logo

राजनीतिमा नवराज सिलवाल मेरो ‘लेबल’का व्यक्ति होइनन्

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि ललितपुरका विभिन्न क्षेत्रमा चुनावी चहलपहल बढेको छ ।  ०७० को निर्वाचनमा तिनै क्षेत्र नेपाली कांग्रेसले जित हासिल गरेकाले र अहिले वाम गठबन्धनको कुरा आएकाले यो जिल्लाको निर्वाचनलाई बढी कौतूहलपूर्ण ढंगले हेरिएको हो । आप्mनो पक्षमा मत बटुल्न पार्टीका नेता अहिले घर–घरमा भोट माग्न पुग्ने गरेको दृश्य देख्न पाइन्छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिन जनता आतुर देखिन्छन् । उम्मेदवारहरु आप्mनो पक्षमा मत तान्न कसरत गरिरहेका छन् । नयाँ संरचनाअनुसार हुन लागेको निर्वाचनले जनता उत्साहित भएका देखिन्छन् । नेपाली कांग्रेसका जिल्ला सभापति मदनबहादुर अमात्य २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा क्षेत्र नं ३ बाट विजयी भएका थिए । उनी अहिले पनि सो क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । १ बाट उदयशमशेर र २ बाट चन्द्र महर्जन निर्वाचित भएका हुन् । उक्त तीनवटै नेताहरु अहिले पनि प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । सो क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल प्रतिनिधिसभाको उम्मेदवार बनेकी छन् । उनी सोही क्षेत्रबाट २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा विजयी भएकी थिइन् ।  सो क्षेत्रबाट वाम गठबन्धनका नवराज सिलवाल उम्मेदवार छन् ।  प्रहरीमा आईजीपी बन्न लामो संघर्ष गरे पनि असफल भएपछि एमालेमा प्रवेश गर्दै उनी उम्मेदवार बनेका हुन् । उदय शमशेर राणा पनि युवाहरुमा चर्चित नाम रहेको छ । सिलवाल र राणा एउटै क्षेत्रबाट चुनावी मैदानमा निस्किएकाले पनि यो जिल्ला बढी कौतुहल बनेको हो । समग्र ललितपुरको निर्वाचनको बारेमा नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार उदय शमशेर राणासँग जनमञ्च साप्ताहिकले गरेको कुराकानीको अंश......

निर्वाचनको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ?
हामी अहिले घरदैलो कार्यक्रम गरिरहेका छौं । विभिन्न समयमा सभा सम्मेलन गनि गरी रहेका छौं । जनतालाई मैले आफूले गरेका काम र आगानी योजनाहरुका बारेमा जानकारी गराउने काम गरिरहेको छु । भर्खरै पनि हामी लेलेतिर घुमघाम गरेर आएका हौं । क्षेत्र नम्बर १ का जनताले नेपाली कांग्रेसप्रति ठूलो उत्साह पनि देखाइरहनुभएको छ ।


आगामी योजनाहरु केकस्तो प्रस्तुत गर्नुभएको छ ?
मैले भरसक जनताको चाहना र उनीहरुको आवश्यकतालाई महसुस गर्ने गरेको छु ।
म सत्तामा हुँदा होस् या बाहिर, जहिले पनि विकासका लागि सक्रिय भएर लागेको छु । त्यसकारण विगतमा झैं यसपटक पनि विकास र समृद्धिको मूल नारा लिएर म मतदाताहरुमाझ गएको छु । ललितपुरको विकास निर्माणका काम केसकरी गर्न सकिन्छ भनेर हामी एक किसिमको अधययन नै गरेका थियौं । त्यसअनुसार हामीले योजनाहरु तयार गरेका छौं । त्यसलाई नै मैले प्रस्तुत गर्ने प्रसाय गरेको छु ।


तपार्इं यसअघि पनि निर्र्वािचत सांसद् तर पनि तपाईलाई एमालेका उम्मेदवार नवराज सिलवालले मेरो कारण उदय शमशेरलाई जनताले चिन्न पाए भन्ने प्रतिक्रिया दिए यसलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
मलाई जनताले नचिनेको भए योभन्दा पहिले म कसरी निर्वाचित भएँ त्यो आफैंमा प्रतिप्रश्न छ । नवराज सिलवाल राजनीतिमा कसरी आए भन्दा उनी आफ्नो स्वार्थ पूरा गर्न चाहन्छन् । जनताको आवश्यकता तथा यो क्षेत्रको विकासप्रति उनलाई कुनै सरोकार छैन । अहिले उनले ठूला कुरा गरेर हुँदैन उनको भित्रि यथार्थ भनेको पदमा पुरेर बदला लिने मात्रै हो । जनतालाई आवश्यकता के हो जनता कस्तो खालको विकास चाहन्छन् । उनलाई कुनै पनि मतलब छैन । मेरो बारेमा भन्नु हुन्छ  भने राजनीति नै सबैथोक हो । कसरी हुन्छ जनताको काम गर्नु छ । यो निर्वाचन मात्रै होइन आगामी दिनका लागि पनि मैले सोच्नुपर्छ । त्यसकारण राजनीतिमा सिलवाल र मेरो लेवल नै मिल्दैन । उनको विज्ञता भनेको प्रहरी हो त्यसमा पनि विभिन्न आरोप उनीमाथि लागेको छ । उनी प्रहरीको कुनै पोष्टमा रहँदा गरेको नराम्रो कामबाट सफाइ पाउन पनि एमालेमा आएका हुन् । एमालेले पनि यो क्षेत्रमा आफू कमजोर देखिएपछि उनलाई टिकट दिएको मात्रै हो । यहाँका जनता त्यस्ता व्यक्तिलाई कुनै हालतमा पनि विश्वास गर्दैनन् ।


तपाईबाट जनता के चाहना गरिरहेको महसुस गर्नुहुन्छ ?
वास्तवमा नै मैले अन्य नेताको तुलनामा धेरै दौडधुप धेरै कुराको सुनुवाइ गर्छु भन्ने जनतामा विश्वास छ । जनताका अपेक्षाहरु धेरै छन् । तर राज्यसँग सीमित स्रोत छ । त्यसकारण एकै पटक सबै जनताका मागहरुको सम्बोधन गर्न सकिन्छ भन्ने होइन तर मैले चार वर्षमा जे जति काम गरे, गर्न सके त्यसप्रति जनता निराश पक्कै छैनन् । चार वर्षमा मैले आफ्नो व्यक्तिगत पहलमा होस् या अन्य विभिन्न सरकारी गैरसरकारी संघसंस्थाहरुमार्फत, धेरै कामहरु भएका छन् । कतिपय काम बहुवर्षीय हुन्छन्, आजको भोलि सम्पन्न हुँदैनन् । त्यसकारण मैले चार वर्षमा जति काम गरे, यसबाट म सन्तुष्ट छु । अझै धेरै गर्नुछ, त्यसैले पनि म यतिबेला जनताका बीच विकासका कामहरुलाई अझै तीव्रता दिन र थप विकास गर्न मलाई मतदान गर्नुहोस् भनेर भनिरहेको छु ।


लतिपुरको पनि ग्रामीण भेगमा भर्खरै घरदैलो कार्यक्रम गरेर आउनुभएको भन्नु भो मतदाताको प्रतिक्रिया कस्तो  छ ?
मलाई योभन्दा पहिले संविधानमा हाम्रो कुरा पनि राख्नु भनेर जिताएका थिए । म सदस्य रहेको संविधानसभाले समयमै संविधान निर्माण पनि ग-यो  । जनताको प्रमुख जनादेश पूरा भएको छ । अब भनेको विकास निर्माणकै कुरा हो । त्यतिबेला स्थानीय तह जनप्रतिनिधिविहीन भएकाले एउटा सांसद्को काँधमा धेरै जिम्मेवारी थियो । त्यसमा पनि मैले आफूलाई सधैं सक्रिय बनाए । यो पटक पनि जनताका बीचमा जाँदा उहाँहरुले मलाई धन्यवाद दिनुभएको छ र साथसाथै विकासमा केन्द्रित हुनुपर्ने निर्देशन आएको छ ।


विकास निर्माणमा तपाईले के कस्तो पहल गर्नुभयो ?
 करिब ६ दशकअघि सुरु भएको कान्तिलोक पथ अलपत्र अवस्थामा थियो । काठमाडौंलाई तराईसँग जोड्ने छोटो दूरीको यो मार्ग निर्माणकार्य अगाडि बढ्न सकेको थिएन । म निर्वाचित भएपछि कान्तिलोकपथ निर्माणले गति लिएको छ । त्यसका लागि मैले धेरै ठूलो पहल गरें । करिब चार अर्बको यो सडक निर्माण सम्पन्न भयो भने दक्षिण ललितपुरको विकासमा यो कोसेढुंगा सावित हुनेछ । कान्तिलोक छिट्टै निर्माण सम्पन्न भन्नेमा दुई मत छैन । म अर्थराज्यमन्त्री पनि भएकाले मैले स्पष्ट भनेको छु कि बजेटको अभाव वा कुनै पनि बहानामा अब यो लोकपथ निर्माण रोकिनु हँुदैन । यस्तै एडीबीको सहयोगमा ललितघुम्ती निर्माण कार्य भइरहेको छ । यसमा १ अर्ब २० करोड रुपैयाँ रहेको छ । यस्तै टुंगुन करिडोर । भट्टेडाँडादेखि गोटिखेलसम्म जोड्ने बोटो), चन्दनपुर, ठूलादुर्लुङ, गिम्दी, आश्राङ हुँदै बगुवा जाने बाटो । अन्य साना विकासका धेरै कामहरु भएका छन् । मैले माथि भनेका विकासका कामहरु ललितपुरको विकासका लागि ठूलो महत्व राख्ने आयोजना हुन् । विभिन्न गैरसरकारी संस्थाहरुमार्फत पनि काम विकास निर्माणका काम गराउन मैले पहल गरेको छु ।


कांग्रेसलाई किन मतदान गर्ने मतदाताहरुले ?
यो देशमा भएका सबै राजनीतिक आन्दोलनको नेतृत्वकर्ता हो कांग्रेस । कांग्रेसकै नेतृत्वमा तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएको हो । पहिलो संविधानसभा निर्वाचनपछि यो देशमा चार वर्षको अन्तरमा चार जना कम्युनिष्ट प्रधानमन्त्री बने, आलोपालो राज्य चलाए तर देशलाई संविधान दिन सकेनन् । तर दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस पहिलो पार्टी बनेपछि तत्कालीन पार्टी सभापति एवम प्रधानमन्त्री स्व. सुशील कोइरालाको नेतृत्वमा देशले संविधान पायो । स्थानीय तहको निर्वाचन कांग्रेसकै नेतृत्वमा भयो भने अब प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पनि कांग्रेसकै नेतृत्वमा हुँदै छ । यस्ता ऐतिहासिक कामको नेतृत्व गरेको जनताले पत्याएको पार्टी भएकाले म सबै मतदाताहरुलाई लोकतन्त्र रक्षाक लागि कांग्रेसको विजय अनिवार्य छ । त्यसका लागि कांग्रेसलाई मतदान गर्न अपिल गर्दछु ।


समग्र ललितपुरमा नेपाली कांग्रेसको माहोल कस्तो देख्नुभएको छ ?
 मेरो क्षेत्रको कुरा गर्नुहुन्छ भने वाम गठबन्धन भन्दा पनि अहिले म २ हजार मतले अघि छु । वाम गठबन्धनको हिसाबकिताब गरेझैं मत खस्दैन त्यो कुरा उनीहरुले नै महसुस गरेको हुनुपर्छ । त्यस अर्थमा म गठबन्धनको उम्मेदवारभन्दा करिब १० हजार मतले अघि रहनेछु । अन्य क्षेत्रमा पनि हामी धेरै राम्रो प्रगति गरिरहेको कुरा स्थानीय निर्वाचनले समेत प्रष्ट बनाइसकेको छ । त्यसकारण २१ गतेको निर्वाचनमा हामी ९ वटा सिट ललितपुरबाट ल्याउँछौं । त्यो हामीलाई पूर्ण विश्वास भएको कुरा हो ।

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै