त्यसमा पनि नेपालमा प्रदेशको व्यवस्था भएकाले हामी यसलाई सफल बनाउन चाहन्छौं । त्यसका लागि म प्रदेशमा नै रहेर काम गर्न चाहिरहेको थिएँ । पार्टीले पनि मलाई त्यही जिम्मेवारी दिएको छ ।


तपार्इं कस्तो एजेन्डा लिएर निर्वाचनमा जानुभएको छ ?
तारेभीर क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनमा ल्याइने मैले प्रतिबद्धता जाहेर गरेको छु । पर्यटकीय सम्भावना धेरै भएको बताउँदै यस क्षेत्रलाई पर्यटकीयरुपमा नै विकास गर्न सके यहाँको आर्थिक विकास हुन्छ । ३ नं क्षेत्र नेपालकैै नमुना क्षेत्रका रुपमा विकास गरेर दुखाउँछु । यो क्षेत्रको भौतिक पूर्वाधारको विकास र शैक्षिक विकासमा के गर्न सकिन्छ त्यसका लागि स्थानीयसँगको छलफलबाट अघि बढ्छु । यो क्षेत्रमा भएका सरकारी स्कुलहरुका लागि शैक्षिक बजेट उपलब्ध गराउने र शैक्षिक विकासमा जोड दिन्छु ।


बाग्मती नदीको गोकर्णेश्वर १२ ढौडिक (जम्बुडाँडा) बाट कागेश्वरी मनहरा नगरपालिका गोठाटार प्रसिद्ध नवतन धामतर्फ जोडिने पुलको सर्वे भइसकेको छ । त्यसको निर्माणमा पहल गर्छु । मेलम्चीको पानी ३ नं क्षेत्रमा वितरण नगरी अन्त लान पाइँदैन भनेर मैले भनिरहेको पनि छु । त्यसलाई पूरा गरेरै छोड्छु ।


तपाईं एकपटक निर्वाचित पनि भइसकेको मान्छे । अहिले जनतामाझ जाँदा कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
जनताले मबाट धेरै आशा गरेको पाएको छु  । मैले बाग्मतीको मुहान सफा गर्नेदेखि अरु धेरैै विकासको गतिविधि सञ्चालन गरेको उनीहरुलाई थाहा नै छ । मप्रति उनीहरु सकारात्मक रहेको देखेको छु । उनीहरु मलाई जिताउन उत्साहित छन् ।


चुनावी प्रचार–प्रसार कसरी अघि बढाइरहनुभएको छ  ?
ममात्रै नभई नेकपा (एमाले) अहिले स्पष्ट एजेन्डासहित चुनावी मैदानमा ओर्लिएको छ । त्यही एजेन्डा बोकेर वाम गठबन्धनका उम्मेदवारहरु अहिले देशभरि नै चुनावी प्रचार अभियानमा जुटेका छन् । हामी पनि स्वच्छ निर्वाचन, लोकतन्त्रको आधार, सुशासन र समृद्धिका लागि वामपन्थी सरकार’ भन्ने नारासहित चुनावी घरदैलो कार्यक्रममा व्यस्त बनेका छौँ । एमाले जनताको पार्टी हो भन्ने सन्देश दिनका लागि पनि जनताको घर–दैलोमा जाने, जनताको मनोभावना बुझ्ने, जनताले चाहेको विकास र समृद्धिका बारेमा ध्यानपूर्वक सुन्ने र हाम्र्रा योजनाहरु जनतालाई बुझाउने जस्ता कामलाई हामीले तीव्रता दिएका छौँ ।


वामपन्थीहरुलाई नै जनताले रुचाउँछन् भन्ने आधार के–के छन्  ?
अहिले आर्थिक, राजनीतिक सामाजिक क्षेत्रमा मात्र होइन, सबैतिर अस्तव्यत रहेका बेला अहिले राजनीतिक धु्रवीकरणले गर्दा वाम गठबन्धनको सरकारले केही गर्छ भन्ने आशा यस क्षेत्रका जनताले गरेका छन् । अर्को कुरा नेपालमा राजनीति स्थायित्व भएन त्यसकारण विकास निर्माणको कामले पूर्णता पाउन सकेन भन्ने गुनासो सबैको छ । त्यसमा सुधार दिन पनि हामीलाई जनताले मत दिन्छन् ।


तपाईंले यो क्षेत्रका लागि गर्नुभएको कामबारे केही बताइदिनुस् न ?
विद्यमान कानुन र संरचनाले मात्र बाग्मती सभ्यताको विकास र संरक्षणका चुनौतीको सामना गर्न कठिनाइ भएको भन्दै सरोकारवाला निकायका प्रतिनिधिले त्यससम्बन्धी छुट्टै ऐनको खाँचो रहेको भनेर बोल्ने पहिलो व्यक्ति म नै हुँ । यो क्षेत्रमा केही सडक निर्माण भएका छन् । त्यसमा मेरो कति हात छ भन्ने कुरा जनताले बुझेका छन् । म आफैं श्रम दान दिन पुगेको छु । जनताको हौसला बढोस् भनेर हरेक दिन लागिपर्दै आएको छु । कसरी जनतालाई विकासको आभाष दिनुपर्छ भनेर दिन रात लागिरहेको छु । मेरै पहलमा सांसद् क्षेत्र विकास कोषको बजेटबाट बौद्ध जोरपाटी क्षेत्रका ६९ महिलालाई रोजगारमूलक तालिम दिइएको छ । कोषमा रहेको मेरै र एक लाख ५० हजार र संस्थाले एक लाख ४० हजार जुटाएर दुई लाख ९० हजारको लागतमा तालिम आयोजना गरेको थियौं । कोषको पैसा अरुले खर्च नगरेको गुनासो आइरहेको अवस्थामा मैले महिलाका लागि काम गरेर देखाएको छु । त्यो कुरालाई जनताले आत्मसात् गरेका छन् भन्ने मैले बुझेको छ ।


त्यसैगरी बौद्धदेखि दक्षिणढोकासम्मको मूल सडक सुधार कामलाई तीव्रता दिइएको छ । सडक हिलाम्मे भई सवारी आवागमन नै हुन नसक्ने स्थितिमा पुगेका तपार्इं–हामीले नै देखेका छौं । त्यसमा सुधार ल्याउन काम भइरहेको छ । त्यसमा पनि मैले पहल गरेको छु । गत आवमा जोरपाटी चोकदेखि नारायणटार पुलसम्मको सडक नाली व्यवस्थापन गर्न सडक डिभिजन कार्यालय काठमाडौँले ठेक्का प्रक्रिया अघि बढाएपछि विस्तारसँगै नाली व्यवस्थापन गरिने भनेर रोकिएको छ, त्यसलाई हाम्रो पहलमा काम अघि बढेको छ ।


वामपन्थीहरुको बहुमत आएर एकलौटी सरकार बन्यो भने निजी लगानीलाई निरुत्साहित गर्छ, विदेशी लगानी आउँदैन भन्ने आरोप लगाएर नेपाली कांग्रेसलगायतले भनेका छन् । यसलाई कसरी लिनुभएको छ ?
हामीले गरेको निर्वाचनको तयारी र जनताको माहोल हाम्रो पक्षमा देखेर उनीहरु आत्तिएका हुन् । यसमा सत्यता छैन । फेरि अहिलेको गठबन्धन कम्युनिष्टहरुको मात्रै गठबन्धन पनि हैन, लोकतान्त्रिक पार्टी र समूहहरुको गठबन्धन हो । हामीले जित्यौं भने अधिनायकवाद आउँछ, लोकतन्त्र सकिन्छ, निजी लगानीलाई निरुत्साहित गर्छ, विदेशी लगानी आउँदैन भन्ने वाहियात कुराहरु हुन् । असली लोकतन्त्रवादी हामी नै हौं । हामीले बहुमत ल्याएर स्थिर सरकार बनाउँछौं । निजी लगानीकर्ता र विदेशी लगानीका लागि वातावरण बनाउँछौं । राजनीतिक स्थायित्व र सुरक्षा दियौं भने विदेशी लगानी बढ्छ । निजी लगानीकर्ताहरुले खोजेको राजनीतिक स्थायित्व र सुरक्षा नै हो, त्यो हामी दिन्छौं ।


प्रधामन्त्रीले समेत वामपन्थी सरकार भयो भने पूर्ण साम्यवाद हुन्छ । जनताले स्वतन्त्रता महसुस गर्न पाउँदैनन् भन्ने प्रतिक्रिया दिइरहेका छन नि ?  
हो, वाम एकताको सबैभन्दा प्रचारक कांग्रेस नै भएको छ । नेपाल चीन, कोरिया बन्न भन्ने हावा फैलाउनु आवश्यक छैन । नेपाल नेपाल नै बन्छ । दक्षिणपन्थीहरुको स्वभाव नै गलत प्रचार गर्न खोज्ने हुन्छ । उनीहरु नेपाल उत्तर कोरिया हुन्छ भन्ने डर देखाउन चाहन्छन् । उनीहरुले कम्युनिष्टको गलत हावा फैलाउने गर्छन् । तर २०५१ सालमा आएर मात्र जनताले बुझे । कम्युनिष्टले शासन गर्न पायो भने मात्र देश समृद्व बन्छ भन्ने अनुभव गर्न पाए । २०५१ को नौ महिने कम्युनिष्टको शासनले जनताले ठूलो आनन्दको महसुस गर्न पाएका छन् । आर्थिक समृद्वको चरमचुलीमा पुगेको चीनजस्तो नेपाल बन्न सक्नु ठूलो कुरा हो । संविधानको प्रस्तावना नै लेखिएको कुरा राम्रोसँग पढ्न म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु । संविधानमा व्यवस्था भएको कुराले नै यो मुलुकमा तत्काल कुनै पनि हालतमा साम्यवाद आउँदैन भन्ने कुरा प्रस्ट छ । सय वर्षपछि साम्यवाद ल्याउन सकिएला तर तत्काल यो संविधान रहेसम्म साम्यवाद सम्भव छैन । त्यही संविधानअनुसार चलेको सरकार त्यस सरकारलाई समर्थन गर्ने नेकपा माओवादीका मन्त्रीहरु पनि अहिले पनि बहाल हुनुहुन्छ । प्रधानमन्त्रीलाई आफ्ना मन्त्री गन्न आउँछ होला नि । किन भने यो संविधानमा हामीले समाजवादबाहेक कल्पना नै गरेका छैनौं । समाजवादपछि हुने नै साम्यवाद हो । साम्यवाद भनेको नै रामराज्य हो । रामराज्यको कल्पना गर्नु अनुचित होइन । त्यसैले कांग्रेसका साथीहरु र मुख्य गरेर वर्तमान प्रधानमन्त्रीजीलाई म आग्रह गर्न चाहन्छु । सय वर्षपछि कल्पना गरिएको रामराज्यबाट अहिले नै आत्तिनुपर्ने जरुरी छैन ।

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नीति प्रभावकारिताका अवरोधहरु

राज्यको इच्छालाई संस्थागत गर्ने काम सार्वजनिक नीतिले गर्दछ । संविधानद्वारा राज्यलाई निर्दिष्ट गरेका...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै