logo

घाटा न्युुनीकरण गर्ने उपाय अपनाउँ

नेपाल राष्ट्र बैकले मुुलुकको व्यापार घाटा बढेको जानकारी दिएको छ । राष्ट्र बैकको मुलुकको आर्थिक अवस्था सम्वन्धी पछिल्लो प्रतिवेदन चालुु आर्थिक बर्षको पछिल्लो पाँच महिनामा कुल वस्तु व्यापार घाटा १३ प्रतिशतले बढेर तीन खर्ब ९७ अर्ब ७९ करोड रुपैयाँ पुुगेको छ । यसअघि चार महिनाको यस्तो व्यापार घाटा तीन खर्ब सात अर्ब ९६ करोड रुपैयाँ रहेको थियो ।
चालुु आर्थिक बर्ष २०७४÷७५ को पाँच महिनासम्ममा कुल वस्तु निर्यात १० प्रतिशतले मात्र बढेर ३३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १७ दसमलव एक प्रतिशतले बढेको थियो । राष्ट्र बैकको पछिल्लो तथ्यांक अनुसार चालुु आवको पाँच महिनामा भारततर्फ पाँच दसमलव पाँच प्रतिशत, चीनतर्फ ७८ दसमलव चार प्रतिशत र अन्य मुलुकतर्फ १२ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा पशुआहार, वनस्पती घ्यू, धागो, जिङ्क सिट, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, अलँैची, जि.आई पाईप, उनी गलैँचा, तामाका तार लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
राष्ट्र बैकको पछिल्लो तथ्यांकलाई नै आधार मान्दा कुल वस्तु आयात १२ दसमलव एक प्रतिशतले बढेर चार खर्ब ३१ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७८ दसमलव नौ प्रतिशतले बढेको थियो । पछिल्लो अवधिमा भारतबाट भएको आयात १३ दसमलव दुुई प्रतिशत, चीनबाट भएको आयात एक दसमलव चार प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८ दसमलव नौ प्रतिशतले बढेको छ । पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, सुन, एम.एस विलेट, पोलिथिन ग्रेनियुल्स लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, विद्युतिय सामान, सेनिटरीवेयर्स, खाने तेल, ड्राईसेल ब्याट्री लगायतका वस्तुहरुको आयात घटेको छ ।
राष्ट्र बैकको यो तथ्यांकलाई आधार मान्दा मुुलुकको आयात र निर्यातको बिचमा निकै नै ठुलो असन्तुुलन रहेको देखिएको छ । देश प्रादेश संरचनामा गएको र खर्च अत्याधिक बृद्धि भएको अवस्थामा यति ठुुलो परिमाणमा मुुलुकले व्यापारघाटा बेर्होेनुु आर्थिक दृष्टिकोणले निकै नै हानिकारिक रहेको छ । यसअर्थमा पनि अव हरेक प्रदेशको सरकारले व्यापारघाट कम गर्नको लागि आन्तरिक उत्पादन बढाउनुुपर्छ । स्थानीय श्रोत र साधानको उच्चतम प्रयोग गरी आयातित सामानमाथिको परनिर्भरता कम गर्नुुपर्छ । पछिल्लो समय बढ्दै गएको कृषिजन्य बस्तुुकोप्रतिको परनिर्भरतालाई कम गर्नपनि कृषि उत्पादन बढाउनुुपर्छ । यसको लागि कृषि र किसान मैत्री नीति तथा कार्यक्रम ल्याउनुु पर्छ । अनिमात्र मुुलुकले व्यापार घाटा कम गर्न सक्छ ।


Comment from facebook

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै