logo

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ । यस्तो कहिलेसम्म व्यहोर्नुपर्ने हो ? सामाजिक सञ्जालमा यसका थुप्रै प्रतिक्रिया आए । राष्ट्रपतिको पूरा सानसौकतका साथ राता पोसाक र झल्लरे टोपी लगाएका ठूला घोडामा आसीन रिसल्ला अघिपछि लगाएर सानसँग शीतल निवासबाट संसद् भवनतिर सवारी चलाइएको बेला उता काठमाडौंको अति व्यस्त सडकमा सवारी साधन थुप्रो लागिरहे । यो जामले कसैका मनमा पनि प्रशन्नता थपेन बरु एउटा डरलाग्दो पीडिा बोध भइरह्यो र हरेकले यसलाई मनमनै गाली र निन्दा गरिरहे । सञ्जालमा आएका प्रतिक्रयाले पनि यही कुरा बुझायो । घन्टौं एक इन्च टसमस गर्न नपाएर आफ्ना जरुरी काममा पुग्न नपाएका, समयमै स्कुल पुग्न नसकेका, बिरामी लिएर डाक्टर देखाउन हिँडेका सबैथरी यात्रुमा ठूलो रोष उत्पन्न भयो । सबैको मुखबाट एउटै कुरा निस्क्यो यो तामझाम केका लागि र कहिलेसम्म । यसले दिएको एउटा सन्देश हो जनताका पक्षमा कुनै पनि परिवर्तन आएन । राणा र राजादेखिका अभ्यासहरुमा नै अहिलेका नेताहर रमाउँदा रहेछन् भन्ने नै सबैतिर सन्देश गयो । यस्तो अवरोध त्यो बेलासम्म कायम रह्यो, जबसमम फिर्ती सवारी भएन । सवारी हुँदा एकथरी जाममा परे, फिर्ती सवारी हुँदा अर्काथरीले मौसुफको सवारी बारेमा टिप्पणी गरे ।
यसले अबका दिन कसर बित्दैछन् भन्ने पनि सन्देश दियो । जनताका छोरारबाट देखाइएको यस्तो तामझाम वास्तवमा नै सडकमा रहेकाहरुका लागि एउटा व्यंग्य नै थियो त्यसदिनको दृश्य । एकजना सर्वसाधारणले त स्वर्गीय नेता मदन भण्डारीको भाषण नै आफ्नो सञ्जालमा राखे  । त्यहाँ भनिएको थियो, ‘आदरणीय जनसमुदाय एकजना राजा रहने कुराले त्यत्रो ठूलो कुनै आपत्ति गर्दैन । तर, सामन्तवाद, दलाल, नोकरशाही, पुँजीवाद र साम्राज्यवादको शोषण रह्यो भने राजा नरहे पनि वास्तवमा हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन । प्रमुख शत्रुलाई निमिट्यान्न पारे पनि मुलुकको आधारभूत स्थितिमा परिवर्तन भएन भने जनता र राष्ट्रको जीवनमा खुसीयाली आउन सक्तैन ।’ यो तामझाम उनकै पत्नीबाट भएको थियो । उनीमाथि कुनै सुरक्षा चुनौती थिएन । यो कार्यकारी पद होइन । जनताका बीचमा लामो समय काम गरेकी उनले म जनतालाई दुःख दिन्न भनेकी भए यस्तो हुने थिएन नै । तर, त्यस दिन जस्तो देखियो त्यसले उनी आफँै यस्तो रुचाउँछिन् ।
यसबारे टिप्पणी पनि धेरै आए । जस्तो राष्ट्रपतिको संसद् आगमन राजतन्त्र प्mयाँकेका जनतालाई पाच्य भएन । राजा गए के भयो र नयाँ राजा आएछन् भन्ने गुनासो सर्वत्र सुनियो । के राष्ट्रपतिले त्यस्तो तामझाम गर्नै पर्छ ? तामझाम गरेन भने जनताको मनमा राष्ट्रपतिको इज्जत कम हुन्छ ? पुराना शासकलाई आफू देवताको अंश भएको वा साधारण मानिसभन्दा निकै शक्तिशाली भएको देखाउनुपथ्र्याे । मानवको सभ्यताको विकास क्रममा शासकले शासितलाई आफ्नो प्रभाव देखाउन टाउकोमा अनेक प्रकारको टोपी लगाउने गर्थे । कतिपय पुराना सभ्यतामा बाघ वा सिंहको टाउकोको शिरपोस बनाएर शासकले लगाउने र उनको भेषभूषाले समेत शासित नतमस्तक हुने गर्थे । जनतालाई भगवान्को कोप, प्राकृतिक विपत्ति र अन्य प्रकारको समस्याबाट जोगाउने सामथ्र्य भएको भान पार्न पनि यस्तो प्रकारको भेषभूषाको आवश्यकता थियो । जनताको शक्तिबाट आफ्नो इज्जत, मान, प्रतिष्ठा सिर्जित भएको भन्ने सोच राख्ने शासक हो भने यस्तो आडम्बरी तामझाम र नक्कल चाहिँदैन । तर, दुःखको कुरा हो यही दोहोरिंदै छ, दोहो¥याइँदैछ । त्यसकारण यो कहिलेसम्म कायम रहला भन्ने प्रश्न खडा भएको हो ।


Comment from facebook

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै