logo

यो देश बचाउने शक्ति राष्ट्रवादीमात्र हो

नजिकिँदै गरेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनले देशम राजनीति माहोल तताएको छ । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि दलले आ–आफना उम्मेदवार खडा गरी आवश्यक प्रचारप्रसार कार्यमा तीव्रता दिइसकेको अवस्था छ भने मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार छनौट गर्न सम्पूर्ण राजनीतिक दल अभ्यस्त रहेका छन् । उम्मेदवारका लागि सिफारिस भएका नेताहरु टिकटका लागि पार्टी कार्यालय र शीर्ष नेताको घरदैलोमा पुग्न र आवश्यक भनसुनमा व्यस्त छन् । यही निर्वाचनको सेरोफेरो र राष्ट्रिय राजनीतिक अवस्थाको बारेमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कोषाध्यक्ष केशवराज श्रेष्ठसँग नन्दबहादुर ऐडीले गरेको कुराकानी :


अहिलेको राष्ट्रिय राजनीतिलाई कसरी नियालिरहनुभएको छ ?
अहिलेको राजनीति घटनाक्रम जुन तरिकाले बढिहरहेको छ, यसले कतै संक्रमणकाललाई थप लम्ब्याउने त हैन भनेर शंका उब्जिरहेको छ । नेपालमा अहिले जुन तरिकाले वाम गठबन्धन भएको छ, यस्तो विश्व इतिहासमा कतै पनि भएको छैन । सत्तामा बस्ने र विपक्षसँग गठबन्धन गरी राष्ट्रिय हितविपरीतको कार्य गर्ने चरित्र देखापरेको छ । यस्तोखालको चरित्रले अवश्य पनि राष्ट्रलाई सकारात्मक दिशामा डो-याउँदैन । हाम्रो पार्टी एकीकृत राप्रपा राष्ट्रवादीले यही कुरालाई मध्यनजर गर्दै दुवैतर्फको (वाम र लोकतान्त्रिक गठबन्धन)सँग एकता नगरी राष्ट्रवादी शक्ति चाहिन्छ भनेर राष्ट्रको हितका लागि अडिगका साथ रहेको छ ।


प्रतिनिधिसभा र प्रदेशको निर्वाचन नजिकिँदै छ, पहिलो चरणको निर्वाचनका लागि नोमिनेसनसमेत भइसकेको छ, गठबन्धन प्रक्रियाले चुनावी नजितामा कस्तोखालको प्रभाव पार्ने आँकलन गर्नुभएको छ ?
वामपन्थी र प्रजातान्त्रिक गठबन्धनको नाममा अहिलेको राष्ट्रिय राजनीति जुन तरिकाले धुव्रीकरण भएको छ, यो अराजक तरिकाले भएको छ । उदाहरणका लागि नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई पहिला वाम गठबन्धनमा जानुभयो र पछि लोकतान्त्रिक गठबन्धनमा सामेल हुनुभयो । यही उदाहरणलाई लिने हो भने केही दिनका लागि मात्र गरिएको हो भन्ने कुरा प्रष्ट हुन्छ । अर्को अर्थमा भन्नुपर्दा यो गठबन्धन प्रक्रिया चुनावसम्मका लागि मात्र हो । यो मूल्य, मान्यता र सिद्धान्तमा आधारित राजनीतिभन्दा पनि आफनो पद र हैसियत बचाउने र आफ्नो स्र्वाथपूर्तिका लागि ठूला दलले जे पनि गर्न तयार हुनेखालको राजनीति प्रक्रिया अँगालिरहेका छन् भन्दा अत्यूक्ति नहोला । यसरी नेपाली जनतालाई कहिलेसम्म गुमराहमा राख्ने ? राजनीतिक संक्रमणकालले देशको आर्थिक उन्नति दयनीय अवस्थामा पुगेको छ । लाखौं युवाहरु रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता रहेको छ, देशमा शैक्षिक बेरोजगारहरुको संख्या पनि अत्यधिक रुपमा वृद्धि भएको छ । त्यसकारण अबको यो नजिकिँदै गरेको निर्वाचनपछि देशमा आर्थिक उन्नतिले तीव्रता लिनुपर्छ भन्ने हाम्रो अवधारणा हो । देशमा दीर्घकालीन आर्थिक उन्नति र समृद्धिका लागि नेपाली जनताले हाम्रो पार्टी एकीकृत राप्रपा राष्ट्रवादीलाई सहयोग गर्नुपर्छ । यो देश विस्तारै अतिवादमा जाँदै छ । देशलाई अतिवादबाट बचाउनका लागि राष्ट्रवादीहरु एक हुनुबाहेकको विकल्प छैन भन्ने मान्यतालाई आत्मसात् गर्दै आगामी निर्वाचनमा नेपाली जनताले हामीलाई सहयोग गर्ने कुरामा विश्वस्त छांै ।


त्यसो भए अहिलेको गठबन्धन प्रक्रिया ‘काले–काले मिलेर खाउँ’ भन्न खोज्नुभएको हो ?
पक्कै पनि । नेपालमा सेटिङको राजनीति भइरहेको छ । यहाँ त सिद्धान्तलाई कुनै पनि मान्यता दिएको पाइँदैन । राजनीति भनेको राज्य सञ्चालन गर्ने नीति हो । त्यही नीति गलत भयो भने देशको हरेक पक्ष गलत र नकरात्मक दिशातर्फ मोडिन्छ । यहाँ भागबन्डाको राजनीति छ किनभने एमालेले सरकार चलाउँदा माओवादी पनि सरकारमै थियो र अहिले कांग्रेसको सरकारमा पनि माओवादीको सहभागिता छ । यसैले जनताको आखाँमा छारो हाल्दै आपसमा सेटिङका साथ मिलेर देशलाई कंगाल बनाउने काम भइरहेको छ । निर्वाचन नजिकिँदै छ । निर्वाचन आयोगले आचारसंहिता लागू भयो भन्दाभन्दै पनि शेरबहादुर देउवाले पटकपटक मन्त्रीमण्डल विस्तार गर्दै आएका छन् । माओवादीका मन्त्रीहरु विना विभागीय अवस्थामै मन्त्रालयमा बस्दै आएका छन् । यो नियम संसारको कुन देशमा लागू छ ? विश्व इतिहासमा नभएको राजनीति प्रक्रिया नेपालमा हँुदै आएको छ ।


राष्ट्रवादीले मात्र देश बचाउन सक्छन् भन्नुभयो, के छन् राष्ट्रवादीहरुमा फरकखालको त्यस्तो क्षमता ?
राष्ट्रवादीहरु राष्ट्रको लागि मर्न तयार हुन्छन् तर आत्मसमर्पण गर्दैनन् । राष्ट्रवादी देश छोडेर भाग्ने खालको हुँदैन । जनताको हितलाई शिरोपर गर्दै देशको स्रोत, साधनलाई बचाउने अभियानमा कटिवद्ध हुन्छन् । राष्ट्रिय सम्पत्तिलाई संरक्षण गर्दै थप स्रोत बढाउने कार्यमा तल्लीन हुन्छन् । संक्रमणकालमा पनि देशलाई माया गर्ने र बफादार तरिकाले राष्ट्रिय हितका लागि अहोरात्र खट्ने भावना भएको व्यक्तिहरुले स्थापना गरेको पार्टी नै एकीकृत राप्रपा राष्ट्रवादी पार्टी हो । हामीले राष्ट्रियताको विषयलाई मान्यता दिएका छौं । राष्ट्र एउटा भूगोल हो भने राष्ट्रियता त्यो भूगोलभित्रको सम्पूर्ण कुरा भाषा, धर्म, संस्कृति, रीतिरिवाज, मूल्य मान्यतालगायतका यावत् पक्षहरुसँग जोडिएको हुन्छ ।  यिनै राष्ट्रसँग जोडिएका समग्र पक्षलाई पहिचानका साथ आवश्यक संरक्षण गर्दै राष्ट्रलाई दिगो विकास, समृद्धिका साथ सकारात्मक रुपान्तरमा लिने काम राष्ट्रवादीले मात्रै गर्न सक्छ ।


राप्रपा एउटाबाट तीनवटा टुक्रामा विभाजित भएको छ, के भागबन्डा नमिलेर हो ? यसरी छिन्नभिन्न हुनुको कारण चाहिँ के हो ?
तपाईंले महत्वपूर्ण कुराको उठान गर्नुभयो । राप्रपामा पदविना बस्नै नसक्ने जो यस्ता चरित्रका केही पात्र छन् । पदविना बस्नै नसक्ने चरित्र भएका तिनै पात्रले पार्टीमा आफ्नो हावी विस्तार गर्दै गए । पार्टीमा नीतिभन्दा पनि नेतृत्वलाई प्रमुख मान्ने प्रवृत्तिले गर्दा आज राप्रपा तीनवटा भागमा विभाजन हुन पुगेको हो । अर्को कुरा देशी विदेशीहरुले चलखेल गर्न पुगे र त्यो कुरा हाम्रा साथीहरुले बुझ्न सकेनन् । पार्टी सञ्चालनका लागि नीति प्रमुख हुन्छ । त्यही नीतिलाई नेतृत्वकर्ताले अँगाल्ने हो र पार्टीलाई अगाडि बढाउने हो ।


तपाईंको पार्टीको मूल एजेन्डा चाहिँ के हो ?
देश, राष्ट्रियताको पक्षधर हुनुपर्छ, हिन्दूराष्ट्र र संवैधानिक राजसंस्था कायम हुनुपर्छ । देशलाई धर्मनिरपेक्षता घोषणा गर्दा धर्मको नाममा विभिन्न विदेशीहरुले चलखेल गर्ने मौका पाइरहेका छन् । देशमा अहिलेसम्म राजनीति संक्रमण कायमै छ । यसको मूल कारण राजतन्त्र नभएकाले हो । नेपालमा हिन्दू धर्मको जीवित देवी कुमारीलाई पूज्ने परम्परा हालसम्म कायम रहेको छ । यसैले देशलाई हिन्दूराष्ट्र र  संवैधानिक राजसंस्था कायम गरिनुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता हो ।


तपाईं काठमाडौंको काँठ क्षेत्रमा बसोबास गर्दै आउनुभएको छ, काँठ क्षेत्रको राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ ?
काठमाडौंको काँठ क्षेत्र त्यसमा पनि क्षेत्र नं ६ को राजनीतिक बारेमा कुरा गर्नुपर्दा मुख्य गरी दुईवटा क्षेत्रमा विभाजित छ । क्षेत्र नं ६ मा महानगरको केही भाग, टोखा नगरपालिका र तारकेश्वर नगरपालिकाको केही भूभाग समेटिएको छ । महानगर क्षेत्रको जनताको सोचाइ र काँठ क्षेत्रका जनताको सोचाइमा केही फरक छ । यहाँको प्रतिनिधिसभाको निर्वाचनमा कहिल्यै पनि काँठ क्षेत्रको उम्मेदवार हुन सकेको छैन । जहिले पनि महानगर क्षेत्रकै उम्मेदवारलाई काँठ क्षेत्रका जनताले भोट हाल्नुपर्ने बाध्यता रहेको छ । काँठ क्षेत्र राजधानीभित्रै भए पनि विकासले तीव्रता पाउन सकेको छैन । काँठ क्षेत्रको विकास नहुनुको कारण संसद्मा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि काँठको नहुनुले हो । प्रतिनिधि जहिले पनि महानगर क्षेत्र हुने  र  ऊ  निर्वाचनको समयमा मात्र यो क्षेत्रमा आउने भएकाले यहाँका जनताको पिरमर्का बुझ्ने कुरै भएन् ।


अन्त्यमा केही भन्नु छ ?
नजिकिँदै गरेको निर्वाचनमा म काठमाडौं जिल्ला क्षेत्र नं ६ मा एकीकृत राप्रपा राष्ट्रवादी पार्टीबाट समानुपातिकतर्फ उम्मेदवारका रुपमा खडा भएको छु । सम्पूर्ण नेपाली जनतालाई हाम्रो पार्टीको चार कुनाभित्रको हलो चुनाव चिह्नमा मतदान गरी सहयोग गरिदिनुहुन अनुरोधसमेत गर्दछु । जनमञ्च साप्ताहिकबाट

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै