logo
कृषि र कृषकलाई सम्मान गर्न  नसक्नु आफैँलाई अपमान गर्नु हो
हिरा केवट (राहुल) अध्यक्ष, ओमसतिया गाउँपालिका, रुपन्देही

कृषि र कृषकलाई सम्मान गर्न नसक्नु आफैँलाई अपमान गर्नु हो

हिरा केवट (राहुल) ओमसतिया गाउँपालिका रुपन्देहीका अध्यक्ष हुन् । मालेको राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेर एकीकृत नेकपा माओवादीबाट राजनीतिमा सक्रियताका साथ लागेका केवट राजनीतिक परिवर्तनका लागि धेरै संघर्ष गरेका राजनीतिज्ञ हुन् । माओवादी द्वन्द्वकालमा माओवादीकै योजनामा नेपाली सेनामा केही समय बिताएका उनले पार्टीकै निर्देशनमा नेपाली सेनाको जागिर छोडेर तत्कालीन जनमुक्ति सेनाको बटालियन कमाण्डरको रुपमा राजनीतिक परिवर्तनको लागि निकै संघर्ष गरेका हुन् उनी । २०६२÷६३ सालको आन्दोलनसम्म भूमिगत अर्धभूमिगत भई कार्य गरेका केवटले २०६२÷६३ को आन्दोलनको सफलतापछि तत्कालीन समयमा रुपन्देही जिल्लाको सचिव भएका कार्य सम्पादन गरेका थिए । उनी पार्टी एकताअघि एकीकृत नेकपा माओवादीको केन्द्रीय आयोजक कमिटी सदस्य तथा जिल्ला सह संयोजक थिए । केवट विकासप्रेमी युवाको रुपमा पनि चिनिन्छन् । अध्यक्ष हिरा केवट (राहुल)सँग जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको सम्पादित अंश :

अधिकार खोज्दा कर्तव्य पनि सम्झिने गरौं

साविक ठिमुरे गाविस–३, देउराली पाल्पामा जन्मिएका नारायण बहादुर जिसी हाल रिब्दीकोट गाउँपालिका पाल्पाका अध्यक्ष हुन् । बीएल. गरेका जिसी कानुनमा मात्र नभएर राजनैतिक, सामाजिक, बौद्धिक क्षेत्रमा अब्बल मानिन्छन् । २०३६ सालको विद्यार्थी आल्दोलनबाट पृथ्वीनारायण क्यापस पोखरा राजनीतिमा प्रवेश गरेका जिसीले २०३८ सालमा भएको विद्यार्थी आन्दोलनमा केही समय जेल जीवनसमेत बिताएका थिए । उत्पादनमूलक क्षेत्रको विकास र विस्तारमा जोड दिन चाहने क्षमतावान तथा विकास प्रेमी रिब्दीकोट गाउँपालिका पाल्पाका अध्यक्ष नारायण बहादुर जिसी आर्थिक दैनिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको सम्पादित अंशः

अधिकार खोज्दा कर्तव्य पनि सम्झिने गरौं
नारायण बहादुर जिसी अध्यक्ष, रिब्दीकोट गाउँपालिका, पाल्पा
कृषिमा उत्पादन  र उत्पादकत्व बढाउँछौँ
अयोध्या थारु अध्यक्ष सियारी गाउँपालिका रुपन्देही

कृषिमा उत्पादन र उत्पादकत्व बढाउँछौँ

अयोध्या थारु सियारी गाउँपालिका रुपन्देहीका अध्यक्ष हुन् । २०३६ सालमा निर्दल बहुदलको समयमा स्वतन्त्र मजदुरको साधारण सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका थारुले २०३९ सालमा २६ जना मजदुरको सामूहिक संगठन निर्माण गरी मजदुरहरुका हक अधिकारको लागि संघर्ष गरेर राजनीतिक यात्रालाई थप मजबुत बनाउन सफल भएका थिए  । सो समयदेखि २०४७ सालसम्म राजनीति गरेका थारु मदन भण्डारीको जबज सिद्धान्तपछि तत्कालीन नेकपा एमालेमा प्रवेश गरी सक्रिय राजनीतिक यात्राको सुरुआत गरेका थिए । २०५४ सालको स्थानीय निर्वाचनमा साविक मैनहिया गाविसको गाविस अध्यक्षमा निर्वाचित हुन सफल भएका थारुले २०५९ सालसम्म एक कार्यकाल गाविस अध्यक्ष कार्य सम्पादन गरे जसले उनलाई राजनीतिमा थप प्रेरणा थप्यो । एमालेको गाउँ, इलाका, क्षेत्रीय हुँदै जिल्ला कमिटीसम्म पुगेका थारु व्यावहारिक कुरामा बढी जोड दिने गर्दछन् । कृषि क्षेत्रको विकासको लागि विशेष जोड दिने अध्यक्ष अयोध्या थारुसँग गाउँपालिकाको समसामयिक विषयमा जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको सम्पादित अंशः

‘उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु जरुरी छ’

देशको प्राथमिकता र आवश्यकताअनुसार ठूल्ठूला परियोजना र उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउँदै जाने साथै गुणस्तरीय सेवा प्रवाह गर्दै बैंकको सेवा बिस्तार गर्ने योजना रहेको छ ।

‘उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु जरुरी छ’
बाबुराम ढकाल : क्षेत्रीय प्रबन्धक, मुक्तिनाथ विकास बैंक , पोखरा
जीवनस्तर उकास्दै कृषि क्षेत्रमा पूर्ण आत्मनिर्भर हुन्छौँ
चित्रबहादुर कार्की नगर प्रमुख, सैनामैना नगरपालिका, रुपन्देही

जीवनस्तर उकास्दै कृषि क्षेत्रमा पूर्ण आत्मनिर्भर हुन्छौँ

सैनामैना नगरपालिका, रुपन्देहीका नगर प्रमुख चित्रबहादु कार्की राजनीतिक, सामाजिक र शैक्षिकलगायतका क्षेत्रहरुसँग जोडिने परिचित नाम हो । २०४७ सालमा नेकपा एमाले पार्टीको पार्टी सदस्यता लिएसँगै राजनीतिक यात्राको सुरुआत गरेका कार्की संगठन प्रमुख, गाउँ कमिटी हुँदै जिल्ला कमिटी सदस्य, क्षेत्र नं. ४ को इन्चार्जको रुपमा राजनीतिक पदभारको जिम्मेवारी सम्हालिसकेका छन् । विभिन्न समयमा परिवर्तनका लागि पार्टीगत रुपमा गरिएका आन्दोलनहरुमा पार्टीको तर्फबाट अगुवाको भूमिका निर्वाह गरेर संघर्षलाई निकर्षमा पु¥याउन विशिष्ट योगदान दिएका कार्की २०४२ सालदेखि २०७२ साल शैक्षिक क्षेत्रमा आबद्ध पनि थिए । सहकारी, शैक्षिक संस्थाहरुलगायत अन्य धेरै सामाजिक संघ–संस्थामा आबद्ध भएर सर्वसाधारणलाई राहत मिल्ने कार्य गर्दै आएका कार्कीलाई विगतमा गरेको जनसेवाले वर्तमानमा नगर प्रमुखको रुपमा निर्वाचित गराउन सफल भएको हो । स्पष्ट विचारका साथ सबैसँग हासेर बोल्ने र कसैको कुनै कुरामा पनि झर्काे नमान्ने शीलस्वभाव भएका कार्की विकास निर्माणको क्षेत्रमा धेरै इच्छाशक्ति भएको नगर प्रमुखको रुपमा चिनिने चित्रबहादुर कार्कीसँग जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको सम्पादित अंशः

शब्दको विकासले कहिल्यै विकास हुन सक्दैन

वीरबहादुर राना प्रदेश नं. ५ का प्रदेशसभा सदस्य हुन् । नेपाली कांग्रेसको समानुपातिक प्रणालीमार्फत प्रदेशसभा सदस्य बन्न सफल राना एक सामाजिक व्यक्तित्वसमेत हुन् । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको जिल्ला सहसचिव हुँदै तरुणदलको जिल्ला सचिव र सभापतिसमेतको जिम्मेवारी सम्हाली सकेका राना अहिले जिल्ला सभापति पनि हुन् । दोस्रो कार्यकाल सभापतिको पदभार सम्हालेका राना स्पष्ट विचार राख्ने राजनीतिक कर्मीको रुपमा चिनिन्छन् । अधिकार मात्र नखोजेर सबैले आफ्नो कर्तव्य पनि सम्झिनुपर्ने धारणा राख्ने वीरबहादुर रानासँग जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको सम्पादित अंश :

शब्दको विकासले कहिल्यै विकास हुन सक्दैन
वीरबहादुर राना सांसद, नेपाली कांग्रेस, प्रदेश नं. ५
समय सापेक्ष परिस्कृत र परिमार्जित हिन्दू धर्मको विकास जरुरी छ
दूर्गानाथ दाहाल, सामाजिक अभियन्ता

समय सापेक्ष परिस्कृत र परिमार्जित हिन्दू धर्मको विकास जरुरी छ

सापेक्ष परिस्कृत र परिमार्जित हिन्दू धर्मको विकास जरुरी भई सकेको छ

बजेट कार्यान्वयन चुनौतीपूर्ण छ

प्रकाशकुमार श्रेष्ठ प्रदेश नं. ५ को योजना आयोगका उपाध्यक्ष हुन् । २०५३ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागबाट अर्थशास्त्रमा स्नातकोत्तर, २०६१ मा कर्टिन विश्वविद्यालय अष्ट्रेलियाबाट अर्थशास्त्र र वित्तमा स्नातकोत्तर र संयुक्त राज्य अमेरिकाबाट २०६९ मा अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । २०५४ सालमा नेपाल राष्ट्र बैंंक प्रवेश गरेका डा. श्रेष्ठ २०७१ सालमा उक्त बैंकको निर्देशक पदमा पदोन्नति भएका थिए । समष्टिगत र मौद्रिक अर्थशास्त्रमा बढी दक्षता राख्ने डा. श्रेष्ठ अहिले प्रदेश नं ५ को प्रदेश योजना आयोगको उपाध्यक्ष छन्  । राज्यको अर्थ व्यवस्थालाई सुदृढ बनाउने प्रयासमा निरन्तर लागि पर्ने श्रेष्ठसँग प्रदेश नं. ५ को विषयमा आर्थिक दैनिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको सम्पादित अंश :

बजेट कार्यान्वयन  चुनौतीपूर्ण छ
डा. प्रकाश कुमार श्रेष्ठ उपाध्यक्ष, योजना आयोग, प्रदेश नं. २
खेती हुने क्षेत्रमा खेती र नहुने क्षेत्रलाई आवासीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ
गणेश न्यौपाने वडाध्यक्ष तिलोत्तमा १३, रुपन्देही

खेती हुने क्षेत्रमा खेती र नहुने क्षेत्रलाई आवासीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ

सानै उमेरदेखि राजनीतिमा सक्रिय गणेश न्यौपाने हाल तिलोत्तमा नपा १३ का वडा अध्यक्ष हुन् । २०४९ सालबाट राजनीतिक यात्राको सुरुआत गरेका न्यौपाने विद्यार्थी जीवनमा शैक्षिक संस्थामा इकाइ समितिको सचिव भएर कार्य अनुभव सँगालेका छन् २०५६ सालमा प्रवेशिका परीक्षा दिइसकेपछि अनेरास्ववियूमा आबद्ध भएर राजनीति गरेका न्यौपाने गाउँकमिटी सदस्य, सह–सचिव, उपाध्यक्ष र कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी सम्हालेली सकेका छन् । तिलोत्तमा नगरपालिका भएसँगै शाखा कमिटी संयोजकका साथै विभिन्न कमिटीको संयोजक भएर कार्य सम्पादन गरेका न्यौपानेसँग जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको सम्पादित अंश :

‘पर्यटनलाई उद्योगको रुपमा विकास गर्न राज्यकै सर्वाेपरी भूमिका रहन्छ’

आवश्यक पूर्वाधार विकास र विस्तार गर्न सकेमा निजी क्षेत्रको उत्साहजनक उपस्थिति हुने गर्दछ र लगानीमा वृद्धि भई उद्योगको रुपमा पर्यटन व्यवसाय फस्टाउन सक्दछ ।

‘पर्यटनलाई उद्योगको रुपमा विकास गर्न राज्यकै सर्वाेपरी भूमिका रहन्छ’
विपीन प्रधान : अध्यक्ष, क्षेत्रीय होटल संघ, बन्दीपुर बजार इकाइ समिति
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

विश्वमा को घुम्लान् चिनियाँ बराबर ?

केही वर्षअघि सञ्चारमाध्यममा आएको समाचारअनुसार अबको केही वर्षपछि नै संख्याको आधारमा चिनियाँ पर्यटक बराबर अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

गायक भिम ज्वलन्त योगी र रोशनी राना मगरको नयाँ डान्सिङ गीत “म त परे फिदा ”

नेपाली गीत संगीतको क्षेत्रमा सुपर हिट नयाँ डान्सिङ गित छोटा छोटा पहिरन गीतको अपार सफलता सगै “म त परे फिदा ” बोलको...

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै