logo

कहाँ गयो १४ खर्बको लगानी प्रतिबद्धता ?

अघिल्लो वर्षको फागनु महिनामा देशमा अढाइ दशकपछि पहिलो पल्ट लगानी बोर्डको बैठक सम्पनन भएको थियो । यसको एक वर्ष आगामी फागुन १९ गते पुग्दै छ । नेपाल लगानी गर्नका लागि एक उपयुक्त गन्तव्य मुलुक हो भन्ने सन्देश दिनका लागि त्यसबेला नेपाल सरकारले विदेशी लगानीकर्तालाई बोलाएर सम्मेलन गरेको थियो । त्यस समयमा एक किसिमको लगानीमैत्री वातावरण निर्माण भएको सन्देश मुलुकभर नै सञ्चार भएको थियो । दूर्भाग्य नै भन्नु पर्छ त्यसको एक वर्षको अवधिसम्ममा सम्मेलनमा प्रतिबद्धता व्यक्त गरेका कुनै पनि कम्पनीबाट कुनै रकम नेपाल आउनसकेको छैन भने पछिल्लो समय त ती कम्पनीले चासो देखाउन समेत छाडेका छन । त्यसबेला नेपाल सरकारले एक खर्बको प्रतिबद्धता आउने प्रक्षेपणसहित सम्मेलन आयोजना गरेको थियो । तर सरकारको अपेक्षालाई गलत साबित गर्दै सम्मेलनमा सहभागी भएका कम्पनी तथा लगानीकर्ताहरुले करिब १४ खर्बको प्रतिबद्धता व्यक्त गरे । यो धेरै नै ठूलो रकम थियो । यो रकम वास्तवमा नै लगानी हुन थालेको भए राजनीतिक दलहरुले स्वदेशमानै रोजगारी सिर्जना गर्ने भनी गरेका प्रतिवद्धताकोकार्यान्वयन हुन थाल्ने थियो । सम्मेलनमा प्रतिबद्धता जनाएका कुनै पनि कम्पनी लगानी गर्नका लागि नेपाल आएनन मात्र होइन यसबारे चासो समेत प्रकट गर्नछाडेका पाइयो ।
लगानी सम्मेलनमा भएको प्रतिबद्धता कार्यान्वयनका लागि विभिन्न समितिले काम गरिरहेका वताइएको छ यतिबेला । प्रगति भनेको त्यति नैहो । कति लगानी आयो भन्ने एकिन तथ्यांक भने तत्काल भन्न सक्ने अवस्था छैन यी समिति संग । लगानी सम्मेलनको प्रतिबद्धता कार्यान्वयनका लागि सरकारले सोही समयमै तीनवटा समिति गठन गरेको थियो । उद्योगमन्त्रीको अध्यक्षमा, राष्ट्रिय योजना आयोगको उद्योग क्षेत्र हेर्ने प्रमुख र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा समिति गठन भएका थिए । यस्तै त्यसबेला लगानी सम्मेलनमा विदेशी लगानीकर्ताहरुले पूर्वाधार, जलविद्युत, कृषि, पर्यटन, उत्पादमूलक उद्योगका साथै सडक निर्माण, रियल स्टेटलगायतमा लगानी गर्ने गरी १६ कम्पनीले १४ खर्बको प्रतिबद्धता व्यक्त गरेका थिए । यो भनेको एउटा कम्पनीले एक खर्वको लगानी प्रतिवद्धता हो । नेपालमा राजनीतिक अस्थिरता हटेर लगानीका लागि उपयुक्त वातावरण भएको सन्देश दिएर विदेशी लगानी नेपालमा भित्राई आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यअनुसारको यो लगानी सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा २० भन्दा बढी देशका दुई सय ८५ लगानीकर्ताको सहभागिता जनाएका थिए । यसलाइ त्यसबेला धेरै नै ठूलो उपलव्धी मानिएको थियो र हो पनि ।
तर त्यसपछि यसको चर्चा नै हुन छाडयो । आफनै समितिमा हालसम्म जम्मा तीनचोटि बैठक बस्यो । लगानी सम्मेलनमा आएको प्रतिबद्धता कार्यान्वयनका लागि सहजीकरण तथा पहलका लागि ती समिति गठन गरिएका थिए । तर मन्त्रालयका अनुसार भने हालसम्म तीनवटा मात्रै बैठक बसे । यसले सरकारले लगानी सम्मेलनमा आएको प्रतिबद्धतालाई वास्तविक लगानीमा परिणत गर्नका लागि पहल नगरेको स्पष्ट हुन्छ । साथै विदेशी लगानीकर्ताले पनि त्यति धेरै चासो नदिएको नै देखियो । यसले त्यो १४ खर्वको लगानी कहा गयोभन्ने प्रश्न उठाउ छ नै ।

 


Comment from facebook

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै