logo

सधै रेकर्डमा राख्नुपर्ने एउटा क्रूर घटना

कुनै एउटा मन्छे ती नारी हुन् कि पुरुष सयौं मान्छेका बीचमा बोक्सीको आरोपमा लगातार ६ घण्टा मरणासन्न हुनेगरी कुटिनु परेको घटना सामान्य होइन । यसले आधुनिक युगको समेत खिल्ली उडाएको छ । केही गल्ती नगरिक नै कुटाई खानुपर्दा को घटना सम्झौँ र त्यो आफैमाथि भएको ठानौं । अनि मात्र यो घटना कस्तो हो भन्ने खुल्दछ र त्यसपछि यस्ता अपराधिलाई के गर्ने भन्ने कुरा आउला । त्यसमाथि कसैले पनि यस्तो क्रूर कार्यको विरोध नगर्नु आफँैमा अर्को दण्डनीय काम हो । यसलाई एउटा नजीर बनाइएन, कठोर कारबाहीको सन्दर्भमा भने यो सामान्य बन्न जान्छ र निरन्तर नै दोहोरी रहनेछन् । पीडितबाट बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गर्ने, दुव्यर्वहार गर्ने भगवान्को अवतार मिलेको भन्दै आफूले भोलेबाबा बताउनेबाट भएको यो अत्याचारको जसरी बयान आएको छ यसलाई एउटा सूत्र मान्नुपर्छ कारबाहीका लागि । घटनाका एक प्रत्यक्षी प्रहरी नै रहेका भन्ने विवरणले त झनै गम्भीर अवस्थाको बोध गराउँछ । 

घटना विवरणमा आएअनुसार नारी दिवसको दिन कैलालीको घोडाघोडी नगरपालिका वाड नं ५ देउकलिया गाउँ निवासी १८ वर्षीय राधा चौधरी बिहान केही नखाई गोरुको गोबर गोठबाट बारीमा फाल्न गइन् । गोबर लागेका हातखुट्टा धुनसमेत पाएकी थिइनन् । बिहान सखारै महिलाको एउटा टोली गाली गर्दै उनीमाथि जाइलागे । उनलाई घिसार्दै करिब एक किलोमिटर दूरीमा रहेको भोलेबाबा बताउने २३ वर्षीय एक ढोगीको समक्ष पु¥याए । यहाँ पूर्वघोषित कुनै नाटक हेर्ने जम्मा भएझैँ धेरै मान्छेको भीड त्यहाँ पहिले लागिसकेको थियो । वरिपरि मान्छेको भीड रहेको बीचको खाली ठाउँमा राधालाई राखेर भोलेबाबाकी सहयोगी दुई युवती निरन्तर कुट्न थाले । कुटपिटले थिलथिलो भएर उनी भुइँमा ढलिन् । कुटपिट गर्दागर्दा भोलेबाबाकी सहयोगी नै थाकिन् । त्यसपछि भोलेबाबा भए भरको तागत लगाएर उनलाई हात र लात्ताले कुट्न थाले । नाच्दै वरिपरि घुम्दै अत्यन्त क्रूर र बर्बरतापूर्ण ढंगले कुटिरहे । कपाल लुछ्दै हात, लात्ताले उनलाई हिर्काउन थाले । मैले केही गल्ती गरेको छैन, मलाई बचाउनुहोस् भन्दै राधाले कराइरहिन् । सयाँै संख्यामा भएको भीड रमिते मात्र भएन, मरणासन्न हुने गरी कुटपिट गर्नेलाई हौसला मिल्ने गरी ताली बजाए । त्यहाँ तीन चार सय जना थिए कसैले नपिट्नुहोस् भनेनन् । कुटपिटले उनी बेहोस भएर ढलिन् । बेहोस भएर ढलेपछि पनि उनीमाथि कुटपिट रोकिएन । ती पार्वती भनिएका महिलाले र भोलेबाबाले उनको छाती, पेटमा लाताले हिर्काइरहे ।
यो काम छ घण्टासम्म निरन्तर चली नै रह्यो । करिब १२ बजेतिर उनका नजिकका दाइ पर्ने तीन जना आएर उनको उद्दार गरेर लगे । कुटपिटले मरणासन्न र बेहोस भएकी ती युवतीलाई एम्बुलेन्समा राखेर प्रहरी चौकी लगियो । प्रहरी चौकीमा भोलेबाबाले ऊ बोक्सी भएको जिकिर गरे । कुटाइले थिलथिलो भएको दुःखाई निको हुने भन्दै चामल फुकेर पीडित युवतीलाई खान दिए । प्रहरीले मिलापत्र गर्नुपर्छ भन्दै पीडितका बुबाले दिएको उजुरी दर्ता गरेन । घोडाघोडीका मेयर पनि प्रहरी चौकी पुगेका थिए । उनले पनि अपराधीलाई कारबाही गर्नुपर्छ, घटना मिलापत्र गर्नुपर्दैन भनेर भनेनन् । दुःखाई निको नभएर बेहोस होला जस्तो भएपछि उनलाई घोडाघोडी अस्पताल लगियो ।
माथिको यो विवरण जस्तो भयो र त्यस्तै राखिनुको कारण हो यो घटना कति निर्मम र न्याय दिने निकाय कति असंवेदनशील भएछन् भन्ने देखाउनु हो । अहिले यो प्रारम्भिक उजुरीमा छ । कारबाही कस्तो हुँदो रहेछ भन्ने त्यसबेला देखिनेछ । कम्तिमा त्यतिबेलासम्मका लागि यो विवरण सम्झनामा राख्नुपर्छ समाजले वा राज्यले नै ।

 


Comment from facebook

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै