logo

आफ्नो प्रभाव हेरेर नेताहरुले टिकट माग्नुपर्छ

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा वाम एकताको कुरा धेरै चर्चामा आएको छ । माओवादी केन्द्र र नेपाली कांगे्रसको मुख्य साझोदारीमा अहिलेको सरकार रहकाले माओवादी एमालेतिर मिल्न जानुलाई कतिले निर्वाचन भाँड्ने खेलसमेतको रुपमा व्यख्या गरेका छन् भने एमाले तथा माओवादीका नेताहरुले भने नेपालमा वाम एकताको कुरा धेरै पहिलेदेखि चल्दै आएको र त्यसलाई पूर्णता दिन सहमति मात्रै भएको बताउँदै आएका छन् । माओवादीले तुलनात्मक रुपमा स्थानीय निर्वाचमा कमजोर मत हासिल गरेको थियो भने एमालेले सबैधन्दा बढी मत हासिल गरेको थिये । यो अर्थमा माओवादीलाई भने यो समीकरणले फाइदा हुने देखिन्छ । तर निर्वाचनको टिकट वितरणदेखि पदीय बाँडफाँटमा भने उनीहरुके विवाद देखिने निश्चित छ । यसै विषयमा केन्द्रित रहेर जनमञ्च साप्ताहिकले नेकपा एमालेका केन्द्रीय सदस्य प्रेमबहादुर आलेसँग गरेको कुराकानीको अंशः


तीन वामपन्थी दलको एकताको प्रक्रिया कहाँ पुग्यो ?
नेपालमा धेरै राजनीतिक दल भएको कारणले गर्दा अस्थिरता जस्ता समस्याहरु हामीले भोग्दै आएका छौं । अस्थिरताले विकासमा प्रत्यक्ष प्रभाव पारेको छ । त्यसलाई मध्यनजर गरेर एकताको कुरा निस्किएको हो । अर्को कुरा वामपन्थी दलहरु विभाजन हुँदा धेरै घाटा पुगिरहेको छ । त्यसका लागि पनि योजना निर्माण गरिएको हो । यसले एउटालाई नभई सबैलाई फाइदा पुग्ने देखिन्छ । दशैँमा यो कुरालाई प्रत्यक्ष छलफलमा हामीहरुले लगेका थियौं । त्यसमा ठूला नेताहरुको धेरै सहमति देखियो । निर्वाचनमा नै मिलेर जाने सहमति भयो । त्यहीअनुसार निर्वाचनको प्रतिनिधि बाँडफाँटलाई लिएर अहिले पनि छलफल भइरहेको छ । धेरै कुरामा सहमति भइसकेको छ ।


स्थानीय निर्वाचनमा एमालेले राम्रो मत ल्यायो । त्यसकारणले पनि माओवादी तपाईंहरुसँग आएको जस्तो देखिन्छ नि ?
उनीहरु जे कुराले आए पनि एकताले हामीलाई घाटा पुग्दैन । हामीलाई पनि फाइदा नै पुग्छ । हामी यो निर्वाचनमा बहुमत ल्याउने, स्थानीय सरकार निर्माण गरेर देशलाई विकासको बाटोमा डो¥याउने कुरामा मात्रै केन्द्रित भएका छौं । हाम्रो अहिलेको ध्यान भनेको पदीय झगडा गर्ने होइन, कसरी मिलेर जान सकिन्छ त्यसको विकल्प खोजी गर्ने हो । नेपालमा यस्तो परम्पराको थालनी हामीबाटै होस् भन्ने चाहन्छौं । त्यसका लागि सबै नेता तथा कार्यकर्ताहरु लागिरहेका छौं ।


यो एकतालाई लिएर निर्वाचन नगराउने खेल भएको भन्ने व्याख्या भएको छ, यसलाई के भन्नुहुन्छ ?
निर्वाचन नहुने कुनै कारण नै छैन । यो एकतालाई देखेर अन्य दलहरु डराएको भए म जान्दिनँ  । माओवादीले पनि निर्वाचनअघि सरकार नछोड्ने सरकारमा बसेर निर्वाचनमैत्री व्यवहार गर्ने भनेर भनिरहेको छ । त्यसकारणले गर्दा निर्वाचन नगराउने खेल भनेर जसरी बाहिर कुरा आएको छ, त्यस्तो अवस्था अहिले सिर्जना भएको छैन । हामीले पनि अहिले नै दलीय एकता गरिसकेको अवस्था छैन । एकताका लागि प्रक्रियाको मात्रै सुरुवात गरेको हो । निर्वाचनमा हाम्रो सहकार्य निश्चित भइसकेको छ । निर्वाचनलाई नै केन्द्रित गरेर हाम्रा योजनाहरु समेत निर्माण भइसकेका छन् । त्यसकारणले हामीले कुनै हालतमा पनि यो निर्वाचनमा हाम्रो सहकार्य निश्चित भइसकेको छ । त्यसकारण हामी कुनै हालतमा पनि यो निर्वाचनलाई पछि धकेल्न दिँदैनौं । हामी निर्वाचन तोकिएको मितिमा गर्नुपर्छ, राज्यलाई एउटा गति दिनुपर्छ भनेर लागिरहेका छौं । यो सहकार्य गर्नु एक तर्फबाट पार्टीगत फाइदा देखिएको होला तर हामी त्यो फाइदालाई देशको योगदानमा पनि परिणत गर्न चाहन्छौं ।


तपाईहरुलाई भन्दा माओवादीलाई बढी फाइदा हुने देखियो नि यो एकताले ?
मैले अघि पनि भनें स्थानीय निर्वाचनको परिणामको आधारमा हेर्ने हो भने हामीलाई एक्लै निर्वाचन लड्नु धेरै फाइदा थियो । एकता गरेको भन्दा बढी एकल सिट ल्याउन सम्भव थियो होला । तर एकताले देशलाई नै एक किसिमको गति दिन्छ भने एकता गर्नतिर किन नलाग्नु ? एकताले एमालेलाई फाइदा होइन देशलाई गति दिन्छ ।


केन्द्रीय रुपमा पदीय झगडा कत्तिको देखिन थालेको छ ?
बाहिरबाट जति विवाद हुन्छ भनेर सबैले अड्कल गरेका छन् । भित्रीरुपमा त्यो भएको छैन । पदीय भागबण्डा गर्नका लागि पनि योजना निर्माण भइरहेको छ । केन्द्रीय नेताहरुको भेलाले नै त्यसको बाडफाँट गर्नेछ । सकेसम्म विवाद नहुने गरेर पदहरुको निर्माण हुने । एक पदमा पनि धेरै व्यक्तिहरु रहनसक्ने गरी पदीय बाडफाँट हुनेछ ।


तपाई डोटीबाट प्रतिनिधित्व गर्नुहुन्छ । स्थानीय स्तरमा चाहिँ एकता हुन कत्तिको समस्या छ ?
वास्तवमा नै एकताको लागी स्थानीय स्तरमा चुनौती छ । स्थानीय कार्यकर्ताहरुले हिजोसम्म एकअर्कामा विवाद गरिरहेको अवस्थामा केन्द्रबाट एउटा निर्णय हुँदा उनीहरुलाई एकता हुन धेरै गाह्रो हुन्छ । तर पनि विस्तारै बानी गर्न जान्छ । स्थानीय तहमा केन्द्रमा भन्दा बढी समस्या भए पनि हामीले मिलाउनैपर्छ । केन्द्रबाट भएको निर्णय देशको हितमा छ भने त्यसका लागि सबै कार्यकर्ताहरु पनि मिल्न सक्नुपर्छ ।


टिकटका लागि पनि ठूलो झमेला भयो भन्ने सुनिन्छ । तपाई क्षेत्रतिर कस्तो रह्यो ?
हाम्रो क्षेत्रमा त्यति ठूलो विवाद भएन म आफैं पनि योभन्दा पहिला डोटी क्षेत्र नं २ बाट निर्वाचित भएको व्यक्ति हुँ अहिले पनि डोटीबाटै सिफारिस भएको छु । अर्को क्षेत्रमा भने माओवादीका लागि बढी सम्भावना भएको छ । माओवादीका नेताहरु र हामीलाई केन्द्रले मिलाएर टिकट वितरण गर्नेमा हामी सबै विश्वस्त छौं । टिकट वितरणमा व्यक्तिको प्रभाव कस्तो छ । त्यसलाई हेरेर पनि दिने नदिने सम्भावना हुन्छ । टिकट खोज्नुभन्दा पहिले आफू कस्तो छु भनेर पनि आफैंले मूल्यांकन गर्नुपर्छ। विपक्षीलाई हराउन आफूले कुन क्षेत्रबाट उठ्दा बढी सम्भावना रहन्छ, त्यसको मध्यनजर गरे टिकटका लागि खोजी गर्न सबै नेताहरुलाई समेत केन्द्रले आग्रह गरिसकेको छ ।


नयाँ शक्तिले खोजेको भाग नपाउँदा एकतालाई नै त्याग्ने कुरा आएको छ नि ?
नयाँ शक्तिले अलि असहमति व्यक्त गरेको त हो, तर यति वा त्यति भन्ने कुरा आएको छैन । सकेसम्म उसलाई चित्तबुझ्ने गरी उम्मेदवारी दिइन्छ । उम्मेदवारीले जित्न पनि सक्नुपर्छ । तर पछिल्लो समय उहाँहरुलाई मनाउने कोसिस भइरहेको छ ।

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै