logo

ललितपुरको धार्मिक सांस्कृतिक पक्ष संरक्षण गर्नु मेरो पहिलो उद्देश्य

ललितपुर ३ मा माओवादी केन्द्रकी पम्फा भुसालको कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यसँग चर्को प्रतिस्पर्धा हुँदै छ । राष्ट्रिय राजनीतिमा नचिनिए पनि अमात्य स्थानीय मतदातासँग परिचित छन् । भुसालको भने राष्ट्रिय राजनीतिमा राम्रो प्रभाव छ । तर पनि उनी स्थानीयस्तरमा परिचय दिँदै हिँडिरहेकी छन् । ललितपुर ३ मा २२ वडा छन् । गोदावरी नगरपालिकाका वडा नम्बर १२ र १४ साथै ललितपुर महानगरका १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ नम्बर वडा ३ नम्बर क्षेत्रमा पर्छन् । स्थानीय तह निर्वाचनको अंकगणित हेर्दा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो पार्टी हुन् । तर गठबन्धनले गरेको जस्तो हिसाब मतदानमा नहुने जानकारहरु बताउँछन् । अमात्य स्थानीय जनताको हरेक समस्यासँग जोडिन पुगेकाले जनताको माझ लोकप्रिय रहनु र स्थानीय निर्वाचनले भुसाललाई बलियो देखाउनुले यहाँको निर्वाचनमा चर्को प्रतिस्पर्धा देखिएको हो । यसै विषयमा जनमञ्च साप्ताहिकले नेपाली कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यसँग गरेको कुराकानीको अंश :


निर्वाचनको प्रचारप्रसार कार्य कसरी अघि बढिरहेको छ ?
 हामी निरनतर जनताको घरदैलो कार्यक्रम गरिरहेका छौं । जनताका भावना सुन्ने गरेका छौं । उनीहरुलाई मैले पहिलो कार्यकालमा गरेको काम कस्तो लाग्यो भनेर पनि सोध्ने गरेको छु । जनताले मेरो कामलाई हेरेर अत्यधिक मत दिई विजय गराउने बताएका छन् ।  मलाई हक्की, निडर मान्छे हो, यसले जे बोल्छ, त्यो गर्छ’ भनेर बुझेको मैले पाएको छु । हिजो मैले संविधानसभाबाट संविधान बनाउँछु भनेर भोट मागेको थिएँ, संविधान बनाएर देखायौं । संविधान बनाएपश्चात यस जिल्लामा रही विभिन्न क्षेत्रमा दुई वर्ष यहाँका लागि मैले निकै काम गरेको छु । सम्पदाको सरंक्षण, मन्दिर बनाउने, गुठी बनाउने जस्ता काम सम्पन्न गरिसकेको छु । संस्कृतिको संरक्षण गर्ने काम पनि मैले गर्दै आएको छु । त्यसैले यस चुनावमा जनताको माया र स्नेहले मलाई जिताई फेरि पनि यहीँबाट विजय गराउनुहुन्छ भन्ने कुरामा विश्वस्त छु ।


प्रचारप्रसारको क्रममा जनताको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?
काम कम गर्ने, प्रचार बढी गर्ने बानी मलाई मन पर्दैन । जनताले पनि मलाई त्यसरी नै बुझेको मैले पाएको छु । त्यसैले मैले गरेको कामलाई कहिले प्रचार गर्न रुचाइनँ । मलाई अघिल्लो निर्वाचनमा जनताले प्रतिनिधिको रुपमा पठाएपछि मैले उनीहरुको समस्यालाई अझ धेरै दायित्वको साथ नियालेँ उनीहरुले कस्तो किसिमको ललितपुर चाहन्छन् भन्ने कुरासमेत मैले बुझँे त्यसकारण मलाई यो निर्वाचनमा धेरै सहज पनि लागिरहेको छ ।


विपक्षी उम्मेदवारलाई कसरी नियालिरहनुभएको छ ?
पम्फा भुसाल यो स्थानका लागि अपरिचत नाम हो । हुन त उनी पार्टीको प्रवक्ता तथा पूर्वमन्त्रीसमेत हुन् । तर जनताले भने उनलाई आफ्नो नेताको रुपमा चिनेका छैनन् । यो क्षेत्रका जनताका लागि भनेर गरेको केही देखिँदैन । उनी कुन स्थानमा बसिन्, कहाँ जन्मिइन् । यहाँको सांस्कृतिक पक्ष, धार्मिक पक्ष कस्तो छ । त्यो कुरा उनले बुझेकी छैनन् । यहाँका जनताले मत्श्येन्द्रनाथको जात्राका लागि के कस्ता कुराहरु माग गरिरहेका हुन्छन् । उनीहरुलाई के कुराको समस्या छ त्यो कुरा पहिला बुझेर आएको भए मेरो प्रतिस्पर्धी बलियो छ भनेर मैले भन्थें होला तर उनी यो कुरामा अनभिज्ञ छन् । यसको मतलब उनी जनताको समस्यालाई बुभ्mन सकिरहेकी छैनन् । त्यसकारण मेरो जित सुनिश्चित छ ।


योभन्दा अघि तपाईंले गरेका कामहरु के के हुन् ?
मैले धेरै काम गरेको छु । सडक निर्माणदेखि, नेवारी समुदायको हितको समेत काम गरेको छु । मैले कुनै पनि समस्यालाई सानो भन्ने गरेको छैन । चाहे त्यो एउटा व्यक्तिगत समस्या होस् । त्यसलाई मैले कसरी सुल्झाउन सकिन्छ प्रयास गर्ने गरेको छु । त्यो कुरा जनताले बुझेका छन् ।


तपाईंका आगामी योजनाहरु के के हुन् ?
मेरो पहिलो चुनावी एजेन्डा पानी हो । मैले मेलम्चीको पानीको कुरा गरेको होइन । मेलम्चीबाहेक नै पानीको समस्या समाधान गर्छुु भनेर मैले प्रतिबद्धता जनाएको छु । पानीलाई मैले नम्बर एक चुनावी एजेन्डाको रुपमा राखेको छु । ललितपुरमा पानीको अत्यधिक दुःख छ । मेरो पाँच वर्षको कार्यकालमा मैले ललितपुरका जनतालाई मनग्गे पानी खुवाउने योजनासहित अगाडि बढेको छु । यसका लागि अहिले पनि काम गरिरहेको छु । त्यसैगरी ललितपुरको विकासका लागि मैले काम गर्नेछु । ललितपुरको आर्थिक समृद्धि र व्यवस्थापन मेरो चुनावी एजेन्डाको रुपमा अगाडि सारेको छु । अहिले जसरी सहरको विकास भइरहेको छ, मलाई त यो विकास नै होइन जस्तो लागिरहेको छ । विकास गरेर मात्र सहर बनाएर बस्ती बसाल्नुपर्छ भन्ने मेरो भनाइ हो । तर हामीकहाँ मान्छे बसिसकेपछि विकास खोज्ने गरिन्छ । मान्छे बसिसकेपछि मात्र उसले बाटो बत्ती खोज्न थाल्छ । मान्छे बसिसकेको ठाउँमा त्यसको व्यवस्थापन गर्न गाह्रो हुन्छ । तै पनि हामीले त्यसको लागि व्यवस्थापन गर्नुपर्छ । हामीले स्थानीय तह जितेका छांै । त्यसैले हामीलाई काम गर्ने आधारहरु पनि छन् । हामीले काम गर्न सक्छौं । हिजो स्थानीय तह हाम्रो थिएन । त्यसैले यो कुरा हिजो भनेको थिइनँ । आज भन्छु, काम गरेर देखाउने अठोट पनि जनतामाझ गर्न चाहन्छु । म उत्साहित छु, किनभने मलाई मेरो जितमा विश्वास छ । ललितपुरको विकास मबाहेक अरु कसैले गर्न नसक्ने भएकाले ललितपुरका जनताले मलाई नै चाहन्छन् । मैले जितेर आई ललितपुरको मुहार फेर्नेमा स्थानीय जनता ढुक्क भएकाले मलाई नै विश्वास गरी मतदान गर्नेछन् । त्यसैले मेरो जित सुनिश्चित जस्तै भइसकेको छ ।


समग्र ललितपुरको निर्वाचन अवस्था कस्तो छ ?
ललितपुरमा नौवटा सिट नेपाली कंग्रेसले ल्याउँछ । म ललितपुर कांग्रेसको पार्टी सभापति हुँ । त्यसैले ललितपुरका तीनवटै क्षेत्रमा कांग्रेसलाई जिताउनु मेरो कर्तव्य हो । ललितपुरका तीनवटै प्रतिनिधिसभा र छवटै प्रदेश सभामा कांग्रेसले जित्ने कुरामा म ढुक्क छु । अन्य पार्टीले उठाएका उम्मेदवारभन्दा हामीले उठाएका उम्मेदवारहरु सक्षम, सबल र जनचाहना बुझ्नसक्ने भएकाले समग्र ललितपुर जिल्ला नै कांग्रेसले जित्ने कुरामा दुई मत नै छैन ।

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै