logo

वाम गठबन्धन सत्तालिप्तहरुको सहकार्य हो

स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएर अब प्रतिनिधिसभा तथा प्रदेशसभाको निवार्चन तयारी भइरहेको छ । तीन प्रकारको निर्वाचनले देशलाई गति दिने देखिन्छ । देश विकासको बाटो अघि बढेको जानाकारहरुसमेत बताउँछन् । तर पुष्पकमल दाहाल नेतृत्वबाट छुट्टिएका मोहन वैद्य तथा नेत्रविक्रम चन्दलगायत यसको विपक्षमा देखिएका छन् । उनीहरुले संसदीय व्यवस्था नै उचित नभएकाले देशलाई अर्कै ढाँचामा लानुपर्ने तथा व्यवस्था नै परिर्वत गर्नुपर्ने बताउँदै आएका छन् । मोहन वैद्यले नेतृत्व गरेको नेकपा माओवादी क्रान्तिकारीले भने निर्वाचनमा भाग लिने निर्णय गरेको छ । जनतालाई फरक संरचनाको बारेमा जानकारी गराउनका लागि नै भए पनि निर्वाचनमा जानुपरेको वैद्य पक्षको भनाइ छ । निर्वाचन र नेपालको शासन प्रणालीका बारेमा नेकपा माओवादी क्रान्तिकारीका जिल्ला अध्यक्ष दीपक शाहीसँग  जनमञ्च साप्ताहिकले गरेको कुराकानीको अंश........


नेकपा माओवादी क्रान्तिकारीले  संसदीय व्यवस्थालाई अस्वीकार  गरेको तर पनि चुनावमा भाग लिने भनेर निर्णय गर्नुको कारण के हो ?
हामी जनतालाई जागरण गराउन चाहन्छौं । जनतालाई विकास कसरी  दिनुपर्छ, कुन माध्यमबाट विकासले गति लिन्छ भन्ने कुरा बुझाउन चाहन्छौं । यो चुनावी प्रक्रिया हाम्रा लागि राम्रो नभए पनि आफ्नो अस्तित्व कायम राख्नका लागि निर्वाचनमा सहभागी हुनुपर्ने हाम्रो निर्णय छ । निर्वाचन भनेको जनमत हो । हाम्रो पक्षका जनतालाई अन्त नजाउनु भन्ने हेतुले पनि निर्वाचनमा सहभागी भएका हौं । अर्को कुरा अन्य पार्टीहरुले धेरै नराम्रो काम गरे भने खबरदारी गर्न पनि हाम्रो उपस्थिति जरुरी रहेको छ । यदि हामी सहभागी भएनौं भने हाम्रो भोट खरिदबिक्री पनि हुन सक्छ ।


यही प्रणालीमा आएर पनि तपार्इं पछि पर हट्नुभएको हो । तपार्इंको खास माग के हो ?
 हाम्रो खास ठूलो कुरा केही छैन । जनतालाई ढाँट्न पाइँदैन भन्ने कुरा हो । देशको समृद्धि हुन सकेको छैन । औद्योगिक विकासले मात्रै जनस्तरमा परिर्वतन ल्याउन सक्छ भन्ने हाम्रो भनाइ हो । अहिले नेताहरु पुँजीवादको कुरा गरिरहेका छन् । के हो पुँजीवाद ? भएका उद्योग कलकारखानाहरु बन्द भएका छन् । दैनिक उपभोग्य सामग्रीहरु सबै विदेशबाट आयात गर्नु परिरहेको छ । यसलाई कसरी पुँजीवादको रुपमा लिएका छन् यो आफैंमा प्रश्न छ ।


तपाईंहरुले चुनावमार्फत नै जनतालाई आफ्नो पक्षमा ल्याउने हो भने किन वाम तालमेलमा सहभागी नभएको ?
यो तालमेल सत्तालिप्तहरुको तालमेल हो । सत्तामा सधैँ बसिरहनका लागि गरेको प्रपञ्च हो जहाँसम्म वाम गठबन्धनको कुरा आएको छ । उनीहरु जसरी हुन्छ, पद चाहन्छन् । त्यसका लागि कहिले झगडा गरेजस्तो गर्ने कहिले मिलेजस्तो गर्ने गर्दछन् । केही समयपछि प्रधानमन्त्री तथा अन्य पदमा जान पाइन्छ भनेर सहकार्य गरेजस्तो मात्रै गरेका हुन् । यिनीहरु अहिले वामपन्थी छन् । अरुले कुनै लाभ देखाइदिए भने आफ्नो धार परिर्वतन गर्न कुनै संकोच मान्दैनन् । त्यसकारण हामीले यसमा सहभागी हुनु कुनै औचित्य छैन । तर पनि हामी अहिलेका ठूला दल भनौँदाहरुसँग त होइन, जो कम्युनिष्ट धारका केही साना दलसँग सहकार्य गर्न तयार छौं । उनीहरुले पनि मिल्न चाहेको खण्डमा तालमेल हुन सक्छ ।


सधैं अरुको मात्रै विरोध गर्ने तपाईहरु त प्रष्टरुपमा प्रतिक्रियावादी देखिनुभयो नि ?
हामीचाहिँ अहिलेका ठूला दल भन्नेहरुलाई प्रतिक्रियावादी भन्छौं । तर हामीले मात्रै  जनताको खास मर्म उठाइरहेकाले बाहिरबाट प्रतिक्रियावादी देखिएको सत्य  हो । उनीहरु गलत बाटोमा छन् । उनीहरुले गरेका क्रियाकलापहरु समाजको हितमा छैनन् । त्यसकारणले उनीहरुमाथि हामीले विरोध जनाएकाले प्रतिक्रियावादी देखिएको हो । तर हाम्रो चाहना भनेको देशको हितमा शासन व्यवस्था हुनुप-यो । नभएको विकासलाई यस्तो ग-यौं उस्तो ग-यौं भनेर भन्नु गलत हो । हामी सबै त्यस्ता कुरा गर्नेको विरोध गर्छौं जनताले पनि हामीले भनेको कुरा एक दिन बुझ्नेछन् ।


तपाईंहरु एकपछि अर्को हिसाबमा कमजोर भन्दै जानुभएको छ, स्थानीय निर्वाचनमा त तपार्इंहरु कहीँ पनि देखिनुभएन । त्यसको समीक्षा पनि भएन पार्टीभित्र ?
तपाईंले भन्न खोज्नुभएको कुरा मैले बुझें । हामी चुनावको तयारी गर्न सकिरहेका छैनौं । त्यसको पनि विविध कारणहरु छन् । एकपटक विप्लवहरु फुट्नुभयो, पुनः बादलहरु फ्ट्नु भयो, त्यसकारण पनि हामीले कुनै तयारी गर्न आएनौं । अब  तयारीको साथ अघि बढ्ने योजनामा छौं । हाम्रो एउटै मात्रै विश्वास भनेको हामी सही बाटोमा छौं । जनताले बुझेपछि सबै हाम्रो पक्षमा आउँछन् ।  चाहे त्यो  चुनावको मतदानबाट होस् वा चाहे अन्य कुनै माध्यमबाट । हामी अन्य दलले जस्तो पैसा बाँडेर तथा विभिन्न लोभ देखाएर भोट पनि माग्दैनौं ।


तपाईं आफूलाई शुद्ध क्रान्तिकारी नेता मान्नुहुन्छ । तपाईंको पृष्ठभूमि एक धनीमानी  परिवार पश्चिमको ठकुरी हुनुहुन्छ । तपाईंलाई जनताले कसरी पत्याउँछन् ?
तपार्इंले मलाई जसरी बुझ्नुभयो त्यो गलत छ । म एक किसानको छोरो हुँ । अहिले पनि म अरुले जस्तो ठगी खाँदै हिँडेको छैन । म सानोतिनो व्यवसाय गर्दै आइरहेको छु । व्यवसायबाट नै जीविका चलाइरहेको छु । जात त हेर्नुस् फेर्न मिल्दैन । जुन परिवारमा जन्मेँ हुर्कें त्यही मेरो जात हुन्छ । मैले आफू ठकुरी भएर अरुलाई कुनै हिसाबमा पनि थिचोमिचो गरेको छैन । कसैले थिचोमिचो गरेको भए बरु त्यसमा सतर्क गराउने गरेको छु ।


तपार्इंले वैकल्पिक ऊर्जाको व्यवसायबाट ग्रामीण भेगका मान्छेलाई ठगेर धेरै पैसा कमाउनुभयो, त्यसको संरक्षणका लागि तपाईं वैद्य माओवादीमा लाग्ुनभयो भन्ने आरोप छ नि ?
यो सरासर गलत हो । तपाईंले कहाँबाट यस्तो कुरा सन्नुभयो वा कसरले आरोप लगायो त्यसमा भर पर्छ । मान्छेलाई आरोप लगाउनु ठूलो कुरा होइन । त्यो आरोप लगाउनुको तथ्य हुनुपर्छ । तथ्यांकले प्रमााणित गर्नसक्ने आधारहरु हुनुपर्छ । मैले अँध्यारोमा बस्नेहरुलाई उज्यालो पु-याउनका लागि यो व्यवसाय गरेको हँु । अझ मेरो इतिहास हेर्दा हुन्छ । म सोलार बनाउने साधारण मिस्त्री हुँ । मलाई सानो लेवलबाट माथि उठेको व्यक्ति भनेर बाहिर भन्ने गर्छन् । तपार्इंले भनेजस्तो परिवारिक रुपमा धनी, ठगेर धेरै पैसा कमाएको भन्ने कुरा गलत हो ।


दैलेखमा तपाईंको पार्टीको अवस्था कस्तो छ ?
 अन्य स्थानको हिसाबमा  दैलेखमा हाम्रो पार्टी केही बलियो  छ । म प्रदेशतर्फको उम्मेदवार  बन्न लागेको हो । त्यसकारण मैले आफैंले पनि धेरै तयारी गरिरहेको छु । अर्को कुरा म व्यावसायिक ढंगबाट पनि त्यहाँ जोगिएकाले मेरो जित्ने आधार बलियो छ । निर्वाचनका लागि अझै धेरै समय बाँकी छ । त्यस समयसम्म  हामी अन्य दलसँग सहकार्य गर्ने कोसिस पनि गर्नेछौं ।


तपाईंको पार्टीभित्र आगामी निर्वाचन कस्तो होला भनेर मूल्यांकन भएको छ ?
 हामीले यति सिट ल्याउछौं । उति सिट ल्याउँछौं भनेर भनेका छैनौं । आगामी निर्वाचनमा हाम्रा पक्षका मतहरु खरिदबिक्री नहोस् वा सकेसम्म खेर नजाओस् भन्ने नै हाम्रो योजना हो । त्यहीअनुसार हामीले धेरै उम्मेदवारीहरु पनि राखेका छौं । उम्मेदवारहरुलाई पनि आफ्नो पक्षका मान्छेहरुबाट अरुको हातमा जान नदिनका लागि केन्द्रबाट निर्देश भएको छ ।

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै